देवेन्द्र के. ढुङगाना \ नेपाल–भारत सीमा दुई देशबीचको ऐतिहासिक सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धको सेतु हो। तर यही खुला सीमाको दुरुपयोग गर्दै हुने लागूऔषधको अवैध ओसारपसार र कारोबार अहिले नेपाली समाजका लागि गम्भीर चुनौती बन्दै गएको छ। सीमा क्षेत्रमा लागूऔषध बरामद हुने, कारोबारी पक्राउ पर्ने र मुद्दा दर्ता हुने क्रम बढ्नु केवल प्रहरीको अपराध तथ्यांकमा थपिएको संख्या होइन, यसले नेपाली समाजमा फैलिँदै गएको एउटा गम्भीर सामाजिक संकटको संकेत पनि गर्छ।कोशी प्रदेशमा लागूऔषधसम्बन्धी अवस्थाले यसको गम्भीरता स्पष्ट पार्छ। आर्थिक वर्ष २०७९/८० मा प्रदेशभर विभिन्न अपराधसँग सम्बन्धित ८ हजार ७ सय १९ मुद्द
काठमाडौं / शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षामा राज्यको लगानी अझै बढाउन आवश्यक रहेको बताएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी गृहकार्यअन्तर्गत ‘विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्था’ विषयक परामर्श–गोष्ठीमा बोल्दै मन्त्री पोखरेलले शिक्षामा कुल बजेटको कम्तीमा २० प्रतिशत लगानी गर्नुपर्ने विश्वव्यापी अभ्यास रहेको बताए । उनले नेपालमा हाल शिक्षामा कुल बजेटको ११ प्रतिशतभन्दा कम रकम विनियोजन भइरहेको बताए । शिक्षामा थप पाँच अर्ब रुपैयाँ बजेट छुट्याइसकिएको र चालु आर्थिक वर्षमा शिक्षाको बजेट अझै बढ्नसक्ने उनको भनाइ छ ।
काठमाडौं / नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले मुलुक असामान्य अवस्थाबाट गुज्रिरहेको भन्दै राष्ट्रियता, संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान र नेपाली जनताले उपभोग गर्दै आएको लोकतान्त्रिक स्पेस संकटमा परेको बताएका छन् ।‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले ठूलो जनादेश प्राप्त गरी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा आए पनि पछिल्ला पाँच महिनाका गतिविधिले सरकार ‘निर्वाचित अधिनायकवाद’तर्फ उन्मुख भएको देखाएको दाबी गरे ।ज्ञवालीले भने, ‘देश एकदमै असामान्य अवस्थाबाट गुज्रिरहेको छ । एकैसाथ मुलुकको राष्ट्रियता, नेपाली जनताले निकै
काठमाडौं। ‘एक पटकको नेपाली, सधैंको नेपाली’ अहिले लोकप्रिय नारा हो। तर निर्वाचनको दिन आइपुग्दा यही नाराले अलि असजिलो प्रश्न सोध्छ—सधैंको नेपाली हो भने मत हाल्ने बेला चाहिँ किन सीमापारि अड्किनुपर्छ ? विदेशमा रहेका नेपालीले विप्रेषण पठाउँछन्, घर चलाउँछन्, अर्थतन्त्र धान्छन्, परिवारको पढाइ र उपचार खर्च बेहोर्छन्। तर प्रतिनिधि छान्ने दिनमा उनीहरूलाई भनिन्छ—‘मत हाल्न मन छ भने टिकट काटेर घर–गाउँ आउनुस्।’ यसरी हेर्दा हाम्रो लोकतन्त्रले रेमिटेन्सलाई ‘अनलाइन’ स्वीकारेको छ, मताधिकारलाई भने अझै ‘भौतिक उपस्थितिमा मात्र’ राखेको छ।निर्वाचन आयोगले विदेशमा रहेका नेपाली तथा आफ्नो निर्वाचन क्षेत्रबाहिर रहेका मतद
तोमनाथ उप्रेती, काठमाडौं। नेपालमा सामाजिक सञ्जाल अब केवल मनोरञ्जन, सूचना आदानप्रदान वा व्यक्तिगत अभिव्यक्तिको माध्यम मात्र रहेन; यो सामाजिक चेतना निर्माण, राजनीतिक बहस, सार्वजनिक दबाब, व्यवसाय प्रवद्र्धन र नागरिक सहभागिताको महत्वपूर्ण मञ्च बनेको छ। फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम, एक्सलगायतका माध्यमले सामान्य नागरिकलाई समेत सार्वजनिक बहसमा सहभागी हुने अभूतपूर्व अवसर दिएका छन्। तर अभिव्यक्तिको यो विस्तारसँगै सामाजिक सञ्जाल नेपाली समाजको नैतिक चरित्र परीक्षण गर्ने नयाँ ऐना पनि बन्दै गएको छ।नेपालको वर्तमान डिजिटल परिवेशमा सूचना अत्यन्त तीव्र गतिमा फैलिन्छ । कुनै घटना घटेको केही मिनेटमै
देवेन्द्र के ढुङगाना \ नेपाली कांग्रेसभित्र चुलिएको पछिल्लो नेतृत्व तथा वैधानिकताको विवाद एउटा दलको आन्तरिक झगडामा मात्र सीमित विषय होइन। यो विवादले नेपालको लोकतान्त्रिक अभ्यास, राजनीतिक दलहरूको संस्थागत चरित्र, निर्वाचन प्रणालीप्रतिको विश्वास र राज्य सञ्चालनमा प्रमुख दलहरूको भूमिकामाथि नै गम्भीर प्रश्न उठाएको छ। विशेषतः शेरबहादुर देउवा पक्षले मध्यअसोजका लागि तय गरिएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेपछि पार्टीभित्रको विवाद थप संवैधानिक तथा कानुनी मोडमा पुगेको देखिन्छ।देउवा र भूतपूर्व कार्यवाहक सभापति पूर्णबहादुर
काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण नेपालमा शक्तिशाली ‘सुपर एल निनो’को जोखिम बढ्दै गएको भन्दै यसले ऊर्जा, कृषि, सिँचाइ तथा खाद्य सुरक्षामा गम्भीर प्रभाव पार्न सक्ने बताएका छन्।शुक्रबार आयोजित ‘सुपर एल निनो तथा जलवायु जोखिमसम्बन्धी राष्ट्रिय संगोष्ठी: नेपालको जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानशीलतामा प्रभाव’ कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सुपर एल निनोको सम्भावना करिब ९० प्रतिशत पुगेको जानकारी दिए। उनका अनुसार एल निनोको प्रभाव सुरु भइसकेको छ भने यसको तीव्रता अझै अनिश्चित रहेकाले थप सतर्कता आवश्यक छ।उनले जल तथा मौसम विज्ञान विभागले जेठ
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले संवैधानिक निकायमाथि प्रश्न उठाउँदा ती संस्थाको गरिमा र मर्यादामा आँच नपुग्ने गरी तथ्यमा आधारित भएर विषय उठाउनुपर्ने बताएका छन्।बिहीबार प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँग भएको छलफलमा बोल्दै लामिछानेले संवेदनशील निकाय राज्यका महत्वपूर्ण संरचना भएकाले त्यस्ता संस्थामाथि प्रश्न गर्दा विशेष संवेदनशीलता अपनाउनुपर्ने बताए।उनले व्यक्तिगत जीवनजस्तै संवैधानिक निकायसँग सम्बन्धित विषय पनि संवेदनशील हुने भन्दै कुनै व्यक्तिविशेषलाई लक्षित गरेर भन्
काठमाडौं / कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग त्रास सिर्जना गरेर होइन, निष्पक्षता, व्यावसायिकता र प्रमाणमा आधारित अनुसन्धान तथा अभियोजनमार्फत आफ्नो विश्वसनीयता स्थापित गर्नुपर्ने बताएकी छन् ।बिहीबार प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका पदाधिकारीसँग भएको छलफलमा मन्त्री गौतमले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न आयोगप्रति नागरिकको विश्वास बलियो हुनुपर्नेमा जोड दिइन् । उनले अख्तियारको प्रभावकारिता डर र दबाबका आधारमा नभई कानुनी प्रक्रिया, तथ्य र प्रमाणमा आधारित अनुसन्धान तथा निष्पक्ष अभियोजनबाट मापन हुनुपर्न
काठमाडौं / गृहमन्त्री सुधन गुरुङले ललितपुर महानगरपालिकाले गरेको काम प्रशंसनीय र उदाहरणीय रहेको बताएका छन् ।बुधबार ललितपुर महानगरले बालकुमारीदेखि बल्खुसम्म जडान गरेको ‘स्मार्ट स्ट्रिट लाइट’को शुभारम्भ कार्यक्रममा बोल्दै उनले ललितपुर महानगरले नयाँ सोचका साथ सञ्चालन गरेका कामबाट गृह मन्त्रालयले समेत सिक्न सक्ने बताउँदै यस्ता नवप्रवर्तनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।उनले देशमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले आफू राजनीतिमा प्रवेश गरेको बताए । उनले नागरिकलाई राजनीतिक दल वा आस्थाका आधारमा विभेद नगरी समान व्यवहार गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले ललितपुर र भक्तपुरले नेपालको कला, संस्क
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.