जाजरकोट— जिल्लाको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी ९ः०० बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए ।नियमित पानी परिरहेकाले समस्या भइरहेको उनले जानकारी दिए । नरबहादुर बुढाकी दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेको समयमा माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाले जानकारी दिए ।प्रहरीसमेत घटनास्थलमा पुगेर जानकारी लिएको प्रहरी जवान महेश सिंहले बताए ।
पर्सा— सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन भएको टोलीले भन्सार छलेर ल्याइएका रु १८ लाख ५५ हजार ३५५ बराबरका कपडा बरामद गरेको छ। भन्सार छलेर ल्याइएका कपडा वीरगञ्ज महानगर—१ स्थित छपकैया र नदिया टोलका गोदामबाट बिहीबार बरामद गरिएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले बताए। बरामद सामग्री बिहीबार नै वीरगञ्ज भन्सार कार्यालयलाई हस्तान्तरण गरिएको छ।सशस्त्र प्रहरीको टोलीले चालु आर्थिक वर्षको असार १० गतेसम्म रु ३८ करोड २७ लाख ७९ हजार आठ सय ९० बराबरका सामान बरामद गरेको उहाँले जानकारी दिए। “भन्सार छलेर ल्याइएका रु २७ करोड ५६ लाख ५६ हजार ४८७ बराबरका सामान भन्सार वीरगञ
डोल्पा— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभिलेखमै नरहेको विद्यालयका नाममा भ्रष्टाचार गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।डोल्पाको तत्कालीन दुनै गाविस वडा नम्बर २ र ३ मा दुर्गा मावि प्रावि तिप्लाको भवन बनाउने भन्दै आर्थिक अनियमितता गरेको अभियोगमा उनीहरुविरुद्ध आयोगले विशेष अदालत काठमाडौंमा बिहिबार मुद्दा दायर गरेको हो ।तत्कालीन दुनै गाविस २ र ३ नम्बर वडा पर्ने तिप्लामा दुर्गा प्रावि नामको कुनै विद्यालय नै नभएको पाइएको अख्तियारले जनाएको छ ।हालको ठूलीभेरी नगरपालिका– ४ पर्ने तिप्लामा श्री लालिगुराँस आधारभूत विद्यालय मात्र सञ्चालनमा छ ।तर, लालिगुराँस आधारभूत विद्यालयका नाममा आव २०६७/
काठमाडौं— काठमाडौंको तारकेश्वर नगरपालिका–८ शिवमन्दिर सडक खण्डमा मोटरसाइकलको ठक्करबाट घाइते भएका ७१ वर्षीय वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा तारकेश्वर–८ भेटघाट चोक बस्ने पैदल यात्री कुलबहादुर आचार्य रहेका छन् ।तारकेश्वर पाँचमानेका २२ वर्षीय नवीन घिमिरेले चलाएको बा ७४ प ४००५ नम्बरको डुक मोटर साइकलले निजलाई ठक्कर दिएको र टोखा स्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा वृद्धको राति ११ः२० बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।ठक्कर दिने सवारी साधन नेपालटार ट्राफिक प्रहरी कार्यालय तथा मोटर साइकल चालक घिमिरे प्रहरी वृत्त बालाजुको नियन्
काठमाडौं— वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२५ बस्ने ४० वर्षीय प्रभाष रिसाल रहेका छन् ।आरोपित रिसालले युके पठाइदिन्छु भन्दै पीडितहरूबाट १ करोड २० लाख ४४ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका–४ एकान्तकुनाबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
काठमाडौं— गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुञ्जन राई छन् ।उनलाई बुधवार ललितपुरको बाँडेगाउँबाट पक्राउ गरिएको साइबर ब्युरोका एक जना अधिकृतले रातोपाटीलाई बताए । गायिका चौहानले आफूलाई गालीगलौज गर्नेहरूलाई कानुनी दायरामा ल्याउन माग गर्दै ब्युरोमा उजुरी दिएकी थिइन् ।आरोपीविरुद्ध साइबर अपराध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको ब्युरोका ती अधिकृतले जानकारी दिए ।
काठमाडौं— कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी ४५ बर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम सन्दकपुर गाउँपालिका वडा नं.५ बस्ने ७६ वर्षीय तीलबहादुर गुरुङ रहेका छन् । गुरुङलाई हिजो पक्राउ गरिएको हो । इलाम जिल्ला अदालतबाट २०३८ साल जेठ १२ गतेको फैसलाले कर्तव्य ज्यान कसूरमा उनलाई १० वर्ष कैद सजाय तोकिएको थियो ।जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको बिशेष टोलीले सन्दकपुर गाउँपालिका वडा नं.५ मा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरी जिल्ला कारागार इलाम पठाइएको सूचना अधिकारी प्रहरी निरीक्षक संजिव बोगटीले जानकारी दिएका छन् ।
रौतहट— रौतहटमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । कटहरिया नगरपालिका–८ पोखरिया बस्ने रामपुकार यादवकी छोरी १४ वर्षीया रोशनी कुमारी यादवको करेन्ट लागेर बुधबार राति मृत्यु भएको हो । गुजरा नगरपालिका६ बेदौलीस्थित लत्रेको बिजुलीको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मुगु – खत्याड गाँउपालिकाको वडा नं ६ मा पर्ने लाम्र पन्सेरीमा रहेको भगवती माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरु भौतिक पूर्वधारको अभावमा चिसो भुइँमै बसेर पढ्न बाध्य छन् ।विद्यालयमा भवन अभाव हुँदा यहाँका विद्यार्थीहरु खुला आकास, टिनको टहरा र बहु कक्षाको ब्यावस्था गरी भुइँमा बसेर पठनपाठन गर्न बाध्य भएको पाइएको हो । भौतिक पूर्वधार निर्माणका लागि विद्यालयसँग पर्याप्त जग्गा भएपनि स्रोतको अभावमा पूर्वाधार निर्माण हुन नसकेको हो ।पूर्वाधार अभावमा ईसीडी कक्षा देखि १० कक्षासम्म अध्यनरत ३ सय ५० भन्दा बढी विद्यार्थीहरुलाई पठनपाठनका लागि निकै समस्या भएको विद्यालयले बताएको छ । विद्यालयमा आठवटा मात्र
झापा — झापाको शिवसताक्षी नगरपालिका–९ मा दुई किशोरको शंकास्पद मृत्यु भएको छ। मृतकमध्ये १९ वर्षीय रोमन थापा र १५ वर्षीय आदित्य तामाङको साथीहरूले कुटपिट गरेका कारण ज्यान गएको भन्दै उजुरी परेपछि घटना सार्वजनिक भएको हो।एक साता अघि, असार ११ गते साथीसँगको झगडाका क्रममा थापा र तामाङ घाइते भएका थिए। तर, उनीहरूले घटना घरपरिवारलाई बताएका थिएनन्। घाइते दुबैजनाको उपचारको क्रममा रोमन थापाको शनिबार र आदित्य तामाङको बुधबार मृत्यु भएको झापा प्रहरी कार्यालयले जनाएको छ।जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार कुटपिटमा संलग्न रहेको आशंकामा १६ वर्षभन्दा कम उमेरका ६ किशोरलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ। ज
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.