समाचार

    Showing 6,881-6,890 of 9,835 items.
  • बिर्तामोडमा दुई दिवसीय खोजमूलक पत्रकारिता तालिम सुरु

    विर्तामोड / आसन्न स्थानीय सरकारको चुनावमा महिला सहभागिता बढाउन पत्रकारको भूमिकाका विषयमा झापाको बिर्तामोडमा दुई दिवसीय खोजमूलक पत्रकारिता तालिम आज बुधबारबाट सुरु भएको छ । बिर्तामोड नगरपालिकाको सहयोगमा नारी सञ्चार गृह झापाले समय सापेक्ष दुई दिवसीय तालिम सञ्चालन गरेको हो ।कार्यक्रमको अध्यक्षता नारी सञ्चार गृह झापाकी अध्यक्ष भिमा सिवाकोटीले गरेकी थिइन् भने प्रमुख अतिथिको रुपमा जिल्ला प्रशासन कार्यलय झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई निमन्त्रणा गरिएको थियो । कार्यक्रमको औपचारिक सञ्चालन नारी सञ्चार गृह झापाकी कोषाध्यक्ष जोष्ना श्रेष्ठले गरेकी थिइन् ।त्यस्तै कार्यक्रमको औपच

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 35 पटक पढिएको
  • झुटो प्रचार : माओवादी र एकीकृत समाजवादीले एक सिट जिते सम्पत्ति दान गर्ने घोषणा

    भक्तपुर /  विवादास्पद छविका व्यवसायी एवं एमालेका नेता दुर्गा प्रसाईँले आगामी निर्वाचनमा आफ्नो पुरानो पार्टी माओवादी केन्द्र र एमालेको विभाजन पछि बनेको एकीकृत समाजवादीले एक स्थानमा मात्रै विजय पात्र गरे आफ्नो सम्पूर्ण सम्पति दान गर्ने सार्वजनिक घोषणा गरेका छन् ।आफ्ना अभिव्यक्तिका कारण सँधै विवाद र आलोचनामा तानिने गरेको झापाको बिर्तामोड स्थित पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालक समेत रहेका प्रसाईँले भक्तपुरको सूर्य विनायकमा जग्गा लिजमा लिएर १५ वर्षका लागि सुरु गरेको तरकारी बजारको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो घोषणा गरेका हुन् ।तरकारी बजारका लागि आफूले दुई अर्ब लगानी

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 489 पटक पढिएको
  • बजारमा खाना पकाउने ग्यासको हाहाकार

    बिर्तामोड / खाना पकाउने एलपी ग्यासको मूल्य समायोजनको माग राखी उद्योगीले भारतबाट आयात गर्न छाडेपछि बजारमा ग्यास अभाव सुरु भएको छ ।पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण ढुवानीमा समस्या आएको भन्दै मूल्य समायोजनको माग राखी विगत ११ दिन अघिबाट उद्योगीले ग्यास आयात गर्न छाडेका थिए ।ग्यासको आयात रोकेर उद्योगी आन्दोलनमा उत्रिएपछि बजारमा खाना पकाउने ग्यासको अभाव सुरु भएको हो । डिजेलको मूल्य बढ्दा भाडादर बढेको भन्दै उद्योगीले ग्यासको मूल्य समायोजनको माग राखी गत फागुन १९ गतेदेखि आन्दोलन थालेका थिए ।ग्यास उद्योगहरूको छाता संगठन नेपाल एलपी ग्यास उद्योग संघले उद्योगी– व्यवसायीको मागलाई सरकारले वेव

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 55 पटक पढिएको
  • चौधरी ग्रुपद्वारा घाटा भएको भन्दै बिस्कुट उद्योग बन्द

    इटहरी / देशकै ठूलो औँद्योगिक घराना चौधरी ग्रुपले आफ्नो परिवारबाट सुनसरीको दुहबीमा सञ्चालनमा रहेको देशकै पुरानो बिस्कुट उद्योग घाटामा गएको भन्दै सूचना नै जारी गरेर बन्द गरेको छ ।दुहबीमा रहेको पशुपति बिस्कुट इन्डस्ट्रिज प्रालि घाटामा गएको भन्दै चौधरी ग्रुपले सूचना नै जारी गरी उद्योग सञ्चालन बन्द गरिएको जनाएको हो ।चौधरी ग्रुपका संस्थापक लुनकरण दास चौधरीले बिक्रम सम्वत् २०३० सालमा स्थापना गरेको देशकै ठूलो अनि पुरानो बिस्कुट उद्योग घाटामा गएकाले बन्द गर्नु परेको उद्योग प्रशासनले जनाएको छ ।संसारकै खर्बपति व्यापारीको सुचीमा रहेका उद्योगी विनोद चौधरीका भाइ बसन्त चौधरीले हेर्दै आएको उद्योग सूचना न

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 99 पटक पढिएको
  • निर्वाचन लक्षित विकासे काम : दमकमा करोडौँको लगानीमा सपिङ कम्प्लेक्स

    दमक / आफ्नो निर्वाचन क्षेत्रमा विकास देखाउने नाममा खेतीयोग्य जमिन नै मासेर अर्बौँ लगानीमा भ्यु टावर बनाउन थालेको भनेर आलोचना खेपीरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको अग्रसरतामा निर्वाचनको पूर्वसन्ध्यामा दमकमा करोडौँ रुपैयाँको लगानीमा सपिङ कम्प्लेक्स बनाउने योजना अघि बढेको छ ।नगरक्षेत्रमा वर्षौ देखि बसेका सुकुमबासीको घर भत्काएर अघि बढाएको सपिङ कम्प्लेक्सका लागि ६१ करोड खर्च गर्ने गरी एमाले अध्यक्ष ओलीका विश्वास पात्र भनेर चिनिएका दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले योजना अघि बढाउँदै प्रचार सुरु गरेका छन् ।आफ्नो ५ वर्षे कार्यकाल भरी जनताको पक्षमा काम नगरेको भनेर आलोचित बनेका ओलीको निर्वाचन लक

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 62 पटक पढिएको
  • सवारी दुर्घटनामा रामधुनीका वडा सचिवको मृत्यु

    इटहरी / सुनसरीको रामधुनी नगरपालिका ६ का वडा सचिव नन्द कुमार श्रेष्ठको बुधबार बिहान भएको मोटसाइकल दुर्घटनामा परि मृत्यु भएको छ ।बिहान करिब १०ः०० बजे आफ्नो निवासबाट वडा कार्यालय जाने क्रममा रामधुनी-६ को आदर्श टोल स्थित भित्री सडकमा मोटरसाइकल अनियन्त्रित भई भएको दुर्घटनामा परी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।श्रेष्ठ सवार को २४ प ९४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक किनारामा दुर्घटना भएको थियो । दुर्घटनामा परी घाईते भएका उनलाई उपचारका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।  

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 278 पटक पढिएको
  • ट्रिपरले लियो दुई स्कुले बालिकाको ज्यान

    बिर्तामोड / अनियन्त्रित गतिमा चलेको ट्रिपरको ठक्करबाट दुई स्कुले बालिकाको ज्यान गएको छ । आफ्नै बुबासँग विद्यालय जाने क्रममा स्कुटरमा सवार रहेका दुई बालिकाको घटनास्थलमा नै ज्यान गएको हो ।काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित मेलम्ची चोकमा ट्रिपरको ठक्करबाट घाईते बनेका दुवैलाई ट्रिपरले दुर्घटनापछि ब्याक गरी किचेर मारेको स्थानीयले आरोप लगाएका छन् । दुर्घटनामा परी मृतक बालिकाका बुबा भने गम्भिर घाईते भएका छन् ।सुन्दरीजलको वल्र्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरू सृष्टि र श्रेष्याको आज बिहान ८ः३० बजे ट्रिपरको ठक्करबाट  ज्यान गएको हो ।घिसिङले दुवै छोरीलाई मोटरसाइकल

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 62 पटक पढिएको
  • ताप्लेजुङका डिएसपीको हेलिकप्टरबाट उद्धार

    बिर्तामोड / जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी बाल नरसिंह राणालाई उपचारका लागि हेलिकप्टर प्रयोग गरी काठमाण्डु लगिएको छ ।स्वास्थ्य अवस्था असामान्य बनेपछि हेलिकप्टर प्रयोग गरी उनलाई उपचारका लागि नेपाल प्रहरी अस्पताल काठमाण्डु लगिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।श्वासप्रश्वासमा देखिएको समस्याका कारण स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि प्रहरी अस्पताल लगिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नवीनराज राईले जानकारी गराएका छन् ।  जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको प्रहरी प्रमुख रहेका राणाको हालै महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमा

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 334 पटक पढिएको
  • काठमाण्डौमा नेपाली सेनासँगै देखिए अमेरिकी सेना (फोटो फिचर)

    बिर्तामोड / काठमाण्डौको छाउनी स्थित नेपाली सेनाको वीरेन्द्र अस्पतालमा नेपाली सैनिक सँगै अमेरिकी सेना देखिएको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ । एमसीसी अनुमोदनसँगै नेपालमा अमेरिकी सेना आएको ढंगले सामाजिक सञ्जाल प्रयोगकर्ताले तस्विर सेयर गरिरहेका छन् ।सामाजिक सञ्जालमा भाइरल भइरहेको अमेरिकी सेनाको तस्वीरको वास्तविकता भने भिन्न रहेको पाइएको छ । अमेरिकी दुतावासले नेपाली सेना र अमेरिकी सेनाको संयुक्त अभ्यासका तस्विर भएको उल्लेख गरेको छ ।प्राकृतिक तथा अन्य प्रकारका विपत्तिमा गरिने हवाइ चिकित्सा उद्धारका विषयमा अनुभव आदान प्रदानको बेलाका ती तस्विर भएको दुतावासले जनाएको छ ।मेडिकल इभालुएसन इन्फरमेस

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 72 पटक पढिएको
  • तीन थान पेस्तोल सहित ३ पक्राउ

    काठमाडौँ / काठमाडौँको स्वयम्भू क्षेत्रबाट प्रहरीले मंगलबार राती गोली लोड गरिएका तीन थान पेस्तोल सहित तीन युवालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर शोभाभगवतीबाट गस्तीमा परिचालित प्रहरीले हतियार सहित तिन जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा रौतहट घर भई काठमाण्डौको ब्रम्हटोल बस्ने १८ वर्षीय राजकुमार बानियाँ , रौतहट नै ठेगाना भई काठमाण्डौको डल्लु बस्ने २० वर्षीय प्रविण पधार र भारतीय नागरिक १८ वर्षीय मुकेश बानियाँ रहेका रहेका छन् ।उनीहरूको साथबाट गोली लोड गरिएको पेस्तोल तीन थान , ओलम्पस क्यामेरा , फोटो स्मार्ट क्यामेरा र सटर फोर्न बनाइएको घरेलु हतियार बरामद भएको प्रहरीले जनाएको छ ।गस

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 34 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा