धादिङ / त्रिशूली नदीमा आएको ठूलो बाढीका कारण धादिङका तटीय क्षेत्रमा जोखिम बढेको छ । बाढी मलेखुबाट तलतर्फ बढ्दै कुरिनटार आसपास पुग्न लागेको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले जानकारी दिइन् । उनका अनुसार बाढीका कारण भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । पक्की तथा झोलुंगे पुलहरू बाढीले बगाएको उनले बताइन् । यद्यपि, अहिलेसम्म मानवीय क्षति भने नभएको उनले जानकारी दिइन् । कुराकानीमा उनले भनिन्, ‘अब मलेखुबाट तल लाइसक्यो। अब लगभग कुरिनटार पुग्ने जस्तो भइसक्यो बाढी । बाढी एकदम ठुलो छ । अब बस्तीहरू चाहिँ सार्ने काम भइराखेको छ, मानवीय क्षति अहिलेसम्म भएको छैन । भौतिक क्षति
काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि सुरक्षाकर्मी नै ठूलो जोखिममा परेका छन्। जिल्लाका तीन स्थानमा कार्यरत ४१ जना नेपाल प्रहरी सम्पर्कविहीन भएका छन्।नेपाल प्रहरीका प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार स्याफ्रुबेँशी, रसुवागढी र मैलुङमा कार्यरत प्रहरीहरू सम्पर्कमा आएका छैनन्। बाढीले टिमुरे क्षेत्रमा ठूलो क्षति पु¥याएको उनले बताए।यसैगरी सशस्त्र प्रहरी निरीक्षकसहित ९ जना पनि सम्पर्कविहीन रहेको जनाइएको छ।बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत फैलिँदै गएपछि नदी आसपासका बस्ती खाली गराउन सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धार टोलीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धारको प्रयास जारी राखेको छ।बाढीको
रसुवा। रसुवामा बिहान आएको बाढीको कारण त्यहाँ सञ्चालनामा रहेका र निर्माणधिन आयोजनाहरूमा क्षति पुगेको छ।नेपाल विद्युत प्राधिकरणका अनुसार रसुवागढी, चिलिमे, त्रिशुली ३ ए, त्रिशुली ३ बी हब २३० केभी स्टेशन, त्रिशुली तथा देवघाट जलविद्युत केन्द्रमा क्षति पुगेको छ।रसुवामा २२.१ मेगावाटको चिलिमे, १११ मेगावाटको रसुवागढी हाइड्रो, ६० मेगावाटको त्रिशुली ए, १२० मेगावाटको रसुवाभोटेकोशी आयोजना छन्। चिलिमे र रसुवागढी हाइड्रोपार सेयर बजारमा सूचीकृत कम्पनी पनि हुन्।
काठमाडौं / रसुवा जिल्लामा आएको आकस्मिक बाढीले नेपाल विद्युत् प्राधिकरणका उत्पादन, प्रसारण तथा वितरण संरचनामा क्षति पुगेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ।प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’ हब, २२० केभी सबस्टेशन, त्रिशूली तथा देवीघाट जलविद्युत् केन्द्र र विभिन्न वितरण संरचनामा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बाढीका कारण जनधनसँगै घर, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत उल्लेख्य क्षति पुगेको प्राधिकरणले जनाएको छ।प्राधिकरणले प्रभावित क्षेत्रमा बेपत्ता तथा प्रभावित सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र सर्वसाधारणको खोज, उद्ध
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवामा आएको बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिन नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरी परिचालन गरिएको बताएका छन् ।सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री शाहले अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी तथा जनशक्ति प्रभावित क्षेत्रतर्फ पठाइसकिएको बताएका छन् । विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउँदै मेडिकल टोली, नेपाल स्काउट र रेडक्रसलगायतका निकायसँग समन्वय गरी आवश्यक उद्धार तथा राहत कार्य अघि बढाइएको उनले उल्लेख गरेका छन् । अतिरिक्त एम्बुलेन्स तथा मेडिकल जनशक्ति प्रभावित क्षेत्रमा पठाउने प्रक्रिया पनि अघि बढिस
देवेन्द्र के ढुङगाना :नेपालमा मनसुनसँगै जापानिज इन्सेफलाइटिस (जेई) संक्रमण पुनः जनस्वास्थ्यको गम्भीर चुनौतीका रूपमा देखापरेको छ। यस वर्ष अहिलेसम्म २६ जिल्लाका ६२ स्थानीय तहमा ८५ जनामा जेई पुष्टि हुनु र तीमध्ये २१ जनाको मृत्यु हुनु सामान्य मौसमी संक्रमणको विषय मात्र होइन। अझ चिन्ताको कुरा, मृत्यु हुनेमध्ये ठूलो हिस्सा ५० वर्षभन्दा माथिका व्यक्ति हुनु र ८६ प्रतिशत सङ्क्रमितले विगतमा जेईको खोप नलगाएको तथ्यले रोगको जोखिम र विद्यमान रोकथाम प्रणालीबीचको खाडललाई उजागर गरेको छ। विशेषतः झापामा मात्रै छ जनाको मृत्यु भएको तथ्यले उच्च जोखिम भएका भूगोल र उमेर समूहलाई लक्षित गरेर तत्काल कदम चाल्नुपर्ने आवश्
देवेन्द्र के ढुङगाना \ पालमा महिला तथा बालिकामाथि हुने बलात्कार र यौन हिंसा अब व्यक्तिगत वा पारिवारिक पीडाको विषय रहेन। यो राज्यको कानुनी क्षमता, प्रशासनिक जवाफदेहिता, सामाजिक चेतना र राजनीतिक नैतिकताको गम्भीर परीक्षण बनेको छ। कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले नेपाली समाजलाई जुन गहिरो आघात दियो, त्यसको न्यायिक टुङ्गो अझै नलाग्नुले राज्य संयन्त्रप्रतिको विश्वासमै प्रश्न उठाएको छ। घटनाको अनुसन्धानमा देखिएका कमजोरी, अभियुक्त पहिचानमा भएको ढिलाइ र प्रमाण संरक्षणप्रतिको उदासीनताले एउटा गम्भीर अपराधलाई राष्ट्रिय बहसको विषय बनायो।निर्मला पन्त प्रकरण आफैँमा एउटा
भोटेकोशी बाढी अपडेट धादिङको आदमघाट कट्यो, गजुरी पुग्यो, तटीय बस्तीमा माइकिङधादिङ । रसुवाबाट आएको भीषण बाढी धादिङको आदमघाट कटेर गजुरी पुगेको छ। बिहान पौने ११ बजे बाढी गजुरी पुगेको सूचना प्राप्त भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाढीको बहाव अत्यन्त ठूलो भएपछि धादिङका तटीय क्षेत्रमा प्रहरीले माइकिङ गर्दै स्थानीयलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।प्रहरीका सबै युनिट परिचालन गरिएको छ भने जिल्ला प्रशासनले जिल्लाका सबै पालिकासँग समन्वय गरी सतर्कता बढाएको छ। बाढीको रफ्तार तल्लो तटीय क्षेत्रतर्फ—धादिङमा सुरक्षा संयन्त्र ‘हाई अलर्ट’मा।
धादिङ । रसुवाबाट आएको भीषण बाढी धादिङको आदमघाट कटेर गजुरी पुगेको छ। बिहान पौने ११ बजे बाढी गजुरी पुगेको सूचना प्राप्त भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बाढीको बहाव अत्यन्त ठूलो भएपछि धादिङका तटीय क्षेत्रमा प्रहरीले माइकिङ गर्दै स्थानीयलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।प्रहरीका सबै युनिट परिचालन गरिएको छ भने जिल्ला प्रशासनले जिल्लाका सबै पालिकासँग समन्वय गरी सतर्कता बढाएको छ।बाढीको रफ्तार तल्लो तटीय क्षेत्रतर्फ—धादिङमा सुरक्षा संयन्त्र ‘हाई अलर्ट’मा।
काठमाडौं । रसुवा बाढीको उद्धार र राहतलाई तीव्र बनाउन प्रधानमन्त्री बालेन शाहले सरकारीसँगै निजी कम्पनीका हेलिकप्टरसमेत स्ट्यान्डबाइ राख्न निर्देशन दिएका छन्।उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ भने थप जनशक्ति, एम्बुलेन्स र मेडिकल टोली प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको छ।तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्न सीडीओहरूलाई निर्देशन दिइएको छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.