समाचार

    Showing 961-970 of 18,965 items.
  • आज एनपीएलमा चितवन र जनकपुर, पोखरा र कर्णाली मैदानमा

    काठमाण्डौ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्नेछन् । अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुरले यो खेल जितेर गणितीय हिसाबले प्लेअफको दौड कायम राख्न चाहन्छ । चार खेलबाट दुई खेल जितेको चितवन भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ । अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा र कर्णालीबीच भिडन्त हुनेछ । यी दुवै टोलीका लागि यो खेल

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 196 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।दिउँसो कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 148 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर, युरोलगायतका विदेशी मुद्राको मूल्य आज भने वृद्धि भएको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ १६ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ १३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८८ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९४ रुपैयाँ

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 138 पटक पढिएको
  • आज २०८२ साल मंसिर १६ गते मङ्गलबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आजको समय अनुकूल रहनेछ। नयाँ अवसरको सम्भावना प्रबल छ। सामाजिक भेटघाट तथा विशेष समारोहमा सहभागी हुने अवसर मिल्नेछ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)निर्णय गर्दा विशेष सतर्कता आवश्यक छ। अवसरको नाममा प्रलोभन दिने व्यक्तिलाई पहिचान गर्नुपर्छ। आर्थिक लाभ अपेक्षाकृत सीमित रहने देखिन्छ।मिथुन - Gemini(का, कि, कु, घ, ङ, छ, के, को, ह)आम्दानीमा वृद्धि हुने संकेत छ। व्यवसायमा लाभप्रद परिणाम मिल्नेछ। साझेदारीमा सकारात्मक प्रगति सम्भावित छ।कर्कट - Cancer(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)कार्य सम्पन्न गर्न दोहोरिएको प्रयास आवश्यक हुनेछ। स्वास्थ्यमा सान

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 225 पटक पढिएको
  • भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्चबाट बदर

    काठमाण्डौ । सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय बदर गरिदिएको छ ।  सोमबार न्यायाधीश शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको इजलासले सरकारको आयोग खारेज गर्ने निर्णय बदर गरिदिएको हो ।गत असोज २३ गते  बसेको मन्त्रिपरिषद बैठकले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको थियो । बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेपछि त्यसका विरुद्ध आयोगका अध्यक्ष हरिप्रसाद रिजालले गत कार्तिक ९ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।यसअघि उक्त रिटमा सर्वोच्चले सरकारको निर्णय तत्काल कार

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 137 पटक पढिएको
  • कोशी प्रदेश सरकार जनभावनाअनुसार काम गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जनताको अपेक्षा र आवश्यकता अनुरूप काम गर्न प्रदेश सरकार दृढताका साथ लागेको बताएका छन् । सोमबार उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरमा नवनिर्मित ब्याडमिन्टन कवर्डहल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सीमित स्रोत–साधनका बाबजुद जनचाहनालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता दोहोरयाए ।मुख्यमन्त्री कार्कीका अनुसार प्रदेश र स्थानीय तहमा जनताका असंख्य आवश्यकता पूरा गर्ने दबाब छ, तर बजेट अभावका कारण धेरै योजना अघि बढ्न नसकेको चुनौती छ । ‘थोरै बजेटमा धेरै काम गर्ने बाध्यताले कतिपय योजना अलपत्र परे। अब त्यसमा सु

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 125 पटक पढिएको
  • विराटनगरमा नेकपाको ‘पार्टी एकता सन्देश सभा’ : शीर्ष नेताहरूले के–के बोले ?

    विराटनगर । नेपाली कम्युनिष्ट पार्टीले कोशी प्रदेशको राजधानी विराटनगरमा सोमबार भव्य ‘पार्टी एकता सन्देश सभा’ आयोजना गर्यो ।सभामा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूले एकता, स्वाधीनता र समसामयिक राजनीतिक मुद्दामा आफ्ना धारणा राखे ।संयोजक ‘प्रचण्ड’ले मुलुक गम्भीर सङ्कटको अवस्थामा रहेको उल्लेख गर्दै नेपाली जनताको आत्मसम्मान र स्वाधीनताको रक्षा वामपन्थी एकताको मुख्य आधार भएको बताए । उनले सम्राज्यवादविरुद्ध लड्न नेपाल सेना वा प्रहरी मात्र पर्याप्त नहुने भन्दै ‘सबै नेपाली फौजी जस्तै उभिनुपर्छ’ भन्ने अभिव्यक्ति दिए । जेनजी आन्दोलनले दलहरूलाई सचेत बनाएको उल्लेख गर्दै उनले पार्

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 111 पटक पढिएको
  • बालेनका बुबा रामनारायणको अन्त्येटि, श्रद्धाञ्जलीका लागि उच्च अधिकारीहरु आर्यघाटमा

    काठमाडौंं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का बुबा रामनारायण शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।लामो समयदेखि  मधुमेह साथै पछिल्लो समय पिसाब संक्रमण सम्बन्धी समस्याले पीडित शाहको ७७ वर्षको उमेरमा आइतबार (मंसिर १५) १२ः२० मा निधन भएको थियो ।अस्वस्थ भएपछि उपचारका लागि नयाँ बानेश्वस्थित निजामती अस्पतालमा भर्ना भएका उनको आइतबार मध्यान्हमा मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो । आयुर्वेदिक डाक्टर समेत रहेका रामनारायणलाई श्रद्धाञ्जली दिन उच्च पदाधिकारीहरु आर्यघाट पुगेका थिए । उर्जामन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेल, खेलकुदमन्त्री बब्लु गुप्ता, प्रहर

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 145 पटक पढिएको
  • नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक, ११ महिनामा १० लाख ६० हजार

    काठमाडौं । सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको देखाएको हो । जसमा प्रमुख पर्यटक गन्तव्य मुलुकमा सबैभन्दा बढी भारतबाट १८ हजार ९९५ पर्यटक भित्रिएका छन् । त्यसैगरी क्रमशः संयुक्त राज्य अमेरिकाबाट ११ हजार २५४, चीनबाट ७ हजार ८७१, बेलायतबाट ७ हजार १८९, बंगलादेशबाट ५ हजार ६५३, अष्ट्रेलियाबाट ५ हजार ३९३, श्रीलंकाबाट ४ हजार ८३१, म्यानमारबाट ४ हजार ४८४, फ्रान्सबाट ४ हजार २११ र जर्मनीबाट ४ हजार १३४  पर्यटक भित्रिएका हुन् ।क्षेत्रगत रुपमा दक्षिण एसियाली मुलुकबाट

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 108 पटक पढिएको
  • कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म

    काठमाडौं— लामो समयको रस्साकस्सीपछि नेपाली कांग्रेसले आउँदो पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने सहमति जुटेको छ ।सोमबार सम्पन्न केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको कार्यतालिकामा महाधिवेशन गर्ने सहमति जुटेको हो ।कार्यतालिका अनुसार नयाँ क्रियाशील सदस्य वितरण मंसिर २० भित्र गरिसक्ने उल्लेख छ । महाधिवेशन मितिमा सहमति जुट्न नसक्दा केन्द्रीय समिति बैठक पटक पटक स्थगित हुँदै आएको थियो ।विशेष महाधिवेशन पक्षधर नेताहरूको भावना समेत सम्बोधन हुनेगरि पुसमा महाधिवेशन गर्ने सहमति बनेको हो ।उक्त सहमतिसँगै यही मंसिर २३ गते म्याद सकिने शेर बहादुर देउवा नेतृत्वको कार्

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 381 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा