समाचार

    Showing 901-910 of 17,360 items.
  • चितवनले नसम्झेको व्यक्तित्व बखानसिंह गुरुङ : जीवन इतिहासको साहित्यिक पुनर्संरचना ‘बखान’

    काठमाडौँ। जनकवि धरणीधर कोइरालाको भनाइमा साहित्य समाजको ऐना हो । जसमा समाजका बहुआयामिक पक्षहरू अनुभव, विचार, भावना, कल्पना र जीवनका विविध पक्षहरूलाई सौन्दर्यपूर्ण र सृजनात्मक भाषामा अभिव्यक्त गरिएको हुन्छ । वरिष्ठ पत्रकार वसन्त पराजुलीद्वारा लिखित उपन्यास ‘बखान’ले पनि नेपालको राजनीतिक विकासक्रम र खासगरी चितवनको राजनीतिका अतिरिक्त सामाजिक, आर्थिक, पर्यापर्यटन, वातावरणका अतिरिक्त बसाइँसराइ र यसका प्रभावहरूलाई अत्यन्त सरल, सहज किसिमबाट उजागर गर्न सफल भएको छ ।व्यक्तिव्यक्ति मिलेर समाजको निर्माण भएको हुन्छ भने समाजले व्यक्तित्व निर्माण गर्दछ । समाजको सदस्यको रूपमा व्यक्तिले अनेकौँ भूमिका निर्वाह गरे

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 185 पटक पढिएको
  • करेन्ट लागेर स्काभेटर चालकको मृत्यु

    रसुवा— रसुवामा करेन्ट लागेर स्काभेटर चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार कालिका गाउँपालिका–३ का ५० वर्षीय शिव पौडेलको करेन्ट लागेर मृत्यु भएको हो।टिमुरे–तातोपानी खण्डको बालुवा खानी नजिक शनिबार करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। सडकको हिलोमा भासिएका मालबाहक ट्रकलाई निकाल्न सहयोग गर्ने क्रममा स्काभेटरको बकेटले प्रवाह भइराखेको विद्युत् प्रसारण लाइनमा छुँदा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 342 पटक पढिएको
  • माटोको ढिस्कोले च्यापिँदा दुईको मृत्यु, छ जना घाइते

    बारा— बाराको सिम्रौनगढ नगरपालिका–६ पानीटंकी नजिक माटोको ढिस्को खस्दा दुई जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन्। शनिवार बिहान छठ पर्वका लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा अचानक ढिस्को खस्दा सो घटना भएको हो।ज्यान गुमाउनेमा सिम्रौनगढ–६ सानो इटवालकी ७० वर्षीया शारदादेवी महतो र १५ वर्षीय सुनिल महतो रहेका छन्। घाइते अवस्थामै उनीहरूलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।प्रहरीका अनुसार घटनामा १४ वर्षीय साजन महतो, १५ वर्षीय नितेश महतो, १८ वर्षीय गौतम मुखिया, १४ वर्षीया रानीकुमारी महतो, १४ वर्षीया सुशीलाकुमारी महतो र १५ वर्षीय राजाबाबु शर्मा घाइते भ

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 364 पटक पढिएको
  • जीवित बन्धकको नयाँ सूचीमा विपिनको नाम समावेश

    काठमाडौं— हमासले गाजामा बन्धक बनाएकामध्ये २२ जना जीवित रहेको विश्वास गरिएको छ भने त्यसमा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको नयाँ सूची सार्वजनिक भएको छ।वासिङ्टन पोस्टले सार्वजनिक गरेको जीवित रहेको विश्वास गरिएका बन्धकहरूको सूचीमा विपिनको पनि नाम छ।यसअघि सीएनएनले प्रकाशन गरेको रिपोर्टमा भने २० बन्धक मात्र जीवित रहेको सूची दिइएको थियोे भने नेपाली विपिनको अवस्था अज्ञात भनिएको थियोे।

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 386 पटक पढिएको
  • शनिबार स्थगित भएको एमाले सचिवालय बैठक आज बस्दै

    काठमाडौं— अध्यक्ष केपी शर्मा ओली बिरामी परेपछि स्थगित भएका नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। आइतबार बिहान ११ बजेदेखि बैठक सुरु हुने एमालेले जनाएको छ। भक्तपुरको गुन्डुस्थित ओली निवासमा गएको शुक्रबारदेखि एमाले सचिवालय बैठक सुरु भएको हो।  शनिबार पनि बैठक निरन्तर जारी रहने तालिका भए पनि अचानक अध्यक्ष ओली बिरामी भएको खबर आएपछि बैठकमा सहभागीताको लागि जाँदै गरेका नेताहरू बाटैबाट फर्किएका थिए। 

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 391 पटक पढिएको
  • आज कस्तो रहला देशभरको मौसम ?

    काठमाडौं—  हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।आज राति कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ ।

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 377 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ७६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९३ रुपैयाँ १८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 385 पटक पढिएको
  • आज २०८२ साल असोज २६ गते आइतबारको राशिफल

    काठमाडौं– आइतबारको राशिफलमेष:  दिन राम्रो छ । बन्धुसँगको सहकार्यले तपाईंलाई फाइदा हुनेछ । शिक्षा र स्वास्थ्यमा केही समस्या देखिन सक्छ । वैदेशिक रोजगारीमा मन जानेछ । परीक्षा लेखेको भए नतिजा तपाईंको पक्षमा आउनेछ । परिवारभित्र मेलमिलाप हुनेछ ।वृष: दिन राम्रो छ । धानलक्ष्मी योग परेको छ । व्यापार व्यवसायमा राम्रो आम्दानी हुनेछ । स्वदेशमै विकल्प देखिनेछ । पठनपाठनमा जोश र जाँगर बढ्नेछ । परिवारको साथ मिल्नेछ ।मिथुन: दिन राम्रो छ । मन प्रशन्न रहनेछ । अधुरा काम बन्नेछन् । परिवारको साथ सहयोग प्राप्त हुनेछ । बौद्धिक क्षेत्रमा मन जानेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।कर्कट: दिन सामान्य छ । शत्रु ब

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 371 पटक पढिएको
  • राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि आज उहाँको त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचार भइरहेको छ ।सेन्टरका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलका अनुसार हाल राष्ट्रपति पौडेलेको स्वास्थ्य परीक्षण भइरहेको र अवस्था सामान्य रहेको उनले जान्कारि दिए।

    • प्रकाशित मितिः असोज २५, २०८२
    • 144 पटक पढिएको
  • अस्थायी डाइभर्सन बनेपछि बिपी राजमार्गमा सवारी चाप

    काठमाडौं— बाढीले सडक बगाएको ठाउँमा अस्थायी डाइभर्सन बनाएपछि बिपी राजमार्गमा सवारी चाप बढेको छ ।रोशी खोलमा आएको बाढीले बगाएको सडकमा अस्थायी डाइभर्सन बनाएपछि शुक्रबार साँझबाट यातायात सञ्चालन भएको हो ।गत असोज १७ गते रातिदेखि तीन दिनसम्मको अविरल वर्षाले बिपी राजमार्गको काभ्रे खण्डमा चौकिडाँडादेवी माम्तिसम्म १४ ठाउँभन्दा बढी स्थानमा क्षति पु¥याएको थियो ।त्यस्तै सिन्धुली खण्डको नेपालथोकदेखि वर्षेखोलासम्म दुई ठाउँमा क्षति पु¥याको थियो । रोशीखोला खण्डमा करिब ५ किलोमिटर सडकमा बाढीले क्षति पु¥याउँदा असोज १७ गते साँझदेखि यातायात अवरुद्ध थियो ।सडक डिभिजन कार्यालय भक्तपुर, सडक डिभिजन कार्यालय खाल्टे सिन्धु

    • प्रकाशित मितिः असोज २५, २०८२
    • 413 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा