समाचार

    Showing 6,321-6,330 of 25,597 items.
  • रसुवामा ३६ मतस्थल ५७ मतदान केन्द्र कायम

    रसुवा। आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्यका लागि मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कायम गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदातालाई  सहज र सरल बनाउन जिल्ला सुरक्षा समिति, स्थानीय मतदाता, बुद्धिजीवीसमेतको सुझावमा ती काम पूरा गरेको हो ।   जिल्ला निर्वाचन अधिकारी राजन रायका अनुसार २१ हजार १४१ महिलासहित ४१ हजार ४७१ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने छन् । यसका लागि मतदानका लागि छनोट गरिएका ३६ मतस्थल ५७ मतदान केन्द्र कायम रहनेछन् । यहाँका पाँच गाउँपालिकामध्ये उत्तरगया गाउँपालिकामा ११, कालिकामा १२, नौकुण्डमा १५, गोसाइँकुण्डमा १० मतदान केन्द्र रहने छन

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 259 पटक पढिएको
  • मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो

    झापा। नेपालमा उत्पादित छुर्पीको निर्यात ३२ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा पूर्वीनाका काँकरभिट्टा हुँदै रु ४८ करोड ५२ लाख ७३ हजार मूल्यबराबरको दुई लाख ७५ हजार २४६ केजी छुर्पी निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिनुभयो ।गत आव २०८१÷८२ को सोही अवधिको तुलनामा चालु आवमा ३२ प्रतिशतले निर्यात बढेको हो । गत आवको साउनदेखि मङ्सिरसम्ममा रु ३६ करोड ७६ लाख २३ हजार मूल्यबराबरको दुई लाख १७ हजार ६८ केजी छुर्पी निर्यात भएको उहाँले बताउनुभयो ।गत आवको तुलनामा चालु आवमा छुर्पीको निर्यात रु ११ करोड ७६ लाख

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 280 पटक पढिएको
  • नमूना पुस्तकालयलाई पुस्तक सहयोग गर्न आग्रह

    बैतडी— जिल्लाको पुर्चौंडी नगरपालिका–७ स्थित गलिनाथ मावि बडगाउँमा नमूना पुस्तकालय बनाउन आवश्यक गृहकार्य अगाडि बढाइएको छ । पठन संस्कृतिको विकास एवं र विभिन्न आवश्यक पुस्तक सहजै उपलब्ध गराउने उद्देश्यसहित उक्त गृहकार्य अगाडि बढाइएको हो ।  विद्यालयका प्रधानाध्यापक दिनेश नागरीले गत असोज ६ गतेदेखि पुस्तकालयको सुरुआत गरिएको र अहिलेसम्म साढे चार हजार पुस्तक जम्मा भइसकेका बताए। पुस्तकालयमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले पुस्तक सहयोग गरिरहेका छन् । पुस्तकालयका लागि पुर्चौंडी घर भई विभिन्न क्षेत्रमा क्रियाशील ८० जनाभन्दा बढीले पुस्तक उपलब्ध गराएका जनाइएको छ । पुस्तकालयमा धार्मिक, शैक्षिक, वि

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 541 पटक पढिएको
  • राष्ट्रियसभा सदस्य निर्वाचनः आज उम्मेदवारी दर्ता हुँदै

    काठमाडौं—  राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुने भएको छ। निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता गर्ने समय तोकिएको छ।आयोगले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। हाल राष्ट्रियसभाका १८ सदस्यको कार्यकाल फागुन २० गतेदेखि समाप्त हुँदैछ, जसका लागि निर्वाचन हुन लागेको हो।निर्वाचन कार्यक्रमअनुसार पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ। त्यसपछि पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिन पाउनेछन् र सोही दिन दिउँसो अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। पुस २८ गते उ

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 489 पटक पढिएको
  • आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक

    काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ ।बैठक बिहान ९ बजे ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बोलाइएको छ । बैठकमा पार्टी महाधिवेशन विवादबारे नेताहरूले धारणा राख्ने क्रम जारी छ । मंगलबारको बैठकमा महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा राखेका  थिए । विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको तयारीप्रति संस्थापन पक्षले भने आपत्ति जनाउँदै आएको छ । 

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 517 पटक पढिएको
  • आजसम्म मैले कुनै पार्टीको सदस्यता लिएको छैन्ः मन्त्री घिसिङ

    काठमाडौं— ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारेका छन् ।काठमाडौंमा आयोजित नेपाल इन्जिनियर्स एशोसियसन अन्तरक्रिया कार्यक्रममा उठेको प्रश्नको जवाफ दिँदै उनले आफूले अहिलेसम्म पार्टी सदस्यता नलिएको बताएका हुन् ।उनले भने, ‘मलाई यहाँ एउटा साथिले उठाउनुभएको कुरा छ अहिलेसम्म आजको दिनसम्म म कुनै पनि पार्टीको सदस्य छैन ।’त्यस्तै उनले इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्न आवश्यक रहेको बताउँदै त्यसको प्रकृया अगाडि बढाएको जानकारी दिए ।‘सरकारले इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्नै पर्छ । श्रम मन्त्रालय अन्तर्गत हामीले पठाएका छौं । त्यसलाई श्रम मन्त्रालयले नै

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 475 पटक पढिएको
  • पार्टी समायोजनको कार्य तुरुन्त टुंगाउने रास्वपाको तयारी

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले आजको बैठक निर्वाचन केन्द्रीत गतिविधिलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफलहरु भएर टुंगिएको बताएका छन् ।मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकपश्चात उनले निर्वाचन केन्द्रीत गतिविधिलाई कसरी अगाडि बढाउने र समायोजनको कार्य तुरुन्त टुंगाउने गरी कामहरु अगाडि बढाउने विषयमा आजको बैठकमा छलफल भएको बताए ।उनले भने, ‘विशेष गरि निर्वाचनसँग केन्द्रीत गतिविधिलाई अब कसरी अगाडि बढाउने भन्ने विषयमा धेरै आन्तरिक छलफलहरु भएर बैठक टुगिंएको छ । समायोजन समितिले समायोजनको कार्य तुरुन्त टुंगाउने गरी कामहरु अगाडि बढाई रहेको छ । यसको पहिलो बैठक भोली हुन्छ होला ।’य

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 443 पटक पढिएको
  • कोशी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, ८ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ

    विराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ मन्त्री तथा राज्यमन्त्रीहरूलाई सरकारमा सहभागी गराएका छन् ।मुख्यमन्त्री कार्कीले यसअघिका सबै मन्त्रीहरूलाई हटाएर सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा ९एमाले०बीचको सहमतिअनुसार नयाँ मन्त्रिपरिषद् गठन गरेका हुन् ।मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ८ जना मन्त्री र २ जना राज्यमन्त्रीले मंगलबार प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूलाई शपथ गराएका हुन् ।नयाँ मन्त्रिपरिषद्मा सत्ता साझेदार एमाले र कांग्रेसबाट चार

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 442 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केहि र तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।राति तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 207 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।  अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६९ रुपैयाँ २८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ७० पैसा र बिक्रीदर १९५ रुपैयाँ ५१ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८२ रुपैयाँ ३० पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९९ पैसा, सिङ्गाप

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 252 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.