समाचार

    Showing 3,931-3,940 of 26,789 items.
  • राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने

    काठमाडौं— सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने भएका छन् ।अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४ बजे राष्ट्रपति पौडेलले संविधानविद्हरूलाई शीतल निवास बोलाएका हुन् ।सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापीलगायतका सेवा प्रभावकारी बनाउने उद्देश्यले अध्यादेश सिफारिस गरेको थियो ।

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 448 पटक पढिएको
  • माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

    काठमाडौं— माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आजदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन सुरु गरेको छ ।कम्पनीले आफ्नो ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत बराबर २५ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाएको हो । निष्काशन गरिएको शेयरमध्ये ८ लाख ६० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ । प्रभावित क्षेत्रभित्र पनि अति प्रभावित र अन्य प्रभावित क्षेत्रका बासिन्दाबीच छुट्टै अनुपातमा बाँडफाँट गरिने व्यवस्था गरिएको छ ।यस्तै, सर्वसाधारणका लागि छ

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 467 पटक पढिएको
  • कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

    सुर्खेत— कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३ लिटर प्रतिसेकेन्ड आपूर्ति भइरहेको छ, जसका कारण २६४ लिटर प्रतिसेकेन्ड पानी अपुग भएको हो ।सुर्खेत उपत्यका खानेपानी संस्थानका अनुसार झुप्रा मुहानसहित विभिन्न स्रोतहरूमा पानीको मात्रा घट्दै जाँदा आपूर्ति प्रभावित भएको हो । संस्थानका कार्यालय प्रमुख डम्मरबहादुर गौतमका अनुसार सामान्य अवस्थामा १६३ लिटर प्रतिसेकेन्ड आपूर्ति क्षमता भए पनि खडेरीका कारण हाल स्रोतहरू सुक्दै जाँदा आपूर्ति घटेर ८३ लिटर प्रतिसेकेन्डमा सीमित भएको छ ।हाल वीरेन्द्रनगरमा तीन दि

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 417 पटक पढिएको
  • हावाहुरीपछि लहानमा सक्रिय लायन्स क्लब, २५ परिवारलाई राहत

    लहान— गत वैशाख ५ गते आएको भीषण हावाहुरीबाट प्रभावित लहान–२१ का २५ परिवारलाई राहत सामग्री वितरण गरिएको छ । जिल्ला ३२५ एफ को एमर्जेन्सी फण्डको सहयोग तथा लहानस्थित विभिन्न लायन्स क्लबहरूको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।एलसी लहान सहर, एलसी लहान फूलबारी, एलसी लहान सनशाइन र एलसी लहान बुद्धको संयुक्त पहलमा आयोजित कार्यक्रममा लहान–२१ का वडाध्यक्ष राजकुमार यादवको सहजीकरण रहेको थियो । हावाहुरीका कारण घरबारविहीन तथा आंशिक रूपमा क्षति पुगेका परिवारलाई लक्षित गर्दै दैनिक उपभोग्य सामग्री वितरण गरिएको आयोजकले जनाएको छ ।प्रति परिवार ३० केजी चामल, २ केजी सेतो मटर, २ केजी नुन, १ लिटर तेल, ५ केजी आलु, एकरए

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 429 पटक पढिएको
  • मुगुमा तरकारी खेतीबाट महिलाहरू आत्मनिर्भरः मौसमी र बेमौसमी उत्पादनले आम्दानीमा उल्लेख्य वृद्धि

    मुगु— हिमाली जिल्ला मुगुको दुर्गम क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकामा पछिल्ला वर्षहरूमा तरकारी खेतीले उल्लेखनीय परिवर्तन ल्याएको छ । पहिले सिजनमा मात्र हरियो तरकारी उपभोग गर्ने स्थानीय बासिन्दा अहिले भने मौसमी र बेमौसमी दुवै प्रकारका तरकारी उत्पादन गरी आत्मनिर्भर बन्न थालेका छन् ।स्थानीय सरकार र छाँया नेपाल नामक संस्थाको साझेदारीमा सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत पालिकाका १ देखि ९ वडासम्मका नागरिकलाई व्यावसायिक तरकारी खेतीतर्फ प्रोत्साहिन गरिएको हो । यसले ग्रामीण महिलाहरूको जीवनस्तरमा सकारात्मक प्रभाव पारेको छ ।मुगुम कार्मारोङ गाउँपालिका–९, छायल गाउँकी नन्दा देवी रोकाया यस परिवर्तनको

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 578 पटक पढिएको
  • अब अनलाइनबाटै धितो बन्धकी हुने

    काठमाडौं— नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत कार्यालयहरूमा अनलाइन धितो बन्धकी प्रणालीलाई अनिवार्य गर्ने भएको छ । सरकारको नतिजामा आधारित शासकीय प्रवन्ध र डिजिटल नेपालको लक्ष्य अनुरूप सेवालाई छिटो, सहज, र बिचौलियामुक्त बनाउन यो कदम चालिएको हो ।अबदेखि बैंक तथा वित्तीय संस्थाहरूले गर्ने धितो रोक्का तथा फुकुवाका सम्पूर्ण कार्यहरू फेसलेस र समयबद्ध रूपमा डिजिटल प्रणालीमार्फत मात्र सञ्चालन हुनेछन् । विभागले जारी गरेको परिपत्र अनुसार यो व्यवस्थालाई दुई चरणमा कार्यान्वयन गरिनेछ ।विभागसँग समझदारी पत्रमा हस्ताक्षर गरिसकेका र भू–सेवा केन्द्रको अनुमति लिएका बैंक तथा वित्तीय संस्थाहरूका ल

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 447 पटक पढिएको
  • ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

    काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ७४ हजार ५०४ राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ४९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २५८, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १७० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११२ जनालाई कारबाही गरिएको हो ।यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ३२५, निषेधित क्षेत्रमा हर्न बजाउने ६४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२१, निर्धारित स्थानामा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ६२ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३२८ जनालाई का

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 274 पटक पढिएको
  • पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

    काठमाडौँ। हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम छ ।तल्लो वायुमण्डलको न्यून चापीय क्षेत्रको प्रभावले अहिले देशका अधिकांश स्थानमा बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित मध्यम वर्षा भइरहेको छ भने मधेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा पनि यस्तै प्रकृतिको वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी र मधेश प्रदेशका साथै हिमाली र पहाडी भागका केही स्था

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 205 पटक पढिएको
  • रुखबाट लडेर वृद्धको मृत्यु

    बाजुरा। जिल्लाको गौमुल गाउँपालिकाका सुन्तलाको रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाका अनुसार सोही गाउँपालिका–६ बसालाका ६८ वर्षीय दलबहादुर रोकायाको बुधबार मृत्यु भएको हो । सुन्तलाका बोट काँटछाँट गर्ने क्रममा उहाँ रुखबाट खस्नुभएको हो । उहाँ जिल्लाका अग्रणी किसान हुनुहुन्थ्यो ।

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 236 पटक पढिएको
  • करेन्ट लागेर महिलाको मृत्यु

    कैलाली। धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार पानी तान्ने मोटरबाट करेन्ट प्रवाह हुँदा निजको गएराति मृत्यु भएको हो । शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाउने तयारी गरिएको उहाँले राससलाई बताउनुभयो ।

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 227 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.