-देवेन्द्र के. ढुङगानासमाचार समीक्षक नेपाल–भारत खुला सीमाले दशकौंसम्म सीमावर्ती समुदायको जीवनलाई सहज बनाउँदै आएको थियो। दैनिक किनमेल, सस्तो इन्धन, रोजगारी र सामाजिक सम्बन्ध—यी सबै कुरा यही खुलापनसँग गाँसिएका थिए। तर पछिल्लो समय सीमा क्षेत्रमा देखिएको कडाइ र त्यसको प्रतिक्रियास्वरूप उत्पन्न अवरोधहरूले देखाइरहेको छ, नीतिगत निर्णयहरू जब समन्वयबिना लागू हुन्छन्, त्यसको सबैभन्दा ठूलो मूल्य सर्वसाधारण नागरिकले चुकाउनुपर्छ।बालेन शाह नेतृत्वको सरकार गठनपछि “व्यवस्था सुधार” र “अनुशासन”का नाममा सीमामा निगरानी कडा पारियो। नेपालतर्फ भारतीय सवारीसाधनमाथि कडाइ गरियो, अवैध आयात नियन्त्रणका प्रयासह
- देवेन्द्र के. ढुङगाना यो शहरमाएक मुठ्ठी खानको लागिजो मोरिरहे छन्—तिनीहरू शहीद हुन ,भोकले होइन,व्यवस्थाले हत्या गरिरहे छन् उनीहरू पटक पटक मोरिरहे छन ।गल्लीहरू कराउँछन्,ढुंगाहरू चिच्याउँछन्,रातको अँध्यारोमाआँसु र रगत मिसिएरनदी बनेको छ—जहाँ सपना डुबिरहे छन्,र आशा किनारामा थिचिएका छन्।यो शहरमानेताको भाषण चर्को छ,तर पेटको आवाज झन् चर्को—त्यो आवाज दबाउनसत्ताको बुट चल्छ,र सत्यलाई कागजको टुक्रामाघिसारेर फालिन्छ।भ्रष्टाचारको महल उचाइँमा छ,जहाँ सुनको थालमाझुटो पस्किन्छ,र जनताको पसिनाकरको नाममा लुटिन्छ।ती नेताहरू,जसका हातमा देशको नक्सा छ,उनीहरूकै खल्तीमादेशको आत्मा ब
-देवेन्द्र किशोर ढुङगाना भद्रपुर,नेपालको उत्तरी सीमामा अवस्थित लिपुलेक दर्रा(घाँटी) फेरि एकपटक क्षेत्रीय राजनीति र कूटनीतिक संवेदनशीलताको केन्द्रमा उभिएको छ। भारतले चीनसँग यही नाका हुँदै सीमा व्यापार पुनः सञ्चालन गर्ने तयारी गरेको खबर बाहिरिएसँगै नेपाल सरकार ‘अध्ययन र छलफल’को चरणमा रहेको छ भने सत्तारोहणको संघारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लागि यो विषय एक गम्भीर राष्ट्रिय परीक्षणका रूपमा देखा परेको छ।यो केवल एउटा व्यापारिक नाका खोल्ने वा बन्द गर्ने विषय मात्र होइन; यो नेपालको सार्वभौमिकता, कूटनीतिक परिपक्वता, र नयाँ राजनीतिक नेतृत्वको क्षमता जाँच्ने बहुआयामि
- देवेन्द्र के. ढुङगाना मोरङस्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा चिनियाँ राष्ट्रपति सी जिन्पिङद्वारा लिखित पुस्तक जलाइएको भनिएको घटनाले एकपटक फेरि हाम्रो राज्य संयन्त्र, सार्वजनिक संस्थान र बौद्धिक वृत्तको जिम्मेवारीमाथि गम्भीर प्रश्न खडा गरी दिएको छ। प्रारम्भिक रूपमा विश्वविद्यालय प्रशासनले यो घटना नियोजित नभई सरसफाइका क्रममा बिग्रिएका सामग्री नष्ट गर्ने प्रक्रियाभित्र परेको दाबी गरे पनि यसको प्रभाव केवल स्थानीय प्रशासनिक त्रुटिमा सीमित छैन; यसले नेपाल–चीन कूटनीतिक सम्बन्ध, आन्तरिक राजनीतिक स्थायित्व र बाह्य शक्ति सन्तुलनको बहसलाई समेत उकासेको छ।सबैभन्दा पहिले, यो घटनाको प्रकृति
काठमाडौं— नेपालको राजनीतिक इतिहास केवल सत्ता परिवर्तनको इतिहास होइन।यो संघर्षको इतिहास हो।यो आन्दोलनको इतिहास हो।यो रगत, बलिदान र आशाको इतिहास हो।तर यही इतिहासले एउटा असहज प्रश्न पनि उठाउँछ—परिवर्तनका लागि सबैभन्दा धेरै पीडा सहने भूगोलले परिवर्तनको प्रतिफल पायो कि पाएन ?जब यो प्रश्न उठ्छ, नेपालको नक्सामा एउटा प्रदेश सबैभन्दा गम्भीर रूपमा देखिन्छ— कर्णाली।आन्दोलनको अग्रपंक्ति, विकासको पछाडिपंक्तिनेपालका हरेक ऐतिहासिक मोडमा कर्णाली मौन बसेन।२०४६ को जनआन्दोलनमा लोकतन्त्रका लागि आवाज उठ्यो।२०६२–६३ को आन्दोलनमा गणतन्त्रको मागसहित सडक भरियो।दशक लामो सशस्त्र द्वन्द्वले कर्णालीलाई सबैभन्दा धेरै
लोकतन्त्रमा बुढ्यौलीको हैसियत संविधानले सम्मान दिएको बुढ्यौली, व्यवहारले किन अपमानित ?परिचयसंविधानले प्रत्येक नागरिकलाई सम्मान, सुरक्षा र अधिकार सुनिश्चित गरेको छ। तर जीवनको अन्तिम चरणमा पुगेका ज्येष्ठ नागरिकको अनुभव हेर्दा, राज्यले दिने सुरक्षा र सम्मान केवल कागजमा सीमित हुन्छ। अस्पतालको लामो लाइन, अपूर्ण स्वास्थ्य सेवा, न्यूनतम वृद्धभत्ता र समाजमा बढ्दो एकान्त—यी सबै प्रमाण हुन् कि बुढ्यौलीको हैसियत लोकतन्त्रमा न्यूनतम मूल्यमा सीमित छ।राजनीति र प्रशासनले कानूनी संरचना र नीतिहरू बनाएको भए पनि व्यवहारमा ज्येष्ठ नागरिकलाई भोट बैंक मात्र मानिन्छ। निर्वाचनको समयमा भाषणमा उनीहरूको महत्व उल्लेख गरि
काठमाडौँ । नेपालमा आयोजना भएका व्यावसायिक खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो मानिएको नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा विश्वकै क्रिकेटप्रेमीहरुको ध्यान नेपालतर्फ आकृष्ट भएको छ ।फ्रेन्चाइज प्रतियोगिताका रुपमा व्यावसायिक प्रतिष्ठानहरुका साथै निजी क्षेत्रबाट करोडौं लगानी गरिएको एनपिएल क्रिकेटको पहिलो संस्करणको सफलतापछि हिमालय महोत्सवका रुपमा दोस्रो प्रतियोगिताको सुरुआत आज सोमबारदेखि हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुने २४ दिनको उक्त प्रतियोगिताको उद्घाटन खेलको सबै टिकट तत्कालै बिक्री हुनु एनपिएल क्रिकेटप्रति अत्यधिक दर्शकको
वर्षभरि विभिन्न दुःख, पीडा र आर्थिक समस्यासँग जुध्दै आएको कुरा सुनाउँदै हिँड्ने जलेश्वर नगरपालिका–१ का इन्दल डोम आज आफ्नै घरअगाडि मुसुमुसु हाँस्दै बाँस र बेतका भाँडाकुँडा बेच्न व्यस्त हुनुहुन्छ । उहाँले डालो, नाङ्गलो र टालु टपरी बेचेर आएको आम्दानीले यसअघि लिएको ऋणहरु चुक्ता गरी एक÷दुई महिनाको घरखर्चको जोहो गर्न सकिने बताउनुहुन्छ । उहाँसहित उहाँका छोरा, नाति र घरका अन्य महिलाहरु पनि प्रसन्न मुद्रामा हातहातमा बाँस र बेतको भाँडाकँुडा बेच्दै गरेको देख्न सकिन्छ । गरिबी र विपन्नताको जाँतोमा पिल्सिएर वर्षैभरि गाउँगाउँमा सुँगुर डो¥याएर चहार्ने महोत्तरीका डोम समुदायलाई अहिले तराईवासीका महान् पर्व
ढोरपाटन । बागलुङमा ताल सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको छ । जिल्लाको ढोरपाटन नगरपालिका–९ स्थित रुद्रताल, तमानखोला–२ स्थित बराहताल, जैमिनी–३ गाजा दह (ताल), काठेखोला–४ को खोरताल, बागलुङ–१० स्थित बराहतालमा पानी सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको हो । गाउँ तथा नगरपालिकाले संरक्षण गर्नका लागि डोजर चलाएपछि तालमा पानीको सहत घटेर सुक्न थालेका हुन् ।एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा सडक पुगेका थिएनन् । जब गाउँगाउँमा मोटरबाटो पुगे त्यसपछि तालमा पानी कम हुँदै गएको ढोरपाटन नगरपालिका–९ का धनबहादुर पुनले बताए। नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जाने सडक छेउमै रहेको तालले पर्यटकलाई आकर्षित गर्
काठमाडौं । जेनजी शहीद श्रेयम चौलागाईको बुबा गणेश प्रसाद चौलागाईले जेनजी आन्दोलनमा दमन गर्ने दोषीहरुलाई कारवाही गर्न नसक्ने हो भने शहीद परिवारहरुले देशको नेतृत्व लिने बताएका छन् । सोमबार गृह मन्त्रालयमा छलफलका लागि पुगेका चौलागाईंले देशको नेतृत्व शहीद परिवारले लिने दाबी गरेका हुन् । उनले आन्दोलनमा गोली चलाउन आदेश दिनेहरुविरुद्ध प्रहरीमा किटानी जाहेरी दिनेसमेत बताए ।उनले भने, ‘शहीद परिवारलाई अवमूल्यन गर्न खोजिएको हो भने हामी पनि त्यही तरिकाले जान्छौ । सरकारले दोषीलाई कारवाही गर्न सकिदैँन् भन्छभने छिटोभन्दा छिटो कुर्सी छाडिदिए हुन्छ । किनभने यो सरकार बनाएको नै कारबाहीको लागि हो । यदि सकिदैँन
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.