समाचार

    Showing 6,641-6,650 of 19,527 items.
  • संक्रमणकालीन न्यायका विषयमा ओली, देउवा र प्रचण्डबीच छलफल

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच संक्रमणकालीन न्यायका विषयमा छलफल भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा तीन शीर्ष नेताहरूबीच छलफल भएको हो । उनीहरूबीच संक्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भएको प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिए । छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एक अर्ब रुपैयाँ संक्रमणकालीन न्यायसम्बन्धी कोषमा राख्ने गरी बजेट आएको र पीडितहरूको उपचार सरकारी अस्पतालबाट गर

    • प्रकाशित मितिः असार ६, २०८२
    • 186 पटक पढिएको
  • प्रधानमन्त्री ओलीद्वारा ग्वार्को ओभरपास उद्घाटन

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत् रूपमा उपत्यकाको चक्रपथ सडकअन्तर्गत ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास उद्घाटन गरेका छन्।  योसँगै ट्राफिक जामको सास्तीबाट सर्वसाधरणले राहत पाउने भएका छन्। ग्वार्को ओभरपास गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमार्फत निर्माण भएको हो। २०७८ फागुन १२ मा आशिष–समानान्तर रेलिगेर जेभीसँग ठेक्का सम्झौता भई २०८० फागुन ११ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर काम समयमा सम्पन्न नभएकाले म्याद दुई पटक थपियो। अन्ततः २०८१ पुस ८ मा निर्माण सकिएको घोषणा गरिएको हो।निर्माणमा ढिलाइ हुँदा करिब १ करोड ४७ लाख रुपैयाँ बराबरको हर्जना तिराइएको छ। साथै, अ

    • प्रकाशित मितिः असार ६, २०८२
    • 228 पटक पढिएको
  • सरकारले सदनलाई बेवास्ता गर्‍योः माओवादी

    काठमाडौं— नेकपा माओवादी केन्द्रले सरकारले सदनलाई हेपेको आरोप लगाएको छ ।प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बजेटमाथि मन्त्रालयगत छलफल हुँदा समेत सम्बन्धित मन्त्री उपस्थित नभएको भन्दै आपत्ति जनाए ।उनले सदन जारी आन्दोलनप्रति पनि जबाफदेही नभएको बताए ।

    • प्रकाशित मितिः असार ६, २०८२
    • 312 पटक पढिएको
  • जिप्रकाले तोकिएका निषेधित क्षेत्र खुला गर्यो

    काठमाडौं— जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ र चक्रपथभित्रका सार्वजनिक स्थानमा तोकिएका निषेधित क्षेत्र खुला गरेको छ। राजावादीहरूको आन्दोलन चर्किएपछि गत जेठ १८ गते काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै चक्रपथ र चक्रपथभित्र विरोध कार्यक्रम तथा सभा—जुलुस गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको थियो। तर अब प्रशासनले त्यो निषेधाज्ञा फिर्ता लिइएको जानकारी गराएको हो। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा भनिएको छ, ‘मिति २०८२/०२/१८ गतेको आदेशमार्फत काठमाडौं जिल्लाको चक्रपथ र चक्रपथभित्रका तोकिएको स्थानबाहेकका सार्वजनिक स्थानमा भेला जम्मा भई

    • प्रकाशित मितिः असार ६, २०८२
    • 259 पटक पढिएको
  • रास्वपाले संसद बैठक वहिष्कार गर्यो

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले शुक्रवारको वैठक वहिष्कार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कुरा नसुनेको तथा आफूलाई बोल्न पनि नदिएको जनाउँदै उनीहरुले बैठक नै वहिष्कार गरेका हुन् ।‘हामी प्रधानमन्त्रीज्यूलाई हाम्रो केही कुरा सुनाउन चाहन्थ्यौँ, तर उहाँले त्यो कुरा सुन्न चाहनु भएन। बैठकमा हाम्रो कुरा नसुनेर निस्किनु भयो, रास्वापले भनेको छ– ‘ तसर्थ हामीले आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूले आफ्नो कुरा बोल्न पनि नपाउने र आफ्नो कुरा प्रधानमन्त्रीले नसुनिदिने भएको हुनाले बैठक बहिष्कार गरेर निस्किएका छौं ।’रास्वपाले जनाए अनुसार शुक्रवार संघीय सदनको प्रतिनिधि स

    • प्रकाशित मितिः असार ६, २०८२
    • 252 पटक पढिएको
  • फलामको पुल बेच्ने वडाअध्यक्ष थुनामा, अर्का वडाअध्यक्ष फरार

    काभ्रे— काभ्रेपलाञ्चोकको रोशी खोलामा बाढीले बगाएको पुलका फलामे पाटपुर्जा बिक्रीमा संलग्न भएको आरोपमा रोशी गाउँपालिका–७ का वडाध्यक्ष अशोककुमार गौतम पुर्पक्षका लागि थुनामा पठाइएको छ ।जिल्ला अदालत, काभ्रेपलाञ्चोकका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।उनीसँगै पक्राउ परेका कबाडी व्यवसायी मन्टुकुमारलाई पनि थुनामा पठाइएको छ भने चालकहरू तारेखमा रिहा भएका छन् । कबाडी कर्मचारी जितेन्द्र पासवानलाई धरौटीमा छाडिएको छ ।नमोबुद्ध–६ का वडाध्यक्ष केसीको संलग्नता देखिएपछि उनलाई पक्राउ गर्न अनुमति दिइएको छ, तर उनी फरार छन् । पुलका पाटपुर्जा कार्यपालिक

    • प्रकाशित मितिः असार ६, २०८२
    • 285 पटक पढिएको
  • विवादास्पद अभिव्यक्तिले फेरि चर्चामा कांग्रेस सांसद घिमिरे

    काठमाडौं – कांग्रेस सांसद श्याम घिमिरे फेरि आपत्तिजनक अभिव्यक्तिका कारण विवादमा तानिएका छन्। यसअघि यौन व्यवसाय खुला गर्नुपर्ने प्रस्ताव राखेर आलोचना खेपेका घिमिरेले पछिल्लो पटक भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग नजोड्नुपर्ने अभिव्यक्ति दिएका छन्।सांसद घिमिरेले संसद् भवनमा सञ्चारकर्मीहरूसँग बोल्दै भने, “पैसा लिएर पठाइयो भने त्यो मानव बेचबिखन हुँदैन।” उनले नेपालीहरू आफैँ विदेश जान इच्छुक रहेको दाबी गर्दै भिजिट भिसाको दुरुपयोगलाई सामान्यकरण गर्न खोजेका छन्।भिजिट भिसाका नाममा संगठित मानव तस्करी भइरहेको तथ्य सार्वजनिक भइरहँदा कांग्रेस प्रमुख सचेतकसमेत रहेका घिमिरेको यस्तो भनाइले थप आलोचना निम

    • प्रकाशित मितिः असार ६, २०८२
    • 214 पटक पढिएको
  • आज दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

     काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका आर्थिक मामिला उपसमिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ ।विहान ११ बजे बस्ने आर्थिक मामिला उपसमितिको बैठकको बैठकमा मिति २०८२÷०२÷१५ गतेको बजेट बक्तब्यबाट सुनचाँदी तथा बहुमूल्य पत्थरको कारोवारमा लगाइएको करका कारण आन्दोलनरत व्यवसायीहरुसँग छलफल गरिने कार्यसूची रहेको छ । यसैगरी बिहान ९ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ ।  

    • प्रकाशित मितिः असार ६, २०८२
    • 186 पटक पढिएको
  • सुर्खेतमा शशीला मोटर्सले गर्यो १९ वटा ‘किटोन’माइक्रो भ्यान हस्तान्तरण

    काठमाडौं । शशीला मोटर्स प्रा.लि.ले सुर्खेतको काँक्रेबिहार यातायात प्रा.लि.लाई ‘किटोन’ ब्राण्डका १९ वटा माइक्रो भ्यानहरू औपचारिक रुपमा हस्तान्तरण गरेको छ । बिहीवार वीरेन्द्रनगरमा आयोजित एक विशेष कार्यक्रममा ती गाडीहरू हस्तान्तरण गरिएको हो ।१४ सिट क्षमताका ती माइक्रो भ्यानहरू सुर्खेतदेखि नेपालगञ्ज र दैलेखसम्मका विभिन्न रुटहरूमा सञ्चालन गरिनेछ । शशीला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले गाडीको चाबी हस्तान्तरण गर्दै ‘किटोन’ ब्राण्ड कम लगानीमा बढी आम्दानी दिन सक्ने भरपर्दो विकल्प भएको दाबी गरे । उनले गाडीको बिक्री मात्र नभई बिक्रीपछिको सर्भिसलाई पनि पहिलो प्राथमिकता दिएको स्पष्ट पारे ।‘म

    • प्रकाशित मितिः असार ६, २०८२
    • 93 पटक पढिएको
  • अविरल वर्षसंगै आएको बाढीले ३४ वटा बाख्रा बगायो

    कैलाली—  कैलालीको मोहन्याल गाउँपालिकामा कोटाखोलामा आएको बाढीले ३४ वटा बाख्रा बगाएको छ। आज बिहान बाख्रा चराउन लग्दा उक्त खोलाले बाख्रा बगाएको भन्ने खबर प्राप्त भएको सुदूरपश्चिम प्रदेश प्रहरीले जानकारी दिएको छ। घटनाबारे थाहा पाएपछि प्रहरी टोली घटनास्थलमा गएको छ। घटनाबारे विस्तृत जानकारी आउन् बाँकी छ। प्रदेशमा आज बिहानैदेखि पानी परिरहेको छ। पानीसँगै विपद्का घटना हुनसक्ने जोखिमलाई मध्य नजर गर्दै सावधानी अपनाउन प्रहरीले अनुरोध पनि गरेको छ । 

    • प्रकाशित मितिः असार ६, २०८२
    • 83 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा