समाचार

    Showing 4,461-4,470 of 19,374 items.
  • १६१ शंकास्पद बिरामी उपचारमा, ७१ मा हैजाको पुष्टि

    वीरगन्ज— वीरगन्ज महानगरपालिकामा हालसम्म हैजाका संक्रमितको संख्या ७१ पुगेको छ । आइतबार साँझ ८ बजेको तथ्यांकअनुसार शनिवारसम्म ४२ जनामा पुष्टि भएको सङ्क्रमणमा आइतबार थप २९ जना नयाँ संक्रमित थपिएका हुन् ।महानगरको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार संक्रमितहरू वडा नम्बर ३, ८, ११, १२, १३, १४ र १६ का बासिन्दा रहेका छन् ।अस्पतालमा उपचाररत संक्रमितको विवरणनारायणी अस्पतालमा २६ जना, तराई हस्पिटलमा २५ जना, नेशनल मेडिकल कलेजमा ९ जना, भवानी अस्पतालमा ३ जना, वीरगन्ज हेल्थकेयर हस्पिटलमा २ जना, अलि हस्पिटलमा २ जना, नारायणी सेन्ट्रल अस्पतालमा २ जना र मंगलम डाइग्नोसिस सेन्टरमा २ जना बि

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 533 पटक पढिएको
  • कर्णाली प्रदेश र सुदूरपश्चिममा हावाहुरीसहित वर्षाको सम्भावना

    काठमाडौं— जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहनुको साथै  बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका धेरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 478 पटक पढिएको
  • आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

    काठमाडौं— आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । सोमबार बिहान १० बजे सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बस्ने भएको हो । आज बस्ने बैठकमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथि छलफल हुने बताइएको छ । यसअघि कांग्रेस र एमालेले उपसभामुख रानामगरलाई पदीय आचरण विपरीत काम गरेको भन्दै हस्ताक्षर संकलन गरेका थिए । कांग्रेसभित्र हस्ताक्षर संकलनको विषयमा विवाद छ भने गत साउन २८ गते सङ्घीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थाको विवादमा परेका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका थि

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 448 पटक पढिएको
  • हिन्दु नारीहरुको चाड तीज सुरु, आज दर खाँइदै

    काठमाडौं—  नेपाली हिन्दु नारीहरुले मनाउने महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाइँदै छ ।भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि महिलाहरुले दर खाने परम्परा छ  ।दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन रहेको  छ । दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ । तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने चलन चलेको रहेको पाइन्छ  । परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भ

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 507 पटक पढिएको
  • आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौं— आज राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । बैठक सोमबार दिनको २ः३० बजे समितिको बैठक कक्षमा बस्ने भएको हो । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ । 

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 478 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । बागमती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का वर्षा भइरहेको छ ।दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका धेरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका केही स्थान र तराईको थोरै स्थानमा मध्यम वर्षा र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केहि स्थानमा भारी वर्षाको सम्भावना छ ।

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 213 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १८९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८६ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १७४ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ११ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७० पैसा र बिक्रीदर ९१ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 183 पटक पढिएको
  • आज २०८२ साल भदौँ ०९ गते सोमबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)पढाइमा ध्यान दिन सके राम्रो परिणाम प्राप्त हुनेछ। पारिवारिक तथा प्रेम सम्बन्ध सन्तोषजनक रहन सक्छ। स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ। यात्रामा सतर्कता आवश्यक छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)प्रेम सम्बन्धमा असमझदारी उत्पन्न हुन सक्छ। अध्ययनमा ध्यान नदिँदा अरूले फाइदा उठाउने सम्भावना छ। सतर्कता आवश्यक छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)शत्रु परास्त हुनेछन्। विगतका प्रयासबाट लाभ मिल्नेछ। अध्ययनमा सफलता मिल्ने सम्भावना छ। आफन्तको सहयोग प्राप्त हुनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)पढाइ, अनुसन्धान त

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 292 पटक पढिएको
  • जसपा नेपालले विरोध प्रदर्शन

    रौतहट— रौतहटको गौर हत्याकाण्डको विषयमा सर्वोच्च अदालतले गरेको आदेशको विषयलाई लिएर जनता समाजवादी पार्टी (जसपा) नेपालले विरोध प्रदर्शन गरेको छ । आइतबार जसपा नेपालका कार्यकर्ताहरूले जनकपुरमा विरोध प्रदर्शन गरेका हुन् । पार्टी अध्यक्ष उपेन्द्र यादव मुछिएको गौरमा भएको हत्याकाण्ड विषयमा अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले आदेश जारी गरेपछि जसपा नेपाल आन्दोलित छ । 

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 479 पटक पढिएको
  • डल्लुमा एक जना मृतावस्थामा फेला

    काठमाडौं— राजधानीको डल्लुमा एक जना मृतावस्थामा फेला परेका छन् । डल्लु पुल करिडोरमा ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ घर भएका २६ वर्षीय राजेश भुजेल मृतावस्थामा फेला परेका हुन् । उनको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 576 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा