काठमाडौं / नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले घर बलियो भए सदन पनि बलियो हुने बताएका छन् । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै उनले पार्टीभित्रबाट प्रभावकारी आवाज उठ्न सके संसद् अझ प्रभावकारी बन्ने धारणा राखे ।उनले भने, ‘घरबाट बलियो आवाज आयो भने सदन पनि बलियो हुन्छ । कहीँ न कहीँ घरकै सदस्य कमजोर परिरहेका छन् । घरको सदस्यको ऊर्जा र विवेक घरबाटै आउने हो ।’आङदेम्बेले कांग्रेसले प्रतिपक्षको भूमिकामा निर्वाह गरेको जिम्मेवारी निराशाजनक नभए पनि त्यसमा थप प्रभावकारिता र उज्यालो ल्याउन आवश्यक रहेको बताए । उनले संसद् र सञ्चारमाध्यमबीचको सम्बन्ध अझ सुदृढ हुनुपर्नेमा जोड
काठमाडौं / विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई प्रभावकारी रूपमा सञ्चालन गर्न अनुगमन, मूल्याङ्कन र कार्यान्वयन पक्षलाई बलियो बनाउनुपर्ने बताएका छन् ।सोमबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१ माथिको छलफलमा सहभागी हुँदै मन्त्री पुनले विधेयकको दफा ८ मा रहेको समीक्षा, मूल्याङ्कन र कार्यान्वयनसम्बन्धी व्यवस्था महत्वपूर्ण रहेको बताए । उनले विभिन्न समिति, आयोग र संस्थाले अध्ययन अनुसन्धान गरी तयार पारेका प्रतिवेदनहरू कार्यान्वयन नहुँदा समस्या देखिएको उल्लेख गरे ।&n
काठमाडौं । नागरिक आन्दोलनमा सक्रिय जेनजी अभियन्ता रक्षा बमले आत्मदाह गरेका गणेश नेपालीको घटनाप्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।उनले सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरपालिकाको कार्यशैलीमाथि प्रश्न उठाउँदै महानगर प्रहरीको व्यवहार र गरिब तथा सडक व्यवसायीप्रतिको दृष्टिकोणको आलोचना गरेकी हुन् । उनले बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर बनेपछि महानगर प्रहरीमा अमानवीय, असंवेदनशील र गुण्डागर्दी प्रवृत्ति विकास भएको आरोप लगाइन् । सडक व्यापारी, गरिब तथा सुकुम्बासी समुदायमाथि महानगरको व्यवहारले उनीहरूको आत्मसम्मानमा चोट पुगेको उनको भनाइ छ ।रक्षाले लेखेकी छन्, ‘३५ वर्षको भारी पुरानालाई बोकाउने रास्वप
काठमाडौं / बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय नजिकै भएको एक घटनाले तीन वर्षअघि संसद् भवन नजिकै भएको दर्दनाक घटनालाई पुनः स्मरण गराएको छ । जहाँ एक २५ वर्षे युवा गणेश नेपालीले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका छन् । यो भन्दा तीन वर्ष अगाडि २०७९ माघ ११ गते संघीय संसद् भवन अगाडि प्रेमप्रसाद आचार्यले पनि यसरी नै आत्मदाह गरेका थिए । त्यो बेला तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘सबैभन्दा ठूलो कारण राज्य हो र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो ।’तर आज समय फेरिएको छ । हिजो राज्यलाई ‘असफल’ घोषणा गर्न
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद गणेश कार्कीले गणेश नेपालीको मृत्यु घटनालाई लिएर संसदमा भइरहेको बहसलाई थप गम्भीर र जिम्मेवार बनाउनुपर्ने बताएका छन्।शुक्रबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै केवल औपचारिकतामा सीमित नभई यस्ता घटना दोहोरिन नदिन राज्य र संसदले जिम्मेवारी लिनुपर्ने बताए। ‘यो देशमा दिनमा १८ जना मान्छेले आत्महत्या गर्छन् भनिन्छ। त्यसको कारण कानुन हो, समाज हो, राज्य हो, मनोसामाजिक अवस्था हो वा मानसिक स्वास्थ्यसँग सम्बन्धित विषय हो—यसमा छलफल आवश्यक छ,’ उनले भने।उनले कानुनका कारण समस्या सिर्जना भ
काठमाडौं / प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले मुलुकमा रहेको ठूलो बेरुजु रकम घटाउनु समितिको प्रमुख चुनौती भएको बताएका छन् ।शुक्रबार लेखा समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति खड्काले समितिले बेरुजु फस्र्योटका लागि पाँच वटा उपसमिति गठन गरेको जानकारी दिए । उनले उपसमितिका संयोजकसहित सबै सदस्यहरूको व्यवस्थापन गरिएको र अब समितिले प्रभावकारी रूपमा काम अघि बढाउने बताए ।‘आज लेखा समितिको बैठकले पाँचवटा उपसमितिहरू गठन गरेको छ । संयोजकसहित सम्पूर्ण सदस्यहरूको व्यवस्थापन गरिएको छ । यसलाई मैले महत्वपूर्ण कार्यको रूपमा लिएको छु,’ उनले भने ।सभापति खड्काले हाल करिब ७
काठमाडौं / नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको आत्मदाहपछि भएको निधनप्रति दुःख व्यक्त गर्दै यो घटना समाज, राज्य र सामूहिक चेतनालाई झस्काउने पीडादायी क्षण भएको बताएका छन् ।थापाले सामाजिक सञ्जालमार्फत गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका हुन् ।‘गणेश नेपालीको घटनाले स्तब्ध बनाएको छ । यो घटना समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण हो,’ उनले लेखेका छन् ।उनले यो विषयलाई राजनीतिक बहस वा दोषारोपणको विषय नभई एउटा नागरिकको जीवन, परिवारको पीडा र मानवीय संवेदनासँग जोडेर हेर्न आग्रह गरेका छन् ।‘यो कुनै राजनी
काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको १०० दिनको कार्यकालप्रति असन्तुष्टि जनाउँदै सरकारको व्यवहार अपरिपक्व र अस्थिर देखिएको टिप्पणी गरेका छन् ।बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले गरेका कामबारे पत्रकारहरूले प्रश्न गर्ने गरेको उल्लेख गर्दै जनताले नै सरकारको मूल्यांकन गरिरहेको बताए । उनले सुकुम्बासी बस्तीमा डोजर चलाइएको, बालबालिका रोएको तथा विस्थापनका तस्बिरहरू सञ्चारमाध्यममै देखिएको भन्दै सरकारको कार्यशैलीप्रति आलोचना गरे । उनले अहिले नेपालमा खुसी हुने ठाउँ कम भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल प्रतियो
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार हमालले विधि, सुशासन र पारदर्शितालाई बेवास्ता गर्दै अघि बढिरहेको आरोप लगाएका छन् ।बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकारले आफूलाई तीव्र गतिमा अघि बढिरहेको देखाएर संस्थागत प्रक्रियालाई बेवास्ता गरेको बताए । उनले भने, ‘वर्तमान सरकारले हाइवेमा एक्सप्रेस गाडी चलाएर अगाडि बढिरहेको दाबी गरेको छ । सरकारलाई विधि विधानको लेन मार्किङको अनुभूति चाहिदैन् । सरकारलाई कुनैपनि रोड लाइटको वास्ता गर्नु पदैन् ।’उनले भने, ‘डिजिटलाइजेसनका कुरा उठी रहेको छ । अल्गोरिदमको पनि कुराहरू उठेको छ । म प्रश्न गर्न चाहन्छु कतै त्यो गाडी अटो ड्राइभमा त छैन । सरक
काठमाडौं / संघीय संसदअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन–२०८३ पेस गरी छलफल गरिएको छ ।साथै, विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको कार्यावधि थप गर्ने विषयमा पनि छलफल भएको छ । बैठकमा समिति सभापति समिक्षा बास्कोटाले मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदनलाई थप वस्तुनिष्ठ, तथ्यपरक र व्यवहारिक बनाउन थप समय आवश्यक रहेको बताइन् । उनले पूर्वनिर्धारित कार्यावधि समाप्त भएक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.