समाचार

    Showing 6,611-6,620 of 19,527 items.
  • मधेस प्रदेशका आर्थिक समस्याहरू राष्ट्र बैंकको अध्ययनमा उजागर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले मधेस प्रदेशको आर्थिक अवस्थाबारे अध्ययन गर्दै विभिन्न चुनौती र समाधानका उपायहरू सार्वजनिक गरेको छ।राष्ट्र बैंकको प्रतिवेदनअनुसार मधेसमा आर्थिक गतिविधि अझै पनि अनौपचारिक रूपमा सञ्चालन हुँदै आएका छन्, जसले गर्दा राजस्व संकलनमा असर परेको छ। त्यसैले आर्थिक गतिविधिलाई औपचारिक बनाउँदै राजस्वको दायरा बढाउनुपर्ने सुझाव दिइएको छ।स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा, दक्ष जनशक्ति र आवश्यक उपकरणको अभावका कारण सीमा क्षेत्रका नागरिक भारतसम्म उपचार गराउन जान बाध्य छन्। यसले भारतीय रुपैयाँको माग पनि अत्यधिक बनाइरहेको छ। प्रदेशका अस्पतालमा स्रोतसाधन, चिकित्सक र स्वास्थ्य उपकरणको अभ

    • प्रकाशित मितिः असार ८, २०८२
    • 273 पटक पढिएको
  • उत्तराखण्डबाट ३५ नेपाली उद्धार, मानव तस्करीमा संलग्न एक जना पक्राउ

    कञ्चनपुर— भारतको उत्तराखण्ड राज्यको उद्यमसिंह नगरबाट बन्धक बनाइएका ३५ नेपाली युवाहरुलाई उद्धार गरिएको छ। आकर्षक रोजगारीको प्रलोभनमा पारेर डोटी, दाङ, ताप्लेजुङ, स्याङ्जा, उदयपुर, पाँचथर, पोखरालगायत जिल्लाका १६ देखि ४१ वर्ष उमेर समूहका युवाहरूलाई बन्दी बनाइएको प्रहरीले जनाएको छ ।उनीहरूलाई विभिन्न शीर्षकमा रकम असुल गरिएको र यातना दिएको खुलेको छ। नेपाली दूतावास, उत्तराखण्ड प्रहरी र ‘किन इन्डिया’ नामक सामाजिक संस्थाको सहयोगमा असार ५ गते उनीहरूको सकुशल उद्धार गरिएको प्रहरीको भनाइ छ ।उक्त घटनामा संलग्न कैलालीको धनगढीका वीरेन्द्र शाही ठकुरी र भारतका दुई जनासहित तीन लाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइ

    • प्रकाशित मितिः असार ८, २०८२
    • 276 पटक पढिएको
  • सोलुखुम्बुमा करेन्ट लागेर एक प्राविधिकको मृत्यु

    सोलुखुम्बु— सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लामा करेन्ट लागेर एक प्राविधिकको मृत्यु भएको छ।मृत्यु हुनेमा सोलुदूधकुण्ड–७, भित्ताखर्कका ३५ वर्षीय रबिन बस्नेत रहेका छन्। केन्द्रीय विद्युत प्रसारण लाइनको ट्रान्सफर्मर मर्मतका क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।घटनापछि बस्नेतलाई तत्काल जिल्ला अस्पताल फाप्लु पुर्‍याइएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपी मनोजित कुवँरले जानकारी दिए।बस्नेत गरुढ सेक्युरिटी सर्भिसमार्फत विद्युत प्राविधिकको रूपमा कार्यरत थिए।

    • प्रकाशित मितिः असार ८, २०८२
    • 300 पटक पढिएको
  • गुल्मीको कालीगण्डकी करिडोर तीन दिनदेखि अवरुद्ध, यात्रु र स्थानीयवासी समस्यामा

     गुल्मी— कालीगण्डकी गाउँपालिका–१ अन्तर्गत हर्मीचौर–अर्बेनी सडक खण्डमा सुक्खा पहिरो खसेपछि गुल्मीको कालीगण्डकी करिडोर सडक गत शुक्रबारदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। तीन दिन बितिसक्दा पनि सडक खुल्न नसक्दा यात्रु र स्थानीयवासीलाई गम्भीर समस्या भएको छ।सडक अवरुद्ध हुँदा गाउँपालिका केन्द्र पुर्तिघाट र त्यहाँबाट बुटवलतर्फ जाने सवारीसाधन बाटोमै अलपत्र परेका छन्।कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाका अनुसार पहिरो खसेको स्थानमा तीनवटा डोजर तयारी अवस्थामा राखिएको छ तर सडकभन्दा माथिबाट लगातार सुक्खा पहिरो खसिरहेकाले सडक खुलाउन नसकिएको हो।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगाबहादुर सारु

    • प्रकाशित मितिः असार ८, २०८२
    • 137 पटक पढिएको
  • पर्सामा गाडी र मोटरसाइकल ठोकिँदा आगो लाग्यो, एक जनाको मृत्यु

    वीरगन्ज— पर्सामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बहुदरमाई नगरपालिका–५ पटनीमा गएराति बीआर ०१ पिए ४४९९ नम्बरको भारतीय टाटासुमो र नम्बर खुल्न नसकेको मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक भारतीय नागरिक ३८ वर्षीय नरेश साह बर्णवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। दुर्घटनापछि दुवै सवारी साधनमा आगो लागेको प्रहरीको भनाइ छ। मोटरसाइकलमा पछाडि सवार बहुदरमाई नगरपालिका–५ का १९ वर्षीय रोशन बर्णवाल घाइते भएका छन्। उनको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। घटना

    • प्रकाशित मितिः असार ८, २०८२
    • 111 पटक पढिएको
  • एशियन लाइफ इन्स्योरेन्सले असार २५ देखि हकप्रद शेयर निष्कासन गर्ने

    काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यहि असार २५ गतेदेखि हकप्रद शेयर निष्कासन गर्न लागेको छ ।कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले यसअघि जेठ १६ गते एक दिन बुकक्लोज गरेको थियो । यद्यपि, जेठ १५ मा सावर्जनिक विदा परेकाले जेठ १४ सम्म कायम शेयरधनीहरुले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ४२ करोड़ ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको १ करोड ४२ लाख ७९ हजार ३१२ दशमलव ४८ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । योग्य शेयरधीहरुले साउन १३

    • प्रकाशित मितिः असार ८, २०८२
    • 222 पटक पढिएको
  • आज नेपाली टोली स्कटल्यान्डबाट स्वदेश फर्किदै

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्कटल्यान्डबाट स्वदेश फर्किने भएको छ । आइतबार नेपाली राष्ट्रिय क्रिकेट टोली अपरान्ह्र स्वदेश फर्किन लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । नेपाल आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेदरल्यान्ड्स र स्कटल्यान्डसँग एकदिवसीय सिरिज खेल्न टोली स्कटल्यान्ड गएको थियो ।नेपाल सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्ससँग रोमाञ्चक ढंगले तेस्रो सुपर ओभरमा पराजित भएको थियो । दोस्रो खेलमा १० विकेट गुमाएर ९८ रनको लक्ष्य दिएको स्कटल्याण्डलाई नेपालले आठ विकेटको क्षतिमा पराजित गरेको थियो ।यस्तै, तेसा्रे खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको नेपाली टोली अन्

    • प्रकाशित मितिः असार ८, २०८२
    • 140 पटक पढिएको
  • नेकोस कप महिला भलिबल : टीपटीप न्यू डायमण्ड र नेपाल पुलिस क्लब विजयी

     हेटौँडा ।  राष्ट्रिय नेकोस कप महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा टीपटीप न्यू डायमण्ड र नेपाल पुलिस क्लब विजयी भएको छ ।नेपाल स्पोर्ट सेन्टर (नेकोस)को आयोजनामा शनिबारदेखि हेटौंडामा सुरु भएको राष्ट्रिय नेकोस कप महिला भलिबल प्रतियोगिता डायमण्डले सशस्त्र प्रहरीको (एपीएफ) र पुलिसले बागमती प्रदेशलाई सोझो सेटमा पराजित गरेको थियो ।डायमण्डले सशस्त्रलाई २७–२५, २५–१५ र २५–१७ को सोझो सेटमा पराजित गरेको थियो । पुलिसले बागमतीलाई २५–१, २५–४ र २५–८ को सोझो सेटमा पराजित गरेको हो ।हेटौंडा–४ हुप्रचौरस्थित भलिबल कोर्टमा जारी प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले गरेक

    • प्रकाशित मितिः असार ८, २०८२
    • 276 पटक पढिएको
  • विद्यालय सहयोगी, कर्मचारी र सुरक्षा गार्डका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    काठमाडौं । नेसनल प्याब्सन बुढानिलकण्ठ नगर समितिको आयोजनामा विद्यालय सहयोगी, कर्मचारी तथा सुरक्षा गार्डहरूका लागि एक दिवसीय क्षमता अभिवृद्धि तालिम शनिबार सम्पन्न भएको छ ।मिलन चोकस्थित पार्टी भेन्युमा सम्पन्न उक्त तालिम कार्यक्रममा नेसनल प्याब्सन बुढानिलकण्ठका अध्यक्ष सुदिप काफ्लेको अध्यक्षता रहेको थियो भने बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी प्रमुख अतिथि थिए । कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराई र वडा नम्बर १२ का अध्यक्ष शम्भु भट्टराई विशेष अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा प्रशिक्षक लक्ष्मी सुबेदीले विद्यालयमा कार्यरत सहयोगी कर्मचारी तथा

    • प्रकाशित मितिः असार ८, २०८२
    • 205 पटक पढिएको
  • आज प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल जारी रहने

    काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक आइतबार बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरू विभिन्न मन्त्रालयगत छलफल हुनेछ । आजको बैठकमा युवा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयहरुबिच छलफल हुने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद सचिवालयलख जनाएको छ । बैठकमा आज सभामुखले प्रधानमन्त्र

    • प्रकाशित मितिः असार ८, २०८२
    • 123 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा