समाज

    Showing 121-130 of 11,160 items.
  • रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत संकलन गर्न काठमाडौं प्रशासनको अग्रह

    काठमाडौं— जिल्ला प्रशासन कार्यालय काठमाडौंले रसुवा, नुवाकोट र धादिङ जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री संकलन गर्न आग्रह गरेको छ ।शुक्रबार एक सूचना जारी गर्दै कार्यालयले काठमाडौं जिल्लाभित्र रहेका संघ–संस्था, कम्पनी, क्लब, व्यक्ति तथा नागरिकस्तरबाट बाढीपीडितका लागि आवश्यक राहत सामग्री उपलब्ध गराउन इच्छुकलाई सहयोग गर्न आग्रह गरेको हो ।भदौ १० गते आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत नदी किनारका क्षेत्रमा ठूलो क्षति पु¥याएको उल्लेख गर्दै प्रशासनले तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा अन्य घरायसी सामग्री संकलन गर्न लागेको जनाएको छ ।काठमाडौंमा संकलन हुने

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • 426 पटक पढिएको
  • विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै

    काठमाडौं— आज विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै । हरेक वर्ष अगस्ट २९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।विश्वमा आणविक हातहतियार परीक्षणका कारण निम्तन सक्ने विनाशकारी असरहरूबारे जनचेतना जगाउने उद्देश्यले विभिन्न सम्मेलन, प्रतियोगिता र प्रदर्शनीहरूको आयोजना गरेर मनाउने गरिएको छ ।संयुक्त राष्ट्रसंघको पहलमा सन् २०१० देखि यो दिवस मनाउन थालिएको हो । सन् २००९ को डिसेम्बर २ मा संयुक्त राष्ट्रसंघको ६४औं सभाले २९ अगष्टलाई आणविक हतियार विरुद्ध दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • 405 पटक पढिएको
  • रसुवा बाढीपीडितका लागि खोज, उद्धार तथा राहत सामग्री सहयोग गर्न प्राधिकरणको अपिल

    काठमाडौं— राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको र प्रभावित क्षेत्रमा हालसम्म पनि खोज, उद्धार तथा राहत व्यवस्थापनका कार्यहरू निरन्तर भइरहेको जनाएको छ । शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि इच्छुक दातृ निकाय तथा अन्तर्राष्ट्रिय विकास साझेदारले खोज, उद्धार र गैरखाद्य राहत सामग्री उपलब्ध गराउन सक्ने जनाएको हो । खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन तथा प्रभावित परिवारलाई शीघ्र राहत उपलब्ध गराउन विभिन्न सामग्री आवश्यक रहेको प्राधिकरणको

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • 382 पटक पढिएको
  • गाईजात्रा पर्व आज मनाइँदै

    काठमाडौं— आज गाईजात्रा पर्व मनाइँदै छ । यो पर्व काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाउने गरिन्छ ।परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने गरिन्छ । विशेषगरी काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर तथा टोल परिक्रमा गराउने प्रचलन छ ।गाईजात्राका क्रममा श्रद्धालुले सहभागीलाई दूध, फलफूल, रोटी, चिउरा, दहीलगायत खाद्य सामग्री तथा अन्न र द्रव्य दान गर्ने परम्परा छ । धार्मिक मान्यताअनुसार यसरी नगरपरिक्रमा गराउँदा वर्षभरि दिवङ्गत भएका आफन्तले गाईको पुच्छर समाई वैतरणी नदी पार

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • 393 पटक पढिएको
  • भोटेकोशी बाढीपीडितका लागि नमुना कलेजको ५ लाख ५ हजार ५५ रुपैयाँ सहयोग

    विराटनगर— इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५ लाख ५ हजार ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।देशमा राष्ट्रिय विपत्ति आइपरेका बेला शैक्षिक संस्थाका तर्फबाट पनि पीडित नागरिकका लागि योगदान हुनुपर्छ भन्ने उद्देश्यले कलेजले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।शुक्रबार बसेको कलेज सञ्चालक समितिको बैठकले बाढीपीडितलाई राहत पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको कलेज सञ्चालक समिति अध्यक्ष केशव खड्काले बताए।खड्काका अनुसार कलेजले घोषणा गरेको ५ लाख ५ हजार ५५ रुपैयाँ शनिबार नै प्रधानमन्त्री दैवी प्रकोप उद्ध

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • 421 पटक पढिएको
  • भोटेकोसी बाढीपछि कर्णालीका २०८ जना अझै सम्पर्कविहीन

    सुर्खेत— भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि कर्णाली प्रदेशका २०८ जना अझै सम्पर्कविहीन रहेका छन् । उनीहरूको अवस्था हालसम्म अज्ञात रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नरहेका कर्णालीका २६५ जनाको विवरण प्राप्त भएको थियो । तीमध्ये ५७ जना परिवारको सम्पर्कमा आएका छन् भने बाँकी २०८ जनाको अवस्था अझै अज्ञात छ ।सम्पर्कविहीन हुनेमा अधिकांश रोजगारीका लागि रसुवा र नुवाकोट पुगेका तथा त्यहाँका विभिन्न जलविद्युत आयोजनामा कार्यरत मजदुर रहेको प्रहरीले जनाएको छ । बाढीका कारण उनीहरूसँग परिवार तथा आफन्तको सम्पर्क टुटेको हो

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • 436 पटक पढिएको
  • काठमाडौं–धुन्चे सडकखण्ड साना सवारीका लागि सञ्चालनमा, रसुवा पुनः सडक सञ्जालसँग जोडियो

    काठमाडौं / काठमाडौं,टोखा,छहरे,गड्खार पुल,आप्र,नर्जाल,च्याङ,सरमथली,पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान,धुन्चे सडकखण्ड चार चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु भएको छ ।सडकखण्ड सुचारु भएसँगै बाढी तथा पहिरोका कारण सडक सञ्जालबाट प्रभावित बनेको रसुवा जिल्ला पुनः राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । सडक सञ्चालनमा आएपछि रसुवा आवतजावत गर्ने यात्रु तथा स्थानीयवासीलाई सहज हुने अपेक्षा गरिएको छ । यद्यपि, सडकको अवस्था र मौसमअनुसार यात्रा गर्दा आवश्यक सावधानी अपनाउनुपर्ने देखिन्छ ।

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • 174 पटक पढिएको
  • बाढीपीडितका लागि ओएनएफको २० लाख, विश्वभर राहत अभियान चलाउने

    काठमाडौं /बाढी तथा पहिरोले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीले राहत र उद्धारका लागि तत्काल २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।मञ्चको आकस्मिक सचिवालय बैठकले विपद्मा परेका नागरिकलाई तत्काल राहत पुर्याउन आफ्नै कोषबाट २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । मञ्चले यससँगै विदेशमा रहेका नेपालीलाई समेत राहत अभियानमा जोड्ने भएको छ । ‘नेपाल बाढी तथा पहिरो प्रभावित राहत सहयोग अभियान’ विश्वव्यापी रूपमा सञ्चालन गरी थप सहयोग जुटाउने निर्णय गरिएको छ ।मञ्चले विश्वभर रहेका आफ्ना कमिटी, सदस्य, शुभेच्छुक, नेपाली व्यवसायी तथा सामाजिक स

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • 208 पटक पढिएको
  • बाढी प्रभावित क्षेत्रमा जोखिम मोल्दै चिनियाँ टोली, राहत र उद्धार जारी

    एजेन्सी / दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने चीन–नेपाल सीमा नाका केरुङमा आएको पहिरोबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा चिनियाँ टोलीले पनि सक्रियता बढाएको छ । शुक्रबार बिहान ३० सदस्यीय उद्धार टोली पहाडी क्षेत्रमा कठिन पैदल यात्रा प्रभावित क्षेत्रतर्फ अघि बढेको छ । उक्त पहिरोमा तीन जनाको मृत्यु भएको छ भने सयौँ व्यक्ति अझै बेपत्ता छन्। सिजाङ र छिमेकी सिचुआन प्रान्तका अग्निनियन्त्रकहरू सम्मिलित उक्त टोली सीमा नाकाबाट पाँच–छ किलोमिटर टाढा रहेको प्रभावित प्रस्थान गरेको थियो। टोलीले खोजीका लागि तालिमप्राप्त कुकुर तथा बेल्चा, गैँती र जीवन पत्ता लगाउने उपकरणजस्ता हलुका सामग्री

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • 160 पटक पढिएको
  • रसुवा बाढी: टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीले जोगाएका थिए ज्यान

    काठमाडौं / भारत विशाखापट्टनम डीएलडीए अध्यक्ष गाडु वेङ्कटप्पासहित तीर्थयात्रीहरूको एक समूहले नेपालमा आएको विनाशकारी बाढीबाट झिनो अन्तरले ज्यान जोगाएको छ ।घटनाअघि भएका लगातारका ढिलाइ र समयमै गराइएको जानकारीका कारण उनीहरू उक्त विपत्तिबाट जोगिन सफल भएका हुन् । वेङ्कटप्पाका भाइ गरुडप्पाल नायडुका अनुसार कैलाश मानसरोवर यात्राका लागि निजी ट्राभल अपरेटरमार्फत २८ जना तीर्थयात्रीको समूह अगस्ट २४ मा भागलपुर विमानस्थलबाट प्रस्थान गरेको थियो। समूहमा उनीहरूको परिवारका आठ जना सदस्य पनि थिए।एएनआईसँग कुरा गर्दै नायडुले समूह काठमाडौं पुगेपछि भिसा प्राप्त गर्न ढिलाइ भएका कारण तीन दिन त्यहीँ बस्नुपरेको बताए।

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • 210 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.