समाचार

    Showing 4,321-4,330 of 26,789 items.
  • ३ दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने

    काठमाडौं— नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारी साधन सञ्चालन सेवा प्रदान गर्न काठमाडौँ महानगरपालिकाले अन्तिम ३ दिनको अवधि दिएको छ ।गएको महिना (चैत २५ गते) सार्वजनिक सूचना प्रकाशन गरेर लामो र छोटो दुरीका बस सेवा बसपार्कभित्रबाट एकीकृत रूपमा सञ्चालन गर्न अनुरोध गरिएको थियो । यस अवधिमा भएका कामको समीक्षा र आगामी कार्यक्रम कार्यान्वयनका लागि समन्वय गर्न आज काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बैठक बसेको थियो ।बैठकमा नुवाकोटतर्फ यातायात सञ्चालन गर्ने कम्पनी सम्पर्कमा आएको बताउँदै धादिङ तर्फ यातायात सञ्चालन गर्ने कम्पनीले सूचनाको अवज्ञा गरेको जानकारी दिइएको थियो । यस

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 479 पटक पढिएको
  • खुम्बुमा जलवायु न्यायका लागि विज्ञको ऐतिहासिक छलफल, हिमाल जोगाउन दिए यस्तो सुझाव

    सोलुखुम्बु— जलवायु परिवर्तनका बढ्दो असरबारे प्रत्यक्ष अध्ययन, बहस र समाधान खोज्ने उद्देश्यले खुम्बुको गोक्यो बेस क्यापसमा सोमबार विशेष संवाद सम्पन्न भएको छ ।उक्त कार्यक्रम मा हिमनदी विज्ञ अरुणभक्त श्रेष्ठले हरित गृह ग्यासको वृद्धि र त्यसबाट उत्पन्न जलवायु परिवर्तन भएको उल्लेख गर्दै सन् द्दण्द्दघ यता तापक्रम वृद्धि, हिमनदी पग्लिने दरमा तीव्रता, पानीका मुहान सुक्दै जानु र अनियमित वर्षाजस्ता समस्याले अवस्था अझ गम्भीर बनेको बताए ।उनले भने, ‘जलवायु परिवर्तन बुझ्न विज्ञान मात्र पर्याप्त छैन, स्थानीय समुदायको ज्ञानसँग जोड्न सके मात्र दिगो समाधान सम्भव हुन्छ ।’गोक्यो क्याङमिट समिटका क्रममा खुम्बु पुगे

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 481 पटक पढिएको
  • अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

    काठमाडौं— अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विषयगत मन्त्रालयका मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल गरेका छन् ।सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री वाग्ले र विषयगत सबै मन्त्रालयका मन्त्री तथा सचिवबिच आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारी सम्बन्धमा छलफल भएको हो ।छलफलमा अर्थसचिव डा. घनश्याम उपाध्यायले अर्थ मन्त्रालयले रकमान्तरमा विषयगत मन्त्रालयबाटै हुने गरी सहजीकरणको लागि निर्णय गरेको बताए । उनले बहुवर्षीय ठेक्काको स्रोत सहमतिको समय सीमा परिवर्तन लगायतका विषयमा जानकारी गराएका थिए ।बजेट तथा कार्यक्रम महाशाखाका सहसचिव डा। सुमन दाहालले आगामी आर्थिक वर्षको बजेट तयारीको हालसम्मको अवस्थाका बारेमा सं

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 466 पटक पढिएको
  • हेटौँडा सडक डिभिजनको अल्टिमेटम: सडक सीमाभित्रका अवैध संरचना हटाउन वैशाख १० सम्मको समय

    रौतहट— सडक डिभिजन कार्यालय हेटौँडाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत पर्ने सडक सीमाभित्र निर्माण गरिएका अवैध घर तथा टहराहरू हटाउन अन्तिम चेतावनी दिएको छ ।कार्यालयले सोमबार एक अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै वैशाख १० गतेभित्र ती संरचनाहरू हटाउन सम्बन्धित सबैलाई सूचित गरेको छ ।यसअघि पनि २०७३/०९/१८ र २०८०/०३/०९ लगायतका विभिन्न मितिहरूमा सूचना जारी गर्दा समेत संरचनाहरू नहटाएपछि डिभिजनले पुनः यो ताकेता गरेको हो । विशेष गरी बाराको पथलैयादेखि चुरिया माई मन्दिरसम्मको क्षेत्रमा सडकको केन्द्र रेखाबाट दायाँबायाँ २५/२५ मिटरभित्र पर्ने संरचनाहरू अझै हटाइएको छैन ।यद्यपि तोकिएको समयभित्र अटेर ग

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 435 पटक पढिएको
  • इटहरी गोल्डकपको उपाधिको लागि गछिया युवा समाजलाई

    विराटनगर— १६ औँ संस्करणको अन्तराष्टिय आमन्त्रण इटहरी गोल्ड कपको उपाधि गछिया युवा समाजले जितेको छ । इटहरी रंगशालामा सोमबार भएको रात्रीकालीन खेलमा बुढासुब्बा गोल्डकप च्याम्पियन प्लानिङ ब्वाइज युनाईटेडलाई १–० गोल अन्तरले पराजित गर्दै गछियाले उपाधि जितेको हो ।गछियालाई उपाधि जिताउन दोर्जे तामाङले निर्णायक गोल गरे । उनले खेलको ८७औँ मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । रामबाजीले प्रहार गरेको कर्णर बल प्लानिङका डिफेन्डरबाट रिफ्लेक्ट भएर आएको थियो । उक्त बललाई दार्जेले उत्कृष्ट गोल गरे । उनी फाइनल खेलको म्यानअफद म्याच घोषित हुँदै नगद १० हजार हात पार्न सफल भए ।प्रतियोगिताको विजेता टिम गछियाले नगद १० लाख

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 465 पटक पढिएको
  • रौतहटमा कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ

    रौतहट— रौतहटको बौधिमाई नगरपालिकाबाट प्रहरीले अवैध कटुवा पेस्तोल र मोबाइलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला मौवाह ग्राम पञ्चायतका २० वर्षीय सूर्य कुमार दास रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई बौधिमाई नगरपालिका वडा नं. ७ स्थित बंकुलमा रहेको मा इँटा उद्योग नजिकैबाट पक्राउ गरेको हो ।सोमबार साँझ करिब ६ः३० बजेको समयमा शंकास्पद अवस्थामा फेला परेका दासलाई खानतलासी गर्दा उनले लगाएको पाइन्टभित्र लुकाई राखेको अवस्थामा १ थान कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । पेस्तोलका साथ

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 447 पटक पढिएको
  • आगलागीबाट दुई जनाको मृत्यु

    उदयपुर। उदयपुरको चौदण्डी गढी नगरपालिका–७ बेल्टार बजारमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।  बेल्टार बजारस्थित लक्ष्मीनाराण खड्काका घरमा आज विहान लागेको आगलागीबाट ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्षीय पवन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निरञ्जन थापाले जानकारी दिनुभयो ।  उहाँका अनुसार आगलागीबाट लक्ष्मीनाराणका छिमेकी रवीन दास र अर्का सकल देवको घरमा समेत क्षति भएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रण गर्नका लागि छिमेकी त्रियुगा र चौदण्डी गढी नगरपालिकाका दमकल र प्रहरी तथा स्थानीय जनताको सहभागिता रहेको थियो । आगलागी विद्युत् चुहावट भएर हो वा अन्य का

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 258 पटक पढिएको
  • तराई क्षेत्रमा तातो लहरको सम्भावना

    काठमाडौँ । हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार कोशी प्रदेशको पहाडी र तराई तथा बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । देशका हिमाली भू–भागका एक–दुई स्थानमा  मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको ‘बुलेटिन’मा जनाइएको छ ।  साथै मधेसलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई स

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 233 पटक पढिएको
  • पूर्वाधार निर्माणलाई गति दिन विमानस्थल राति सात घण्टा बन्द हुने

    काठमाडौँ। पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने भएको छ । विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ कार्यका लागि राति ११ः४५ देखि बिहान ६ः३० बजेसम्म विमानस्थलको उडान तथा अवतरण बन्द हुनेछ ।विमानस्थलको धावनमार्गको छेउमा रहेको ट्याक्सीवेमा निर्माण जारी छ । सुरक्षाका दृष्टिकोणले रातको समयमा विमानस्थल पूर्ण रूपमा बन्द गरिन लागिएको हो ।निर्माणलाई गति दिन विमानस्थल बन्द गरिने विमानस्थल कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । सूचनाअनुसार विमानस्थल बन्द हुँदा त्यसबाट पर्न जा

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 284 पटक पढिएको
  • राहुघाट जलविद्युत् आयोजनाः ९५ प्रतिशत भौतिक प्रगति

    म्याग्दी। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युतगृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुगेको आयोजना परीक्षण उत्पादनको तयारीमा जुटेको हो । आगामी जेठभित्र परीक्षण उत्पादन गर्ने लक्ष्यसहित निर्माण भएका भौतिक संरचनाको परीक्षणको तयारी गरेको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिनुभयो । “सिभिल, हाइड्रो र इलेक्ट्रोमेकानिकलका संरचना निर्माण र उपकरण जडान सकेर फिनिसिङ भइरहेको छ”, उहाँले भन्नुभयो, “सुरुङमा पस्ने चारवटा प

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 305 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.