समाचार

    Showing 451-460 of 26,780 items.
  • ‘ट्रयाक्टर’ले किचेर मृत्यु

    वीरगन्ज। पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुधेश्वरनाथ महादेव मन्दिर नजिक ट्रयाक्टरले किचेर बाराको विश्रामपुर गाउँपालिका–५ इटियाही टोलका १७ वर्षीय आकाश रामको मंगलबार मृत्यु भएको छ ।  ट्याक्टरबाट खसेका उनीलाई सोही ट्याक्टरले किचेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो । फरार चालकको खोजी भइरहेको उहाँले बताउनुभयो ।  

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 136 पटक पढिएको
  • रसुवा र नुवाकोटका नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन सञ्चारमन्त्रीको आग्रह

    काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले रसुवाको स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा भीषण बाढीका कारण गम्भीर क्षति पुगेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत उनले सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा अन्य सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।‘भीषण बाढीका कारण रसुवाका स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको दुःखद समाचार प्राप्त भएको छ, उनले लेखेका छन्, ‘सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा अन्य सरोकारवा

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 45 पटक पढिएको
  • भोटेकोशी अपडेट : प्रहरीका ३ कार्यालयमा ठूलो क्षति अज्ञात प्रहरीको खोजी हुँदै

    काठमाडौं । तिब्बततर्फबाट आएको आकस्मिक बाढीले रसुवामा नेपाल प्रहरीका तीन वटा कार्यालयमा ठूलो क्षति पुर्‍याएको छ।प्रहरी प्रधान कार्यालयका अनुसार बाढीबाट इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याप्रुबेसी र प्रहरी चौकी रसुवागढीमा क्षति पुगेको छ। तीनवटै प्रहरी कार्यालयमा ठूलो क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ।बाढी एक्कासि आएको र तीव्र बहावका कारण प्रहरी कार्यालयका संरचनामा क्षति पुगेको हो। बाढीले कार्यालयमा रहेका सामग्री तथा अन्य संरचनामा समेत क्षति पुर्‍याएको हुनसक्ने भए पनि यसको विस्तृत विवरण भने आउन बाँकी छ।प्रहरी प्रधान कार्यालयले प्रभावित कार्यालयमा कार्यरत प्रहरी

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 138 पटक पढिएको
  • हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

    चितवन। यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत आफ्नो छोराले कपाल काटेर छोटो बनाओस जस्तो लाग्छ । उहाँले भन्नुभयो,“विद्यालयबाट बाबुलाई कपाल कटाउन लगाउनुप¥यो भनेर टेलिफोन कल पनि आएको छ । बाबुलाई कपाल छोटो बनाउन भन्दा मान्दैन । जबरजस्त गर्नुभएन ।”भरतपुर–१० का बुद्धिकान्त न्यौपानेको गुनासो पनि उस्तै खालको छ । उहाँ कक्षा १२ मा अध्ययनरत छोरालाई कपाल काट्न भन्न छाडेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “ठूलो छोरालाई कपाल काट्न भन्न छाडेँ, कक्षा ७ मा पढ्ने कान्छो छोराले पनि टेर्न छाड्यो ।”यी प्रतिनिधिपात्र मात्रै हुन्, पछिल्लो समय अधिकांश अभिभावकको गुनासो ‘छोराहरुले कपाल छोटो बनाउनै मान्दैनन

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 148 पटक पढिएको
  • जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र

    म्याग्दी। यहाँको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र गरिने  भएको छ । रघुगङ्गा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूको सहयोगमा कालीगण्डकी करिडोरको घुमाउने तालदेखि पिप्ले हुँदै पालिकाको केन्द्र मौवाफाँट जोड्ने सडक कालोपत्र गर्न लागिएको हो । दुई दशकअघि मार्ग खुलेको उक्त सडक स्तरोन्नतिसहित कालोपत्र योजना सुरु भएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिनुभयो । “कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकअन्तर्गत घुमाउने तालदेखि गाउँपालिका केन्द्र मौवाफाँट जोड्ने छ किलोमिटर ४०० मिटर सडक कालोपत्र गर्न लागिएको हो”, उहाँले भन्नुभ

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 180 पटक पढिएको
  • विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति

    ओखलढुङ्गा। यहाँको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट) भएर आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । स्थानीय कोटमाया कार्कीको ढुङ्गामाटोको गारो र खरको छानो भएको दुईतले घरमा बिजुलीको तार सर्ट भएर आगलागी भएको थियो । उक्त आगो फैलिएर उहाँकी बुहारी ज्ञानकुमारी कार्कीको दुईतले घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखरकुमार साहले जानकारी दिनुभयो ।आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, सिद्धिचरण नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा तीन घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीबाट कोटमाया कार्कीको घरसँगै अन्नपात, भाँडाबर्तन, लत्ताकपडा,

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 152 पटक पढिएको
  • भोटेकोशीमा तिब्बतबाट आएको भीषण बाढीले रसुवाको टिमुरेमा महाविनाश

    रसुवा । रसुवाको टिमुरे बजारमा बुधबार बिहान तिब्बततर्फबाट आएको आकस्मिक ठूलो बाढीले ठूलो क्षति पुर्‍याएको छ। बिहान करिब सवा ९ बजे भोटेकोशी नदीमा एक्कासि आएको बाढीले टिमुरे बजारका अधिकांश घर तथा संरचना बगाएको प्रारम्भिक जानकारी आएको छ।बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी दीपक रेग्मीका अनुसार बाढीले टिमुरे बजारका धेरै घर बगाएको छ। उनका अनुसार प्रारम्भिक सूचनाअनुसार बजारमा ५–७ वटा घर मात्र बाँकी रहेको जानकारी आएको छ। यद्यपि, क्षतिको यकिन विवरण भने आइसकेको छैन।टिमुरेस्थित इलाका प्रहरी कार्यालयमा १५ जना प्रहरी कार्यरत रहेकामा हालसम्म ८ जना मात्र सम्पर्कमा आएका छन्। बाँकी प्रहरीको अवस्था अझै यकिन हु

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 176 पटक पढिएको
  • प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिनुहुने

    काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिनुहुने भएको छ ।सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ः०० बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची छ ।बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१÷८२ प्रस्तुत गर्नुहुनेछ । यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्नुहुनेछ ।त्यस्तै, आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायो

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 194 पटक पढिएको
  • आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

    काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 184 पटक पढिएको
  • उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

    राँझा। भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई विस्थापित गर्दै बजार लिन सफल भएको छ ।भारतीय स्याउको तुलनामा कर्णाली प्रदेशको जुम्ला, कालीकोट, हुम्ला र मुगुमा फलेका स्वादिष्ट स्याउ उपभोक्ताको रोजाइमा परेको नेपालगञ्जका थोक फलफूल व्यवसायी प्रेमलाल साहुले बताउनुभयो ।“बाँकेको नेपालगञ्ज,कोहलपुर, दाङको तुलसीपुर, घोराही, लमहीमा मुख्य फलफूल बजारदेखि गल्ली–गल्लीका ठेलासम्म अहिले राताम्मे कर्णालीकै स्याउ देख्न सकिन्छ”, उहाँले भन्नुभयो, “सस्तो मूल्य र उत्कृष्ट स्वादका कारण उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ पर्न थालेको छ ।”उहाँका अनुसार भारतीय स्याउको तुलनामा कर्णालीको स्

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 179 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.