सुनसरी । सुनसरी जिल्लाको ईनरुवा नगरपालिका–५ बलाहास्थित नवयुग स्कुल नजिकैबाट असार ५ गते नं. ४ गण सुनसरीले करीब ७ लाख १० हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरी आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाएको छ ।
काठमाडौं— मकवानपुरको थाहा नगरपालिका—१ कुन्छाल बस्ने ५० वर्षीया तुलमाया गोपालीको विभत्सरूपमा हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी विश्वराज खड्काले देवर नाता पर्ने ३५ वर्षीय बिमलमान गोपालीले धारिलो हतियार प्रहार गरी तुलमायाको हत्या गरेका जानकारी दिए।खुकुरीले टाउको र घाँटीमा वीभत्स तरिकाले प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। घटनापछि उनी फरार भएकामा अपराह्न खुकुरीसहति पक्राउ परेका प्रहरीले जनाएको छ ।
दैलेख— नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन् ।चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । त्यसमा जलजले क्षेत्र मिथेन ग्यासको विशाल भण्डारण स्थल रहेको तथ्य खुलाइएको छ ।विसं २०७८ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो ड्रिलिङ कार्य चार हजार १३ मिटर गहिराइमा पुर्याइएको थियो । त्यहाँबाट सङ्कलन गरिएका नमुनाको परीक्षणमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । यो जम्मा चार वटा सम्भावित कुवामध्ये पहिलो कुइँकानको मात्रै प्रारम्भिक नतिजा हो । बाँकी
काठमाडौं— कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगाम फेरि विवादमा तानिएका छन्। मन्त्री हाङगाममाले मन्त्रीपदको दुरुपयोग गरी नेकपा (एकीकृत समाजवादी) का नेता रक्की थेबेमाथि सार्वजनिक स्थानमै मुक्का प्रहार गरेपछि अहिले उनको चौतर्फी आलोचना भएको छ । मन्त्रीकै हातबाट पटक–पटक यस्ता विवादित गतिविधिहरू दोहोरिरहँदा प्रदेश सरकार र नेताहरूको आचरण कस्तो हुनुपर्छ भन्ने सवाल फेरि उठेको छ।नेता थेबेका अनुसार, मन्त्री हाङगाम मादक पदार्थ सेवन गरेर आएका थिए। व्यक्तिगत गुनासोको शैलीमा सुरु भएको कुराकानी, ‘८४ सालमा तिमीले मेरो विरुद्ध उम्मेदवारी दिएको रे?’ भन्ने जस्ता कुराले तातेर हात हालाहालसम्म
काठमाडौं— मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा करोडौँ रुपैयाँ ठगी गरेको अभियोगमा फरार रहेका ज्योतिबहादुर भण्डारीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याएको छ।प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले ४२ वर्षीय भण्डारीलाई पक्राउ गरी बुधबार राति काठमाडौं ल्याएको हो। उनलाई अब ठगीसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।सिआइबीका अनुसार भण्डारीले मितेरी सहकारीका तत्कालीन महाप्रबन्धक ज्योति गुरुङमार्फत सहकारीका १४४ जना बचतकर्ता र सञ्चालकहरूलाई झुक्याएर रु १४ करोडभन्दा बढी रकम विदेश लगिएको अनुसन्धानबाट खुलेको छ।गुरुङले अपचलन गरेको रकम थाइल्याण्ड
काठमाडौं— आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा (एकीकृत समाजवादी) का सांसद अमरबहादुर थापाले प्रतिनिधिसभा बैठकमै बजेट पुस्तिका च्यातेका छन्।विहीबारको संसद बैठकमा बोल्दै सांसद थापाले सरकारले ल्याएको बजेट जनमुखी नभई 'उल्टो बाटोबाट हिँडेको'आरोप लगाउँदै बजेटपुस्तिका च्यातेका हुन् । उनले सरकारको नीति तथा बजेटले जनताको आवश्यकता र समस्यालाई सम्बोधन नगरेको भन्दै कडा आलोचना गरे।प्रस्ताव राखेपछि उनले हातमा रहेको बजेट पुस्तिका च्यात्दै प्रत्यक्ष रूपमा असहमति जनाए। यो घटनाले संसदभित्र केहीबेर तनावपूर्ण वातावरण सिर्जना भएको थियो।सांसद थापाले भने, 'यो बजेट जनताको हितमा छैन, बरु धनाढ्यहरूक
भक्तपुर— दोलखाको बैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीका भाइ सुरेन्द्र उप्रेती जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्।भक्तपुरको ठिमीस्थित प्रहरी वृत्तले उनलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी घटनाको थप अनुसन्धान अघि बढाइएको छ।हाल घटनाबारे थप विवरण सार्वजनिक गरिएको छैन। प्रहरीले अनुसन्धानको क्रममा पत्ता लागेका थप तथ्यहरू पछि सार्वजनिक गरिने जनाएको छ।
काठमाडौं— प्रतिनिधिसभाको बिहीबारको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो विरोध कायमै राख्दै बैठक अवरुद्ध गरेका छन्।सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरेलगत्तै दुवै दलका सांसदहरू उठेर विरोधमा उभिएका थिए। उनीहरूले नाराबाजी गर्दै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरे।भिजिट भिसा प्रकरणमा व्यापक अनियमितता भएको भन्दै रास्वपा र राप्रपाले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै आएका छन्। साथै, उनीहरूले उक्त प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति वा न्यायिक आयोग गठन गर्नुपर्ने माग राखेका छन्।यो मागसहित दुवै दलले प्रतिनिधिसभा बैठकमा
विराटनगर— मोरङको विराटनगर महानगरपालिका–३ स्थित भित्री सडकखण्डमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।असार ४ गते दिउँसो को.१ क ९५३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–०२–०४८ प ३७८१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक र पछाडि सवार व्यक्ति घाइते भएका थिए।दुर्घटनामा मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ निवासी २० वर्षीय स्कुटर चालक पृतम बजगाई र पछाडि सवार ५० वर्षीय सुसिल बजगाई घाइते भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको थियो। तर, चिकित्सकले सुसिल बजगाईलाई अस्पताल पुग्नेबित्तिकै मृत घोषणा गरेका थिए।दुर्घटनापछि टिपर चालक मोरङ कानेपोखरी गाउँपालिका–३ का
विराटनगर— सुनसरी र धनकुटा जिल्लाबाट लागू औषधसहित पाँच जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय भाण्टाबारी, लौकही र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।सुनसरीको कोशी गाउँपालिका–८ र १ बाट चेकजाँचको क्रममा ३ ग्राम ७०५ मिलिग्राम ब्राउन सुगरसहित सप्तरी महादेवा नगरपालिका निवासी २२ वर्षीय मुकेश कुमार मण्डल, २८ वर्षीय सन्तोष कुमार मण्डल, र धनकुटा पाख्रिबास नगरपालिका–९ का २७ वर्षीय रोशन तिम्सिनालाई प्रदेश १–०२–०५६ प ८०७४ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।त्यस्तै, सुनसरीको भोक्राहा नरसिंह गाउँप
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.