मुस्ताङ। उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ स्थित चराङमा नयाँ पुस्तालाई परम्परागत सांस्कृतिक नृत्य स्याब्रो र टुङ्नाबाजा बजाउने प्रशिक्षण दिइएको छ ।‘ज्येष्ठ नागरिकमा रहेको परम्परागत ज्ञान सीप र अनुभव अन्तर पुस्ता हस्तान्तरण’ कार्यक्रमअन्तर्गत लोघेकर दामोदरकुण्ड–१ चराङ गाउँका नयाँ पुस्तालाई परम्परागत सांस्कृतिक नाच स्याब्रो र टुङ्ना बाजाको प्रशिक्षण दिइएको हो । गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको एकीकृत सेवा कार्यालय मुस्ताङले सोमबार परम्परागत ज्ञान सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रम आयोजना गरेको थियो । सो
मध्यविन्दु। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिका–७ हरियाली जङ्गल क्षेत्रमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।दुम्किबासबाट कावासोतीतर्फ आउँदै गरेको लु१ख ९५८० नम्बरको चामल बोकेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ग.प्र.०१–००१ च ०४७४ नम्बरको कार आज ठोक्किएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो ।दुर्घटनामा कार चालक अन्दाजी ३५ वर्षीय पुरुषको टाउकोमा गम्भीर चोट लागेको अवस्थामा ट्रक चालकले नै उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा पु¥याएकामा उपचारकै क्रममा चिकित्सकले उनलाई
काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छिन् ।‘जेनजी’ आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा समेत कर्मचारीले इन्धन लिने गरेको खुलेपछि मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई छानबिनका लागि निर्देशन दिएकी हुन् ।उक्त आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ र मन्त्रालय अन्तर्गतका अन्य निकायका ६ गरी कुल २४ वटा गाडी जलेका थिए ।पूर्ण रूपमा क्षति भएर काम नलाग्ने अवस्थामा पुगेका तिनै सवारी साधनको विवरण देखाएर कर्मचारीले इन्धन सुविधा लिने गरेको पाइएपछि मन्त्री मेहताले कडा
सुर्खेत— कर्णाली प्रदेशसभाको बजेट अधिवेशन बैशाख २८ गतेका लागि आव्ह्रान गर्न कर्णाली प्रदेश सरकारले सिफरिस गरेको छ ।मंगलबार बसेको बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उक्त निर्णय प्रदेश सभाको दोस्रो कार्यकालको आठौं अधिवेशन यहीँ बैशाख २८ गते सोमबार दिउँसो ३ बजेका लागि आव्ह्रान गरिएको जानकारी दिए ।
काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । मंगलबार सुनको मुल्य तोलाको ३ हजारले घटेर तोलाको २ लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख ५ सयमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी तोलाको १०० रुपैयाँले घटेर ४९४५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५०४५ मा कारोबार भएको थियो ।
एजेन्सी— भारत पश्चिम बंगालको सिक्किम राज्य स्थापनाको ५०औँ स्वर्ण जयन्ती समापन समारोहमा सहभागी बन्न प्रधानमन्त्री नरेन्द्र मोदी गान्तोक पुगेका छन् ।दुई दिने भ्रमणमा आइपुगेका उनले देउरालीदेखि लोकभवनसम्मको ऐतिहासिक रोड शोमा लाखौँ सिक्किमवासीलाई हात हल्लाएर सम्बोधन गरेका छन् ।मंगलबार उनी गान्तोकस्थित अर्किडेरियमको भ्रमण गरेका छन् । जहाँ उनले राज्यको समृद्ध पारिस्थितिक र पुष्प सम्पदाको अवलोकन गरे ।भ्रमणको क्रममा प्रधानमन्त्रीसँगै सिक्किमका राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेम सिंह तामाङ पनि उपस्थित थिए ।पहिलो दिन सोमबार मोदीले पद्म पुरस्कार विजेताहरू र विभिन्न क्षेत्रहरूमा प्रतिष्ठित व्यक्त
काठमाडौं— नेपाल सरकारको बजेट विनियोजन यथार्थपरक हुन नसक्दा र खर्च गर्ने क्षमता कमजोर हुँदा मुलुकको सार्वजनिक वित्त प्रणालीमा गम्भीर चुनौती देखिएको छ । अर्थमन्त्रालयले सोमबार जारी गरेको नेपालको वर्तमान आर्थिक स्थिति पत्रले सरकारले महत्वाकांक्षी बजेट ल्याउने गरे पनि स्रोत व्यवस्थापन गर्न नसक्दा बजेट घाटा चुलिँदै गएको उल्लेख गरेको हो ।‘विगत एक दशकमा चालू खर्चको हिस्सा औसत ६६.८ प्रतिशत रहँदा पूँजीगत (विकास) खर्च मात्र २१ प्रतिशतमा खुम्चिएको छ । यसले दीर्घकालीन आर्थिक रूपान्तरण र पूर्वाधार विकासको लक्ष्यलाई प्रत्यक्ष असर पारेको देखिन्छ,’ आर्थिक स्थिति पत्रमा उल्लेख छ । पत्रका अनुसार पूँजीगत खर्चको
वीरगञ्ज। चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा विद्युतीय सवारीसाधन १०२ प्रतिशत अर्थात् एक अर्ब ५० करोड रुपैयाँ बढीको आयात भएको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारीसाधन आयात शतप्रतिशतले वृद्धि भएको बताउनुभयो । गत आवको नौ महिनामा एक अर्ब ४८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात भएको थियो । चालु आवको नौ महिनामा एक अर्ब ४६ करोड रुपैयाँको ४९३ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएको छ । ग
रामेछाप— रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । शनिवार बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको उक्त राजमार्ग सोमबार साँझबाट सञ्चालनमा आएको हो ।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बगाएको स्थानमा पुनः अस्थायी डाइभर्सन निर्माण गरेपछि सवारी आवागमन सुचारु गरिएको हो ।शनिवार दिउँसो वर्षा सुरु भएलगत्तै सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रशासनले सडक बन्द गरेको थियो । सोही क्रममा रोशी खोलामा आएको बाढीले कटुन्जे–मङ्गलटार खण्डअन्तर्गत रोशीखोलाका करिब चार किलोमिटर क्षेत्रमा बनाइएका डाइभर्सनहरूमा क्षति पु¥याएको थियो ।गत वर्ष र यस वर्षको वर्षायाममा रोशी खोलामा आएको ब
इनरुवा। यहाँको इटहरी उपमहानगरपालिका– ५ मा गए राति दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत इटहरी–५ कलङ्कीमा निर्माणाधीन ‘डाइभर्सन’मा को२प ४५८९ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भइ ठोक्किँदा उराँव गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.