झापा / पछिल्लो तीन महिनामा सगरमाथा आरोहणका लागि दुई सय ५० जनाले अनुमति लिएका छन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार माघ देखि हाल सम्ममा ३१ आरोही समूहका २५० आरोहीले आरोहण अनुमति लिएका हुन् । 

OM Sai Pathibhara Hospital

सगरमाथा आरोहणका लागि ४५ देशका ५६ पुरुष र १९४ गरी कूल २५० आरोही आएका पर्यटन विभागले जनाएको छ । 

सगरमाथा हिमालबाट ३१ करोड रुपैयाँ बढी रोयल्टी सङ्कलन भएको छ । अघिल्लो वर्ष सन् २०२१ को वसन्त यामको सगरमाथा आरोहणमा हालसम्मकै सर्वाधिक ४३ आरोही समूहले आरोहण अनुमति लिएका थिए । 

यो वर्षपनि कोभिड पछि पर्यटन क्षेत्र चलायमान बनिरहेको र पर्वतारोहणका लागि अनुकूल मौसम भएकाले आरोही बढ्नसक्ने पर्यटन विभागको अनुमान छ ।