झापा / केन्द्रीय साइबर ब्युरो भोटाहिटीले प्रविधिको दुरुपयोग गरि बिभिन्न आपराधिक गतिविधि नगर्न अनुरोध गरेको छ । विगत केही समयदेखि केही व्यक्ति तथा आपराधिक समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जालमा भ्रमक तथा झुटा क्यपसन राखी भिडियो तथा तस्बिर अपलोड गरि उत्तेजना एवम् अफबाह फैलाउने पीडितको हक हनन गर्दै निजको सामाजिक एवम् मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउने किसिमको प्रवित्ति देखाए प्रचलित कानुन बमोजिम कारबाही हुने भएकाले यस्तो क्रियाकलाप नगर्न ब्युरोले अनुरोध गरेको छ । सामाजिक सञ्जाल , टिकटक ,युट्युब लगायतका विभिन्न सामाजिक एपहरू म
झापा / ललितपुरको ग्वार्को चोकमा स्कुटरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ । पैदल हिँडिरहेकी ६ वर्षीया अनुष्का जैसवाललाई नम्बर नखुलेको स्कुटरले बिहीबार राति करिब ७ बजे ठक्कर दिएको थियो ।स्कुटरको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।बालिका रौतहट घर भई ललितपुरको बालकुमारीमा परिवारसँग बस्दै आएकी थिइन् ।बालिकालाई ठक्कर दिएर फरार भएको स्कुटर र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।यस्तै सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका-१२ को खहरेस्थित केराबारीमा जेसिबी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्य
काठमाडौँ / पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिवार (भोलि) विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न गृह जिल्ला झापा आउँने भएका छन् । भद्रपुर विमानस्थल हुँदै आउने ओली झापा आए लगत्तै तिनै सहिदहरुको स्मृतिमा अर्जुनधारामा निर्माण गरिएको सहिद पार्क पुगेर श्रद्धाञ्जली व्यक्त गर्ने कार्यतालिका रहेको छ । झापा विद्रोहका क्रममा तत्कालीन विद्रोही मालेका शीर्ष पाँच नेताको हत्या भएको दिन फागुन २१ गते पारेर उनी आउन लागेका हुन् । यस दिनलाई एमालेले सुखानी सहिद दिवसको रुपमा मनाउने गरेको छ ।यसपछि उनी आफ्नो गृह क्षेत्र झापा क्षेत्र नं ५ मा पर्ने कमल गाउँपालिका आउने छन् । त्यहाँ
काठमाडौं / पसल सञ्चालकलाई नियन्त्रणमा लिएर लुटपाट गर्ने ८ जनालाई पहरीले पक्राउ गरको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले फागुन १२ गते साँझ काठमाडौँ महानगरपालिका –१६ नयाँबजारस्थित समृद्ध फार्मेसीका सञ्चालक राजेन्द्र साँखीलाई लुटपाट गर्ने आठजनालाई आज पक्राउ गरेको हो ।पक्राउ पर्नेमा जुम्लाका २६ वर्षीय देवीप्रसाद धिताल, धादिङका ३० वर्षीय शङ्कर रेग्मी, डडेल्धुराका २८ वर्षीय हिक्मत महता, कञ्चनपुरका २७ वर्षीय सुवास रतोकी, कञ्चनपुरकै ३४ वर्षीय मिलन बोहरा, पाँचथरका ३२ वर्षीय भविन्द्र बेगा, दैलेखका २७ वर्षीय योगेन्द्रबहादुर चन्द र प्युठानका २१ वर्षीय कमल सुनार रहेका छन् ।पक्राउ परेका उनीहरूले पसल
झापा / ताप्लेजुङ जिल्लाको जिल्ला अस्पतालको उपचारकक्षमै भालु पसेको छ । गए राति अस्पतालको प्रसूति कक्षमा भालु पसेको अस्पतालले जनाएको छ । राति साढे ११ बजेको समयमा उपचारकक्षमा भालु देखिएको थियो ।बिरामी नभएको उपचारकक्षमा भालु भेटिएपछि प्रहरीको सहयोगमा ढोका तानेर थुनिएको र अहिले सोही कोठामै नियन्त्रणमा रहेको अस्पतालका चिकित्सक सोनिङ लामाले जानकारी दिएका छन् ।उनका अनुसार अस्पतालको पछाडिको भागबाट ओहोरदोहोर गर्ने छोटो बाटोबाट राति अचानक भालु पसेको हो ।सुरक्षित अवस्थामा रहेको भालुलाई उद्धार गर्ने तयारी भइरहेको छ । उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग समन्वय भइरहेको जनाइएको छ ।उद्धारका लागि आवश
काठमाडौं / नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ ।मिर्गौला झिकेर बेच्न उद्देश्यले आर्थिक प्रलोभनमा पारेर दुईजनालाई काठमाडौँ महानगरपालिका –१६ माछापोखरीस्थित न्यु दक्षिणकाली होटलमा ल्याएर राखेको अवस्थामा बालाजुस्थित महानगरीय प्रहरी वृत्तको टोलीले मकवानपुर हेटौँडाका मोती लामालाई बुधबार पक्राउ गरेको हो ।एउटा मिर्गौला झिक्दा खासै फरक नपर्ने रु आठ लाख कमाइ हुन्छ भनी दुईजनालाई ललाइफकाइ माछापोखरीको होटलमा ल्याएर राखेको अवस्थामा लामालाई पक्राउ गरिएको काठमाडौँ महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।प्रहरीले भारत
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा दुर्लभ एकसिंगे गैँडा मृतावस्थामा फेला परेको छ। कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैंडा मृत फेला परेको निकुञ्जले जनाएको छ। निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेश तिवारीले स्थानीयले खबर गरेपछि मृत गैंडाबारे जानकारी पाइएको बताएका छन् ।‘सामुदायिक वनको बेलघारी सोराहामा निउसो टिप्न गएका स्थानीयवासीले मृत गैंडा देखेपछि निकुञ्जलाई खबर गरेका थिए’, तिवारीले भने, ‘त्यसपछि निकुञ्जको टोली गएर मृत गैँडाको मुचुल्का उठाउने र त्यसको व्यवस्थापन गर्ने काम गर्यो’, मृत गैँडाको
झापा / चितवनको भरतपुर महानगरपालिका -६ स्थित जयनेपाल चोकमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा भरतपुर महानगरपालिका १४ राधापुर घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत सई अर्जुन पौडेल रहेका छन् । ।गएराति ९ बजेतिर महेन्द्र चोकबाट चोक बजारतर्फ जाँदै गरेको ना ४ त ८८२९ नम्बरको ट्याक्टरले ना १६ प ३१५ नम्बरको मोटरसाइकलमा सवार पौडेललाई ठक्कर दिएको थियो । पौडेलको घटनास्थलमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।ट्रयाक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय गितानगरले नियन्त्रणमा लिएको छ ।
झापा / पोखरीमा डुबेको अवस्थामा गुल्मीमा एक महिलाको शव फेला परेको छ । जिल्लाको मुसीकोट नगरपालिका ५ बरारुख भन्ने स्थानमा पोखरीमा डुबेको अवस्थामा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिएका छन् ।एसपी भट्टराईका अनुसार बिहीबार बिहान सार्वजनिक पोखरीमा अन्दाजी ६७् ६८ वर्षीया महिला डुबेको अवस्थामा भेटिएको हो । मृत अवस्थामा भेटिएकी महिलाको पहिचान हुन बाँकी रहेको प्रहरी उपरीक्षक भट्टराईले बताए । घटनाबारे थप अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएका छन् ।
झापा / इलाममा फेला परेको घाइते चितुवाको उद्धार गरिएको छ । जिल्लाको माइजोगमाई–६ प्याङमा फेला परेको घाइते चितुवाको उद्धार गरिएको हो । एक खोल्सीमा चितुवा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।प्रहरीले सव डिभिजन कार्यालय नयाँ बजारलाई जानकारी गराएपछि त्यहाँको आएको टोलीले गएराति ती चितुवालाई उद्धार गरी डिभिजन वन कार्यालय इलाममा ल्याइएको थियो । घाइते चितुवाको उपचार, पुनःस्थापनाका लागि कोसीटप्पु वन्यजन्तु आरक्षमा पठाइएको जिल्ला वन कार्यालय इलामका प्रमुख इन्द्रमणि भण्डारीले जानकारी दिए । उनका अनुसार चितुवाको शरीरमा घाउसमेत देखिएको बताइएको छ ।मानिसले नै घाइते बनाएको वा अन्य वन्य
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.