समाचार

    Showing 4,361-4,370 of 26,789 items.
  • ‘चिरञ्जीवी भवः’ बाट डेब्यु गर्दै प्रशंसा रायमाझी

    काठमाडौं— पछिल्लो समय सामाजिक सञ्जाल र मोडलिङ क्षेत्रमा निकै रुचाइएकी इन्फ्लुएन्सर प्रशंसा रायमाझीले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्ने भएकी छन् ।चर्चित हास्य कलाकार तथा निर्देशकद्वय कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपकप्रसाद आचार्य ‘काकु’ को संयुक्त सहकार्यमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ बाट प्रशंसाले अभिनेत्रीका रूपमा आफ्नो फिल्मी यात्रा सुरु गर्न लागेकी हुन् ।यस चलचित्रको औपचारिक घोषणा गत मंगलबार नयाँ वर्ष २०८३ को पावन अवसर पारेर गरिएको थियो । लामो समयदेखि टेलिभिजन पर्दामा ‘भद्रगोल’ र ‘सक्किगो नि’ जस्ता हिट सिरिजमार्फत दर्शकको मन जित्दै आएका जिग्री र काकुको यो सहकार्यलाई

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 516 पटक पढिएको
  • चट्याङ लागेर युवकको मृत्यु

    गोरखा। गोरखामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । आइतबार साँझ चट्याङ लागेर घाइते भएका सहिद लखन गाउँपालिका–५, तोरेनस्थित पोखरीडाँडाका २६ वर्षीया विनोद थापाको उपचारका क्रममा गएराति मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार घरभित्र मोबाइल चलाएर बसिरहेका बेला एक्कासि चट्याङ परेर थापा गम्भीर घाइते भएका थिए । उनको पचारका क्रममा प्रदेश अस्पताल गोरखामा मृत्यु भएको हो । 

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 291 पटक पढिएको
  • असिनाले ७४ सवारीसाधनमा क्षति

    चितवन। जिल्लामा आइतबार साँझ आएको असिना सहितका पानीबाट ७४ सवारीसाधनमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालका अनुसार इच्छाकामना गाउँपालिका–३, ४ र ५ कुरिननिटार, मुग्लिन सहित पृथ्वी राजमार्गबाट विभिन्न गन्तव्यमा जाँदै गरेका र पार्किङ गरी राखिएका ती सवारीसाधनमा क्षति पुगेको हो ।कायर्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार क्षति पुगेका सवारीसाधनहरु कार ५७ , माइक्रो बस १५ , मोेटरसाइकल र ट्रक एक÷एक छन् । उहाँका अनुसार ती सवारीसाधनको सिसामा क्षति पुगेको छ ।

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 281 पटक पढिएको
  • कामपाद्वारा प्राचीन मूर्ति पुनःस्थापित

    काठमाडौँ। काठमाडौँ महानगरपालिकाले विभिन्न समयमा चोरी भएर विदेशका सङ्ग्रहालयमा पुगेका प्राचीन मूर्ति फिर्ता गर्ने र सङ्ग्रहालयमा राखिएका मूर्तिलाई आफ्नै स्थानमा फिर्ता गराउन थालेको छ ।  कामपाले विश्व सम्पदा दिवसको अवसर पारेर राष्ट्रिय सङ्ग्रहालय, छाउनीमा राखिएको १३औँ शताब्दीको महागौरी÷पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति वडा नं २० मरुस्थित गःगुठी सूर्यमुखी महादेव मन्दिर परिसरको आफ्नै आसनमा पुनःस्थापित गरेको छ । कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गत, वडा नं २० का अध्यक्ष राजेन्द्र मानन्धर, सम्पदा अभियानकर्ताद्वय गणपतिलाल श्रेष्ठ र अधिवक्ता सञ्जय अधिकारीले सङ्ग्रहालयक

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 297 पटक पढिएको
  • गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

    गुल्मी। जिल्लामा फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको छ । पछिल्लो गणनाअनुसार ३० प्रजातिका नयाँ चरा थपिएसँगै जिल्लामा हालसम्म फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको हो । नेपाल पन्छी संरक्षण सङ्घले जिल्लामा गरेको पछिल्लो गणनाको क्रममा थाप्ले सत्यवती वन क्षेत्रमा थप ३० प्रजातिका नयाँ चरा फेलापरेका हुन् । जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा गरिएको चरा सर्वेक्षणका क्रममा उक्त चरा फेलापरेको नेपाल पन्क्षी संरक्षण सङ्घका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिनुभयो ।यसअघि रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा वर्षमा दुईपटक चरा सर्वेक्षण गरिँदै आएको थियो ।

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 268 पटक पढिएको
  • काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी

    काठमाडौँ। नेपाल वायु सेवा निगमले निकट भविष्यमै काठमाडौँदेखि बङ्गलादेशको राजधानी ढाकासम्म सिधा उडान गर्ने तयारी गरेको छ । निगमले आवश्यक तयारी थालेको र त्यसका लागि सम्भाव्यता अध्ययन उपसमिति गठन गरी आवश्यक कार्य भइरहेको जनाएको छ । छिमेकी देश भए पनि बङ्गलादेशको राजधानी ढाकामा नेपाली ध्वजावाहक विमानले उडान भर्न सकेको थिएन । सोही आवश्यकतालाई ध्यानमा राखेर आवश्यक प्रक्रिया अगाडि बढाइएको निगमका अपरेसन विभाग निर्देशक एवं वरिष्ठ क्याप्टेन सुवास रिजालले जानकारी दिनुभयो ।बङ्गलादेशबाट हाल काठमाडौँमा नियमित उडान हुँदै आएको छ । नेपालको निजी क्षेत्रको हिमालयन एयरलाइन्सले पनि ढाकामा उडान भर्दै आएको छ । रा

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 211 पटक पढिएको
  • पच्चीस सय वर्ष पुरानो चण्डेश्वरी जात्राः देवताको रक्षार्थ खुसीयालीको पर्व

    काभ्रेपलाञ्चोक। यहाँको ऐतिहासिक नगर बनेपामा करिब दुई हजार ५०१ वर्षदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ । विशेषगरी नेवार समुदायले हरेक वर्षको वैशाख पूर्णिमादेखि तीन दिनसम्म उक्त जात्रा मनाउने गर्दछन् । बनेपामा यही वैशाख १८ गते चण्डी पूर्णिमादेखि द्वितीयासम्म जात्रा मनाइँदैछ । तीन दिनसम्म मानिने उक्त जात्रामा यहाँका मानिसमा नयाँ उमङ्ग र उत्सव देखिन्छ । बनेपावासीका लागि यो जात्रा महान् पर्वका रूपमा लाग्ने गर्दछ । केही दिनयता जात्रा व्यवस्थापन समिति र स्थानीय जात्राको तयारीमा जुटेका छन् । वैशाख शुक्ल पूर्णिमा, जसलाई चण्डीपूर्णिमा नाम दिइएको छ, प्रत्येक वर्ष यहाँका बासिन्दाले मनाउने यो पर्वम

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 312 पटक पढिएको
  • एमसीसी र नेपालको भूराजनीति: सन्तुलन, अवसर र चुनौती

    - देवेन्द्रकिशोर ढुङगाना नेपालमा मिलेनियम चैलेंज कारपोरेशन (एमसीसी) सम्बन्धी बहस केवल विकास परियोजनामा सीमित छैन; यसले देशको भूराजनीतिक अवस्थिति, शक्ति सन्तुलन र आन्तरिक राजनीतिक दिशा निर्धारणमा गहिरो प्रभाव पारेको छ। अमेरिकाले आवश्यक परे कम्प्याक्टको अवधि एक वर्षसम्म थप्न सकिने कानुनी व्यवस्था ल्याउनु यसै सन्दर्भमा महत्वपूर्ण संकेत हो। डोनाल्ड ट्रम्प द्वारा अनुमोदित यस प्रावधानले अमेरिकाको दीर्घकालीन रणनीतिक सोच र नेपालप्रतिको स्थायित्वपूर्ण चासो झल्काउँछ।एमसीसीलाई नेपालमा दुई फरक दृष्टिकोणबाट हेरिएको छ। एक पक्षले यसलाई ऊर्जा पूर्वाधार विकास, आर्थिक वृद्धि र क्षेत्रीय ऊर्जा व्यापारको अवस

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 314 पटक पढिएको
  • एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन हुँदै

    काठमाडौं— एभरेष्ट कलर लिमिटेडले वैशाख १६ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६।३३ प्रतिशत बराबर ७ करोड ९० लाख रुपैयाँका ७ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाएको हो ।पहिलो चरणमा १० प्रतिशत अर्थात् ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन हुने उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन अवधि वैशाख २२ गतेसम्म रहनेछ, माग नपरेमा वैशाख ३० गतेसम्म लम्बिन सक्नेछ ।आईपीओको विक्री प्रबन्धक मुक्त

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 474 पटक पढिएको
  • प्रधानमन्त्रीले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्दै

    काठमाडौं— प्रधानमन्त्री बालेन्द्र शाहले आज विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन् । बैठक आज दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ ।प्रधानमन्त्री शाहले कुलपति रहने ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलका लागि बोलाएका हुन् । बैठकमा विश्वविद्यालय तथा प्रतिष्ठानहरूमा देखिएका समसामयिक समस्या र तिनका समाधानका उपायबारे विस्तृत विमर्श हुने जनाइएको छ । साथै तत्काल समाधान गर्न सकिने विषयहरूमा पनि केन्द्रित छलफल हुने बताइएको छ ।छलफलमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्य

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 513 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.