समाचार

    Showing 6,751-6,760 of 9,827 items.
  • सङ्खुवासभामा पानीमा डुबेर एक वर्षीय बालकको मृत्यु

    सङ्खुवासभा / सङ्खुवासभाको चैनपुर नगरपालिका -५ मा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पेमा ओङ्दि शेर्पाका एक वर्षीय छोरा निमा साङ्गे शेर्पा रहेका छन् ।  शेर्पालाई सोमबार जुठेल्नामा खोले पकाउन राखिएको फोसी भाडामा रहेको पानीमा डुबी मृत अवस्थामा फेला पारेको थिए । इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले कानुनी प्रकृया पुरा गरी घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।  

    • प्रकाशित मितिः चैत २९, २०७८
    • 39 पटक पढिएको
  • गैरकानुनी ढंगबाट अमेरिका पुगेका १० नेपाली निष्काशित

    काठमाडौँ / अमेरिकाको अध्यागमनले गैरकानुनी ढंगबाट अमेरिका प्रवेश गरेका दश जना नेपालीलाई निष्कासन गरेको छ । अध्यागमनले राजु पौडेल, प्रवीन बस्नेत, पेम्बा लामा, ध्रुब कुमार, शंकर विष्ट मगर, छिरिङ शेर्पा, तेज बुढाथोकी, मोहन पौडेल, तिलक राउतले र बिराज केसीलाई निष्कासन गरेको हो । आगामी दिनमा अमेरिका प्रवेश गर्न नपाउने गरी उनीहरूलाई त्यहाँको अध्यागमनले निष्कासन गरेको बताइएको छ । उनीहरु कहिले अमेरिका प्रवेश गरे भन्ने विषय खुलेको छैन। निष्काशित सबैलाई अमेरिकाले विमान चार्टर गरी केही दिनअघि काठमाडौं पठाएको छ । अवाञ्छित ढंगले अमेरिका प्रवेश गरेको सूचना पाएपछि त्यहाँको अध्यागमनले उनीहरूलाई प

    • प्रकाशित मितिः चैत २९, २०७८
    • 51 पटक पढिएको
  • ९३ केजी गाँजासहित एक जना पक्राउ

    महोत्तरी / महोत्तरीबाट प्रतिबन्धित लागूऔषध (गाजा) सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  धादिङ थाक्रे निवासी ३६ वर्षीय रमेश तामाङ रहेका छन् । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी छिन्नमस्ता वाहिनिवाट खटिएको प्रहरी टोलीले गएराति तामाङ पक्राउ गरेको हो । मनरासिस्वा नगरपालिका सुनौलो गाउँबाट उनी सवार ना ३ ७९३५ नम्बरको ट्रकमा ९३ केजी गाजा नियन्त्रण लिइएको हो ।थप अनुसन्धानको  तामाङलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाउने तयारी भैइरहेको सशस्त्र प्रहरी मधेश प्रदेशले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 26 पटक पढिएको
  • प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ४४३ युवा रोजगार

    लमजुङ / लमजुङमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ४४३ युवाले रोजगार पाएका छन् । मर्स्याङ्दी गाउँपालिकामा सञ्चालन गरिएको कार्यक्रममा एक हजार ३६३ पुरुष र ९३७ महिला गरि ४४३ युवाले रोजगार पाएका हुन् ।चालू आर्थिक वर्षको साउनदेखि गत फागुन महिनासम्म पालिकाका बेरोजगार युवाले रोजगार पाएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताएका छन् ।गाउँपालिकामा सूचीकृत बेरोजगारको सङ्ख्या दुई हजार ३०० रहेकामध्ये एक हजार ३६३ पुरुष र ९३७ महिला रहेका छन् । रोजगार पाएका युवाले पालिकाका विभिन्न स्थानमा बाटो बनाउने, सिँढी बनाउने, नयाँ बाटो खोल्ने, नाली निर्माण गर्ने, मोटरबाटो सोलिङ, बाटो सफा गर्ने लगायतका काम पाए

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 41 पटक पढिएको
  • भ्रमणको लागी हिँडेको बस सर्लाहीमा दुर्घटना हुँदा २४ जना घाइते

    सर्लाही  / पारिश्रमिक सहकारी संस्था मोरङबाट भ्रमणको लागी प्यूठान पुगेर मोरङ तर्फ फर्कने क्रममा  सर्लाहीमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । सर्लाहीको ईश्वरपुर नगरपालिका-५ फुलजोर चोकमा प्रदेश ३-०१–००५ ख ९८६० नम्बरको बस आज बिहान पौने ४ बजे दुर्घटनामा परेको थियो ।घाइते मध्ये ५३ वर्षीया कमला श्रेष्ठ राईको अवस्था गम्भीर रहेको र उनको जनकपुरस्थित रामा मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 48 पटक पढिएको
  • वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई वैशाख १ देखि स्वघोषणा अनिवार्य

    काठमाडौँ / सरकारले व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिले अबदेखि स्वघोषणा पत्र अनिवार्य रूपमा भर्नुपर्ने व्यवस्थाको तयारी गरेको छ । व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि वैदेशिक रोजगार विभागले सो व्यवस्था वैशाख १ गतेदेखि लागू गर्न लागेको हो ।वैदेशिक रोजगारीका नाममा भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृति लिएर गएका व्यक्ति अलपत्र पर्ने, ठगिने सरकारले तोकेकोभन्दा बढी शुल्क तिर्न बाध्य पारिने जस्ता प्रवृत्ति देखिएपछि विभागले स्वघोषणा पत्र भर्नुपर्ने व्यवस्था गरेको जनाएको छ । विभागका महानिर्देशक शेषनारायण पौडेलल

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 67 पटक पढिएको
  • सर्वोच्चद्वारा एआईजी बढुवा विरुद्धको रिट स्थगित

    काठमाडौं  / नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट सोमबार स्थगित भएको छ । अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा सोमबारका लागि पेशी तोकिएकोमा सर्वोच्च अदालतले उक्त पेशी स्थगित गराएको हो ।गत मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले एआईजीमा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेशसहित दुवै पक्षलाई चैत २८ गते छलफलका लागि बोलाएको थियो ।डीआइजीहरु ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले दर्ता गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 42 पटक पढिएको
  • २९९.८८ ग्राम सुनसहित विमानस्थलबाट तीन पक्राउ

    काठमाडौं  / त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २९९.८८ ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नौकुण्ड गाउँपालिका –१ रसुवा घर भएका ३२ वर्षीय सुकुराम लामा, नौकुण्ड गाउपालिका –६ का २७ वर्षीय पेम्‍मा थोक्रा र नौगुण्ड गाउँपालिका –६ रसुवाका २२ वर्षीय बुद्धिमान तामाङ रहेका छन् ।एयर अरेबियाको विमानबाट आएका उनीहरूलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट सोमबार पक्राउ गरेको हो ।प्रहरीले सुकुरामले लगाएको जिन्सपाइन्टबाट ९९.९६ ग्राम सुनको दुईवटा सिक्री, पेम्बा थोक्राले लगाएको जिन्सपाइन्टबाट ९९.९६ ग्राम सुनको दुईवटा सिक्री र बुद्धिमान तामाङले लगा

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 68 पटक पढिएको
  • बन्दुकको गोली बोकेर जापान जान लागेकी एक महिला विमानस्थलबाट पक्राउ

    काठमाडौँ / तनहुँकी भानु नगरपालिका-७ की सोविता नेपालीलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ । गोली बोकेर जापान जान लागेकी नेपाली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी हुन् । विमानस्थल सुरक्षा प्रहरीका एसएसपी भीम ढकालका अनुसार नेपाली आइतबार राती नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी थिइन् ।विमानस्थलमा चेकजाँचका क्रममा उनको झोलाबाट प्रहरीले १ राउन्ड गोली फेला पारे लगत्तै उनलाई पक्राउ गरिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको एसएसपी ढकालले जानकारी बताए ।

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 34 पटक पढिएको
  • भारतबाट धान लिएर सर्लाही जाँदै गरेको कन्टेनरभित्र १० हजार किलो चिनी बरामद

    सर्लाही / भारतबाट सर्लाहीको हरिवनमा  धान लिएर जाँदै गरेको कन्टेनरमा १० हजार किलो चिनी बरामद भएको छ ।  सर्लाही भन्सार कार्यालय मलङ्गवामा जाँच गर्ने क्रममा १० हजार किलो  चिनी बरामद भएको हो ।भारतको पटनाबाट धान भनेर ल्याइएका दुई कन्टेनरबाट २०० बोरामा १० हजार किलो चिनी बरामद भएको भन्सार कार्यालयका प्रमुख मुरारीप्रसाद काफ्ले जानकारी दिएका छन् ।कन्टेनरको अगाडिको भागमा धान राखेर भित्रपट्टी चिनी राखिएको अवस्थामा फेला परेको उनले बताए । कन्टेरबाट बरामद भएको २० क्विन्टल धान र चिनी जफत गरिएको छ भने कन्टेनरलाई नियन्त्रणमा राखेर मुद्दा प्रक्रिया बढाइएको भन्सार प्रमुख काफ्लेले बताएका छन् ।कन्टे

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 80 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा