समाचार

    Showing 3,801-3,810 of 19,127 items.
  • विद्यालय गएका १३ वर्षीय बालक ४ दिनदेखि बेपत्ता, खोजी कार्य जारी

    महोत्तरी— महोत्तरीको बर्दिवास नगरपालिका–१२ का १३ वर्षीय गौतम पासवान चार दिनदेखि बेपत्ता भएका छन्। घरबाट साइकल चढेर विद्यालय गएका बालक अहिलेसम्म नफर्किएपछि परिवारले खोजतलासका लागि प्रहरीसमक्ष निवेदन दिएका छन्।गौतम जनता माध्यमिक विद्यालय, डाँडाटोलमा कक्षा ६ मा अध्ययनरत उनी बिहीबार बिहान विद्यालय जान घरबाट निस्किएका थिए। त्यसपछि कुनै सम्पर्क नभएको उनका काका प्रमोद पासवानले जानकारी दिए।बेपत्ता भएपछि परिवारले हात्तीलेट प्रहरी चौकीमा निवेदन दिएको छ। इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक प्रकाश बमले बालकको खोजीमा सक्रिय रहेको बताएका छन्।

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 409 पटक पढिएको
  • निजामती दिवसमा मार्तडी बजारको फोहर संकलन गरियो

    बाजुरा— बाजुरामा पनि २२ औं निजामती सेवा दिवस मनाइएको छ । विभिन्न कार्यक्रम गरे निजामती सेवा दिवस २०८२ मनाइएको हो ।मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीले आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् । सोही अवसरमा बाजुरामा पनि बिभिन्न कार्यक्रम गरेर दिवस मनाइएको हो ।२२ औं निजामती सेवा दिवस ‘व्यवसायिक र सिर्जनशिल प्रशासन,विकास,समृद्धि र शुसासन’ भन्ने मुल नाराका साथ प्रभातफेरि कार्यक्रमसंगै मार्तडी बजारको फोहर संकलन गरेर कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी गणेश प्रशाद पौडेलले बताए । उनका अनुसार, निजामती सेवा दिवसको अवसरमा प्रभातफेरि कार्यक्र

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 419 पटक पढिएको
  • भूमि समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री बाँनिया

    रामेछाप— वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले भूमि समस्या समाधानको लागि वाग्मती प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।आइतबार भूमि समस्या समाधान आयोग रामेछापसँगको छलफलमा बोल्दै मुख्यमन्त्री बानियाले भूमि सम्बन्धी समस्या समाधानको लागि सरकारले आयोग बनाएको बताए ।आयोगलाई काम गर्ने क्रममा धेरै समस्या भएको बताउँदै उनले ती समस्या समाधान गर्न वाग्मती प्रदेश सरकारको तर्फबाट सबै प्रयास गरिने बताए । कार्यक्रममा भूमि समस्या समाधान आयोग रामेछापका अध्यक्ष गौतमकुमार लामाले आयोगले जिल्लामा हालसम्म गरेका काम र काम गर्ने क्रममा आएका चुनौती बारे मुख्यमन्त्री बानियालाई जानकारी गराएका थिए ।सम

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 399 पटक पढिएको
  • सामाजिक सञ्जाल बन्दप्रति कांग्रेसको चासो, सरकारसँग जवाफ माग्ने

    काठमाडौं— नेपाली कांग्रेसले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति चासो व्यक्त गरेको छ ।  सरकारको निर्णयका विषयमा जवाफ माग गर्ने कांग्रेस नेताहरुले प्रतिक्रिया दिएका छन् ।  आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सामाजिक  सञ्जाल बन्द गरेको विषयमा सरकारसँग जवाफ माग गर्ने विषयमा छलफल भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले भने,‘ केन्द्रीय कार्यसम्पादन समितिको बैठक भर्खरै सम्पन्न भयो । बैठकमा केही दिन अगाडिदेखि नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जालहरु सरकारले बन्द ग

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 392 पटक पढिएको
  • नीति सम्मेलनको तयारीमा चैतन्य एकेडेमीः पूर्वसचिव त्रिताललाई सम्मान गर्दै

    काठमाडौं— चैतन्य एकेडेमीले विगत १३ वर्षदेखि गर्दै आएको नीति सम्मेलनको १३ औं श्रृङ्खला भदौ २७ र २८ गते धुलिखेलमा आयोजना गर्दैछ । सोही अवसरमा नेपाल सरकारका पूर्वसचिव समेत रहेका शारदा प्रसाद त्रिताललाई एकेडेमीले एक लाख राशिको सम्मान प्रदान गर्न लागेको चैतन्य ग्रुपका सीईओ गणेश प्रसाद जोशीले जानकारी दिए ।‘उत्कृष्ट सार्वजनिक सेवा प्रवाह, पारदर्शिता, जवाफदेहिता, नागरिकमैत्री सेवा तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न हामीले प्रत्येक वर्ष सम्मान प्रदान गर्दै आएका छौं । निजामती सेवाका उत्कृष्ट बहालवाला वा सेवा निवृत्त मध्ये एक कर्मचारीलाई प्रत्येक वर्ष यो सम्मान प्रदान गर्दै आएका छौं,’ उनले भने । 

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 321 पटक पढिएको
  • ललितपुर महानगरले विकास समितिका दुई भवनमा डोजर चलायो

    ललितपुर— ललितपुर महानगरपालिकाले आइतबार बुद्धिविकास मंगल तथा क्षयरोग निवारण संस्था अन्तर्गतका दुई भवनमा डोजर चलाएको छ ।महानगरले ती भवनहरू सार्वजनिक योजना अन्तर्गतको क्षेत्रमा परेकाले हटाउनु परेको जनाएको छ ।ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले, भवनहरू डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) अनुसारको विकास कार्यक्षेत्रभित्र परेकाले भत्काउनु अपरिहार्य भएको बताए । ‘बुद्धिविकास मंगल र क्षयरोग निवारण संस्था ललितपुर जिल्ला कार्यसमितिका दुईवटा भवनहरू जुन ठाउँमा थिए, त्यो हाम्रो डीपीआर गरिएको कार्यक्षेत्रभित्र पर्दछ,’उनले भने, ‘त्यसैले यी भवनहरू हटाउनु आवश्यक भयो ।’उनका अनुसार यसअघि नै सोही क्षेत

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 354 पटक पढिएको
  • पुटिनले दिएको मस्को बैठकको प्रस्ताबलाई जेलेन्स्कीले गरे अस्विकार

    काठमाडौं— युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मास्कोमा वार्ता गर्ने प्रस्ताव अस्वीकार गरेका छन् ।उनले युद्धको अवस्था हेर्दा मस्को असम्भव स्थान भएको भन्दै पुटिनलाई युक्रेनको राजधानी कीभमा वार्ताका लागि बोलाएका छन् ।अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै जेलेन्स्कीले भने, ‘म यस आतङ्ककारीको राजधानी जान सक्दिनँ, किनभने युक्रेन हरेक दिन मिसाइल आक्रमण र गोलाबारीमा परेको छ,’उनले थपे,‘यदि पुटिन साँच्चै वार्ता गर्न चाहन्छन् भने कीभ आउनुपर्छ ।’ यसअघि पुटिनले आफू वार्ताका लागि तयार रहेको तर केवल मास्कोमै सम्भव हुने बताएका थिए ।क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले म

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 237 पटक पढिएको
  • आश्विन कृष्ण प्रतिपदा अर्थात् भोलीदेखि सोह्र श्राद्ध सुरु हुँदै

    काठमाडौं— प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष भोलीदेखि विधिवत् आरम्भ गरिँदैछ। यसअघि वार्षिक श्राद्ध (बरखी) गरिएका दिवङ्गत परिवारजनलाई सम्झेर तर्पण र पिण्ड दिइने असोज कृष्णपक्षलाई सोह्रश्राद्ध पनि भन्ने गरिन्छ ।आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदा दान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो। यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ। चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 450 पटक पढिएको
  • सुनको मूल्य तोलामा दुई हजार रुपैँयाँले बढ्यो

    काठमाडौं— नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार २ लाख  १० हजार ४०० रुपैयाँ कायम भएको सुन आइतबार २ लाख १२ हजारमा विक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । २ हजार ४ सय ९० रुपैयाँ मूल्यमा कारोबार भएको चाँदी आज २ हजार ५ सयले कारोबार भइरहेको  महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 386 पटक पढिएको
  • बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा

    हेटौंडा— चेपाङ समूदायको पहिचानसँग जोडिएको छोनाम(नुवागी) पर्वको अवसरमा आज(आइतबार)बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिइएको छ । बागमती प्रदेश सरकारले चेपाङ समुदायको छोनामको अवसरमा प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गत बिहीबार एक सूचना जारी गर्दै आज आइतबार चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिइएको जनाएको छ ।बागमती प्रदेश मन्त्रिपरिषद्ले २०८१ चैत ९ गते प्रदेशको चेपाङबहुल जिल्ला मकवानपुर, चितवन र धादिङसहित तीन जिल्लामा प्रत्येक वर्ष भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरी प्रदेश राजपत्रमा प्रकाशित गरेको

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 334 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा