काठमाडौं – जेनजी आन्दोलनका क्रममा एमाले सांसद् तथा गायिका कोमल ओलीको दाङ स्थीत सञ्चालन रहेको होटलमा समेत आगजनी गरिएको छ । विहीबार सामाजिक सञ्जाल फेसबुकमा आगजनी भएको होटल र आफनो घरको फोटो सावर्जनिक गर्दै उनले मेरो होटलमा आगो लगाएर ४० जनाको रोजगारी खोस्नु जेन–जी क्रान्ति हो ? भन्दै प्रश्न गरेकी छन् ।उनले अगाडि भनेकी छन,‘जेन–जीको क्रान्ति र परिवर्तनको नाममा आएको युवाको उर्जामाथि गर्व गर्छु, तर सोही नाममा अरूले गरेको यो काम के साँच्चै आन्दोलनको हिस्सा हो ? के मेरो घर ध्वस्त पार्नु र होटलमा आगो लगाउनु जेन–जीको क्रान्ति हो ? ४० जना स्थानीयले पाएको रोजगारी खोस्नु परिवर्तनको मार्ग हो ? पानीको सेवा दिई
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक कम्पनीहरुलाई सीमित कर्मचारी परिचालन गरी अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।विहिबार राष्ट्र बैंकले इजाजतपत्र तथा अनुमतिपत्रप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थालाई निर्देशन जारी गर्दै संवेदनशिल प्रणाली सीमित कर्मचारीमार्फत सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सेवामा अवरोध नआओस् भन्ने उद्देश्यले निरन्तरता दिन आग्रह गरेको हो ।अन्य कम जोखिमयुक्त प्रणालीको हकमा भने रिमोट एक्सेस अर्थात घरबाटै सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले
काठमाडौं – नेपाली सेनाले निषेधाज्ञालाई केही खुकुलो गरेसँगै विहानको समयमा मानिसहरुको चहलपहल देख्न थालिएको छ । जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबारबाट आवश्यकताअनुसार आवतजावतमा छुट दिन थालेसँगै अत्यावश्यक सेवाका सवारी तथा संस्थाहरु सञ्चालन भएका छन् । जनजीवन सहज बनाउन दैनिक उपभोग्य वस्तु व्यवस्थापनका लागि २६ गतेको बिहान ६ बजेदेखि ९ बजेसम्म तथा साँझ ५ बजेदेखि ७ बजेसम्म खुल्ला रहने भएता पनि स–सानो समूहमा कार्य गर्न सेनाले आग्रह गरेको छ । सेनाले सहज वातावरण बनाउन थालेपछि आफ्नो पसल पनि सञ्चालन गरेको व्यवसायी मंगललाल श्रेष्ठले बताए । उनी काठमाडौं हनुमानस्थान नजिकै
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओमा उद्योग प्रभावित स्थानीयवासीको समेत उच्च आकर्षण देखिएको छ । स्थानीय तर्फ मागभन्दा बढी आवेदन परेको हुँदा कम्पनीको आईपीओ छोटो अवधिमा नै भदौ २५ गतेसम्म मात्र निष्कासन गरिएको हो ।कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ निष्कासन भई बाँडफाँट समेत सम्पन्न भइसकेको छ भने अब स्थानीयतर्फको बाँडफाँटपछि सर्वसाधारणका लागि आईपीओ खुल्नेछ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा जारी गरिएको यस आईपीओ अन्तर्गत कम्पनीले १ अर्ब ६३ करोड
काठमाडौँ । देश जलिरहेको हेर्दा,जताततै बाट आकाशमा फैलिएको धुवाँको कालो मुस्लो देख्दा र ती अबोध बच्चाहरुको मृत्युु र हत्याको विभत्स तस्बिर र दृश्यहरु देख्दा मेरो हृदय त्यो देश जलेको ताप भन्दा र त्यो दृश्यले देखाएको क्रूरताको पराकाष्ठा सम्झिदा एकहजार गुना बढी मेरो मुटु जलिरहेको थियो । सन्तापको अग्निको ज्वाला दन्किरहेको थियो। म अवाक, जिउँदो लाससरि भएर यो देशको नागरिक हुनुमा, जन्मिनुमा अनि हजारौं पटक मरेर केवल जिउनुपरेकोमा आफुलाई असाध्य निरीह, लाचार एवं सँधै आफ्नै माटो, बाटो र आगनमा असुरक्षित महसुस गर्दै, धिक्कार्दै केवल काल कुर्न विवश हुनुपरेको र यो भन्दा अरु कुनै विकल्प पनि नभएको महसुस गरिरहेको थ
काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै देशमा हालै उत्पन्न विषम परिस्थितिलाई सम्बोधन गर्न संवैधानिक समाधान र राष्ट्रिय मेलमिलापको लागि आह्वान गरेका छन् । भ्रष्टाचारविरुद्ध जेनजी युवा समूहले गरेको आन्दोलन र त्यसपछिका घटनाक्रमले देशमा राजनीतिक शून्यता सिर्जना गरेको भन्दै उनले तत्काल राष्ट्रिय सहमतिको सरकार गठन गर्न, संविधान संशोधन गर्न र पार्टी नेतृत्वले राजीनामा दिई ६ महिना भित्र पार्टीको महाधिवेशन गर्न माग गरेका छन् ।भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा युवाहरूको निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै पौडेलले एक विज्ञप्त
काठमाडौं – जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार निषेधाज्ञा र कफ्र्यु आदेशलाई आंशिक रूपमा खुकुलो बनाउने भएको छ । बुधबार एक वज्ञप्ति जारी गर्दै निर्देशनालयले काठमाडौं उपत्यकाको हालको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै आवश्यकताअनुसार आवतजावतमा छुट दिन लागिएको बताएको छ । विज्ञप्तिमा काठमाडौं, ललितपुर र भक्तपुरमा नागरिकको सुरक्षा सुनिश्चित गर्न जारी आदेशलाई निरन्तरता दिँदै आंशिक रूपमा खुकुलो बनाउने उल्लेख गरिएको छ । आज बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म मात्र अत्यावश्यक कार्यका लागि आवतजावत गर्न पाइनेछ । तर, बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेध
काठमाडौं – त्रिभुवन विश्वविद्यालयले आगामी कात्तिक १० गते सम्म पठनपाठन बन्द हुने जनाएको छ । बुधबार त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय तथा जनसमम्पर्क महाशाखाले सूचना जारी गर्दै आगामी कात्तिक ११ गतेदेखि मात्रै नियमित पठनपाठन सञ्चालन हुने जानकारी गराएको हो । मुलुकमा विद्यमान असामान्य परिस्थितिको कारण यस्तो निर्णय गरिएको त्रिविले जनाएको छ । सूचनामा आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरि यही भदौ २९, ३० र ३१, आगामी असोज १, २ र ५ का साथै आगामी कात्तिक ९ गतेका हुने भनिएको त्रिविको सम्पूर्ण पठनपाठन बन्द गर्ने निणय गरिएको उल्लेख गरिएको छ ।
काठमाडौं – आज जेनजी समूह र नेपाली सेनाबिच वार्ता हुने भएको छ । बुधबार साँझ जंगी अड्डामै जेनजीबिच विवाद भएपछि हिजो भनिएको वार्ता आज हुन लागेको हो । हालसम्म जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा औपचारिक छलफल हुन सकेको छैन । विवादहुँदा नेपाली सेनाले आन्तरिक सहमति कायम गरेर वार्तामा आउन आग्रह गरेको थियो । जेनजीहरुले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि सारेका छन् भने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि कार्कीलाई समर्थन गरेको बताएका छन् । यस्तै, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ बुधबार साँझ काठमाडौं आएका छन् । हिजो साँझ प्रध
रामेछाप – रामेछापस्थित रामेछाप कारागारमा गोली चल्दा २ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । बिहीबार बिहान कारागारबाट कैदीबन्दिहरु भाग्न प्रयास गरेपछि स्थिती नियन्त्रण लिन गोली प्रहार गरिएको हो । कारागार तनावग्रस्त भएपछि फायरिङको क्रममा २ जना कैदीको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल रामेछाप लगिएको छ । हाल कारागारमा ३३४ जना कैदीबन्दिहरु छन् । कारागारलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ भने घटनाको थप विवरण आउन बाँकी छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.