काठमाडौं— राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने भएको छ ।बैठक सिंहदरबारमा मध्यान्ह साढे १२ बजे बस्ने भएको हो ।बैठकमा नयाँ संसद् भवन र ग्यालरी बैठक भवनको निर्माण प्रगति सम्बन्धमा सहरी विकास तथा भवन निर्माण विभागसँग छलफल हुनेछ ।
काठमाडौं— सरकारले हालै सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ गरिरहेको नयाँ स्मार्ट सवारीचालक अनुमतिपत्रलाई अन्तर्राष्ट्रिय स्तरको सुरक्षित र प्रविधियुक्त बनाइएको जनाएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्ति अनुसार नयाँ स्मार्ट लाइसेन्स पूर्णरूपमा अन्तरराष्ट्रियस्तरको ‘आईएसओ ७८१० आइडी–१’ मापदण्डअनुसार तयार गरिएको छ ।‘विगतमा प्रयोग गरिएको प्रणालीमा रहेको ‘स्मार्ट चिप’को पूर्ण उपयोगका लागि कार्ड रिडर र अनलाइन—अफलाइन प्रमाणीकरण प्रणाली जस्ता आवश्यक राष्ट्रिय पूर्वाधार व्यवस्थित हुन नसक्दा चिपको व्यावहारिक उपयोगिता न्यून रहनुका साथै विदेशी विज्ञको सहयोगमा निर्भर हुनु
काठमाडौं— माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आगामी वैशाख १७ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर खुला गर्न लागेको हो ।कम्पनीले आफ्नो ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत अर्थात् कुल २५ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति धितोपत्र बोर्डबाट पाएको थियो । यसमध्ये ८ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।प्रभावित क्षेत्रका बासिन्दाहरूलाई पनि अति प्रभावित र अन्य प्रभावित गरी दुई समूहमा विभाजन गरेर छुट्टाछुट
काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी द्वन्द्वमा संयुक्त राज्य अमेरिका अत्यन्तै बलियो स्थितिमा रहेको दाबी गरेका छन् । ट्रम्पले अमेरिकी सैन्य कारबाहीका कारण इरानको सैन्य शक्ति र कूटनीतिक क्षमता निकै कमजोर भइसकेको बताएका छन् ।सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले भनेका छन,‘हामीले इरानसँगको युद्ध ठूलो अन्तरले जितिरहेका छौं । हाम्रो सेनाले अद्भुत काम गरेको छ । ‘उनले अमेरिकी सञ्चारमाध्यमहरूले भने गलत प्रचार गरिरहेको आरोप लगाए । ट्रम्पका अनुसार इरानको जलसेना पूर्ण रूपमा ध्वस्त भएको छ, वायुसेना कमजोर भएको छ र उनीहरूका एन्टी–मिसाइल उपकरणहरू बाँकी छैनन् ।ट्रम्पले अमेरिकाले
सर्लाही— पछिल्लो समय सर्लाही जिल्लामा आत्महत्याका घटनामा उल्लेख्य वृद्धि देखिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पछिल्ला दुई महिनामा ३३ जनाले आत्महत्या गरेका छन् ।प्रहरी तथ्यांकअनुसार चैत महिनामा मात्रै १८ जनाले आत्महत्या गरेका छन, जसमा ६ जना बालिका, ७ जना महिला र ५ जना पुरुष रहेका छन् । यसअघि फागुन महिनामा १५ जनाले आत्महत्या गरेका थिए ।आत्महत्या गर्नेहरूमध्ये १६ वर्षमुनिका बालबालिकासमेत रहेको प्रहरीले जनाएको छ, जसले घटनाको गम्भीरता थप बढाएको छ । अधिकांश घटनामा झुण्डिएर आत्महत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।लगातार बढ्दो घटनाले जिल्लामा मानसिक स्वास्थ्य समस्या, पारिवारि
काठमाडौं— चालु आर्थिक वर्ष (आव) २०८२/८३ को नौ महिना अर्थात चैत सम्म नेपालबाट साढे १० अर्ब रुपैयाँ भन्दा धेरैको अलैँची निर्यात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चैत मसान्त सम्म नेपालले १० अर्ब ७० करोड रुपैयाँको ५ हजार २ सय ९५ मेट्रिक टन अलैँची निर्यात गरेको हो ।गत आवको सोहि अवधिमा नेपालले ६ अर्ब २६ करोड रुपैयाँको ३ हजार ४४४ मेट्रिक टन मात्रै अलैँची निर्यात गरेको थियो ।
काठमाडौं— रातो मछिन्द्रनाथको जात्रा आजदेखि सुरु हुने भएको छ । हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा आजबाट सुरु हुने भएको हो ।वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथलाई रथारोहण गरेर जात्रा सुरु हुन्छ । मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको तस्बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पु¥याएर बिराजमान गराएपछि विधिवत रुपमा मछिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ ।
काठमाडौं— चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महीना (साउन–चैत) मा नेपालको निर्यात व्यापार २ खर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ दशमलव ४६ प्रतिशतले वृद्धि भएको हो ।गत आर्थिक वर्षको चैतसम्म वस्तु तथा सेवा निर्यात १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबर रहेकोमा चालु आवको चैतसम्म आइपुग्दा यो रकम २ खर्बमाथि पुगेको छ । त्यस्तै, गत फागुनसम्म नेपालको निर्यात १ खर्ब ९१ अर्ब रुपैयाँभन्दा बढी रहेको थियो ।यता, आयात पनि उल्लेख्य रूपमा बढेको छ । चालु आवको ९ महीनामा आयात १३ दशमलव ८२ प्रतिशतले वृद्धि भई १४ खर्ब ९० अर्ब रुपैयाँभन्दा बढी पुगेको
काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार निर्माण कार्य तीव्र पार्न दैनिक राति ७ घण्टा उडान तथा अवतरण बन्द गरिने भएको छ । विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार आगामी जेठ ४ गतेसम्म प्रत्येक दिन राति ११ः४५ बजेदेखि बिहान ६ः३० बजेसम्म ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ सम्पन्न गर्न विमानस्थल बन्द रहने भएको हो ।विमानस्थल कार्यालयद्वारा जारी सूचनामा निर्माण कार्य छिटो सम्पन्न गर्न यो निर्णय गरिएको उल्लेख छ । हाल धावनमार्ग छेउको ट्याक्सीवे क्षेत्रमा निर्माण कार्य भइरहेकाले सुरक्षाका कारण रातिको समयमा पूर्ण रूपमा उडान सञ्चालन रोक्न लागिएको जनाइएको छ । यस अवधि
रामेछाप— ऐतिहासिक धार्मिक तीर्थस्थल दोलखाको भीमेश्वर मन्दिरमा दर्शनार्थीहरुको चाप बढेको भए पनि व्यवस्थापकीय पक्ष कमजोर हुँदा अव्यवस्थाको चाङ थुप्रिएको छ ।दोलखाको सदरमुकाम चरिकोट नजिकै ऐतिहासिक दोलखाका बजारमा रहेको भीमेश्वर मन्दिरलाई दोलखा भीमसेन भनेर पनि पुकार्ने गरिन्छ । देश भरका मात्र नभएर छिमेकी मुलुकभरबाट समेत दर्शनार्थी आउने यो ऐतिहासिक मन्दिर क्षेत्रमा दैनिक सयौँ दर्शनार्थीहरु आउने गर्दछन् । दर्शनार्थीले मन्दिरमा भेटी पनि राम्रै चढाउँछन् । तर मन्दिर व्यवस्थापनले भेटी सङ्कलन बाहेक अरू काम गरेको देखिँदैन ।मन्दिर परिसरमा न त दर्शनार्थीका जुत्ता चप्पल राख्ने कुनै ठाउँको व्यवस्था छ, न खानेपान
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.