समाचार

    Showing 4,131-4,140 of 19,136 items.
  • हाइड्रो कम्पनीमा शेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद

    काठमाडौं – रसुवा र धादिङ जिल्लाको सिमानामा अवस्थित अपर मैलुङ खोलामा निर्माणधीन अवस्थामा रहेको ६.४२ मेगावाट क्षमताको अपर मैलुङ खोला ‘ए’ जलविद्युत आयोजनामा शेयर लगानी गर्दा आफूहरु ठगिएको आरोप यौनिक तथा अल्पसंख्यक समुदायका सदस्यहरुले लगाएका छन् ।उनीहरुले ब्लु डाइमन्ड सोसाइटीकी तत्कालीन अध्यक्ष पिंकी गुरुङ(संजिव) र  अपर मैलुङ हाइड्रो पावर कम्पनीमाथि यस्तो आरोप लगाएका हुन् । सोसाइटीका सदस्यहरुले हाइड्रोपावरमा शेयर लगानी गरिदिने भन्दै गुरुङले समूदायका व्यक्तिहरुमार्फत रकम उठाएर हिनामिना गरेको आरोप लगाएका छन् ।नेपाल न्यूज बैंकको स्टुडियोमा भिडियो अन्तरवार्ता दिएका सोसाइटीका तीन जना सदस्यले गुरुङ

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 528 पटक पढिएको
  • महिला स्वास्थ्यकर्मीमाथि बलात्कार प्रयास, तीन कर्मचारी पक्राउ

    हुम्ला— हुम्लाको ताँजाकोट गाउँपालिकामा कार्यरत एक महिला स्वास्थ्यकर्मीमाथि बलात्कार प्रयासको आरोपमा तीन जना स्वास्थ्य संस्था कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्वास्थ्य चौकी इन्चार्ज लिलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढा रहेका छन्।जिल्ला प्रहरी कार्यालयका अनुसार ती तीनै जनाले मदिरा सेवन गरेर पीडित स्वास्थ्यकर्मीको कोठामा प्रवेश गरी अभद्र व्यवहार गर्दै सामूहिक बलात्कार प्रयास गरेका थिए।घटना मंगलबार राति करिब ११ बजे तिर भएको बताइएको छ। घटनाको जानकारी पाएपछि छप्रेला प्रहरी चौकीबाट खटिएको टोलीले तत्कालै तीनै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएसप

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 571 पटक पढिएको
  • आज महानगरको निर्णयविरुद्ध कवाड व्यवसायीको घेराउ कार्यक्रम

    काठमाडौं— कवाड व्यवसायी संघर्ष समितिले आज काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गर्ने भएको छ।कवाड व्यवसायी, कवाड संकलक मजदुरमाथि महानगरपालिकाद्वारा विगत २ वर्ष देखी भइरहेको अन्यायपूर्ण ज्यादती, कुटपिट, सामान जफत र संरचना भत्काउने कार्यको विरोध स्वरूप महानगर घेराउ गर्न लागेको समितिले जनाएको छ।बिहान ११ बजे भृकुटी मण्डपमा भेला भई काठमाडौं महानगर कार्यालय कमलादी जाने उनीहरुको कार्यक्रम छ।

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 463 पटक पढिएको
  • नागरिक उन्मुक्ति पार्टीभित्र आन्तरिक विवाद, कार्यकर्ता निराश

    धनगढी– नागरिक उन्मुक्ति पार्टी (नाउपा) को शीर्ष नेतृत्वबीचको विवाद सतहमा आउँदा कार्यकर्ता र तल्लो तहका नेताहरू निराश बनेका छन्। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको मतभेदले संगठनलाई नै असर पार्न थालेको नेताहरूको भनाइ छ।२०७९ को निर्वाचनपछि सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा बलियो बनेको नाउपा भित्र अध्यक्ष श्रेष्ठलाई पदबाट हटाउने प्रयासपछि विवाद चुलिएको हो। संरक्षक चौधरीको नेतृत्वमा बहुसंख्यक केन्द्रीय सदस्यहरूले श्रेष्ठलाई हटाएर सांसद लालवीर चौधरीलाई अध्यक्ष घोषणा गरे पनि निर्वाचन आयोगले वैधानिकता नदिएपछि श्रेष्ठ अझै अध्यक्षकै भूमिकामा छन्।यस विवादका कारण सुदूरपश्चिम प्रदेशमा प

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 556 पटक पढिएको
  • आज ऋषि पञ्चमी अर्थात सप्तऋषिको पूजा आराधना गरी मनाइदै

    काठमाडौं— भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी हिन्दू नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउदै छन्।आजकोदिन महिलाले बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।अरुणन्धतीसहित सप्तऋषि कश्यप, अत्री, भारद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वामित्रको पूजा आराधना गरी तीज व्रत समापन गर्ने प्रचलन छ ।रजस्वला भइसकेका नारीहरूले भविष्य पुराणका अनुसार ब्रह्म हत्याको पापमुक्ति तथा रजस्वला भएका अवस्थामा जानी नजानी भए गरेका पापजन्य कार्यबाट मुक्ति मिलोस भन्नाका लागि सप्तऋषिको पूजा गर्न

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 483 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली भइरहेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ । हाल बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशको केहि स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशको तराई र सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भागका केहि स्थानमा भारी वर्षाको सम्भावना छ ।राति देशभ

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 333 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ १७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८४ पैसा, स्विस फ्र्यांक एकको खरिददर १७३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७४ रुपैयाँ २१ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५१ पैसा र बिक्रीदर ९० रुपैयाँ ९० पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०१ रुपैय

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 261 पटक पढिएको
  • आज २०८२ साल भदौँ १२ गते बिहिबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)स्वास्थ्यमा सकारात्मक सुधार देखिनेछ। व्यापार तथा व्यवसायमा लाभको सम्भावना उच्च रहेको छ। वैदेशिक लगानी वा अन्तर्राष्ट्रिय सम्पर्कबाट फाइदा मिल्ने समय हो। सामाजिक एवं परोपकारी क्षेत्रमा तपाईको योगदानको प्रशंसा हुनेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)शारीरिक स्वास्थ्य सन्तोषजनक रहनेछ। इमान्दार प्रयासमार्फत लक्ष्यमा पुग्न सहज हुनेछ। भौतिक सम्पत्ति विस्तारका सम्भावना बलियो देखिन्छ। शैक्षिक सफलता तथा प्रेम सम्बन्धमा नजिकको अनुभूति आजको विशेषता बन्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)नयाँ स्थानको भ्रमणले मानसिक ताजगी ल्याउनेछ। प

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 445 पटक पढिएको
  • पक्राउ परेको केही घण्टामै हाजिरी जमानीमा छुटे एमाले नेता ऐन महर

    काठमाडौं— अपहरण र शरीर बन्धकसम्बन्धी मुद्दामा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सांसद ऐन महर केही घण्टामै हाजिरी जमानीमा रिहा भएका छन्।सशस्त्र प्रहरीको संगठन सञ्जालमार्फत अपहरण गरी फिरौती असुल्ने गिरोहसँग सम्बन्ध रहेको आरोप लागेका महरलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको थियो। उनलाई प्रहरीले काठमाडौंको मिनभवन क्षेत्रबाट पक्राउ गरेको थियो।पक्राउ परेको केही घण्टामै जिल्ला सरकारी वकिलको कार्यालयको सिफारिसमा हाजिरी जमानीमा छाडिएको प्रहरी स्रोतले जानकारी दिएको छ।यस्तो थियो आरोप !प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार महरमाथि अपहरणमा संलग्न रहेको, फिरौतीका लागि दबाब दिने गिरोहसँग

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 529 पटक पढिएको
  • सामाजिक सञ्जाल नियमन गर्न सरकारको नयाँ कदम, सूचीकृत नभए निष्क्रिय गरिने

    काठमाडौं— सरकारले नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई सूचीकरणको अन्तिम चेतावनी दिएको छ। सात दिनको समयसीमा तोकी सूचीकृत नभए निष्क्रिय बनाइने निर्णय सरकारले गरेको हो।बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको आदेश र सामाजिक सञ्जालसम्बन्धी निर्देशिकालाई आधार बनाउँदै फेसबुक, ट्विटर (एक्स), ह्वाट्सएप, इन्स्टाग्राम लगायतका सञ्जालहरूलाई सात दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि सम्पर्क गर्न आह्वान गरेको हो।सरकारका प्रवक्ता तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै भने, 'निर्देशिका २०८० र सर्वोच्चको आदेशअनुसा

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 592 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा