काठमाडौं— आज विश्वभर बौद्धिक सम्पत्ति दिवस मनाइँदै छ ।विश्व बौद्धिक सम्पत्ति सङ्घ (विपो) को पहलमा सन् २००० को अप्रिल २६ देखि विश्वभर हरेक वर्ष विश्व बौद्धिक सम्पत्ति दिवस मनाइने गरिएको छ ।विज्ञान तथा प्रविधि, कला तथा साहित्य र उद्योग तथा व्यापार क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले विश्व बौद्धिक सम्पत्ति दिवस मनाइने गरिएको छ ।विशेष गरी महिला तथा आदिवासी समूहलाई प्राथमिकता दिई विश्वभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइने गरिन्छ ।
काठमाडौं— नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानिक गरेको छ । सार्वजानिक गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ २३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १९२ रुपैयाँ ४० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ९५ पैसा र
काठमाडौँ। पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भएको छ ।हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली भएको छ भने सुदूरपश्चिम प्रदेशका तराई भेगमा मुख्यतया मौसम सफा रहेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बागमती प्रदेशका एकदुई स्थानमा मध्यम वर्षा तथा हिमपात भइरहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहने तथा बाँकी भागमा आंशिक बदली रहनेछ ।कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश सहित लुम्बि
काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार चार सय बयानब्बे सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख चार हजार राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ६८, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका २७५, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १४५ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही गरिएको हो ।यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ९६, निषेधित क्षेत्रमा हर्न बजाउने ७५, निर्धारित स्थानामा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ५९ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४१३ जनालाई कारबाही गरिएको हो ।
भक्तपुर। यहाँको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउन सुरु गरिएको छ ।आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरु गरिएको जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो ।उहाँका अनुसार उक्त बस्तीका बासिन्दाले आफैँ आफ्ना घरटहरा भत्काउने भनेपछि बिहान ९ः०० बजेसम्मको समय दिइएको थियो । त्यसपछि भने काठमाडौँ महानगरपालिकाको डोजरसहितको टोली आएपछि घरटहरा भत्काउन सुरु गरिएको हो ।प्रहरी उपरीक्षक खड्काले भन्नुभयो, “यहाँका अधिकांश घरटहराबाट सामान सारेर खाली बनाए
- देवेन्द्र के. ढुङगाना काठमाडौँका नदी किनारमा दशकौँदेखि बसोबास गर्दै आएका सुकुम्वासी बस्तीहरू हटाउने सरकारी कदमले अहिले नेपाली राजनीतिलाई पुनः एकपटक गहिरो बहसको केन्द्रमा ल्याएको छ। थापाथली, गैरीगाउँ र मनहरा क्षेत्रमा डोजर परिचालन गर्दै बस्ती खाली गराउने कार्यलाई सरकारले सार्वजनिक जग्गा फिर्ता गर्ने, जोखिमयुक्त बसोबास हटाउने र “सक्कली–नक्कली” सुकुम्वासी पहिचान गर्ने अभियानको रूपमा प्रस्तुत गरेको छ। तर यसको कार्यान्वयन शैली, समय, र संवेदनशीलताको अभावका कारण व्यापक आलोचना भइरहेको छ।नेपालमा सुकुम्वासी समस्या कुनै नयाँ होइन। पञ्चायत व्यवस्थादेखि नै भूमि व्यवस्थापन र आवास अधिकारको सवाल
घोडाघोडी । घोडाघोडी नगरपालिका–१, सुखडस्थित एक लजमा गए राति आगलागी हुँदा एकजना मजदुरको मृत्यु भएको छ ।सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार डडेल्धुराको आलीताल गाउँपालिका गाङ्खेतका ५० वर्षीय मीनबहादुर बोहोराको मृत्यु भएको हो । लामखुट्टे भगाउन अण्डा राख्ने क्रेटबाट आगलागी भएको हो । बोहोराले लामखुट्टे भगाउन अण्डाको क्रेट बालेका थिए । स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइएको थियो । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।
वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम नौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु ६० अर्ब ३८ करोड राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा रु ५७ अर्ब ५३ करोड राजस्व प्राप्त भएको थियो ।वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार वीरगञ्ज नाकाबाट उक्त अवधिमा रु एक खर्ब ४८ अर्ब १६ करोड बराबरका पाँच किसिमका पेट्रोलियम पदार्थ आयात गरेर उक्त रकम राज्यकोषमा दाखिला भएको हो । उक्त अवधिमा आठ लाख आठ हजार सात सय ४५ किलोलिटर डिजेल, तीन लाख ५९ हजार आठ सय ४६ किलोलिटर पेट्रोल २२ करोड ४८ लाख ७५ हजार दुई सय ६६ किलोग्राम एपपी ग्यास आयात भएको छ ।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले ‘सीता जयन्तीको अवसरमा सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै सामाजिक सद्भाव र सुसंस्कृत समाजको निर्माण गर्नका लागि सबैमा निरन्तर प्रेरणा प्रदान गरोस्’ भनी कामना गर्नुभएको छ । राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसको अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवम् समृद्धिका लागि शुभकामना व्यक्त गर्दै जगत् जननीको रूपमा पूजा अर्चना गरिने मातृशक्ति सीता मिथिलाभूमि नेपालकी सुपुत्री हुनु हामी नेपालीका लागि गौरवको विषय भएको उल्लेख गर्नुभएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजा अर्चनासहित सीत
काभ्रेपलाञ्चोक। घरमै राहदानीलगायत प्रशासनिक सामग्री पु¥याउन काभ्रेका नागरिकलाई सरकारी सेवा सहज र सुलभ बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय धुलिखेल र जिल्ला हुलाक कार्यालयबीच शुक्रबार सम्झौता भएको छ । सम्झौतापछि जिल्लास्थित प्रशासन कार्यालयबाट प्रदान गरिने राहदानी तथा अन्य भौतिक वस्तु सेवा अब हुलाकमार्फत नागरिकको घरमै पु¥याइने भएको हो । सरकारी सेवा लिन कार्यालयसम्म धाउनुपर्ने झन्झट कम गर्ने लक्ष्यसहित गरिएको यो पहलले विशेषगरी वृद्धवृद्धा, अशक्त, ब्यस्त नागरिक तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने सेवाग्राहीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको जनाइएको छ । सेवाग्राहीले आवश्यक प्रक्रिया पूरा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.