काठमाडौं— स्नो रिभर्स लिमिटेडले बैशाख २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा ७ लाख ७८ हजार १२५ कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा बिक्री गर्न लागेको हो ।यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको छ ।लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा जेठ १ गते र ढिलोमा जेठ १२ गतेसम्म आवेदन दिन सकिनेछ । इक्रा नेपालले कम्पनीलाई ‘डबल बी प्लस’ रेटिङ दिएको छ, जसले मध्यम जोखिम संकेत गर्दछ । आईपीओ निष्क
काठमाडौं— राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बौठक आज बस्ने भएको छ ।बैठक सिंहदरबारस्थित संघीय संसद सचिवालयमा विहान ११ः३० बजे बस्ने भएको हो ।बैठकमा उपसमिति गठन सम्बन्धमाको विषयमा छलफल हुनेछ ।
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल आज (सोमबार) तनहुँ जाँदै छन् ।तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण हुन लागेको भानु साहित्य उद्यानको शिलान्यास गर्न राष्ट्रपति पौडेल जान लागेका हुन् ।
बाजुरा— बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको बुढी नन्दा नगरपालिकाको कोल्टीमा न्यायिक समितिको प्रथम जिल्ला सम्मेलन सुरु भएको छ । एक औंपचारीक कार्यक्रमका बिच सम्मेलनको आइतबार उद्घाटन गरिएको हो ।समन्वय प्रमुख तुलसीराम रोकायाले सम्मेलनको उद्घाटन गरेका हुन् । बुढी नन्दा नगरपालिकाका उपप्रमुख तथा सम्मेलन अध्यक्ष राम बहादुर बोहोराको अध्यक्षतामा सम्मेलन कार्यक्रम सञ्चालन गरिएको हो ।जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया प्रमुख अतिथि रहेका थिए । त्यस्तै विशिष्ट अतिथिका रूपमा समन्वय उप-प्रमुख लाछु सार्की रहेका थिए ।सम्मेलनमा बाजुरा जिल्लाका विभिन्न नगरपालिकाका प्रमुख, गाउँपालिका अध्यक्ष, उपप्
काठमाडौं— आजबाट देशभर एकै साथ कक्षा १२ को परीक्षा सुरु हुने भएको छ ।आजदेखि ७७ वटै जिल्लामा सञ्चालन हुने कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।यसवर्ष नियमिततर्फ ३ लाख ३२ हजार १७८ र आंशिकतर्फ ८५ हजार ८३० जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ ।२०७९ यताका विद्यार्थी आंशिक परीक्षामा सहभागी हुनेछन् ।
बाजुरा— बाजुराको जगन्नाथ गाउँपालिका र कालिकोटको सीमा नामा पर्ने लौखूडाँडामा स्काभेटर दुर्घटनामा परि बेपत्ता भएका बाजुराको जगन्नाथ गाउँपालिका ६ रावल बाडा बस्ने अन्दाजी १८ वर्षका महेश रावल मृत अवस्थामा फेला परेका छन् ।जिल्ला प्रहरी कार्यालयका बाजुराका अनुसार, कालिकोट नरहरिनाथ गाउँपालिका २ बस्ने अन्दाजी २५ वर्षका केशव विष्टले चलाएको प्रदेश ३ ०१ ००३ क ६३११ नम्बरको स्काभेटर सडकबाट करिब २ सय मिटर तल पल्टिएको थियो ।लौखु जिरो पोईन्ट–कोल्टी भित्र सडक खन्ने क्रममा निस्केको माटो कर्णाली करिडोरमा थुप्रिन गई सोही माटोको कारण कर्णाली करिडोर अवरुद्ध भएकोमा नयाँ निर्माण सडकबाट स्काभेटर सफा गर्न जाने क्रममा दु
रौतहट— बाराको मध्य–तराईमा अवस्थित ऐतिहासिक तथा पुरातात्त्विक स्थल सिम्रौनगढ उचित संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । ११औँ शताब्दीको गौरवशाली कर्नाटक वंशको राजधानी रहेको यो क्षेत्र अहिले ‘उजाड र असरल्ल’ अवस्थामा छ ।सन् १०९७ मा नान्यदेवले सिम्रौनगढलाई मिथिलाको राजधानी बनाएका थिए । नान्यदेवपछि गंगासिंह देव, नरसिंह देव, रामसिंह देव, शक्तिसिंह देव, भूपालसिंह देव र अन्तिम राजा हरिसिंह देवले यहाँ शासन गरे। इतिहासकारहरू यस काललाई मिथिलाको ‘स्वर्णयुग’ मान्छन्, जहाँ कला, साहित्य र संस्कृतिको अभूतपूर्व विकास भएको थियो ।सिम्रौनगढ कुनै समय मजबुत किल्लाले घेरिएको आधुनिक नगर थियो। यहाँका प्राचीन
रौतहट— कुनै समय रौतहटको गरुडा बजारको रौनक नै बेग्लै थियो। श्रीराम सुगर मिल्सको चिम्नीबाट निस्कने धुवाँले यहाँका हजारौँ किसानको घरमा खुसीको रङ्ग भथ्र्यो। तर आज, त्यही मिलको गेटमा खिया लागेको छ, मेसिनहरू मौन छन् र हजारौँ उखु किसानका सपनाहरू उखुबारीमै ओइलाएका छन् ।पहिले(पहिले मङ्सिर लाग्नासाथ गरुडा क्षेत्रमा उखु बोकेका ट्याक्टर र गोरु गाडाको ताँती लाग्थ्यो । ‘नगदे बाली’ भनिएको उखु आज किसानका लागि ‘निल्नु न ओकल्न’ भएको छ । २०७७ साउन ११ गते मिल सञ्चालक समितिले घाटा देखाउँदै स्थायी रूपमा बन्द गरेको घोषणा गरेपछि यहाँका उखु खेती गर्ने किसानको उत्साह हराएको हो । मिल चल्ने आस मरेपछि धेरैले उखु खेती छाडे
काठमाडौं— नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक आज बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी भएको छ ।कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाएको छ ।
काठमाडौँ। पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा आइतबार बदली भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने साथै मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागलगायत कर्णाली र सुदूरपश्चिम प
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.