समाचार

    Showing 3,971-3,980 of 26,789 items.
  • याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

    काठमाडौं— याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (बैशाख १६ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकेपछि अब सर्वसाधारणका लागि निष्काशन गरेको हो ।कम्पनीले २८ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा अब १७ लाख ४३ हजार कित्ता सर्वसाधारणका लागि खुला गरेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।यो आईपीओमा आवेदन दिने अवधि बैशाख २२ गतेसम्म (छिटो) र बैशाख ३० गतेसम्म (ढिलो) रहनेछ । केयर रेटिङ नेपालल

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 418 पटक पढिएको
  • दुई दिन बिदा अव्यवहारिक भन्दै गोकुलगंगा गाउँपालिकाले गर्यो आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

    रामेछाप— रामेछापको गोकुलगंगा गाउँपालिकाले केन्द्र सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने गरी गरेको निर्णय नमान्ने भएको छ । उक्त निर्णयलाई अव्यवहारिक ठहर गर्दै गाउँपालिकाले आइतबार पनि कार्यालय तथा विद्यालयहरू नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।गाउँकार्यपालिकाको वैशाख १५ गतेको निर्णयअनुसार गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाहरूमा वैशाख १६ गतेदेखि आइतबारसमेत सेवा सञ्चालन हुने जनाइएको छ । कार्यालयहरू बिहान १० बजेदेखि नियमित रूपमा सञ्चालन गरिनेछ ।गाउँपालिकाले जारी गरेको सूचनामा हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरूको

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 410 पटक पढिएको
  • झन्डै दुई तिहाइ ल्याएको सरकारका लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु कुनै बाहादुरी होइन्ः सांसद कार्की

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरी नभएको बताएका छन् ।सामाजिक संजालमा सांसद कार्कीले झन्डै दुई तिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु कुनै बाहादुरी नभएको बताएका हुन् ।उनले लेखेका छन,‘झन्डै दुई तिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो कि अरू नै भन्ने पछि खुल्ला तर यो बहादुरी भने होइन । अध्यादेश सधैँ संविधानले दिएको अधिकार र विधि प्रयोग गर्दै नै आउने हो तर यस पटक पनि अध्यादेशको सिफारिस संविधानको हुबहु अक्षरमा आधारित छ, संविधानको मर्ममा होइन ।’अध्यादेश

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 416 पटक पढिएको
  • अमेरिकासँग युद्धविराम भए पनि युद्ध अझै सकिएको छैनः इरानी सेना

    काठमाडौं— इरानी सेनाले अमेरिकासँग युद्धविरामको सम्झौता भए तापनि पश्चिम एसियामा द्वन्द्वको स्थिति अझै कायमै रहेको बताएको छ । इरानले रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज जलमार्गमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी समेत गरेको छ ।इरानी राज्य प्रसारकका अनुसार सेनाका प्रवक्ता अमिर अक्रमिनियाले वर्तमान अवस्थालाई सैन्य दृष्टिकोणबाट अझै पनि युद्धकै स्थितिका रूपमा हेरिएको बताएका छन् । उनले भने,‘परिस्थिति अझैं युद्धकै हो, र हाम्रा सेनाहरूले आफ्ना लक्ष्य र उपकरणहरूलाई अद्यावधिक गरिसकेका छन् ।’प्रवक्ता अक्रमिनियाका अनुसार हर्मुज जलसन्धिको पश्चिमी खण्ड इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स र पूर्वी ख

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 459 पटक पढिएको
  • कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

    काठमाडौं— नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ ।बुधबार मध्याह्न १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रमुख विपक्षी नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बैठक बोलाएका हुन् ।बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेतालाई बोलाइएको छ ।बैठकमा संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने सरकारको कदम र प्रमुख विपक्षीसँगै अन्य विपक्षी दलहरूको प्रतिवाद रणनीतिलगायत एजेण्डामा छलफल हुने छ ।

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 439 पटक पढिएको
  • कर्णाली प्रदेशसभा सचिव खड्काद्धारा पदभार ग्रहण

    सुर्खेत— कर्णाली प्रदेशसभाको सचिवमा डा. अर्जुनबहादुर खड्का नियुक्त भएका छन् । नवनियुक्त सचिव अर्जुनकुमार खड्काले पद तथा गोपनियताको शपथ लिएका छन् । मंगलबार प्रदेशसभा सचिव नियुक्त भएक खड्कालाई कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले पद तथा गोपनियताको शपथ गराईन् । सचिव खड्काले पदभार मंगलबार नै पदभार ग्रहण गरेका हुन् ।सचिव खड्काको सपथ ग्रहण समारोहमा कर्णाली प्रदेशमा मुख्यमन्त्री यामलाल कँडेललगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । कर्णाली प्रदेशसभाका नवनियुक्त सचिव खड्का ‎नेपाल सरकारका पूर्व सहसचिव हुन् । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–९, का स्थायीबासी खड्कासंग संघीय संसद् सचिवालयमा पाँच वर

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 439 पटक पढिएको
  • कर्णालीमा आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु, कार्यान्वयनयोग्य योजनामा जोड

    सुर्खेत— कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट निर्माण प्रक्रिया सुरु गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले स्रोत अनुमान समिति तथा विभिन्न उपसमिति गठन गरी तथ्याङ्क विश्लेषण र छलफल अघि बढाएको जनाएको छ ।आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहले कर्णालीको आवश्यकता र मौलिकतामा आधारित, कार्यान्वयनमुखी बजेट ल्याउने तयारी भइरहेको बताए । आन्तरिक स्रोत सीमित भएकाले कार्यान्वयन गर्न सकिने योजनालाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिने उनको भनाइ छ ।उनका अनुसार प्रदेशको ‘योजना बैंक’ मा समावेश योजनामा मात्रै बजेट विनियोजन गरिनेछ । बजेट निर्माणलाई व्यवस्थित बनाउन मन

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 439 पटक पढिएको
  • एभरेष्ट कलर लिमिटेडको आईपीओ आजदेखि खुला

    काठमाडौं— एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री आवेदन खुला गरेको छ । कम्पनीले पहिलो चरणअन्तर्गत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरेको हो ।कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ७९ हजार कित्ता सेयर निष्कासन गरेको जनाएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 434 पटक पढिएको
  • शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

    काठमाडौं— प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको तेस्रो बैठक आज बस्दै छ ।बुधबार समिति सभाहलमा बस्ने बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यमान अवस्था, समस्या तथा चुनौती र आगामी कार्ययोजनाको विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।बैठक दिउँसो १ बजे बस्ने छ ।

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 434 पटक पढिएको
  • नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको पनि काम जारी

    त्रिवेणी। नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा सडक सुरक्षाको काम सुरु गरिएको छ । आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार हाल पूर्वी खण्डमा निर्माण सकिएका स्थानमा सडक सुरक्षासम्बन्धी काम भइरहेको छ ।सडक सुरक्षाअन्तर्गत सडकमा सेतो र पहेँलो चिह्न बनाउने, बीचको डिभाइडरमा रङ लगाउने, मुख्य सडक र सहायक सडकबीच सिमेन्ट बार राख्ने तथा स्पिड लिमिटका चिह्नहरू जडान गर्ने काम भइरहेको छ । साथै, सडक छेउमा रेलिङ लगाउने, डब्लु–बिम राख्ने र डेलिनेटर पोल जडान गर्ने काम पनि जारी छ ।सडक निर्माणको काम अन्तिम चरणमा पुग्दैगर्दा सडक सुरक्षाका कामलाई पनि प्राथमिकता दिइएक

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 280 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.