समाचार

    Showing 6,251-6,260 of 19,509 items.
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५८ पैसा र बिक्रीदर १६१ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १० पैसा र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४३  पैसा र बिक्रीदर ८९ रुपैयाँ ८२ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३१ पैसा र बिक्री

    • प्रकाशित मितिः असार २१, २०८२
    • 220 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ ।  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि देशभर साधरणतया बदली बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको

    • प्रकाशित मितिः असार २१, २०८२
    • 265 पटक पढिएको
  • हेटौँडाबाट काठमाडौं आउँदै गरेको माइक्रोबस दुर्घटना हुदा पाँच जना घाइते

    काठमाडौं— हेटौँडाबाट काठमाडौं आउँदै गरेको माइक्रोबस दुर्घटना हुँदा पाँच जना घाइेत भएका छन् । म.प्र.०३–००१ ज ०५५१ नम्बरको माइक्रोबस मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२, रातमाटेमा दुर्घटनामा परेको मकवानपुर प्रहरी प्रमुख एसपी विश्व खड्काले जानकारी दिए ।उनका अनुसार, घाइते पाँचमध्ये तीनजनाको अवस्था गम्भीर छ ।बस घुम्तीबाट तल खसेको एसपी खड्काले जानकारी दिए ।

    • प्रकाशित मितिः असार २०, २०८२
    • 551 पटक पढिएको
  • जसपा नेता यादवको एसपीसँगको गालीगलौज प्रकरण, प्रहरीको खोजी जारी

    सर्लाही— जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश अध्यक्ष अशोक यादव र सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्र खड्काबीचको फोन संवादको अडियो सार्वजनिक भएपछि विवाद चुलिएको छ। अडियोमा नेता यादवले एसपीलाई कडा शब्दमा गालीगलौज गर्दै प्रहरी प्रशासनमाथि भ्रष्टाचारको आरोप लगाएका छन्।पूर्वाधार कार्यालय र सरकारी कर्मचारीको कमिसन प्रकरणलाई लिएर यादवले प्रहरी प्रशासनलाई संरक्षणको दोष लगाएका हुन्। उनले एसपी खड्कालाई 'मधेश लुट्न आएको' आरोप लगाएका छन्।यता, प्रहरीले यस घटनाको अनुसन्धान अघि बढाएको छ। सर्लाही प्रहरीका डीएसपी सरोज राईका अनुसार यादवको खोजी जारी छ। पक्राउ गर्न गएको टोलीमाथि गाउँलेहरूले अवरोध गर्दा प्र

    • प्रकाशित मितिः असार २०, २०८२
    • 493 पटक पढिएको
  • काठमाडौंमा जुवातास खेल्दै गरेका ९ जना पक्राउ

    काठमाडौं— राजधानीको मिलनचोकस्थित एक कोठामा जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन्। काभ्रेको चौरीदेउराली गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–३१, मिलनचोक बसोबास गर्दै आएका ६३ वर्षीय अचुत न्यौपानेको कोठामा जुवा खेलिरहेको अवस्थामा उनलाईसहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले बिहीबार साँझ छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूबाट नगद रु ७६ हजार ४ सय ३० रुपैयाँर ६ बुक तास समेत बरामद गरेको छ।पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असार २०, २०८२
    • 611 पटक पढिएको
  • उपरथी खत्रीलाई दर्ज्यानी चिह्न प्रदान

    काठमाडौं— प्रधान सेनापति प्रभुराम शर्माले उपरथी पदमा पदोन्नति भएका नारायण खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। शुक्रबार जंगी अड्डामा आयोजित समारोहमा सेनापतिले उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। असार १३ गतेको निर्णयअनुसार खत्रीलाई उपरथीमा पदोन्नति गरिएको थियो।पदोन्नतिसँगै उपरथी खत्रीलाई उपत्यका पृतना हेडक्वार्टरको पृतनापति पदमा नियुक्त गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

    • प्रकाशित मितिः असार २०, २०८२
    • 650 पटक पढिएको
  • अनिश्चितकालका लागि बन्द भयो सवारी चालक अनुमतिपत्र

    काठमाडौं— यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीसँग सम्बन्धित सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द भएको सूचना सार्वजनिक गरेको छ।शुक्रबारदेखि सवारीचालक अनुमतिपत्र प्रणाली  (eDL प्रणाली, अनलाइन आवेदन प्रणाली तथा लाइसेन्स प्रिन्ट प्रणाली)  मा प्राविधिक समस्या देखिएको जनाउँदै विभागले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै सेवा स्थगन गरिएको जानकारी दिएको हो।“सवारीचालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको र समाधानको काम भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुञ्जेलसम्म सबै सेवाहरु बन्द गरिएको छ,”सूचनामा भनिएको छ ।

    • प्रकाशित मितिः असार २०, २०८२
    • 540 पटक पढिएको
  • नेपालगञ्जमा हस्ताक्षर गरेका सई खड्का काठमाडौं तानिए

    काठमाडौं — नेपालगञ्जमा ड्युटीकै क्रममा रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका ट्राफिक सई कमल खड्कालाई प्रहरी प्रधान कार्यालयले काठमाडौं तानेको छ।बाँके दरबन्दी रहेका सई खड्काले ‘प्रतिशोधविरुद्धको हस्ताक्षर संकलन’ अभियानमा सहभागी भएर वर्दीमै हस्ताक्षर गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि उनीमाथि अनुशासनको सवाल उठाइएको हो।प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार, प्रहरी आचारसंहिताविपरीत कार्य गरेकाले खड्कालाई आवश्यक छानबिनका लागि बोलाइएको हो। प्रहरी ऐन २०१२ अनुसार, कुनै पनि प्रहरी कर्मचारीलाई राजनीतिक गतिविधिमा सहभागी हुन अनुमति छैन।

    • प्रकाशित मितिः असार २०, २०८२
    • 522 पटक पढिएको
  • नेपाल सुनचाँदी व्यवसायी सडक आन्दोलनमा

    काठमाडौं— नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघ पुनः सडक आन्दोलनमा उत्रिएका छन् ।सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमूल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर्न, सुनको भन्सार ६ प्रतिशत कायम गर्न, सुनचाँदी कारोबारको लागि प्रष्ट नीति नियमावली निर्माण गर लगायतका नारा लेखिएका ब्यानरसहित आन्दोलनकारीहरूले प्रदर्शन उत्रिएका छन् ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुधबार ग्रे–लिस्टबाट बाहिर निस्कनुपर्ने आवश्यकताको आधारमा सुनको कारोबारका पारदर्शिता गर्न कायम गर्न विलासिता कर लगाइएको बताएका थिए ।

    • प्रकाशित मितिः असार २०, २०८२
    • 549 पटक पढिएको
  • मणिमण्डप क्षेत्रको सौन्दर्यीकरणका काम अन्तिम चरणमा

    महेन्द्रनगर (धनुषा), २० असारः जनकपुरधामलाई वैवाहिक गन्तव्यस्थलका रूपमा विकास गर्ने उद्देश्यसहित ऐतिहासिक मणिमण्डप क्षेत्रको सौन्दर्यीकरण अन्तिम चरणमा पुगेको छ ।सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरधामका प्रमुख विनोद यादवले करिब चार बिघा क्षेत्रफलमा मणिमण्डप क्षेत्रको सौन्दर्यीकरणको काम करिब ९५ प्रतिशत पूरा भएको जानकारी दिनुभयो । रु १८ करोड ९१ लाखभन्दा बढीको लागतमा जनकपुरधामको मणिमण्डपसहित यहाँका पाँच स्थानमा काम भइरहेको त्यसमध्ये बढी लागतमा धार्मिक पर्यटकीयस्थल मणिमण्डप सौन्दर्यीकरण भइरहेको उहाँले बताउनुभयो । निर्माण सम्पन्न भएपछि यसलाई जनकपुरधाम उपमहानगरपालिकालाई हस्तान्तरण गरिने जन

    • प्रकाशित मितिः असार २०, २०८२
    • 232 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा