समाज

    Showing 2,701-2,710 of 11,162 items.
  • डोजर चल्ने हल्लापछि सुकुम्बासीले बस्ती खाली गर्न थाले

    काठमाडौं— प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्न निर्देशन दिएपछि थापाथलीस्थित सुकुम्बासीहरूले बस्ती खाली गर्न थालेका छन्।प्रधानमन्त्री शाहले अतिक्रमित बस्तीहरू खाली गराउन सबै सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए। गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका उनले सुरक्षा निकायका प्रमुखसँगको भेटमा उक्त निर्देशन दिएका हुन्।शनिबार बिहानदेखिनै बस्ती खाली गराउन डोजर चल्ने हल्लापछि सुकुम्बासीहरूले बिहीबार साँझदेखि नै आफ्ना सामान सार्न सुरु गरेका हुन्। शुक्रबार बिहान पनि थापाथली क्षेत्रमा बस्ती खाली गर्ने क्रम जारी रहेको देखिएको छ ।

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 453 पटक पढिएको
  • राहदानी बोकेर हुलाकी आएपछि स्थानीय दङग

    सुर्खेत— हुलाकीले घर खोज्दै आँगनमा आएपछि कालिकोटको नरहरीनाथ–१ कोटवाडामा गणेश बिष्ट एक पटक अन्योलमा परे । अहिलेको जमानामा हुलाकी किन र के लिएर घरमा आयो । सुर्खेत बस्ने छोरीसंग दिनहुँ फोन, म्यासेन्जरमा कुरा भईरहन्छ । अरु कुनै ठाउँबाट चिठी पत्र आउने सम्भावना छैन हुलाकीले किन खोजेको होला भन्ने लागेको थियो । हुलाकीले छोरीको राहदानी ल्याएर आएको थाहा पाए पछि खुशी लाग्यो । गणेशले हुलाकी आउँदाको आफ्नो अनुभुती सुनाए ।‘राहदानी बनाएको धेरै समय भईसकेको थियो । जिल्ला प्रशासन कार्यालयमा आइ पुगेको सूचना पनि एक महनिा अगाडि नै हेरको थिए । राहदानी लिन व्यक्ति स्वयम उपस्थित हुनु पर्ने सुनेर छोरीलाई बोलाउन सकिएको

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 456 पटक पढिएको
  • सुर्खेतमा बहुबिषयक अन्तरराष्ट्रिय सम्मेलन आजदेखि

    सुर्खेत— मध्यपश्चिम विश्वविद्यालयले आजदेखि सुर्खेतमा बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । सम्मेलनमा विश्वका २१ देशबाट पाँच सय भन्दा बढीको सहभागिता हुने र ३ सय ५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत गरिने आयोजकले जनाएको छ । सम्मेलनमा अन्तरविषयगत संवाद, राउण्डटेबल छलफल सञ्चालन हुनेछन् ।सम्मेलनमा विभिन्न नौ विश्वविद्यालयका उपकुलपतिहरुको राउण्ड टेवल छलफल आयोजना हुने छ। सम्मेलनले कृत्रिम बुद्धिमत्ता र डिजिटल रूपान्तरणसँग सम्बन्धित समसामयिक विषयमा गहिरो छलफल गरिने मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा।डा। धुव्रकुमार गौतमले जानकारी दिए । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको र सहभागिहरु आउन

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 467 पटक पढिएको
  • आजदेखि कर्णालीमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

    सुर्खेत— कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ शुक्रबारदेखि वीरेन्द्रनगरमा सुरु हुँदैछ ।नेपाली चलचित्रको प्रवद्र्धनसँगै चलचित्र पर्यटनको सम्भावनालाई उजागर गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो ।‘घूमौं कर्णाली, हेरौं कर्णाली’ भन्ने नारासहित आयोजना हुन लागेको महोत्सवले कर्णाली क्षेत्रलाई चलचित्र र पर्यटनको केन्द्रबिन्दुका रूपमा स्थापित गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ ।महोत्सवको उद्घाटन तथा चलचित्र पर्यटन संवाद कार्यक्रम बैशाख ११ गते सुर्खेतको वीरेन्द्रनगरस्थित होटल शुभमा हुनेछ । बैशाख १२ गते सल्यानको कुपिण्डेदहमा चलचित्र पर्यटन समारोह आयोजना गरिनेछ । महोत्सवअन्तर्गत शहरदेखि गाउँसम्

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 397 पटक पढिएको
  • वीरेन्द्रनगर नगरपालिकाद्धारा दुई करोडको अक्षयकोष स्थापना

    सुर्खेत— वीरेन्द्रनगर नगरपालिका र मध्यपश्चिम विश्वविद्यालय (एमयू) बीच र वीरेन्द्रनगर नगरपालिका सुर्खेतबीच उच्च शिक्षा शैक्षिक छात्रवृत्ति अक्षयकोष २०८३ सम्बन्धी आपसी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा। डा। ध्रुवकुमार गौतम र वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले विहीबार एक समारोहका बीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।उक्त अक्षयकोषको राशी २ करोड २ लाख २ हजार २ सय २ रुपैयाँ रहेको छ । स्थानीय सरकार र विश्वविद्यालयबीच शैक्षिक सहकार्य विस्तार गर्दै छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको छ । यसबाट विशेषगरी स्थानीय विद्यार्थीलाई उच्च शिक

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 497 पटक पढिएको
  • काठमाडौं महानगरभित्रका विद्यालय वैशाख १५ देखि सञ्चालन हुने

    काठमाडौं— काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत महानगरभित्रका सबै विद्यालयको पठनपाठन तथा शैक्षिक गतिविधि आगामी वैशाख १५ गतेदेखि सञ्चालन हुने जनाएको छ।महानगरपालिकाको शिक्षा विभागले वैशाख १० गते सूचना जारी गर्दै नेपाल सरकारको निर्णय तथा काठमाडौँ उपत्यका मेयर्स फोरमको अनुरोधलाई ध्यानमा राखी यस्तो निर्णय गरिएको जनाएको हो।सूचनाअनुसार नयाँ शैक्षिक सत्रको प्रारम्भ, शिक्षक, कर्मचारी तथा विद्यार्थीमा परेको प्रभाव, विद्यालय व्यवस्थापन समितिको तयारी तथा समग्र शैक्षिक अवस्थाको विश्लेषणपछि सरोकारवालामा उत्पन्न द्विविधा हटाउन आवश्यक देखिएकाले यो निर्णय गरिएको हो।महानगरपालिकाको शिक्षा तथा स

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 468 पटक पढिएको
  • आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै

    काठमाडौं— बीसौँ लोकतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।विसं २०६३ वैशाख ११ गते जनआन्दोलनको दबाबपछि तत्कालीन राजा ज्ञानेन्द्रले विघटित प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि नेपालमा लोकतान्त्रिक परिवर्तनको नयाँ अध्याय सुरु भएको थियो। यही दिनलाई २०६४ सालदेखि लोकतन्त्र दिवसका रूपमा मनाउन थालिएको हो।संसद् विघटनपछि देशमा राजनीतिक अस्थिरता बढेको थियो। २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन हातमा लिएपछि सात दल र तत्कालीन नेकपा (माओवादी)बीच १२ बुँदे समझदारी भयो, जसले जनआन्दोलनलाई निर्णायक बनायो।लाखौँ जनता सडकमा उत्रिएपछि वैशाख ११ गते संसद् पुनस्र्थापना भयो। त्यसपछि २०६५ जेठ १५ गत

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 477 पटक पढिएको
  • यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमय दर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानिक गरेको छ । सार्वजानिक गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ २८ पैसा र बिक्रीदर १५० रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७६ रुपैयाँ २६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ८० पैसा र बिक्रीदर २०३ रुपैयाँ ६१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९२ रुपैयाँ ११ पैसा तोकिएको छ ।राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर एकको ख

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 472 पटक पढिएको
  • कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौं— हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार शुक्रबार दिउँसो मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ । साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ ।आज किोशी प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने र बाँकी तराई भू–भागमा आंशिक बादल लाग्नेछ।कोशी प्रदेशको हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भाग तथा लुम्बिनी, कर्णाली र

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 487 पटक पढिएको
  • सडक विस्तारको मौका छोपेर घरभाडा वृद्धि नगर्न वीरगञ्ज महानगरको अनुरोध

    वीरगञ्ज— पर्साको वीरगञ्ज महानगरले सडक विस्तारका क्रममा मुख्य सडकको भवन भत्किएको मौका छोपेर अन्य स्थानमा व्यापार–व्यवसाय गर्दै आएका व्यवसायीसँग अनावश्यक घरभाडा वृद्धि नगर्न अनुरोध गरेको छ ।गत आइतबार डिभिजन सडक हेटौंडाले गण्डकचोकदेखि मितेरीपुलसम्मको मुख्य सडक अतिक्रमित गरेर बनाइएका घरटहरा भत्काएको थियो ।मुख्य सडकका संरचना भत्काएपछि भित्रीसडकमा रहेका घर तथा संरचनाको भाडा एक्कासी बढेको जनगुनासो आइरहेकाले महानगरको ध्यानाकर्षण भएको जनाएको छ ।वीरगञ्ज महानगर राजस्व व्यवस्थापन महाशाखाले सार्वजनिक सूचना जारी गरेर महानगरभित्र पर्ने त्रिभुवन राजपथ विस्तारका क्रममा मुख्य सडकको घर भत्किएको मौका छोपेर अन्य स

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 410 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.