समाचार

    Showing 3,811-3,820 of 26,789 items.
  • कोही नेपाली घरबारविहीन हुनुपर्दैन, अपुष्ट सूचना र भ्रममा नपरौंः प्रधानमन्त्री

    काठमाडौं— काठमाडौं उपत्यकाका नदी किनार तथा सरकारी जग्गामा बसेका सुकुम्बासी बस्ती हटाउँदा त्रास फैलाइएकोप्रति प्रधानमन्त्री बालेन्द्र शाहले प्रष्टिकरण दिएका छन् ।प्रधानमन्त्रीले नागरिकलाई उठिबास लगाउने सरकारको कुनै मनसाय नरहेको र कोही पनि घरबारविहीन हुनु नपर्ने बताएका छन्।सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै उनले सरकारी जग्गा अतिक्रमण भएको क्षेत्रमा सरकारले कानुनबमोजिम अघि बढाएको व्यवस्थापन प्रक्रियालाई लिएर नागरिकमा नियोजित रूपमा त्रास फैलाउने काम भएको भन्दै उनले त्यस्ता अपुष्ट सूचना र भ्रमको पछि नलाग्न आग्रह गरेका हुन्।काठमाडौं उपत्यकामा नदीकिनार तथा सरकारी जग्गामा भएको अतिक्रमण व

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 423 पटक पढिएको
  • स्थानीय चुनाव लक्षित गर्दै रास्वपाको १३ बुँदे छनोट मापदण्ड घोषणा

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै १३ बुँदे उम्मेदवार छनोट रूपरेखा सार्वजनिक गरेको छ । पार्टीले वैज्ञानिक, वस्तुपरक र पारदर्शी प्रणालीमार्फत योग्य नेतृत्व चयन गर्ने उद्देश्यसहित कार्यविधि अघि सारेको जनाएको छ ।रास्वपाका अनुसार उम्मेदवार छनोट प्रक्रिया अब भावना, पहुँच वा व्यक्तिगत प्रभावभन्दा माथि उठेर मापनयोग्य मापदण्ड, प्रमाण र तथ्यमा आधारित हुनेछ । मूल्याङ्कनदेखि अन्तिम निर्णयसम्मका सबै चरण अनिवार्य रूपमा दस्तावेजीकरण गरिने व्यवस्था गरिएको छ, जसले पारदर्शिता र परीक्षणयोग्यता सुनिश्चित गर्ने विश्वास पार्टीले लिएको छ ।पार्टी निर्माणमा निरन

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 460 पटक पढिएको
  • लिपुलेक विवादः नेपालको दाबीलाई भारतले ग¥यो अस्वीकार, दुवै देश आ–आफ्नै अडानमा

    काठमाडौं— नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने योजनालाई लिएर नेपाल र भारतबीच पुनः कूटनीतिक वाकयुद्ध सुरु भएको छ । नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो अभिन्न भू–भाग भन्दै विरोध जनाएपछि भारतले नेपालको उक्त दाबीलाई आधारहीन भन्दै अस्वीकार गरेको छ ।नेपालको अडानः सुगौली सन्धि नै मुख्य प्रमाणनेपालको परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै १८१६ को सुगौली सन्धि अनुसार महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न अङ्ग भएको तथ्यमा सरकार अडिग रहेको बताएको छ ।मन्त्रालयले भारत र चीन दुवै देशलाई कूटनीतिक माध्यमबाट

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 410 पटक पढिएको
  • हर्मुज जलमार्गमा अमेरिकी हस्तक्षेप नगर्न इरानको चेतावनी

    काठमाडौं— इरानी संसदको राष्ट्रिय सुरक्षा समितिका प्रमुख इब्राहीम अजिजीले हर्मुज जलमार्ग क्षेत्रमा अमेरिकी हस्तक्षेप भए त्यसलाई युद्धविराम उल्लंघनका रूपमा लिइने चेतावनी दिएका छन् ।इरानी संसदको राष्ट्रिय सुरक्षा समितिका प्रमुख अजिजीले सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएका हुन् । उनले डोनाल्ड ट्रम्पले सार्वजनिक गरेको प्रोजेक्ट फ्रिडम योजनाप्रति आपत्ति जनाउँदै हर्मुज जलमार्ग र फारसको खाडीको व्यवस्थापन अमेरिकाले गर्न नसक्ने बताएका छन् । ‘अमेरिकाले नयाँ समुद्री व्यवस्थामा हस्तक्षेप गरे त्यसलाई युद्धविराम उल्लंघन मानिनेछ,’ उनले उल्लेख गरेका छन् ।यसअघि ट्रम्पले प्रोजेक्ट फ्रिडम अन्तर्गत खाडी क्षेत्

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 416 पटक पढिएको
  • ‘डायस्पोरा इन्भेस्टमेन्ट कम्पनी’को जानकारी मूलक कार्यक्रम टोक्योमा सम्पन्न

    टोक्यो— विदेशमा रहेका नेपालीहरूको पुँजी र सिपलाई एकीकृत गरी नेपालको समृद्धिका लागि परिचालन गर्ने उद्देश्यका साथ महेश कुमार श्रेष्ठको नेतृत्वमा अघि बढाइएको ‘डायस्पोरा इन्भेस्टमेन्ट कम्पनी’को बारेमा जापानको राजधानी टोक्योमा एक भव्य अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।आइतबार आयोजित उक्त विशेष कार्यक्रममा कम्पनीको अवधारणा, भावी योजना र लगानीका क्षेत्रहरूका बारेमा विस्तृत प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रममा अभियानका संयोजक एवं गैर आवासीय नेपाली संघका निवर्तमान अध्यक्ष महेश कुमार श्रेष्ठले गैर आवासीय नेपालीहरूको सानो–सानो पुँजीलाई एकत्रित गरेर ठुला र गौरवका आयोजनामा लगानी गर्ने लक्ष्य रहेको

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 416 पटक पढिएको
  • रास्वपाको ‘स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा २०८३’ पारित

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले “स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा (२०८३)” पारित गरेको छ ।पार्टीको केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा (२०८३) पारित गरेको हो ।बैठकले पार्टीको संसदीय दलको संशोधित विधान अनुमोदन गर्नुका साथै पहिलो महाधिवेशन सम्पन्न गर्न महाधिवेशन कार्यविधि (२०८३) समेत पारित गरेको छ ।बैठकले मुलुकभर विद्यमान अव्यवस्थित बसोबासको समस्या समाधानका लागि सरकारलाई अधिकार सम्पन्न प्राधिकरण गठन गर्न सुझाव दिएको छ ।वास्तविक भूमिहीन सुकुम्बासी नागरिकहरूको संरक्षण र व्यवस्थापनलाई प्राथम

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 391 पटक पढिएको
  • सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि खुला

    काठमाडौं— सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले पहिलो चरणअन्तर्गत आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै ८५ हजार कित्ता साधारण शेयर सार्वजनिक गरेको हो ।जारीपूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ लाख ५० हजार कित्तामध्ये १० प्रतिशत शेयर उक्त समूहका लागि छुट्याइएको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित दर रहेको छ ।यस आईपीओमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ भने आवश्यक परेमा जेठ ४ गतेसम्म समय थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।आवेदन मेरो शेयरमार्फत सि–आस्वा प्रणाली प्रयोग गरी दिन सकिन

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 416 पटक पढिएको
  • मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    झापा। मेची भन्सार कार्यालय मातहतका छवटा छोटी भन्सार कार्यालयमध्ये एउटामात्र सञ्चालनमा छ । राजस्व असुली र सीमापार व्यापारको सहजीकरणका लागि सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेको अरु पाँचवटा छोटी भन्सार बन्द अवस्थामा छ ।मेची भन्सार कार्यालयअन्तर्गत गौरीगन्ज–२ मा आठमौजा छोटी भन्सार, मेचीनगर–२ मा गाडागल्ली छोटी भन्सार, मेचीनगर–४ मा बाहुनडाँगी छोटी भन्सार, मेचीनगर–५ मा नकलबन्दा छोटी भन्सार, मेचीनगर–७ मा सतिघट्टा छोटी भन्सार र गौरीगन्ज–१ मा महाभारा छोटी भन्सार स्थापना भएका थिए ।हाल गौरीगन्ज–२ स्थित आठमौजाबाहेक अरु छोटी भन्सार कार्यालय बन्द रहेको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी ईश

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 340 पटक पढिएको
  • सुदूरपश्चिमका सर्पदंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिँदै

    कञ्चनपुर। सुदूरपश्चिम प्रदेशका सर्पदंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिने भएको छ । सन् २०३० सम्ममा सर्पदंशबाट हुने मृत्युदर र अपाङ्गतालाई ५० प्रतिशतले घटाउने सरकारको लक्ष्यअनुरूप उपचार केन्द्र विस्तार गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालदेखि प्राथमिक स्वास्थ्य केन्द्रसम्म सर्पदंशको उपचार सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ ।सोही योजनाअनुरूप डडेल्धुराको जोगबुडा अस्पताल, बैतडीको पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, दार्चुलाको गोकुलेश्वर अस्पताल, बझाङको रायल प्राथमिक स्वास्थ्य केन्द्र र बाजुराको कोल्टी आधारभूत अस्पतालमा सेवा विस्तार गरिन लागेको सुद

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 291 पटक पढिएको
  • केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

    काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मध्यमदेखि केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ । विभागका अनुसार आज मुलुकभर साधारणतया बादल लाग्नेछ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको भने सुदूरपश्चिम र कर्णाली  प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।  आज राति देशभर साधारणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केह

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 261 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.