समाचार

    Showing 6,661-6,670 of 25,597 items.
  • रवि र बालेनबीच ७ बुँदे सहमति

    काठमाण्डौ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच ७ बुँदे सहमति भएको छ । उनीहरुबीच आगामी निर्वाचनमा मिलेर जानेबारे सहमति भएको हो ।सहमतिपत्रमा रास्वपा र घण्टी चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने उल्लेख छ । साथै, रास्वपा सभापति रवि लामिछाने हुने र आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने उल्लेख छ ।सहमतिमा हस्ताक्षर गरेपछिको तस्बिर शेयर गर्दै लामिछानेले लेखेका छन्– ‘सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनु पर्छ ।’बालेनले भने सोही तस्बिर शेयर गर

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 455 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराईका केही स्थानहरूमा कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेकोछ।दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा कुहिरो रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ । राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ भने गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 323 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।  अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४९ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ १८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३१ पैसा,

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 275 पटक पढिएको
  • आज २०८२ साल पुस १३ गते आइतवारको राशिफल

    मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Ariesआजको दिन तपाईंलाई शारीरिक तथा मानसिक सुख प्राप्त होला , तपाईंको काम गरिदिने बिस्वासिलो मान्छे पाइएला, मिष्टान्न भोजनको अवसर प्राप्त होला तथा आजको दिन रमाइलो भोजनमै बित्ला।वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurusराज्यपक्षको सहयोग प्राप्त होला, प्रेम बढ्ने दिन रहेको छ, कुनै उच्च पदमा भएका व्यक्तिहरुबाट उचित सहयोग तथा सर सल्लाह पाइएला मान तथा प्रतिष्ठामा वृद्धि होला।मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Geminiआजको दिन अनेक प्रकारका लाभ प्राप्त होला , भाग्यमा वृद्धि हुने समय आएको छ,आर्थिक तथा सामाजिक पक्ष बलवान् होला, आज कुनै प

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 409 पटक पढिएको
  • आरके बस्नेत राप्रपाबाट समानुपातिकतर्फ सिफारिस

    काठमाडौं । आगामी फाल्गुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै युवा नेता राम कुमार बस्नेत (आर.के.) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट समानुपातिक सांसदका रूपमा सिफारिस भएका छन् ।शाही युवा शक्तिबाट राप्रपामा आबद्ध भएका बस्नेत पार्टीका केन्द्रीय सदस्यसमेत हुन् । उनलाई काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ बाट समानुपातिक उम्मेदवारका रूपमा पार्टी नेतृत्वले अगाडि बढाएको हो ।सामाजिक अभियान, युवामुखी राजनीति तथा संगठन निर्माणमा सक्रिय रहँदै आएका बस्नेतले समानुपातिक सांसद भएमा देश विकास र जनताको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।पार्टी संगठन सुदृढीकरण, युवाको सहभागिता

    • प्रकाशित मितिः पुस १२, २०८२
    • 226 पटक पढिएको
  • निर्वाचनमा जान सबै दल तयार रहेको मन्त्री खरेलको दाबी

    काठमाडौं । आउँदो फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरु तयार भएका छन् ।आज शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले निर्वाचनमा जाने प्रतिबद्धता जनाएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए ।उनले भने, ‘प्रधानमन्त्री सुशीला कार्कीज्यूले बोलाएको उच्चस्तरीय वार्तामा चुनाव केन्द्रित विषयमा छलफल भयो । बैठकले चुनावमा जाने सहमति तीन ठूला दलका शीर्ष नेताहरु र प्रधानमन्त्रीबीच कायम भएको छ । अब चुनावमा सहभागी हुने कुरा प्रमुख र अन्य राजनीतिक दलबीच पनि सहमति भएको जानकारी यहाँहरुलाई गराउँछु ।’शनिबार

    • प्रकाशित मितिः पुस १२, २०८२
    • 250 पटक पढिएको
  • प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरुको बैठक बस्दै

    काठमाडौं । सरकारले निर्वाचनको वातावरण बनाउन आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्दैछ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न लागेकी छन् ।सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार प्रधानमन्त्रीले तीन दलका शीर्ष नेतासँग आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुनेछ । छलफलमा सञ्चारमन्त्री खरेल पनि सहभागी हुनेछन् । निर्वाचनको अन्तिम तयारी र दलहरूबीचको थप समन्वयका लागि प्रधानमन्त्री कार्कीले शीर्ष ने

    • प्रकाशित मितिः पुस १२, २०८२
    • 198 पटक पढिएको
  • युवाहरूको सपना पूरा गर्ने वातावरण नेपालमै बनाउनुपर्छ : कुलमान घिसिङ

    काठमाडौं । ऊर्जा, जलस्रोत, शहरी एवं भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले नेपालमै उत्पादन र रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।राष्ट्रिय घर निर्माण फेस्टमा बोल्दै उनले नेपाली युवाहरूलाई देशमै अवसर सिर्जना गर्न आवश्यक भएको बताएका हुन् ।मन्त्री घिसिङले भने, ‘नेपालमा हामी चाहेको कुरा सबै गर्न सक्छौं । यहाँ नै स्वर्ग छ । नेपालमै उत्पादन हुने लोकल मटेरियलबाट घर बनाउन सके हाम्रो अनुसन्धान र पैसा नेपालमै रहन्छ । नेपालमै घर र गाडी जोड्न सक्ने वातावरण सरकारले बनाए भने युवाहरू विदेश जाँदैनन् ।’यसैगरी उनले नेपाली युवाको सपना एउटा सानो घर, साधारण गाडी, शिक्षा र स्वास्थ्य भएकोले त्यसमा राज्यले बेस

    • प्रकाशित मितिः पुस १२, २०८२
    • 230 पटक पढिएको
  • मधेश प्रदेशका सबै स्थानीय तहलाई कर्मचारीको विवरण बुझाउन प्रदेश सरकारको अल्टिमेटम

    जनकपुर । मधेश प्रदेश सरकारले स्थानीय तहमा कार्यरत स्थायी कर्मचारीहरूको अभिलेख व्यवस्थित र डिजिटल बनाउन एक महिनाभित्र पद दर्ता, सिटरोल दर्ता र व्यक्तिगत फाइल अद्यावधिक गरी पठाउन निर्देशन दिएको छ ।आवश्यक भौतिक अभिलेख नआएर कर्मचारी अभिलेख एकीकृत गर्ने काम अवरुद्ध भएको भन्दै तत्काल कागजात उपलब्ध गराउन भनेको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय किताबखाना र प्रदेश सरकारबीच २०८२ कार्तिक २६ गते कर्मचारी सूचना प्रणालीको पहुँच हस्तान्तरण सम्बन्धी समझदारीपत्रपछि अभिलेख अद्यावधिक प्रक्रिया अघि बढाइएको हो ।अब उपरान्त सबै स्थानीय तहले स्

    • प्रकाशित मितिः पुस १२, २०८२
    • 220 पटक पढिएको
  • एनआइएचएसको एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    काठमाडौं । नेपाल इन्टरनेशनल हेल्थ सर्भिस (एनआइएचएस)को एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।शनिबार वसन्तपुर डबलीमा सुरु भएको स्वास्थ्य शिविरमा ४ –५जना डाक्टरहरु द्वारा सम्बन्धित ओपिडीको निशुल्क स्वास्थ्य जाँच गराएको एनआइएचएसका संस्थापक अध्यक्ष रुप नारायण साहले जानकारी दिए ।उनले भने,‘क्यानसर विशेषज्ञ, अर्थोपेडिक, ग्याष्ट्रोलोजिष्ट लगायत ४ –५जना डाक्टरहरुद्वार ओपिडीको निशुल्क स्वास्थ्य जाँच हामीले गरेको छौं ।’ त्यस्तै उनले शिविरमा विशेष छुटको व्यवस्था गरेको बताउँदै उनले विभिन्न रोग विशेषज्ञहरुसँग रोगसम्बन्धी परामर्श दिएको पनि बताए ।‘शिविरमा हामीले विशेष छुटकासाथ सेवा दिने प्रयास गरेका

    • प्रकाशित मितिः पुस १२, २०८२
    • 256 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.