समाचार

    Showing 6,451-6,460 of 19,521 items.
  • एसईई नतिजा प्रकाशनको निर्णय गर्न बोर्ड बैठक बस्दै

    भक्तपुर— माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। नतिजा प्रकाशनको निर्णय गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए ।उनले नतिजाका विषयमा छलफल गर्न बोर्डको बैठक आज बस्ने भए पनि बैठकको समय भने निर्धारण भइनसकेको बताए । उनले भने ‘एसईई नतिजाको अन्तिम चरणमा छौँ। तर प्रकाशित गर्ने निर्णय भइसकेको छैन। त्यसका लागि बोर्डको बैठकबाट निर्णय गर्नुपर्छ, सम्भवतः बोर्डको बैठक आज बस्छ।’यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४

    • प्रकाशित मितिः असार १३, २०८२
    • 498 पटक पढिएको
  • नुवाकोटमा बिमचना खोलामा आएको बाढीले बगाउँदा एक महिला बेपत्ता

    नुवाकोट— नुवाकोटको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा अविरल वर्षाका कारण आएको बाढीेले बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।बेपत्ता हुनुहुनेमा अविरल वर्षापनि खोलामा पानीको बहाव बढ्न गई ३२ वर्षीया कमला बलामी बेपत्ता भएको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार बेपत्ता बलामीको  खोजीकार्यका लागि सशस्त्र प्रहरीको टोली खटिएको छ ।साथै सोही ठाउँमा रहेको ३ वटा गोठ बगाउँदा गोठमा घाइते भएका अशोक बलामीलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाएको उनले बताए ।सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाको

    • प्रकाशित मितिः असार १३, २०८२
    • 435 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ८४ पैसा र बिक्री दर १३७ रुपियाँ ४४ पैसा निर्धारण गरिएको छ।युरोपियन युरो एकको खरिददर १६० रुपियाँ १४ पैसा र बिक्रीदर १६० रुपियाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपियाँ ६१ पैसा र बिक्रीदर १८८ रुपियाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपियाँ ६७ पैसा र बिक्रीदर १७१ रुपियाँ ४१ पैसा कायम गरिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ४१ पैसा र बिक्रीदर ८९ रुपियाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ र बिक्र

    • प्रकाशित मितिः असार १३, २०८२
    • 208 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भुभागमा आंशिकदेखि साधारणतया बदली रही मधेश प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।दिउसो देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भुभागमा आंशिक बदलीदेखि साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमार बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    • प्रकाशित मितिः असार १३, २०८२
    • 237 पटक पढिएको
  • पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

    मुस्ताङ, १२ असारः बर्खामा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा–जोमसोम हवाई उडान दुई महिनासम्मका लागि बन्द गर्ने निर्णय गरेका छन् ।  उक्त रुटमा नियमित उडान भर्दै आइरहेको तारा एअरलाइन्सको ट्वीनेटर जहाजले यही असार २ गतेदेखि दुई महिनाका लागि उडान स्थगित गरेको कम्पनीका जोमसोम स्टेशन इञ्चार्ज सुजन लालचनले जानकारी दिनुभयो । उहाँका अनुसार ताराले अब आगामी सेप्टेम्बरको पहिलो सातादेखि उडान पुनः सञ्चालन गर्नेछ ।   “हवाई यात्रु कम भएको र मौसम प्रतिकुलताका कारण तारा एअरलाइन्सले उडान स्थगित गरेको हो, नयाँ याम सुरु भएपछि उडान सुरु हुन्छ”, उहाँले भन्

    • प्रकाशित मितिः असार १२, २०८२
    • 233 पटक पढिएको
  • संस्कृत विश्वकै सम्पत्तिः राष्ट्रपति पौडेल

    राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषा नेपाल र भारतको मात्र नभई विश्वकै सम्पत्ति बन्न पुगेको बताउनुभएको छ । विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संस्कृत भाषा, साहित्य र संस्कृतिको  दक्षिण एशियामै गहिरो प्रभाव पर्दै आइरहेकामा अब यसलाई छिचोलेर विश्वव्यापी बन्न पुगेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “कम्प्युटर र एआईको प्रयोगका कारण संस्कृत भाषाको भविष्य सुन्दर देखिन्छ । आजको अशान्त विश्व समाजले संस्कृत वाङ्मयबाट आशा र भरोसा खोजेको छ ।” उपनिषदको ‘यो चराचर चेतनाले भरिपूर्ण छ, यसको त्यागपूर्ण भोग गर, धनसम्पति दौलतमाथि आशक्ति र लोभ नगर’ भन्ने संस्कृत श्लोक उद्ध

    • प्रकाशित मितिः असार १२, २०८२
    • 248 पटक पढिएको
  • "ओलीलाई विद्या भण्डारीको प्रत्यक्ष प्रस्ताव– म सक्रिय राजनीतिमा फर्कन्छु, साथ दिनुस्"

    काठमाडौं —  पूर्वराष्ट्रपति विद्या देवी भण्डारी सक्रिय राजनीतिमा पुनः फर्कने तयारीमा रहेकी बेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको असार ३ गतेको बालुवाटार भेट तिक्तपूर्ण बनेको छ। झन्डै एक घण्टा चलेको ‘वान-अन-वान’ वार्तामा भण्डारीले पार्टीमा पुनः सक्रिय भुमिकाका लागि ओलीसँग स्पष्ट सहयोग मागेको, तर ओलीको प्रतिक्रिया असहज र अस्वीकारजनक रहेको एमाले नेताहरूले बताएका छन्।एक नेताका अनुसार, भण्डारीले आउँदो महाधिवेशनमा नेतृत्वका लागि तयारी गरिरहेकी बताउँदै ओलीसँग साथ मागेकी थिइन्। तर, ओलीले प्रतिप्रश्न गर्दै भने, “केका लागि सहयोग चाहियो?” भण्डारीले “मुख्य नेतृत्वका लागि” भनेर

    • प्रकाशित मितिः असार १२, २०८२
    • 266 पटक पढिएको
  • "जसलाई जीवन ठानेकी थिइन्, उहीले एक्लो बनाए: मनिकाको अन्तरजातीय विवाहको मूल्य"

    गोरखा — असारको तातो गर्मी, जस्ताले छाएको साँघुरो एक कोठे टहरो, झ्याल छैन, एउटा मात्र ढोका छ। यही 'कालकोठरी'मा पसिना चुहाउँदै ओत लागिरहेकी छिन् २१ वर्षीया मनिका परियार र उनका एक महिनाका नवजात छोरा। आफ्नै नाममा माटोको धुलोसमेत नरहेको उनी, काकी पार्वती परियारको टहरोमा शरण लिएकी छन्।गोरखाको सहिदलखन गाउँपालिका–१ बक्राङ समिडाँडाकी मनिका जेठ १० गते गोरखा अस्पतालमा आमाबनेकी हुन्। गर्भ रहँदै पतिबाट तिरस्कृत, परिवारबाट बहिष्कृत, माइतीको साथसमेत नपाएकी मनिकाका लागि छोरै एक मात्र सहारा बनेको छ।तर जब उनलाई सोधियो, "छोराको नाम के राख्नु भयो त?" — उनी छाँगाबाट खसेझैँ भइन्। "न्वारानै गर्न पाइएन, नाम सोचिएको छ

    • प्रकाशित मितिः असार १२, २०८२
    • 314 पटक पढिएको
  • पर्सामा ३१९ किलोग्राम चरेससहित ट्रक चालक पक्राउ

    पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साले ३१९ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेससहित एकजनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा बुधबार साँझ ७ः३० बजे वीरगन्ज महानगरपालिका–२१, परवानीपुर चेकपोस्ट नजिक चेकजाँच गर्दा चरेस बरामद भएको हो।प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको मालवाहक ट्रक रोकेर जाँच गर्दा ठूलो परिमाणमा चरेस भेटिएको प्रहरीले जानकारी दिएको छ। ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–१२ निवासी ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।उनका अनुसार १३ पोकामा गरी जम्मा ३१९ किलोग्राम चरेस बरामद गरिएको छ। साथै चालक स्याङ्तानको हाफ पाइन्टको दाहिने ख

    • प्रकाशित मितिः असार १२, २०८२
    • 279 पटक पढिएको
  • ग्लोबल आइएमई बैंकको नौ लाख लुटपाट संलग्नताको आरोपमा एक पक्राउ

    सिराहा — ग्लोबल आइएमई बैंकको नौ लाख रुपैयाँ लुटपाटको घटनामा संलग्न रहेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति उदयपुरको त्रियुगा नगरपालिका–१२ का ३० वर्षीय सुजेन्द्र लोहनी (सुजन) हुन्।जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार, लोहनी २०७९ साल फागुन १० गते सिराहाको मिर्चैया नगरपालिका–३ स्थित बतहा पुलमा भएको लुटपाट घटनामा संलग्न थिए। उनी भारतमा लुकेर बसेको अवस्थामा आज सिराहा नगरपालिका–१७, खैरटोकाबाट विशेष प्रहरी टोलीद्वारा पक्राउ परेका हुन्।उक्त दिन मिर्चैया शाखाबाट बैंकका कर्मचारीले ल्याउँदै गरेको ९ लाख रुपैयाँ लोहनीसहित चारजनाको समूहले पेस्तोल देखाई लुटेका थिए। उनीहरूले यामा

    • प्रकाशित मितिः असार १२, २०८२
    • 354 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा