समाचार

    Showing 6,471-6,480 of 9,821 items.
  • ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

    बिर्तामोड / इलाममा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर याङरुप गाउँपालिका -४ घर भई इलाम नगरपालिका -९ शेरामा डेरा गरी बस्ने ३५ वर्षीय धनबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिए । मे १ प ६५४४ नम्बरको मोटर साइकलले ना ४ ख ५६६९ नम्बरको ट्रकलाई ओभरटेक गर्दा ट्रकको पछाडिको भागले मोटरसाइकललाई ठक्कर दिएको प्रहरीलले जनाएको छ ।मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका -९ गोलाखर्कमा झापाबाट इलामका लागि छुटेको ट्रकले माईखोलाबाट इलामतर्फ आउँदै गरेको मोटर साइकललाई ठक्कर दिएको थियो  ।घटनापछि ट्रक चालक फरार रहेको

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 39 पटक पढिएको
  • चुनाव चिन्ह देखाउँदै पैसा बाँड्ने माओवादी कार्यकर्ता पक्राउ

    सिरहा / सिरहामा मतदातालाई नमूना मतपत्रमा पैसा राखेर बाँड्ने नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका- २ गुरूधामका नेकपा माओवादी केन्द्रका कार्यकर्ता ५५ वर्षीय प्रेम लामा रहेका छन् । उनले मतदाताको घरमै पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै प्रतिव्यक्ति दुई हजारदेखि पाँच हजार रुपैयाँ बाँड्दै गरेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । उनको साथबाट मतपत्र र ५४ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । लामालाई मतपत्र र रकमसहित पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रह

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 81 पटक पढिएको
  • वडाध्यक्षका उम्मेदवारको मृत्यु , छोरालाई वडाध्यक्षको टिकट

    दाङ / नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका- १७ को वडा अध्यक्ष पदका उम्मेदवार लबरु चौधरीको मंगलबार मृत्यु भएको छ । उनको मृत्यु पश्चात एमालेले उनका छोरा प्रदिप चौधरीलाई उम्मेदवार बनाएको छ । प्रदिपले आज मनोनयन दर्ता गराएका हुन् । लबरुको निधन भएपछि निर्वाचन आयोगले त्यस वडाको निर्वाचन जेठ ३ गते तोकेको छ ।

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 53 पटक पढिएको
  • सुदूरपश्चिमका चार जिल्लामा भुकम्पको धक्का

    बैतडी / बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार बुधबार बिहान १० बजेर १८ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्पको केन्द्रबिन्दु दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारतमा रहेको केन्द्रले जनाएको छ। भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ र डडेल्धुरामा महसुस गरिएको छ। भूकम्पबाट अहिलेसम्म क्षति भएको विवरण अहिले सम्म नआएको प्रहरीले जनाएको छ। 

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 27 पटक पढिएको
  • झापामा निर्वाचनको सम्पूर्ण तयारी पुरा

    बिर्तामोड /  बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी झापामा पुरा भएको छ । झापाका १५ वटा स्थानीय तहका ७ सय ५५ वटै मतदान स्थलमा आवश्यक सामग्री सहित निर्वाचन टोली निर्वाचन स्थल पुगे सँगै निर्वाचनको तयारी पुरा भएको हो ।निर्वाचन सम्पन्न गर्न ५ जनाको टोली र आवश्यक सुरक्षाकर्मी समेत मतदान स्थल पुगेको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले बताएका छन् । बैशाख २६ गते ३ सय ६१ मतदान केन्द्र र २७ गते ३९४ मतदान स्थल सहित जिल्लाका ७ सय ५५ वटै मतदान स्थलमा मतपत्र मतपेटिका मतदानकेन्द्रमा आवश्यक पर्ने अन्य सामग्रीहरू समेत पुर्याइ सकिएको  प्रमुख नेपालले ब

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 38 पटक पढिएको
  • स्थानीय तह निर्वाचन : दुई लाख साठी हजार सुरक्षाकर्मी परिचालन

    बिर्तामोड / स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै निर्वाचन सुरक्षाका लागि दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।  गृह मन्त्रालयले स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना–२०७८ बमोजिम निर्वाचन सुरक्षा परिचालन गरेको हो । मुलुकका ७५३ स्थानीय तहका लागि १० हजार ७५६ मतदान स्थल र २१ हजार नौ सय ५५ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये दुई हजार नौ सय ४६ अति संवेदनशील र चार हजार चार सय २३ संवेदनशीलको सूचीमा रहेका छन् । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले निर्वाचन सुरक्षा व्यवस्था बलियो र प्रभावकारी भएको जानकारी दिएका छन् । स्थानीय तह निर्वाचन एकीकृत सुरक

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 35 पटक पढिएको
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय वायुसेनाको विमान

    बुटवल / भारतीय वायु सेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको छ ।  भारतीय सुरक्षाकर्मी (स्पेशल प्रोटेक्सन गार्ड) लिएर जहाज बिहान साढे ८ः२८ बजे भैरहवामा अवतरण गरेको हो ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको सुरक्षा व्यवस्था मिलाउनका लागि भारतीय सुरक्षाकर्मी लिएर सो विमान आएको हो ।भारतीय वायुसेनाको इलुसियन विमान दिल्लीबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएको विमानस्थलका प्रवक्ता श्याम किशोर शाहले बताएका छन् । जहाज बुधबार बिहान भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो । सो विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलम

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 49 पटक पढिएको
  • श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएपछि आकस्मिक अवतरण गराइयाे

    काठमाडौँ / काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सका एक जहाजको इन्जिन फेल भएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार ८७ जना यात्रुसहित धनगढीका लागि उडेको २२३ उडान नम्बरको जहाजको इन्जिन फेल भएको हो । उक्त जहाज काठमाडौँ फर्काएर त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराएको बताइएको छ । जहाज क्याप्टेन बी. राजवंशीले उडाएका थिए ।जहाजको सुरक्षित अवतरण भएको र अब प्राविधिक जाँच गरिने स्रोतको भनाइ छ । अहिले आकासमा इण्डिगो, सिंगापुर एयरलाइन्स र भद्रपुरबाट उडेको यति एयरलाइन्स आकासमा होल्ड भएका छन् ।

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 195 पटक पढिएको
  • डोल्पामा म्यादी प्रहरीको मृत्यु

    झापा / डोल्पाको शे- फोक्सुण्डो गाउँपालिका- १ मा म्यादी प्रहरीको मृत्यु भएको छ । शे- फोक्सुन्डो गाउँपालिकास्थित शहीद दशरथ चन्द्र आवासीय माध्यमिक विद्यालयमा निर्वाचन सुरक्षार्थ खटिएका डोल्पा काईके गाउँपालिका- ४ का सुरेन बिकको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेश नाथ बास्तोलाले जानकारी दिए । २४ वर्षीय विकले दुई दिनअघि पेट दुखेको बताएका थिए ।  

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 28 पटक पढिएको
  • यो वर्ष मात्रै १३६ दिन सार्वजनिक बिदा

    बिर्तामोड / अन्तराष्ट्रिय बजारमा कोइलाको मूल्य बढेपछि आयात हुने गरेको इन्धनको खपत घटाउन भन्दै सरकारले साताको दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेको छ । सरकारले इन्धन खपत घटाउनका लागि सातामा दुई दिन बिदा दिने भएपछि यस वर्ष एक सय ३६ दिन सार्वजनिक बिदा हुने भएको हो । गत आर्थिक वर्ष ९५ दिन सार्वजनिक बिदा भएको थियो भने यसपालि आइतबार समेत बिदा हुने भएपछि ४१ दिन थपिएको छ । सरकारले १ जेठदेखि लागू हुने गरी आइतबार समेत बिदा दिने निर्णय गरेपछि यस वर्ष एक सय ३६ दिन सार्वजनिक बिदा हुने भएको हो ।आठ दिनको बिदा खप्टिएकाले राष्ट्रियस्तरको सार्वजनिक बिदा एक सय २८ दिन हुन्छ । ५२ वटा शनि

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 38 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा