समाचार

    Showing 4,271-4,280 of 26,789 items.
  • सर्लाहीमा नागरिकता लिनेलाई सास्तीः भीड व्यवस्थापनमा कमजोरी र कर्मचारीमाथि दुव्र्यवहारको आरोप

    सर्लाही— जिल्ला प्रशासन कार्यालय सर्लाहीमा नागरिकता लिने सेवाग्राहीहरूको लामो समयदेखि अत्यधिक भीडभाड हुँदा सेवा प्रवाह अस्तव्यस्त बनेको छ । निरन्तरको चाप र फितलो व्यवस्थापनका कारण सर्वसाधारणले निकै सास्ती खेप्नुपरेको छ ।कार्यालयमा नागरिकता बनाउन, प्रतिलिपि लिन र अन्य प्रशासनिक कामका लागि आउनेहरूको भीड बिहानैदेखि लाग्ने गरेको छ । घण्टौँसम्म लामो लाइनमा बस्दा पनि काम नहुने र कतिपय अवस्थामा रित्तो हात घर फर्किनुपर्ने बाध्यता रहेको सेवाग्राहीहरूले गुनासो गरेका छन् ।सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले सेवाग्राहीको सङ्ख्या अत्यधिक भएकाले व्यवस्थापनमा केही समस्या देखिएको स्वीकार गरेका छन्

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 420 पटक पढिएको
  • बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

    सुर्खेत— सल्यानको शारदा नगरपालिकाले बसपार्क उद्घाटन गर्ने भन्दै नगरपालिकाभर सार्वजनिक बिदा दिएको छ ।सोमबार सम्पन्न कार्यपालिकाको ६४औँ बैठकले बसपार्क उद्घाटन कार्यक्रम गर्न बुधबार नगरपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । नगर गौरवको आयोजना भएकाले बसपार्क उद्घाटनमा सार्वजनिक बिदा दिइएको नगरप्रमुख प्रकाश भण्डारीले बताए ।शारदा नगरपालिकाको श्रीनगरमा स्थापना भएको बसपार्क आज उद्घाटन गरिने नगरपालिकाले जनाएको छ । गत पुस महिनादेखि नै बसपार्क सञ्चालनमा ल्याइएको भए पनि उद्घाटन गरिएको थिएन । सल्यानबाट छुट्ने साना, ठुला तथा छोटो र लामो दूरीका सबै प्रकारका सवारी साधन बसपार्कभित्रबाटै सञ्चालन भइरहेक

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 467 पटक पढिएको
  • ‘ट्रान्जिट’ मात्रै बन्यो इलाम बजार, स्थानीय सरकारप्रति उठ्यो प्रश्न

    इलाम— पहाडकी रानी चियाबारीको खानी उपमा पाएको इलाम । कुनै समय यस्तो थियो, जब इलाम बजार प्रवेश गर्दा लाग्थ्यो यो एउटा ऐतिहासिक सहर हो । चियाबारीको हरियालीसँगै मिसिएर आउने यहाँको व्यापारिक रौनक, माईस्थान मन्दिरमा बज्ने घन्टी र बजारका पूराना काठे घरका झ्यालबाट देखिने मानिसहरूको चहलपहलले जो कोहीलाई मन्त्रमुग्ध बनाउँथ्यो ।तर, आज तिनै चोक र गल्लीहरूमा पुग्दा सन्नाटा बाहेक केही भेटिँदैन । इलाम सदरमुकाम इलाम बजार यतिबेला केवल एक प्रशासकीय केन्द्रमा खुम्चिएको छ । यहाँको व्यापार र पर्यटनले संकटको सामना गरिरहेको छ ।इलाम बजार अहिले रित्तिँदै गएको छ । बजारका अधिकांश घरहरू खाली बन्दै गएका छन् । शिक्षा र स्वा

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 543 पटक पढिएको
  • हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

    काठमाडौं— हर्मुज जलमार्ग बन्द हुँदा इरानले ठूलो आर्थिक नोक्सानी बेहोरिरहेको र भित्रभित्रै यो मार्ग खोल्नका लागि हारगुहार गरिरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् ।आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले इरानले दैनिक ५० करोड डलर गुमाइरहेको उल्लेख गरेका छन् । उनले भनेका छन,‘इरान हर्मुज जलमार्ग बन्द भएको चाहँदैन, उनीहरू यो खुला होस् भन्ने चाहन्छन् ताकि उनीहरूले दैनिक ५० करोड डलर कमाउन सकून् । जलमार्ग बन्द भएकोले उनीहरूले अहिले त्यति नै रकम गुमाइरहेका छन् ।’ट्रम्पका अनुसार इरानले सार्वजनिक रूपमा जलमार्ग बन्द गर्ने जुन धम्की दिइरहेको छ, त्यो केवल विश्वसामु आफ्नो

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 455 पटक पढिएको
  • कम्यूनिष्ट आन्दोलन खडेरीको दुबो जस्तै फेरी मौलाउने प्रदीप ज्ञवालीको दाबी

    काठमाडौं— नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले कम्यूनिष्ट आन्दोलन खडेरीको दुबो जस्तै फेरी मौलाउने दाबी गरेका छन् ।नेपाल कम्यूनिष्ट पार्टीको स्थापनाको ७७औँ वर्षको अवसरमा नेता ज्ञवालीले स्थापनाकाल देखि नै विभिन्न धक्का,विभाजन र विरोध भाषा खेपे पनि यो आन्दोलन दुबो जस्तै हरेक खडेरी र दलनलाई चिर्दै पुन मौलाउँदै आएको दाबी गरेका हुन् ।ज्ञवालीले विगतको वर्ष कम्यूनिष्ट आन्दोलनका लागि सुखद नरहेको बताएका छन् । उनले यो असाधारण धक्कालाई आधार बनाएर केही व्यक्तिले आन्दोलन समाप्त भएको घोषणा गरेको उनले उल्लेख गरेका छन् ।‘बिचार धाराको मृत्यु र इतिहासको अन्त्यको घोषणा गर्ने फुकुवामा अचेल आफ्ना भविष्यवाणीप्रति पछु

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 478 पटक पढिएको
  • सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा। गुणाकर भट्ट संयोजक

    काठमाडौं— सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट को संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।सूचना, सञ्चार तथा प्रविधिमन्त्री विक्रम तिमिल्सिनाका अनुसार समितिमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र भुवन दाहाल सदस्य रहेका छन् । समितिले धितोपत्र बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गर्नेछ ।धितोपत्र नियमावलीअनुसार अध्यक्ष पदका लागि आवेदन दिने उम्मेदवारको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ । सिफारिश समितिले शैक्षिक योग्यता, अनुभव

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 458 पटक पढिएको
  • सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ देखि खुल्ने

    काठमाडौं— सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) पहिलो चरणअन्तर्गत वैशाख २१ गतेदेखि खुला गर्ने भएको छ । कम्पनीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै पहिलो चरणको आईपीओ निष्कासन गर्न लागेको हो ।कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ करोड ५० लाख रुपैयाँको आईपीओ निष्कासन गर्ने योजना बनाएको छ । यसअन्तर्गत प्रति सेयर १०० रुपैयाँ अंकित दरका ८ लाख ५० हजार कित्ता साधारण सेयर जारी गरिनेछ । सोमध्ये १० प्रतिशत अर्थात ८५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ ।उक्त आईपीओमा छिटोमा

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 468 पटक पढिएको
  • विश्व पृथ्वी दिवस मनाइँदै

    काठमाडौं— आज (बुधबार) विश्व पृथ्वी दिवस मनाइँदै छ ।अप्रिल २२ का दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाइन्छ । नेपालका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर यो विश्व पृथ्वी दिवस मनाइँदै छ ।सन् २००९ मा राष्ट्रसंघको ६३औँ महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेअनुसार अहिले यो दिवस विश्वभर मनाइन्छ । पृथ्वीमा बढ्दै गएका विकराल समस्या समाधान न्यूनीकरण गर्न र मानिसलाई प्रेरित गराउन यो दिवस मनाउने गरिएको हो ।

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 480 पटक पढिएको
  • नेकपा स्थापना दिवसः तीन प्रश्नको उत्तर खोज्न नेता विष्णु रिजालको आग्रह

    काठमाडौं— नेकपा एमालेको केन्द्रीय सदस्य विष्णु रिजालले नेपाल कम्यूनिष्ट पार्टी इतिहासकै रक्षात्मक अवस्थामा पुगेका बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को ७७औँ स्थापना दिवसका अवसरमा सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै रिजालले पार्टीलाई पहिलाकै अवस्थामा फर्काउन कम्तीमा तीन वटा प्रश्नको जवाफ खोज्नुपर्ने उनले बताएका छन् ।रिजालले २०४६ सालयता नेकपा सबैभन्दा बढी रक्षात्मक, सङ्कटग्रस्त र बहसको अवस्थामा आएको उल्लेख गरेका छन् । एमालेका चार र तत्कालीन माओवादीका दुई जना गरी छ जना प्रधानमन्त्री बनाइसकेको पार्टी यस पटक प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको हैसियत पनि प्राप्त नगर्नु गम्भीर चिन्ताको व

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 426 पटक पढिएको
  • प्रचण्ड भन्छन समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो

    काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको ७७औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।उनले पार्टीको ७७औं स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै वामपन्थी शक्तिहरूबीच एकताको आवश्यकता औँल्याए । उनले न्याय, स्वतन्त्रता र समानताको आन्दोलनमा जीवन उत्सर्ग गर्ने हीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अपाङ्ग तथा शहीद परिवारप्रति सम्मान व्यक्त गरे ।सन्देशमा वि.सं. २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीले नेपाली क्रान्तिको मार्गदर्शन गर्दै सामन्ती शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा तय गरे

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 428 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.