समाचार

    Showing 3,941-3,950 of 26,789 items.
  • हात्तीको आक्रमणबाट दुई जना घाइते

    भद्रपुर। मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आक्रमणमा परी ३८ वर्षीया सुनिता बज्राचार्य र उहाँकी १३ वर्षीया छोरी यवद्रा घाइते हुनुभएको हो । दुवै जनाको खुट्टामा गम्भीर चोट लागेको छ ।

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 271 पटक पढिएको
  • विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

    काठमाडौं— विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ ।बैठक आज बिहान ११:३० बजे सिंहदरबारस्थित समितिको सभाकक्ष बस्ने भएको हो ।बैठकमा मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा स्वच्छताको सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदनको विषयमा छलफल हुने छ ।

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 467 पटक पढिएको
  • निःशुल्क आँखा उपचारः लहानलाई मोतिया बिन्दुमुक्तु बनाउने अभियानले सार्थकता पाउँदै

    सिरहा— आर्थिक अभावका कारण उपचार गराउन नसकेर दृष्टि गुमाइरहेका विपन्न नागरिकहरूका लागि सिरहाको लहान नगरपालिकाले निःशुल्क आँखा उपचार महाअभियान सञ्चालन गरेको छ । सगरमाथा चौधरी आँखा अस्पतालसँगको प्राविधिक सहकार्यमा सञ्चालित यस अभियानले वर्षौँदेखि अन्धकारमा बाँचिरहेका सयौँ नगरवासीको जीवनमा उज्यालो फर्काएको छ ।वैशाख १२ गते लहान नगरपालिका–१७ मा सञ्चालित निःशुल्क आँखा जाँच शिविरबाट मोतियाविन्दु पहिचान भएका ४७ जना बिरामीको सफल शल्यक्रिया गरिएको छ । प्रतिव्यक्ति करिब ९ हजार रुपैयाँ लाग्ने शल्यक्रिया र औषधिको सम्पूर्ण खर्च नगरपालिकाले नै व्यहोरेको छ ।निःशुल्क उपचार पाउनेहरूमा सोही वडाका ६० वर्षीय हरि सदा

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 433 पटक पढिएको
  • सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजनाः विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

    काठमाडौं— काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै विस्थापित भएका परिवारको सामाजिक र आर्थिक पुनस्र्थापनाका लागि विशेष प्याकेज अघि सारेको छ । महानगरले विस्थापित सुकुम्बासीलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने र वास्तविक सुकुम्बासीलाई सरकारमार्फत स्थायी बसोबासको व्यवस्थापन गर्ने गरी काम भइरहेको जनाएको छ ।महानगरका प्रवक्ता नवीन मानन्धरले विस्थापितहरूलाई सामाजिक विकास कार्यक्रमअन्तर्गत राखी स्वरोजगार बनाउन ऋण र तालिमको व्यवस्था गरिने जानकारी दिएका हुन् ।हाल थापाथली लगायतका क्षेत्रबाट विस्थापित भएका ४४ घरधुरीका १२१ जनालाई कीर्तिपुरस्थित राधास्वामी सदनमा राखिएको छ । प्

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 465 पटक पढिएको
  • काठमाडौको १० स्थानीय तहका ४,४८४ घरटहरामा डोजर चल्ने

    काठमाडौं— सरकारले काठमाडौं जिल्लाभित्रका १० नगरपालिकाका नदी किनाराका बस्ती, एवम् सरकारी, पर्ती वा निजी जग्गा अतिक्रमण गरेका ५६ स्थानका ४ हजार ४ सय ८४ घरटहरामा एकैपटक डोजर चलाउने भएको छ । भोलि शुक्रवार बालाजु क्षेत्रबाट डोजर चल्न सुरु हुनेछ । लगत्तै बिदाको तीन दिनमा सबै क्षेत्रमा जोडर चल्ने भएको छ । भत्काउनुअघि महानगरले बुधबारबाट माइकिङ सुरु गरेको छ ।ती क्षेत्रमा डोजर चल्दा हजारौंको बिचल्ली हुनेछ । भत्काउन लागेका क्षेत्र ठूलो मानवीय बस्ती, फलफूल मण्डी, विद्यालय, सरकारी निकायलगायत परेका छन् । बूढानीलकण्ठ र काठमाडौं महानगरपालिका क्षेत्रका दुई दर्जन बढी बस्तीमा डोजर चल्नेछ ।सार्वजनिक जग्गा कब्जा ग

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 423 पटक पढिएको
  • कुवेतमा मे ३ देखि सरकारी कार्यालयहरू पूर्ण क्षमतामा सञ्चालन हुने

    काठमाडौं— कुवेतले आगामी आइतबार (मे ३) देखि सबै सरकारी निकायहरूमा कर्मचारीहरूको पूर्ण उपस्थिति र नियमित कार्यालय समय पुनः लागू गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबारको निर्देशनपछि नागरिक सेवा आयोगले सबै मन्त्रालय र सार्वजनिक संस्थानहरूलाई सामान्य कार्यतालिकामा फर्कन परिपत्र जारी गरेको हो।कुवेत न्यूज एजेन्सीका अनुसार पछिल्ला हप्ताहरूमा लागू गरिएको कार्यघण्टाको कटौती अब अन्त्य भएको छ र कर्मचारीहरू पुनः दैनिक सात घण्टाको नियमित कार्यदिनमा फर्कनुपर्नेछ। अधिकारीहरूले यो निर्देशनलाई कडा रूपमा कार्यान्वयन गर्न र पूर्ण परिचालन क्षमतामा सहज रूपान्तरणका लागि आग्रह गरेका छन्।गत महिना क्षेत्रीय सुरक्

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 265 पटक पढिएको
  • क्रियाशील सदस्यता नवीकरणका लागि थप एक हप्ता समय दिने कांग्रेसको निर्णय

    काठमाडौं— नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि एक हप्ता समय दिने निर्णय गरेको छ । बुधबार सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक महामन्त्री प्रदीप पौडेलको अध्येतामा ललितपुरस्थित कांग्रेसको केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा बसेको बैठकले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि एक हप्ता समय दिने निर्णय गरेको हो । ‘१५ औँ महाधिवेशन कालागि जिल्ला कार्यसमितिबाट क्रियाशील नवीकरण र प्रतिनिधि सभा क्षेत्रबाट नयाँ क्रियाशील सदस्यता नेपाली कांग्रेसको डिजिटल सिस्टममा प्रविष्ट गरी शुल्क सहित केन्द्रीय कार्यालयमा बुझाएका जिल्ला छुट्याउने,

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 446 पटक पढिएको
  • आज नरसिंह जयन्ती मनाइँदै

    काठमाडौं— आज नरसिंह जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष वैशाख शुक्ल पक्षको चतुर्दशी तिथिका दिन नरसिंह जयन्ती पर्व मनाइन्छ । नरसिंहलाई भक्तहरूको रक्षा गर्ने र अधर्मको विनाश गर्ने देवता मानिन्छ ।यो पर्व भक्ति र असत्यमाथि राम्रोको विजय, अधर्ममाथि धार्मिकताको विजय, सत्य र न्यायको प्रतीक हो । नरसिंह अवतार भगवान् विष्णुको चौँथो अवतार हो ।दैत्यराज हिरण्यकश्यपुको ‘बध’ गरी भक्त प्रह्लादको उद्धार गर्नका निमित्त विष्णु भगवान्ले नरसिंह अवतार धारण गर्नुपरेको विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 469 पटक पढिएको
  • यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०६ पैसा तोकिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ २९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ६० पैसा र बिक्रीदर २०५ रुपैयाँ ४१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९२ रुपैयाँ ६८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ७२ पैसा र बिक्रीदर १११ रुपैया

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 404 पटक पढिएको
  • आजको मौसमः यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    काठमाडौं— हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।हाल देशभर अधिकांश बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँहरूमा तथा मधेश र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित मध्यम सम्मको वर्षा भैरहेको छ।आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी र मधेश प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।आज राती देश

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 435 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.