काठमाडौं / अर्थविद् प्रा.डा. गोपीलाल न्यौपानेले ककनी गाउँपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा खेलेको भूमिकाको उचित मूल्याङ्कन हुनुपर्ने बताएका छन् । उनले ककनीलाई फोहोर थुपार्ने स्थानका रूपमा मात्र हेर्ने प्रवृत्ति अन्त्य गरी विकास, लगानी र सम्भावनाको केन्द्रका रूपमा अघि बढाउनुपर्ने धारणा राखेका छन् । राष्ट्रिय प्रेस क्लबले स्थानीय तहका समस्या र सम्भावनाबारे आयोजना गरेको अन्तरक्रियामा बोल्दै न्यौपानेले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोकलगायत क्षेत्रबाट उत्पादन हुने फोहोर ककनीले लामो समयदेखि व्यवस्थापन गर्दै आएको उल्लेख गरे। उनले फोहोर उत्पादन गर्ने क्षेत्रले
काठमाडौं / उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धमा’ विषयमा छलफल भएको छ । छलफल क्रममा सांसद रञ्जु दर्शनाले बजारमा देखिएको एलपी ग्यास अभावप्रति सरकारको ध्यानाकर्षण गराउँदै आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन आग्रह गरेकी छन् । उनले स्थानीय ग्यास डिलरहरूमा ग्यास अभावका कारण अधिकांश पसल बन्द रहेको र उपभोक्ताहरू सिलिन्डर बोकेर ग्यास खोज्न बाध्य भएको बताइन् । उनले भनिन्, ‘लोकल ग्यास पसलहरू सटर लागेका छन् । उपभोक्ताहरू ग्यासको सिलिन्डर बोकेर हिडिरहेका छन् । ग्यासको हाहाकार छैन भन्ने कुरा अरू देशमा होला त
नेपाल हजारौं वर्षदेखि सनातन हिन्दू सभ्यता, संस्कृति र आध्यात्मिक परम्पराको केन्द्रका रूपमा परिचित रहँदै आएको देश हो । हिमालदेखि तराईसम्म फैलिएको यस भूमिमा ऋषिमुनिहरूको तपस्या, देवस्थलहरूको महिमा, विविध जातजाति र भाषाभाषी समुदायबीचको सहअस्तित्व तथा धार्मिक सहिष्णुताले नेपालको विशिष्ट पहिचान निर्माण गरेको छ। यही ऐतिहासिक र सांस्कृतिक धरातलमा आज फेरि हिन्दू राष्ट्र र राजसंस्थाको पुनस्र्थापनाबारे बहस तीव्र बन्दै गएको देखिन्छ।कतिपयको विचारमा हिन्दू राष्ट्र र राजसंस्थाको पुनस्र्थापनाका लागि देशका सबै क्षेत्रको सहभागिता आवश्यक हुन्छ । विशेषगरी मधेशको सक्रिय भूमिका अत्यन्त महत्त्वपूर्ण हुने तर्क गरिन्
काठमाडौं / काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले तालिमको सफलता तत्काल मूल्याङ्कन गर्न नसकिने बताउँदै सहभागीहरूले सिकेका सीपलाई आफ्नो पेशा र आयआर्जनसँग जोड्न सकेमा मात्र त्यसको वास्तविक उपलब्धि देखिने बताएकी छन् ।काठमाडौं महानगरपालिकाको सहयोग तथा चलचित्र विकास बोर्डको आयोजनामा जेठ २२ गतेदेखि असार २२ गतेसम्म सञ्चालन भएको ३० दिने ‘फोटोग्राफी तथा फोटो÷भिडियो पत्रकारिता तालिम’को समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन् । डंगोलले महानगरपालिकाले रोजगारी तथा आयवृद्धिसँग सम्बन्धित विभिन्न सीपमूलक तालिम सञ्चालन गरिरहेको उल्लेख गर्दै तालिम केवल सिकाइमा सीमित नभई व
काठमाडौं । पछिल्ला तीन दशकमा नेपालले बहुदलीय व्यवस्था, गणतन्त्र, संघीय शासन प्रणाली तथा सूचना–प्रविधिको विस्तारजस्ता महत्वपूर्ण राजनीतिक र सामाजिक परिवर्तनहरू अनुभव गरेको छ ।तर यी परिवर्तनसँगै नागरिकको अपेक्षा, असन्तुष्टि, सामाजिक सम्बन्ध र जीवनशैलीमा पनि व्यापक बदलाव आएको छ । सुशासन, आर्थिक समृद्धि र सामाजिक सद्भावको अपेक्षा पूरा नभएको गुनासो बढ्दो छ । सामाजिक सञ्जाल, वैदेशिक रोजगारी र प्रविधिको अत्यधिक प्रयोगले पारिवारिक सम्बन्ध र सामाजिक आत्मीयतामा असर पारेको छ ।यस्तै परिदृष्यमा युवापुस्तामा निराशा र आक्रोश बढिरहेको बेला संकृतिविद्, अध्यात्म चिन्तक एवम् शिक्षासेवी डा. चिन्तामणि योगीले बाह्य
काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाइमा) ले आयोजना गर्न लागेको नाइमा मोबिलिटी एक्स्पो यसपटक अझ व्यवस्थित, प्रविधिमैत्री र उपभोक्तामुखी बनाउने तयारी गरेको छ । एक्स्पो साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ ।गत वर्ष पहिलो पटक आयोजना गरिएको मोबिलिटी एक्स्पोबाट प्राप्त अनुभव र सुझावलाई समेट्दै यस वर्ष पार्किङ, फुड कोर्ट, सहज आवागमनदेखि अपांगता भएका तथा ज्येष्ठ नागरिकका लागि समेत विशेष सुविधा थप गरिएको नाइमाका रणनीति तथा सदस्यता मामिला समितिका संयोजक आकाश गोल्छाले बताएका छन् ।गुप्तचर खबर संगको कुराकानीमा गोल्छाले पहिलो संस्करणमा नयाँ अवधारणाका रूपमा सुरु गरिएको एक्स्पोले
काठमाडौं / नेपाली कांग्रेसकी सांसद बासना थापाले प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सुनसरीको देवानगञ्ज नगरपालिका–३ कप्तानगञ्जमा भएको घटनाबारे सरकारसँग जवाफ माग गर्दै निष्पक्ष छानबिनको माग गरेकी छन् ।सांसद थापाले घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिन् । उनले नेपालको विविधताभित्रको एकता राष्ट्रिय शक्ति भएको उल्लेख गर्दै कुनै पनि बहानामा साम्प्रदायिक द्वन्द्व फैलाउने प्रयास संविधान, लोकतान्त्रिक मूल्य र नेपाली समाजको आत्मामाथिको आक्रमण भएको बताइन् ।नागरिकको ज्यान जाने गर
काठमाडौं / हास्य कलाकार हरिवंश आचार्यले मानव बेचबिखन परम्परागत चेलीबेटी बेचबिखनको सीमित दायराभन्दा बाहिर गएर नयाँ–नयाँ स्वरूपमा विस्तार भइरहेको बताएका छन् । उनले प्रविधिको दुरुपयोग, वैदेशिक रोजगारीको प्रलोभन र संगठित आपराधिक सञ्जालका कारण मानव बेचबिखनका चुनौती थप जटिल बन्दै गएको उल्लेख गरे । मंगलबार आयोजित ‘नेपालमा मानव बेचबिखनविरुद्ध लड्न सामूहिक प्रयास’ विषयक कार्यक्रममा बोल्दै आचार्यले अहिले युवा, बालबालिका तथा विभिन्न प्रलोभनमा पारिएका व्यक्तिहरू मानव बेचबिखनको जोखिममा परिरहेको बताए ।‘आजको परिस्थितिमा चेलीबेटी बेचबिखनमा मात्र संसार सीमित छैन । चेलीबेटी बेचबिखनभन्दा पनि मानव बेचबिखनका
काठमाडौं / भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य सडक दूरी छोट्याउनु, इन्धनको खपत घटाउनु तथा यात्रालाई सुरक्षित र सहज बनाउनु रहेको बताएका छन् ।सोमबार नागढुंगा सुरुङमार्ग उद्घाटन समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लम्सालले सुरुङमार्ग निर्माणको आवश्यकता सडकको दूरी, सवारीसाधनको चाप भायबिलिटी र भौगोलिक जोखिमका आधारमा निर्धारण हुने बताए । उनले लामो दूरी घुमेर यात्रा गर्दा इन्धनको बढी खपत हुने भएकाले सुरुङमार्गले यात्रा छोट्याएर इन्धन तथा यातायात लागत बचत गर्ने उल्लेख गरे । उनका अनुसार सुरुङमार्गले समयको बचतसँगै यातायातलाई थप प्रभावकारी बन
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्वनेता रविन्द्र मिश्रले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिता बादीलाई भैंसेपाटीस्थित मन्त्री निवासलाई बाल आश्रयमा रूपान्तरण गर्न प्रधानमन्त्रीसमक्ष प्रस्ताव राख्न आग्रह गरेका छन् ।सोमबार सामाजिक सञ्जालमार्फत उनले भैंसेपाटीमा करिब तीन अर्ब रुपैयाँ लागतमा निर्माण गरिएको र हाल करिब ४० करोड रुपैयाँ खर्चेर पुनर्निर्माण भइरहेको मन्त्री निवासलाई दक्षिण एशियाकै नमुना बाल आश्रयका रूपमा विकास गर्नुपर्ने बताए । ‘भैंसेपाटीमा झण्डै तीन अर्ब रूपैयाँको लागतमा निर्माण गरिएको र अहिले झण्डै ४० करोड रूपैयाँको लागतमा पुनर्निर्माण हुँदैगरेको
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.