समाचार

    Showing 4,301-4,310 of 26,789 items.
  • भुक्तानी ढिलासुस्ती अन्त्य गर्न सरकारको नीतिगत सुधार

    काठमाडौं— विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी ढिलासुस्ती हटाउन सरकारले महत्वपूर्ण नीतिगत सुधार अघि बढाएको छ । सरकारले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (तेस्रो संशोधन) नियमावली, २०८३’ जारी गर्दै पुँजीगत बजेटको रकमान्तर गर्ने अधिकार सम्बन्धित मन्त्रालय तथा निकायका लेखा उत्तरदायी अधिकृत (सचिव वा प्रमुख) लाई प्रत्यायोजन गर्ने व्यवस्था गरेको हो ।उक्त नियमावली वैशाख ७ गते नेपाल राजपत्रमा प्रकाशित भएसँगै लागू भएको छ । यसअघि स–साना रकमान्तरका लागि पनि अर्थ मन्त्रालयमै फाइल पठाउनुपर्ने बाध्यता थियो, जसका कारण प्रक्रिया महिनौँसम्म लम्बिन्थ्यो । परिणामस्वरूप निर्माण व्यवसाय

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 523 पटक पढिएको
  • भीरको बाटोमै सुत्केरी: तत्कालको उद्धारले आमा–बच्चाको ज्यान जोगियो

    मुगु— मुगुको पूर्वी भेगमा रहेको मुगुम कार्मारोङ गाउँपालिका–८, मह गाउँकी ३० वर्षीया साग्बु लामा सोमबार साँझ जीवनकै सबैभन्दा कठोर परीक्षा भोग्दै थिइन् ।सदरमुकाम गमगढीबाट आफ्नै घर फर्किँदै गर्दा साँझ अन्दाजी ७ः३० बजे,सोही वडाको च्याप्नेगाड भन्ने ठाउँमा जोखिमपूर्ण भिरालो ढुङ्गाको चट्टान रहेको बाटोमै उनी सुत्केरी भएकि हुन् ।त्यो अवस्थामा उनी एक्लै आफनो घर जादै थिइन । उनीसँग कोही आफन्त थिएन, न सहयोगका लागि कुनै हात थिए । वरिपरि अँध्यारो, तल गर्जिरहेको कर्णाली नदी र माथि डरलाग्दो ढुङ्गा रहेको भीर मात्रै छ । असह्य पीडाबीच उनले त्यही डरलाग्दो बाटोमै शिशुलाई जन्म दिइन् । नवजात शिशु रगत र माटोले लत्पतिएक

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 470 पटक पढिएको
  • एम्नेस्टी इन्टरनेसनलको चेतावनीः मानवअधिकार र अन्तर्राष्ट्रिय कानुन ‘गम्भीर संकट’मा

    काठमाडौं— एम्नेस्टी इन्टरनेसनलले सन् २०२५ को आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै विश्व मानवअधिकार अवस्था गम्भीर संकटमा पुगेको चेतावनी दिएको छ ।‘विश्वको मानव अधिकार अवस्था’ शीर्षकको प्रतिवेदनमा शक्तिशाली राष्ट्र, निजी कम्पनी र अधिकारविरोधी आन्दोलनहरूले अन्तर्राष्ट्रिय कानुन, बहुपक्षीय प्रणाली र नागरिक समाजमाथि संगठित आक्रमण गरिरहेको उल्लेख गरिएको छ ।प्रतिवेदनमा विश्व अहिले नयाँ खतरनाक युगको मोडमा पुगेको दाबी गर्दै जातिवादी, पितृसत्तात्मक र असमानता बढाउने व्यवस्थाले विश्वव्यापी रूपमा मानवअधिकार कमजोर बनाइरहेको आरोप लगाइएको छ ।एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामारले वर्तमान अवस्थालाई

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 555 पटक पढिएको
  • रास्वपाका समानुपातिक सांसदहरुलाई जिम्मेवारी तोकियो

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचनमा विजय प्राप्त गर्न नसकेका क्षेत्रहरूको लागि समानुपातिक सांसदको सूचीबाट जिम्मेवारी तोकेको छ ।रास्वपाले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूलाई जिम्मेवारी तोकेको हो ।आइतबार बसेको सचिवालय बैठकले प्रत्यक्षतर्फ नजितेका निर्वाचन क्षेत्रमा समानुपातिक सांसदहरूलाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 581 पटक पढिएको
  • प्रहरी हिरासतमा युवाको ज्यान गयो, कारण अन्तरजातीय विवाह

    रामेछाप— सिन्धुलीको सुनकोसी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको खुर्कोट प्रहरी हिरासतमा मृत्यु भएको छ ।वैशाख ३ गतेदेखि प्रहरी हिरासतमा रहेका विकले हिजो थुनुवा कक्षको भेन्टिलेसनमा सर्टको पासो लगाएर आत्महत्या गरेका प्रहरीले जनाएको छ । घटनाको समयमा श्रीकृष्ण थुनुवा कक्षमा एक्लै थिए ।काठमाडौंमा बस्दै सवारी चालकको काम गर्दै आएका विकले खोटाङ निवासी एक युवतीसँग गत चैत २८ गते प्रेम विवाह गरेका थिए । युवती १७ वर्षकी बालिका भएको भन्दै युवतीका परिवारले काठमाडौं प्रहरीमा जबरजस्ती करणीको उजुरी दिएपछि श्रीकृष्णलाई काठमाडौंमा पक्राउ गरी खुर्कोट प्रहरीको जिम्मा लगाइएको थियो। उनी गत शुक्रबारदे

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 490 पटक पढिएको
  • गृहमन्त्रीलाई बर्खास्त गर्न माग भइरहेका बेला मन्त्रिपरिषद् बैठक बोलाइयो

    काठमाडौं— प्रधानमन्त्री आज बस्ने भएको छ ।प्रधानमन्त्री बालेन शाहले दिउँसो ३ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बोलाएका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिए ।प्रधानमन्त्री बालेनले गृहमन्त्री सुधन गुरुङलाई बर्खास्त गर्न माग भइरहेका बेला मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 440 पटक पढिएको
  • अर्थ मन्त्रीसहित योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफलमा प्रधानमन्त्री

    काठमाडौं— प्रधानमन्त्री बालेन शाहले अर्थ मन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल शुरु गरेका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु बैठकमा सरकारको राष्ट्रिय प्राथमिकता, यी निकायहरूको जिम्मेवारी, कार्यक्रम र बजेटबारे छलफल भइरहेको हो ।बैठकमा यी निकायले काम गर्दा भोगिरहेका चुनौती र सुधारका मुख्य सुझावबारे समेत छलफल हुनेछ ।

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 443 पटक पढिएको
  • सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    काठमाडौं— नेपाली बजारमा सुनको बढेको छ भने चाँदीको मूल्य घटेको छ ।आज सुनको मूल्य १६ सयले बढेर ३ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार २ लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य भने ३० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य ५ हजार १६० रुपैयाँमा कारोबार भएको छ । हिजो ५ हजा १९० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 454 पटक पढिएको
  • नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

    काठमाडौं— नेपालमा स्मार्टफोनको आयातमा निकै उत्साहजनक वृद्धि देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपालमा साढे ३३ अर्ब रुपैयाँभन्दा बढीको स्मार्टफोन भित्रिएको छ ।भन्सार विभागको तथ्यांक अनुसार, साउनदेखि चैत मसान्तसम्मको अवधिमा कुल ३३ अर्ब ८२ करोड २५ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको हो । यस अवधिमा १६ लाख ७४ हजार थान स्मार्टफोन नेपाल भित्रिएका छन् । गत आवको सोही अवधिको तुलनामा यस वर्ष स्मार्टफोन आयातको ग्राफ निकै माथि देखिएको छ । विभागका अनुसार गत वर्ष चैत मसान्तसम्म २५ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको थियो ।उक्त समयमा १५ लाख ८४ हजार थान स्मार्टफ

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 446 पटक पढिएको
  • मेनपावर सुधारको रोडम्याप सार्वजनिक

    काठमाडौं— वैदेशिक रोजगार क्षेत्रको संरचनात्मक सुधारका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारसमक्ष विस्तृत नीतिगत सुझावसहित औपचारिक पत्र बुझाएको छ ।संघका अध्यक्ष भुवनसिंह गुरुङको अग्रसरतामा तयार गरिएको उक्त पत्रलाई मेनपावर व्यवसाय सुधारको स्पष्ट रोडम्यापका रूपमा हेरिएको छ ।पत्रमा वैदेशिक रोजगार क्षेत्रलाई पारदर्शि व्यवस्थित र श्रमिकमैत्री बनाउने लक्ष्यसहित बहु आयामिक सुधार प्रस्ताव गरिएको छ । विशेषतः कामदार पठाउँदा लाग्ने लागत नियन्त्रण र वित्तीय पारदर्शिता कायम गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।सङ्घले गन्तव्य मुलुकअनुसार अधिकतम लागत निर्धारण गरी कडाइका साथ कार्यान्वयन गर्न सुझाव द

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 501 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.