समाचार

    Showing 4,441-4,450 of 19,374 items.
  • काठमाडौं महानगरविरुद्ध कवाड व्यवसायीको प्रदर्शन, अधिकार सुनिश्चित गर्न माग

    काठमाडौं— कवाडी व्यवसायी समाजले आफ्नो पेशागत अधिकारका विषयमा गम्भीर चासो व्यक्त गर्दै सोमबार काठमाडौं महानगरपालिका कार्यालय, कमलादी घेराउ गरेका छन्।काठमाडौं महानगरले कवाड व्यवसायी, संकलक र मजदुरमाथि बारम्बार ज्यादती गर्दै आएको प्रदर्शनकारीहरूको आरोप छ। उनीहरूले संविधानले प्रत्याभूत गरेको पेसा–व्यवसाय गर्ने हक सुनिश्चित गर्न माग गर्दै आएका छन्।महानगर प्रहरीबाट भइरहेका कुटपिट, अपहरण, मानसिक यातना र संरचना भत्काउने कार्य तत्काल रोक्न माग उनीहरूले गरेका छन्। साथै, यस्ता ज्यादतीमा संलग्न महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने मागसमेत अघि सारेका छन्।सरकारले कवाड व्यवसायसँग आबद्ध व्यक्तिहरूको जिउ

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 530 पटक पढिएको
  • पोखराको आर्वामा माइक्रोबस दुर्घटना, २३ जना घाइते

    पोखरा — पोखरा महानगरपालिका–१३ स्थित आर्वाको मडकेल्ना ओरालोमा सोमबार एक माइक्रोबस दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका छन्।दुर्घटनामा परेको ग १ ख ४०२७ नम्बरको बस आर्वाको मणिदीपबाट काहुँखोलातर्फ जाँदै थियो। मडकेल्ना क्षेत्रमा बस अनियन्त्रित भई सडकको दायाँतर्फको भित्तामा ठोक्किँदा बसमा सवार चालकसहित २३ जना घाइते भएका हुन्।स्थानीय रवि बरालका अनुसार ओरालो सडकमा बसले नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो। घाइतेहरूलाई तत्काल उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको छ।अस्पतालका अनुसार घाइतेमध्ये ११ जनाको अवस्था सामान्य रहेकाले उनीहरू

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 565 पटक पढिएको
  • नक्कली सुन बेचेर ठगी गर्ने व्यक्ति पक्राउ

    काठमाडौं— नक्कली सुनलाई सक्कली भनी विभिन्न व्यक्तिहरूलाई झुक्याएर ठगी गर्ने एक व्यक्ति काठमाडौंमा पक्राउ परेका छन्।पक्राउ पर्ने व्यक्ति सोलुखुम्बु दुधकुण्ड नगरपालिका–१ टाक्सिण्डो निवासी ३३ वर्षीय लाक्पा शेर्पा हुन्। उनलाई काठमाडौं महानगरपालिका–२६ स्थित गोंगबुको क्वालिटी क्याफेबाट प्रहरीले पक्राउ गरेको हो।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले अवैध सुनको किनबेच भइरहेको भन्ने सूचनाका आधारमा शेर्पालाई १ किलोग्राम सुनजस्तो देखिने धातुसहित पक्राउ गरेको हो।प्रारम्भिक अनुसन्धानमा उनले नक्कली सुनलाई सक्कली भनी विश्वास दिलाई विभिन्न व्यक्तिहरूसँग ठगी गर्ने गरेको खुल्न आ

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 572 पटक पढिएको
  • जिम्मेवार वहन गर्न नसक्ने ‘नक्कली कम्युनिष्ट’ होः वामदेव गौतम

    काठमाडौं— नेकपा एकीकृत समाजवादीका नेता वामदेव गौतमले सिधै जनतामा पुग्ने जिम्मेवारी खोजेको बताएका छन् । सोमबार ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी पार्टीका भित्री कुरा आफूलाई थाहा नभएको भन्दै आफूले जिम्मेवारी खोजेको बताएका हुन् । उनले भने, ‘मैले जनतामा सिधै गइहाल्ने जिम्मेवारी खोजेको हुँ । जनतामा सिधै जाने माध्यम के हुन सक्छ र समाजवादी पार्टीमा त्यस्तो के छ सबै थाहा छैन । त्यसको पहिचान खोजिरहेको छु ।’नेता गौतमले समाजवादीका नेताहरु काठमाडौंकेन्द्रित भएको भन्दै पार्टीले प्रत्येक सदस्यले एउटा जिम्मेवारी वहन गर्नदिनुपर

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 533 पटक पढिएको
  • गगन थापा भन्छन ओलीले प्रधानमन्त्री छाड्छु भनेर कांग्रेसलाई सम्झाइरहनु भएको छ

    काठमाडौं— नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी ओलीले हप्तामा एकपटक प्रधानमन्त्री पद छाड्छु भनेर भन्नुको कुनै अर्थ नभएको बताएका छन् । पद छाड्छु भनेर सम्झिरहनु जरुरी नभएको उनको भनाइ थियो । सोमबार काठमाडौंमा आयोजित ‘जीवन एक बिम्ब अनेक’ नामक मुक्तक संङग्रहको विमोचन कार्यक्रममा उनले शेर बहादुर देउवा र केपी ओलीले आलोपालो प्रधानमन्त्री चलाउने भनेर हप्तामा एक पटक सम्झनुको अर्थ नभएको बताएका हुन् । उनले भने, ‘डर र लोभ दुई वटा कुराबाट हामी मुक्त नभई अगाडि बढ्न सक्दैँनौ । काङ्ग्रेस अहिले ०८४ को चुनावमा के हुन्छ भन्ने चिन्ताबाट मुक्त हुनुपर्छ । काङ्ग्रेस केबाट पनि मुक्त हुन

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 567 पटक पढिएको
  • नकारात्मक मानसिकता परित्याग गर्न अध्यक्ष नेपालको आग्रह

    काठमाडौं— पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नकारात्मक मानसिकताले निराशा पैदा गर्ने हुँदा हीनभावले ग्रसित नहुन आफ्ना कार्यकर्तालाई आग्रह गरेका छन् । ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले निराश हुने मानिसहरु कम्युनिष्ट पार्टी नै परित्याग गरेर हिड्ने भन्दै आशावादी हुन आग्रह गरेका हुन् । उनले भने, ‘जहिले पनि यो नकारात्मक मानसिकताका साथ हीनभावले ग्रसित भएर अघि बढ्ने काम नगर्नुस् । त्यस्ताहरुले पार लगाउँदैनन् । त्यस्ता निराशहरु पलायन हुन्छन् । संयोजन गर्ने मानिसहरु निराश बनाउने पनि छन् र आशावादीह

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 571 पटक पढिएको
  • स्वास्थ्य सन्देश बोकेको देउडा गीत, लक्षित मातृ–शिशु सुरक्षा

    मुगु— जिल्लाको सोरु गाउँपालिका–७ तारापानीमा आयोजित मातृ–शिशु स्वास्थ्यसम्बन्धी जनचेतनामूलक देउडा गीत प्रतियोगिता आयोजना गरिएको छ । पछिल्लो समयमा बालबिवाह कायमै हुनुका साथै सामान्य बिरामी हुँदा धामीझाँक्री र झारफुक गर्दा अकालमा मान्छेहरुको ज्यान जाने भएकाले सचेतनाका लागि प्रतियोगिता आयोजना गरिएको हो ।मातृ शिशुको स्वास्थ्य सुधारको लागि कस्ता खानेकुरा खाने, स्वास्थ्य संस्थामा उपचार कसरी लिने, ब्यक्तिगत तथा सामूहिक, सामूदायिक स्वास्थ्य सरसफाई कसरी गर्ने जस्ता सन्देशमार्फत सांस्कृतिक देउडा प्रतियोगिता आयोजना गरिएको हो ।गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग र किडार्क नेपालको आयोजनामा सम्पन

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 555 पटक पढिएको
  • हैजा नियन्त्रणमा वीरगञ्जमा सरोकारवाला निकायबीच समन्वयात्मक छलफल

    काठमाडौं— वीरगञ्ज महानगर क्षेत्रमा हैजाको संक्रमण समुदायस्तरमै फैलिन थालेपछि नियन्त्रण र रोकथामका प्रयासहरू तीव्र पारिएका छन्। संक्रमणको चपेटामा परेका स्थानीय तहमा व्यापक जनस्वास्थ्य संकट उत्पन्न हुने चिन्ताबीच सरकारी तथा गैरसरकारी निकायहरू सक्रिय भएका छन्।संघीय सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागको उच्चस्तरीय टोली आइतबारदेखि वीरगञ्जमा परिचालनमा छन्। ती टोलीहरूले हैजासम्बन्धी अवस्थाको स्थलगत अवलोकन गर्दै नियन्त्रणका उपायहरू कार्यान्वयन गरिरहेका छन्यसै सन्दर्भमा सोमबार वीरगञ्जमा हैजा रोकथाम तथा नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न भएको छ। कार्य

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 526 पटक पढिएको
  • करणी अभियोगमा झापा र नुवाकोटबाट तीन जना पक्राउ

    काठमाडौं— जबरजस्ती करणीको आरोपमा झापाबाट दुई जना र नुवाकोटबाट एक जना गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।झापाको कचनकवल गाउँपालिका–७ निवासी ७१ वर्षीय पहलमान पौडेल खत्री र ५५ वर्षीय रत्न बहादुर तामाङलाई १६ वर्षीया बालिकामाथि करणी गरेको उजुरीको आधारमा आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। घटनाबारे प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।त्यसैगरी, नुवाकोटको बिदुर नगरपालिका–३ मैरीटारका ३५ वर्षीय बाबुराम माझीलाई पनि करणी अभियोगमा पक्राउ गरिएको छ। उनलाई १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा आइतबार साँझ प्रहरी चौकी देवीघाटबाट

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 558 पटक पढिएको
  • कालोपट्टी बाँधेर विद्यालय शिक्षा विधेयकको विरोध

    काठमाडौं—  प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनले गुणस्तरीय शिक्षा–निजी विद्यालयको प्रतिबद्धता संघीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको नीतिका विरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका छन् । उनीहरुले सोमबार माइतीघर मण्डलामा भेला भई प्रदर्शन गरेका हुन् । माइतीघरमा भेला भएर हातमा कालोपट्टी बाँधेर नारा लगाउँदै उनीहरूले विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोध गरेका हुन् ।विद्यालय शिक्षा विधेयकमा समावेश पूर्ण छात्रवृत्ति, विद्यालयमा उत्पादन नहुने सामग्री उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, विद्यालयहरूलाई ‘गैरनाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने लग

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 422 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा