विराटनगर / मोरङको ग्रामथानमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ग्रामथान गाउँपालिका –५ ककरमारीका ६५ वर्षीया केवादेवी चौधरी रहेकी छन् ।  

बुधवार राती साढे ७ बजे विराटचोक घिनाघाट सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को ३७ प ६३४१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा चौधरी गम्भीर घाइते भएकी थिइन् । 

OM Sai Pathibhara Hospital

चौधरीको विराट नर्सिङ होम विराटनगरमा आज बिहान ४ बजे उपचारको क्रममा मृत्यु भएको हो ।  मोटरसाइकल र चालक ३० वर्षीय रबिन तबदार इलाका प्रहरी कार्यालय हरैँचाको नियन्त्रणमा लिएको छ ।