काठमाडौं— नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारीलाई सुन तस्करीको आरोपमा दोहामा पक्राउ परेका छन् । सुन तस्करीको आरोपमा उनलाई दोहा प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेसँगै तिवारीलाई तीन महिनाको लागि निलम्बन गरिएको बताइएको छ। तिवारीबाट आठ तोला सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।उक्त घटना नोभेम्बर २९ मा भएको हो । उडान नम्बर आरए २४० दोहाबाट काठमाडौं आइपुग्ने तालिका थियो। दोहा विमानस्थल भन्सार जाँचका क्रममा तिवारीमा आठ तोला सुन भेटिएको जनाइएको छ । यसका कारण उडान लगभग ३५ मिनेटको लागि रोकिएको थियो । नेपाल एयरलाइन्सका दोहा स्टेसन म्यानेजर कृष्ण बजगाईंले यसको पुष्टि गरे।नेपाल एयरलाइ
बाँके— बाँकेमा एचआइभी सङ्क्रमितको सङ्ख्या ११९ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०८१/८२ मा ८० र चालु आर्थिक वर्षमा ३९ जनामा एचआइभी सङ्क्रमित फेला परेको हो । जिल्ला स्वास्थ्य कार्यालयका एचआइभी ‘फोकल पर्सन’ रवीन्द्र शाहले साउनयता चार महिनामा मात्रै ३९ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको जानकारी दिए। तीमध्ये २७ पुरुष र १२ महिला रहेका छन् । सङ्क्रमितध्ये आठ जना ३९ वर्षमाथिका र १५ देखि ४९ वर्षसम्मका ३१ जना छन् । आर्थिक वर्ष २०८१/८२ मा फेला परेका एचआइभी सङ्क्रमित ८० जनामध्ये १५ देखि ४९ वर्षसम्मका ६६, ४९ वर्षमाथिका आठ र १५ वर्षमुनिका ६ जना रहेक
काठमाडौं— बंगलादेशको एक अर्को अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनालाई शक्तिको दुरुपयोग र राजधानी ढाकामा जग्गा अधिग्रहण गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको छ ।स्थानीय मिडियाका अनुसार अदालतले उनकी बहिनी शेख रिहानालाई सात वर्षको सशस्त्र कारावास, उनकी छोरी ट्युलिप सिद्दीकीलाई दुई वर्षको सशस्त्र कारावास र एक लाख टाका जरिवानाको सजाय पनि सुनाएको छ ।सोमबार, ढाकाको विशेष न्यायाधीश अदालतले शेख हसिना, शेख रिहाना र उनकी छोरी ट्युलिप रिजवाना सिद्दीकी सहित १७ जनाविरुद्ध आफ्नो फैसला सुनाएको हो ।भ्रष्टाचार विरोधी आयोगले पूर्वाचल नयाँ शहर परियोजनाको लागि सरकारी जग्गा अधिग्रहण गरेको आरोपमा मुद्दा दायर गर
काठमाडौं— नेपालमा पर्यटन क्षेत्रलाई व्यवस्थित, सुरक्षित र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन विश्वव्यापी मापदण्डहरूको अवलम्बन अनिवार्य भएको एक कार्यक्रममा वक्ताहरूले बताएका छन्।कार्यक्रममा बोल्ने वक्ताहरूमध्ये पर्यटन विज्ञ तथा उद्योगीहरूले पर्यटन सेवा–सुविधालाई गुणस्तरीय बनाउने, पेशागत तालिमको विस्तार गर्ने र अन्तर्राष्ट्रिय मापदण्डअनुसारका संरचनाहरू विकास गर्नुपर्ने आवश्यकता औंल्याए।उनीहरूले नेपालले प्राकृतिक तथा सांस्कृतिक विविधताका कारण विशाल पर्यटन सम्भावना बोकेको भए पनि सेवाको गुणस्तर, पूर्वाधार र व्यवस्थापनमा अझ सुधार गर्न आवश्यक रहेकोमा जोड दिएका छन।कार्यक्रममा सहभागीहरूले पर्यटकम
काठमाडौं— बैंकिङ प्रणालीमा थप कर्जा प्रवाह बढाउन नेपाल राष्ट्र बैंकले ओभरड्राफ्ट तथा लघुवित्त कर्जाको सीमा वृद्धि गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा ५० लाखबाट बढाएर १ करोड रुपैयाँ पु¥याउने निर्णय गरेको हो ।यसैगरी, लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा पनि ठूलो परिमाणमा परिमार्जन गरिएको छ । पहिले ७ लाखबाट सीमित गरिएको यो सीमा अब वृद्धि भई १५ लाख कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकले दुई वर्षअघि कसिलो मौद्रिक नीति अपनाउने क्रममा ओभरड्राफ्ट कर्जा तथ
बाजुरा— बाजुराको बुढीगंगा नगरपालिकाका एक जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा सोही नगरपालिका वडा नम्बर १० सेलापाखाका ४० वर्षीय धनबहादुर रावत रहेका छन् ।रावत वडा नम्बर–९ मा रहेको जुवापानी डाँडामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घरबाट हिडेर बेपत्ता भएका रावतको प्रहरीमा खोजीका लागि निवेदन पश्चात् खोजी कार्य गर्दा उनी मृत फेला परेका हुन् ।मृत अवस्थामा फेला परेका रावत मानसिक सन्तुलन गुमाएका रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक लक्ष्मीराज जोशीले जानकारी दिएका छन् ।रावतको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल बाजुरामा ल्याईएको प्रहरी निरि
काठमाडौं— सिंगटी हाइड्रोको मुख्य लगानीमा मनाङमा ६१ मोगावाटको नार खोला जलविद्युत आयोजना निर्माणका लागि वित्तिय ऋण लगानी सम्झौता सम्पन्न भएको छ । सोमबार आयोजित एक कार्यक्रममा नार खोला हाइड्रो इनर्जी प्रा.ली.का अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रुपमा हस्ताक्षर गर्दै वित्तिय व्यवस्थापन टुंगाएका हुन् । मनाङ्स्थित नार्पा भुमी र नासोङ गाउँपालिकामा रहेको नार खोला र सोती खोलाको पानीलाई एकिकृत गरि ६१.११ मेगावाटको जलविद्युत आयोजना निर्माण प्रकृया अघि बढाइएको हो । आयोजनाको प्रबद्र्धक कम्पनि नारखोला हाइड्रो इनर्जी प्रा.लि.
रामेछाप— रामेछापको एउटा दुर्गमको गाउँपालिकाले आफ्नै खर्चमा अस्पताल सञ्चालन गर्दै आएको छ । त्यो पनि एउटा होइन दुई–दुईवटा । रामेछापको एक मात्र हिमाली गाउँपालिका उमाकुण्डले नागरिकलाई गाउँमा नै गुणस्तरीय स्वास्थ्य सेवा दिन दुईवटा अस्पताल सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्र प्रीति र वडा नं २ को बाम्तिमा अस्पतालहरू सञ्चालनमा छन् । गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारका अनुसार बाम्तिमा १५ शैय्याको अस्पताल सञ्चालनमा छ । त्यस्तै गाउँपालिकाको केन्द्र प्रीतिमा रहेको अस्पताल भने ५ शैय्याको रहको छ । दुवै अस्पतालको लागि संघीय सरकारले स्वास्थ्य चौकी तहका स्वास्थ्यकर्मीको दरबन्दी दिएको छ । ब
काठमाडौं— गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइतेमध्ये नौ जनाले राहत रकम बुझेका छन् । उनीहरुले परिचय पत्रसमेत लिएका छन् । जिल्लामा भएका १४२ जना घाइतेमध्ये उनीहरुले राहत रकम लिएका हुन् । दुई जना छुटको नाम समावेश गर्न गृह मन्त्रालयमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्मा गौतमले बताउनुभयो । उनका अनुसार अहिलेसम्म अपेक्षाकृत रुपमा घाइतेहरु परिचय पत्र बनाउन र राहत रकम बुझ्न आएका छैनन् । उनले भने, “कतिपयले सामान्य घाइते हो भन्दै आउन नखोजेको पाइएको छ ।” जेनजी आन्दोलनका जिल्ला नेतृत्वहरुले यसलाई लिखत रुपमा दिन प्रशासनले आग्रहसमेत गरेको छ । स्थायी ठेगाना अन्य जिल्ला भएक
जनकपुर— धनुषामा एक जना महिलाको शंकास्पद मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–४ कि रोशनी झाको शंकास्पद मृत्यु भएको हो । गत बिहीवार राति रोशनी झा भर्याँङबाट खसेको भनी उनको माइतमा ससुराली पक्षले टेलिफोनमार्फत जानकारी गराएका थिए । रोशनीको माइत पक्षका आफन्तहरु रोशनीको ससुराली पुग्दा ससुराली पक्षले ‘फाँसी’ लागेको बताएपछि घटनाले शंकास्पद मोड लिएको छ । रोशनीको हत्या उनकै श्रीमान प्रशान्त मिश्राले गरेको माइती पक्षले आरोप लगाउँदै न्याय गुहारेका छन् ।यता धनुषाका एसपी रुगम बहादुर कुँवरले आज विहान आफैं घटनास्थलको निरीक्षण गरेका छन् । उनले प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार रोशनीले आत्महत्या
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.