समाचार

    Showing 6,451-6,460 of 25,597 items.
  • टीकाराम यात्री ए स्टार मोर्गेजेजको ब्राण्ड एम्ब्यासडरमा नियुक्त

    काठमाडौं— बेलायतस्थित कम्पनी, ए स्टार मोर्गेजेजले टेलिभिजन प्रस्तोता टीकाराम यात्रीलाई आफ्नो कम्पनीको ‘ब्राण्ड एम्ब्यासडर’ नियुक्त गरेको छ। पश्चिम लन्डनस्थित ए स्टार मोर्गेजेजको कार्यालयमा आयोजित एक विशेष समारोहमा उक्त कम्पनीका प्रबन्ध निर्देशक मीन दर्लामी तथा यात्री मिडिया प्रालिका प्रबन्ध निर्देशक तथा प्रधान सम्पादक टीकाराम यात्रीले एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।नेपालका लोकप्रिय टेलिभिजन पत्रकार तथा संचारकर्मी टीकाराम यात्रीलाई हाम्रो कम्पनीको ब्राण्ड एम्ब्यासडर ‘नियुक्त गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं। हामी उहाँको व्यक्तित्व, शालीनता र व्यावसायिकताको प्रशंसा गर्दछौं र उहाँसंग

    • प्रकाशित मितिः पुस १९, २०८२
    • 560 पटक पढिएको
  • झापा- ५ बाट एमाले अध्यक्ष ओलीको नाम एकल सिफारिस

    काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर- ५ बाट एकल सिफारिस भएका छन् ।बिर्तामोडमा शनिबार सम्पन्न क्षेत्रीय समन्वय कमिटीको बैठकले ओलीको एकल नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। ओली यसअघि पनि सोही क्षेत्रबाट भारी मतान्तरले विजयी हुँदै आएका थिए।

    • प्रकाशित मितिः पुस १९, २०८२
    • 501 पटक पढिएको
  • मन्त्री खरेल भन्छन देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्छ

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने बताएका छन । नेपाल पत्रकार महासङ्घ चितवन शाखाको आज निरीक्षणपछि कुरा गर्ने क्रममा उनले अहिले सरकारले सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्ने कामको थालनी गरेको बताए।उनले पत्रकारका कार्यालयमा प्रवेश गर्दा आफ्नै घरमा प्रवेश गरेको अनुभूति हुने बताउँदै चितवन शाखा अन्य शाखाको तुलनामा राम्रो रहेको बताए। पत्रकारहरुको समस्या समाधानका लागि अहिलेको सरकारले केही आधारशिला तयार गर्ने उनको भनाइ थियो । उनले भने, “लोक कल्याणकारी विज्ञापनको सही तरिकाले सबै सञ्चारमाध्यम

    • प्रकाशित मितिः पुस १९, २०८२
    • 575 पटक पढिएको
  • कांग्रेसमा आन्तरिक बहस : पार्टी फुट्ने चिन्ता, एकताका लागि जोडबल

    काठमाडौं । नेपाली कांग्रेसभित्र खुला रुपमै समानान्तर प्रक्रिया र गतिविधिले तिब्रता पाएको छ । विशेष र नियमित महाधिवेशनको तयारीसहित संस्थापन र इतर पक्ष आमनेसामने बनेका छन् । जसका कारण कांग्रेसमा समानान्तर संरचना निर्माण हुने जोखिम बढेको छ ।शुक्रबारको कार्यसम्पादन समितिको बहुमतले आगामी २८–३१ वैशाखमा महाधिवेशन गर्ने मिति तय गर्दै महाधिवेशन कार्यतालिका संशोधन गरिसकेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि सार्वजनिक आह्वान गरेपछि परिस्थिति थप पेचिलो बनेको थियो ।तर शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी २०८३ वैशाखको २८ देखि ३१ गतेसम्म १५ औं महाधिवेशन गर

    • प्रकाशित मितिः पुस १९, २०८२
    • 262 पटक पढिएको
  • पूराना पार्टीलाई कमजोर ठान्ने र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन् : ईश्वर पोखरेल

    काठमाडौँ । हालै सम्पन्न नेकपा (एमाले)को ११औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएपछि ईश्वर पोखरेल सार्वजनिक कार्यक्रममा उत्तिसारो देखिएका छैनन् । विजयी सबैलाई बधाई दिएपछि पोखरेल कार्यकर्ता भेटघाटमा व्यस्त छन् । देशभक्तिपूर्ण एवम लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा आफ्नो सहभागिता र संलग्नता रहने प्रतिक्रिया दिएका उनले नेपाल न्यूज बैंकसँग छोटो कुराकानी गरेका छन् ।महाधिवेशनपछि हाल के मा व्यस्त हुनुहुन्छ रुमहाधिवेशनपछि साथीहरूसँग भेटघाट गर्ने, उहाँहरुको कुरा सुन्ने र घरायसी समस्याहरू सुल्झाउने प्रयासमा छु । भदौ २३ र २४ को आन्दोलनपछि घरमा जुन किसिमको घट

    • प्रकाशित मितिः पुस १९, २०८२
    • 265 पटक पढिएको
  • सिरहामा सडक दुर्घटना, एक जनाको मृत्यु

    सिरहा । सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका–१ स्थित हुलाकी सडकखण्डमा आज भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।खोक्सी निवासी मोटरसाइकल चालक मो. नदिमको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको हो । प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेको स्कार्पियो र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल दुई टुक्रा भएको थियो भने स्कार्पियो सडकमै उतानो परेको थियो ।दुर्घटनामा संलग्न स्कार्पियोको नम्बर बा प्रदेश–०१–०२७ ब ००८२ र मोटरसाइकलको नम्बर स ६ प ८६१ रहेको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः पुस १९, २०८२
    • 261 पटक पढिएको
  • ‘विमान परिचारिकाले ढोका खोल्न दिएनन्’ समाचारप्रति बुद्ध एयरको प्रष्टीकरण

    काठमाडौं । बुद्ध एयरले झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त विमानको ढोका ‘विमान परिचारिकाले खोल्न नदिएको’ समाचारप्रति प्रष्टीकरण दिएको छ । विमान कम्पनीले उक्त समाचारप्रति आपत्ति जनाउँदै शुक्रबारको घटनाको वास्तविकता दाबीसहित प्रष्टीकरण दिएको हो ।विमानको ढोका खोल्न परिचारिकाको प्रयासबारे पनि बुद्ध एयरले जानकारी दिएको छ । ‘विमान परिचारिकाले सुरक्षा प्रोटोकल पालना गर्दै दायाँपट्टिको ढोकाका लक खोलेका थिए,’ बुद्धले भनेको छ, ‘तर, ‘जाम’ भई नखुलेपछि उनी तत्काल यात्रुहरूलाई पछाडिको ‘सर्भिस ढोका’बाट सुरक्षित बाहिर निकाल्न अग्रसर भएका थिए ।’विमान रनवेबाट बाहिर गएपछि बायाँपट्टि खाल्डो र पानी देखिएकाले

    • प्रकाशित मितिः पुस १९, २०८२
    • 331 पटक पढिएको
  • नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको ७औँ वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको ७औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ । सभामा बागमती प्रदेश अध्यक्ष टीका प्रसाद घिमिरेको अध्यक्षता तथा बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय मधुसूदन पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।साधारण सभामा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादव, उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, पूर्व अध्यक्ष सुमित केडिया, संस्थापक सदस्य राजन दाहाल, राष्ट्रिय दुग्ध विकास बोर्डका बोर्ड सदस्य रामभक्त दाहाल, पशु सेवा कार्यालय ल

    • प्रकाशित मितिः पुस १९, २०८२
    • 339 पटक पढिएको
  • पशुपतिनाथ क्षेत्रमा ‘पञ्चउग्र महापाप निवारण राष्ट्र–शान्ति महायज्ञ–२०८२’ आयोजना हुने

    काठमाडौं । राष्ट्र, समाज तथा सम्पूर्ण जनमानसको कल्याणको उद्देश्यसहित भगवान् श्रीपशुपतिनाथको पावन भूमिमा ‘पञ्चउग्र महापाप निवारण राष्ट्र–शान्ति महायज्ञ–२०८२’ आयोजना गरिने भएको छ । पञ्चउग्र महापाप निवारण शान्ति महायज्ञ मूल समारोह समितिले शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराएको हो।आयोजक समितिका अनुसार वर्तमान समयमा देशले भोगिरहेको राजनीतिक अस्थिरता, सामाजिक अशान्ति, नैतिक पतन, मानसिक विचलन, हिंसा, भ्रष्टाचार तथा विभिन्न प्राकृतिक विपत्तिहरूको मूल कारण मानव चेतनामा व्याप्त पञ्चउग्र महापापको प्रभाव रहेको वैदिक–पुराणसम्मत मान्यता रहँदै आएको छ ।ब्रह्महत्या, गौहत्या, राजदरबार हत्या, बल

    • प्रकाशित मितिः पुस १९, २०८२
    • 547 पटक पढिएको
  • चन्द्रपुरमा मृत अवस्थामा शव फेला

    रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नम्बर ४ मा एक पुरुष मृत अवस्थामा भेटिएको छ । पूर्व–पश्चिम राजमार्गदेखि करिब ४० मिटरको दुरीमा मृत अवस्थामा वृद्धको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।दक्षिण भित्रि सडक खण्डमा एकजना वृद्ध मानिस लडेको खबर आएपछि शनिबार बिहान प्रहरी टोली घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेश झाले बताए ।उनले मृत फेला परेका वृद्धको नामथर वतन नखुलेको र अन्दाजी बर्ष ६०/७० को रहेको बताए । मृतक वृद्धको टाउकोमा गम्भीर चोट लागेको देखिन्छ ।मृतकको साथबाट पहिचान खुल्ने कागज फेला नपरेकाले चिन्नुहुने महानुभावले प्रहरीमा सम्पर्क गर्न समेत इला

    • प्रकाशित मितिः पुस १९, २०८२
    • 373 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.