समाचार

    Showing 3,831-3,840 of 26,789 items.
  • सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ

    काठमाडौं— जिल्ला अदालत सर्लाहीबाट रामबहादुर बम्जनले सम्पत्ति शुद्धीकरण कसुरमा सफाइ पाएका छन् ।लिटिल बुद्धको नामले चर्चित उनलाई जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले वैशाख ८ गते सफाइ दिएको हो।उनीविरूद्ध ८ करोड ५९ लाख रुपैयाँ बिगो मागदाबी गरिएको थियो । अदालतको फैसलासँगै उनी कारागार कार्यालय सर्लाहीबाट छुटिसकेको प्रहरीले जनाएको छ।बम्जनलाई सम्पत्ति शुद्धीकरणको कसुरमा अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २०८० पुस २४ गते पक्राउ गरेको थियो।पक्राउ गर्दा विभिन्न १७ वटा देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरका मुद्रा र ३ करो

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 529 पटक पढिएको
  • कृष्ण विश्वकर्माको रहस्यमय मृत्यु प्रकरणः काठमाडौंमा प्रदर्शन, आयोग गठन गर्न माग

    काठमाडौं— सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका खुर्कोटस्थित प्रहरी चौकीभित्र कृष्ण विश्वकर्माको रहस्यमय मृत्यु भएको घटनालाई लिएर आइतबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ ।संयुक्त राजनीतिक दलीय संघर्ष समितिको आयोजनामा भएको उक्त प्रदर्शनमा सहभागीहरूले घटनाको निष्पक्ष छानबिन र पीडित परिवारलाई न्यायको माग गरेका छन्।संघर्ष समिति संयोजक दलजित श्रीपालीले प्रहरी चौकीजस्तो राज्यको सबैभन्दा सुरक्षित मानिने स्थानमै एक व्यक्तिको मृत्यु हुनु गम्भीर र शंकास्पद विषय भएको बताए । उनले प्रहरीको प्रारम्भिक दाबीप्रति असन्तुष्टि जनाउँदै घटनालाई सामान्य रुपमा लिन नसकिने स्पष्ट पारे ।उनका अनुसार विश्वकर्म

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 529 पटक पढिएको
  • बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

    काठमाडौं— जिल्लामा यस वर्ष किसानले खेती गरेको गहुँ बाली मौसम अनुकूल नभएकाले उत्पादनमा २० प्रतिशतले कमी आएको हो । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार मौसम अनुकूल नहुँदा गहुँ उत्पादनमा १७ हजार ९८० मेट्रिकटनले कमी आएको हो ।केन्द्रका प्रमुख राजनारायण साहले आर्थिक वर्ष २०८२/८३ मा किसानले २९ हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातका गहुँखेती गर्दा प्रतिहेक्टर तीन दशमलव एक मेट्रिकटन उत्पादन हुनुपर्नेमा दुई दशमलव ४८ मेट्रिकटन भएको जानकारी दिए । उनका अनुसार चालु आवमा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन भएको छ । उत्पादित गहुँ स्तरीय भएकाले कलैयासहित आसपासका बजारमा प्रतिक्विन्टल रु चार हजारका दरले बिक

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 500 पटक पढिएको
  • द्वन्द्व अन्त्य गर्न इरानको नयाँ प्रस्ताव

    काठमाडौं—  इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँग जारी द्वन्द्व र क्षेत्रीय तनाव अन्त्य गर्ने उद्देश्यले एक नयाँ शान्ति प्रस्ताव अगाडि सारेका छन्।यो प्रस्तावबारे जानकारी गराउन उनले विगत दुई दिनदेखि एसिया, युरोप र मध्यपूर्वी देशका आफ्ना समकक्षीहरूसँग टेलिफोन वार्ता गरिरहेका छन्।इरानी विदेश मन्त्तालयका अनुसार अराघचीले शुक्रबार र शनिबार टर्की, साउदी अरेबिया, कतार, इजिप्ट, इराक, रुस, अजरबैजान, दक्षिण कोरिया, जापान, फ्रान्स र इटलीका विदेशमन्त्रीहरूसँग छुट्टाछुट्टै छलफल गरेका छन्।साथै उनले युरोपेली संघका परराष्ट्र नीति प्रमुखसँग पनि परामर्श गर्दै अमेरिकासँग सम्भावित स्थायी युद्धविर

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 484 पटक पढिएको
  • केही व्यवसायीहरुले देशको अर्थतन्त्र नै मुठ्ठीमा लिएकाले निर्मम हुनुपर्योः रवि लामिछाने

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरुलाई नडराउन र नआत्तिन आग्रह गरेका छन् ।आइतबार काठमाडौंमा निजी क्षेत्रका संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श लगायतका प्रतिनिधिहरुसँग छलफल गर्दै सभापति लामिछानेले रास्वपा र वर्तमान सरकारप्रति सशंकित नहुन आग्रह गरेका हुन् ।निजी क्षेत्रका प्रतिनिधिहरुको चासो सुनेपछि सभापति लामिछानेले भने– ‘निजीक्षेत्र सशंकित भएको, अलि डराएको जस्तो देखेर नै म तपाईहरुसँग बस्न चाहेको हुँ । तपाईंहरु डराउनुपर्ने आत्तिनुपर्ने कुनै कारण छैन । हामी व्यवसायीहरुलाई कुनै खालको दुःख दिन चाहँदै

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 481 पटक पढिएको
  • बम्जनले सम्पत्ति शुद्धीकरण कसुरमा पाए सफाइ

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 130 पटक पढिएको
  • भारतीय रिजर्भ बैंकको डेपुटी गभर्नरमा रोहित जैन नियुक्त

    काठमाडौं— भारतीय रिजर्भ बैंक (आरबीआई) का कार्यकारी निर्देशक रोहित जैनलाई डेपुटी गभर्नर पदमा नियुक्त गरेको छ।भारत सरकारले केन्द्रीय बैंकको डेपुटी गभर्नरमा जैनलाई शनिबार नियुक्त गरेको हो । जैनले आइतबारदेखि कार्यभार सम्हालेका छन् । उनको कार्यकाल तीन वर्षको हुनेछ ।जैनले केन्द्रीय बैंकमा करिब ३० वर्ष सेवा गरिसकेका छन् । यसअघि उनले कार्यकारी निर्देशकको रूपमा बैंकिङ सुपरीवेक्षण लगायतका विभिन्न महत्वपूर्ण विभागहरूको जिम्मेवारी सम्हाल्दै आएका थिए।भारत सरकारले टी. रवि शंकरको कार्यकाल शनिबार सकिएपछि उनी रहेको डेपुटी गभर्नर पदमा जैनलाई नियुक्त गरेको हो ।रवि शंकर सन् २०२१ मा डेपुटी गभर्नर नियुक्त भएका थिए

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 478 पटक पढिएको
  • ग्लान समूदायको भेला नुवाकोटमा, तदर्थ समितिको संयोजकमा अर्जुन तामाङ

    काठमाडौं— नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ गोल्फु नाम्सापुरानस्थित ऐतिहासिक ग्लान समूदायको ङारदिम (थातथलो)मा ग्लान वंशको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ।‘कुलपरम्परा र संस्कृति हाम्रो पहिचान, वंश र इतिहासको खोजी हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ शुक्रबार ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला सम्पन्न भएको हो ।तामाङ समुदायभित्र पर्ने ग्लान वंशको पहिचान र इतिहासको खोजीका क्रममा नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–नाम्सापुरानस्थित क्षेत्रलाई ग्लान समुदायको उद्गमस्थलका रूपमा मानिएको छ । पछिल्लो समय ग्लान वंशका सदस्यहरूले सो स्थानलाई ऐतिहासिक थलोको रूपमा स्वीकार गर्दै ग्लान समुदायको ङारदिम

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 523 पटक पढिएको
  • लेबनानमा इजरायलको क्षेप्यास्त्र आक्रमण

    एजेन्सि— इजरायली सेनाले दक्षिणी लेबनानका सहर तथा गाउँका बासिन्दालाई तत्काल घर खाली गर्न निर्देशन दिएको छ । सर्वसाधारणलाई कम्तीमा एक हजार मिटर टाढा खुला स्थानमा जान चेतावनी दिइएको छ ।रिपोर्टका अनुसार सेनाले दक्षिणी लेबनानका ११ सहर र गाउँमा आक्रमण गर्ने जनाएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’का अनुसार यो कारबाही हिजबुल्लाहविरुद्ध लक्षित गरिएको दाबी गरिएको छ ।इजरायली सेनाले हिजबुल्लाहले युद्धविराम सम्झौता उल्लंघन गरेकाले यस्तो कदम चालिएको बताएको छ । साथै, हिजबुल्लाहका लडाकु वा तिनका संरचनानजिक रहेका जो कोहीलाई जोखिम हुन सक्ने चेतावनी पनि दिएको छ ।इजरायलले पछिल्लो समय दक्षिणी लेबनानमा लगातार

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 464 पटक पढिएको
  • एमालेमा डिजिटल सदस्यता प्रणाली लागू

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यतासम्बन्धी बैठकमा यसबारे विस्तृत छलफल गरिएको सङ्गठन विभाग संयोजक तथा पार्टी केन्द्रीय सचिव भानुभक्त ढकालले जानकारी दिए ।पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशका नेताहरू तथा जनसङ्गठनका प्रतिनिधिहरूको उपस्थितिमा सदस्यता व्यवस्थापनसम्बन्धी डेमो (प्रदर्शनात्मक) बैठकमा प्रस्तावित प्रणाली र कार्यान्वयनबारे छलफल गरिएको उनले बताए ।बैठकमा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अनलाइन सदस्यता नवीकरण अभियान पार्टी जीवनलाई थप व्यवस्थित, पार

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 494 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.