समाचार

    Showing 3,671-3,680 of 23,434 items.
  • प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

    काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री प्रकाश रसाइली स्नेहीलाई मात्रै उम्मेदवार बनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट डडेल्धुरामा चक्र स्नेहीलाई र बर्दिया–२ बाट बाट विमला विकलाई उम्मेदवार बनाइएको छ । नेपाली कम्युनिष्ट पार्टीले स्याङ्जा–२ बाट पदम विश्वकर्मा र कञ्चनपुर–३ बाट मानबहादुर सुनारलाई मात्रै टिकट दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाँके–३ बाट खगेन्द्र सुनारलाई उम्मेदवार बनाएको छ । दलित आन्दोलनका अगुवा तथा पूर्वराजदूत पदम सुन्दासले मुख्य ठूला राज

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 234 पटक पढिएको
  • दक्षिण लेबनानमा इजरायली हवाई हमला, आठ पत्रकारसहित १९ घाइते

    काठमाडौं— लेबनानको जनस्वास्थ्य मन्त्रालयका अनुसार बुधबार दक्षिण लेबनानमा भएको इजरायली हवाई हमलामा आठ पत्रकारसहित १९ जना घाइते भएका छन्।लेबनानको इजरायली सेनाले दिउँसो निष्कासनको चेतावनी जारी गरेपछि केनारितसहित विभिन्न शहर र गाउँहरूमा आक्रमण गरिएको थियो, जहाँ सातभन्दा बढी भवनमा भीषण बमबारी भयो।आक्रमणको स्थलगत रिपोर्टिङका क्रममा आठ पत्रकार घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार घाइतेमध्ये दुई जनालाई आईसीयूमा भर्ना गरिएको छ भने बाँकीको अस्पताल र आकस्मिक कक्षमा उपचार भइरहेको छ। इजरायली सेनाले घटनाबारे हालसम्म कुनै आधिकारिक टिप्पणी गरेको छैन।

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 444 पटक पढिएको
  • सवारी दुर्घटनामा एकजनाको मृत्यु

    इलाम— इलामको देउमाईमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जितपुरबाट मङ्गलबारेतर्फ गइरहेको अटो  देउमाई नगरपालिका–३  पानीटार चियाबारी नजिक बिहीबार बिहान दुर्घटना भएको हो। देउमाई नगरपालिका–५ धुसेनीका १८ वर्षीय युनिश लुइँटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीले जानकारी दिए। गम्भीर घाइते भएका निजको अस्पताल लग्ने क्रममा बाटामा मृत्यु भएको हो।   

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 470 पटक पढिएको
  • ग्रीनल्यान्ड विवादमा ट्रम्पको युटर्न, युरोपमाथि लगाउने भनिएको ट्यारिफ स्थगित

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डका विषयमा केही युरोपेली मुलुकमाथि लगाउने भनिएको भन्सार (ट्यारिफ) योजना तत्कालका लागि स्थगित गर्ने घोषणा गरेका छन् ।फेब्रुअरी १ देखि लागू गर्ने चेतावनी दिइएको ट्यारिफ अब नलगाइने उनले बताएका हुन् । नाटोका महासचिव मार्क रुट्टेसँग भएको ‘अत्यन्तै फलदायी’ भेटपछि ट्रम्पले यो निर्णय लिएका हुन् । भेटका क्रममा ग्रीनल्यान्ड तथा समग्र आर्कटिक क्षेत्रलाई लिएर भावी सम्झौताका लागि प्रारम्भिक रूपरेखा तय भएको ट्रम्पले दाबी गरेका छन् ।ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘टुथ सोसल’ मा लेख्दै उक्त सहमति अमेरिका र सबै नाटो सदस्य राष्ट्रका लागि लाभदायक हुने उल्लेख

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 433 पटक पढिएको
  • सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

    काठमाडौं— संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने भएको छ ।बैठक बिहिबार बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हल सिंहदरबारमा बस्नेछ ।समितिको बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१/०८२ माथि छलफल तथा विविध विषयहरू माथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 459 पटक पढिएको
  • नदी दायाँ–बायाँ थप २० मिटरमा निर्माण रोक्ने निर्णय खारेज

    काठमाडौं— काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रभित्र रहेका नदी तथा खोलाको दायाँ–बायाँ निजी जग्गामा भवन निर्माण अनुमति रोक्का नरहेको स्पष्ट गरेको छ।महानगरपालिकाले जारी गरेको सार्वजनिक सूचनाअनुसार, काठमाडौं महानगरपालिका समेत विपक्षी रहेको ०६७–०–१००२ नम्बरको उत्प्रेषणसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दिएको पछिल्लो आदेशका आधारमा नदी किनारामा थप २० मिटर क्षेत्रलाई लिएर गरिएको रोक्का अब लागू नहुने जनाएको हो।यसअघि संवत् २०५१ साल साउन २४ गतेको प्रमुखस्तरीय निर्णयअनुसार, मिति २०६५/०८/०१ मा मन्त्रिपरिषद्बाट निर्धारित मापदण्डभन्दा अतिरिक्त थप २० मिटर क्षेत्रभित्र भवन निर्माण अनुमति नदिने तथा निर्

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 470 पटक पढिएको
  • आज ओली दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने

    झापा— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नं ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटघाट गर्दै छन् ।जिल्ला पार्टी सचिव तुलसी कार्कीका अनुसार गौरादह नगरपालिका ५ स्कूलचौनको नमुना कृषि खेतीको सभाहलमा कार्यकर्ताहरुसँग भेटघाटको कार्यक्रम तय गरिएको छ ।अध्यक्ष ओलीले गौरादह नगरपालिकाका ८ वटा र गौरीगञ्जका ६ वटा वडाका वडा कमिटीसँग अलग अलग भेटघाट गर्ने कार्यक्रम रहेको कार्कीले जानकारी दिए।वडाका पदाधिकारी तथा सदस्यहरुले मतदाताको मनस्थिती, विकासको अवस्था र पार्टी कामका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराउने छन् ।कार्यकर्ताको गुनासो, पार्टीको नीति, देशको आवश्यकता र झापा ५ का लागि आफूले

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 437 पटक पढिएको
  • नेपाल डेरी एशोसिएसनको महाधिवेशनबाट नयाँ टिम निर्वाचित

    पनौती— नेपाल डेरी एशोसिएसनको २७ औँ वार्षिक साधारण सभा एवं स्थापना दिवस तथा ९ औँ राष्ट्रिय महाधिवेशन पनौतीमा सम्पन्न भएको छ ।रैथाने भिल्लामा आयोजित सभाले नयाँ समिति सर्वसम्वत निर्वाचित गरेको छ । बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसुदन पौडेलको प्रमुख आतिथ्यता तथा अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो भने सहयोगिहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको अर्थतन्त्रको प्रमुख श्रोत पशुपालन र कृषि भएकाले नेपाल सरकारले निर्धारण गरेका नीतिहरुलाई प्रदेश सरकारले समेत थप व्यवस्थित

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 428 पटक पढिएको
  • माधव नेपालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दर्ता

    रौतहट— पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै रौतहट क्षेत्र नं. १ मा उजुरी दर्ता भएको छ । सोही निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राम नरेश यादवले निर्वाचन अधिकृतको कार्यालय गौरमा नेपालविरुद्ध उजुरी दिएका हुन् ।उम्मेदवार यादवले दर्ता गराएको उजुरीमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेको दाबी गरिएको छ । पतञ्जलि योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा नेपालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा चलिरहेको र उनी निलम्बित अवस्थामा रहेको जिकिर उजुरीमा गरिएको छ ।प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 408 पटक पढिएको
  • पूर्वराजा ज्ञानेन्द्र र पूर्व रानी कोमल जनकपुर जाँदै

    काठमाडौं— पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह जनकपुर जाने भएका छन् । संम्बाद सचिवालयका फणिराज पाठकले बुधबार जारी गरेको सूचनामा पूर्वराजा र पूर्वरानी जनकपुरधाम जाने जानकारी गराइएको छ ।‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मी देवी शाह यही माघ १२ गते जनकपुरधाम सवारी होईबक्सी जानकी मन्दिर दर्शन गरिबक्सने कार्यक्रम रहेको छ’, सचिवालयले जारी गरेको सन्देशमा भनिएको छ ।यसअघि गत आईतबार सम्पन्न राप्रपा धनुषाको पार्टी कार्यसमितिको बैठकले पूर्व राजा शाहको स्वागत तथा व्यवस्थापनका लागि विभिन्न निर्णयहरु गरेको थियो ।बैठकको निर्णयअनुसार पार्टीको सुशा

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 425 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.