समाचार

    Showing 3,621-3,630 of 26,789 items.
  • सुर्खेतमा सुकुम्बासीको प्रदर्शन

    सुर्खेत— कर्णालीका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू सरकारको सुकुम्बासी हटाउने निर्णयविरुद्ध सडकमा उत्रिएका छन् । राष्ट्रिय भूमी अधिकार मञ्चको आयोजनामा जिल्लाका विभिन्न स्थानमा बसोबास गरिरहेका सुकुम्बासीहरु सडकमा उत्रिएका हुन् । वीरेन्द्रनगरको मंगलगढीचोकमा बाक्लो संख्यामा सुकुम्बासीहरु उपस्थित भएका छन् ।‘उठिबास होइन पुर्जा देऊ, पायौं सरकार खोजेको– पाएनौं न्याय सोचेको, विकल्पविना कसैको बास खोसी दिँदा तपाईं कति खुशी हुनुभया रु’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका भूमीहीन तथा सुकुम्बासीहरुले वीरेन्द्रनगर बजार परिक्रमापछि सभा आयोजना गर्ने बताएका छन् ।

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 445 पटक पढिएको
  • कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि हुन्ः राष्ट्रपति

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि भएको बताएका छन् । नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०८३ लाई सम्बोधन गर्दै उनले हामी सबैलाई एउटै सूत्रमा बाँध्ने तत्व कला, साहित्य र संगीत भएको बताएका हुन् । कला, साहित्य र संगीतले समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्याउने पनि राष्ट्रपति पौडेलको भनाई थियो ।राष्ट्रपति पौडेलले संगीतको शक्ति अपरम्पार रहेको भन्दै यो साझा भाषा, सम्पत्ति र राष्ट्रिय पहिचानको आधार पनि भएको बताए । उनले भने, ‘बहुजाति, बहुभाषा, बहुसंस्कृति र अनुपम भौगोलिक विविधता रहेको हाम्रो देशमा साहित्य, कला, गी

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 464 पटक पढिएको
  • आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया सुरु, विज्ञ समितिबाट छनोट हुने

    काठमाडौं— सरकारले देशका आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि लागू गर्दै आवेदन आह्वान गरेको छ । नियुक्ति प्रक्रियालाई पारदर्शी, योग्यता आधारित र निष्पक्ष बनाउन विज्ञ समितिमार्फत प्रारम्भिक छनोट गर्ने व्यवस्था गरिएको छ ।सरकारले स्वीकृत गरेको ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार अब उपकुलपति नियुक्ति खुला प्रतिस्पर्धा, विज्ञ मूल्याङ्कन र सार्वजनिक सुझावका आधारमा अघि बढाइनेछ ।कार्यविधिअनुसार प्रधानमन्त्रीद्वारा गठन गरिने सिफारिस समितिले आवश्यक परे विज्ञहरूको उपसमिति गठन गर्नेछ । उक्त उपसमितिले प्राप्त आवेदनहरूको शैक्षिक योग्

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 423 पटक पढिएको
  • निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत

    धनगढी— निर्माण व्यवसायी संघ, कैलालीको अध्यक्षमा दीर्घराज जोशी र केही पदाधिकारी सर्वसम्मत चयन हुँदा महासचिव र खुल्ला सदस्य पदका लागि निर्वाचन भएको छ ।महासचिव पदमा दीर्घराज जोशी प्यानलका अमर बहादुर खड्का र स्वतन्त्र उम्मेदवार किरण रावलबिच प्रतिस्पर्धा हुँदैछ ।यस्तै खुला सदस्य पदका लागि विनोद विष्ट, शिवराज सापकोटा, टेकराज जोशी, चक्रबहादुर मल्ल, टेकबहादुर खड्का, रुद्रप्रसाद पन्त र भोजराज रेग्मीबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । अध्यक्षा सर्वसम्मत चयन भएका जोशीले व्यवसायीहरूको हकमा काम गर्ने बताएका छन् ।

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 438 पटक पढिएको
  • खाँडादेवी गाउँपालिकाको नगर अस्पतालको निर्माण अलपत्र

    रामेछाप— खाँडादेवी गाउँपालिकामा चार वर्ष अघि नै सञ्चालनमा आउनुपर्ने पाँच शैय्याको पालिकास्तरको अस्पतालको निर्माण कार्य अझै अलपत्र परेको छ ।खाँडादेवी गाउँपालिका–५ को गोगनपानीमा निर्माणाधीन गाउँपालिकाको अस्पतालको भवनको निर्माण पाँच वर्षदेखि अलपत्र परेको छ । अस्पताल भवन निर्माण सम्पन्न गरी पाँच शैय्याको अस्पताल सञ्चालनमा ल्याउने भनिएको भए पनि निर्माण व्यवसायीको लापरबाहीको कारण अस्पताल भवन अलपत्र अवस्थामा रहेको छ ।भवनको सबै काम पूरा गरी १५ शैय्याको अस्पताल सञ्चालन गर्न योजना राखिएकोमा भवन निर्माण कार्य पहिलो तल्लामा अड्किएको छ । पहिलो तल्लाको भवमा समेत पाँच वर्षसम्म फिनिसिङको काम सकिएको छैन ।अस्पत

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 439 पटक पढिएको
  • सुदन किरातीसहित १५ जना श्रम संस्कृति पार्टीमा प्रवेश गर्दै

    काठमाडौं— पूर्वमाओवादी नेता सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्दैछन् ।किराती आज श्रम संस्कृतिमा प्रवेश गर्न लागेका हुन् । किरातीले श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउने भएका हुन् ।किराती सहित १५ जना श्रम संस्कृति पार्टीमा प्रवेश गर्न लागेको पार्टीका प्रवक्ता सत्य घले गुरुङले जानकारी दिए । बागबजारको हार्दिक होटलमा आज दिउँसो ३ बजे एकता घोषणा कार्यक्रम गर्न लागेको उनले बताए ।किराती पूर्वपर्यटनमन्त्री हुन् । जेनजी आन्दोलनपछि प्रचण्ड, माधव नेपालसहितका नेताहरुले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछि त्यसमा असहमत हुँदै उनी प्रगतिशील लोकता

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 432 पटक पढिएको
  • धनगढीमा मेयर महालले पारिश्रमिकमा ५ लाख थपेरे सामाजिक सेवमा खर्च गर्ने

    कैलाली— धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालले मेयर भएपछि प्राप्त हुने सेवा सुविधा शिक्षा तथा अन्य सामाजिक क्षेत्रमा खर्च गर्ने भएका छन् ।शुक्रबार पत्रकार सम्मेलन गर्दै मेयर हमालले ५बर्षमा प्राप्त हुने पारिश्रमिकमा ५ लाख थपेर ४४ लाख रुपैंया विपन्न तथा जेहन्दार विद्यार्थीको पढाइमा खर्च गर्ने बताएका हुन् ।हमालले पाँच आर्थिक वर्षमा ३८ लाख ८२ हजार आठ सय ७३ रुपैयाँ सेवा सुविधाबाट प्राप्त गरेको र बाँकी रकम आफ्नो व्यक्तिगत थप गरेर ४४ लाख पुगाउने बताएका छन् ।हमालले सार्वजनिक शिक्षाको विकास तथा विपन्न वर्गको शिक्षामा पहुँच स्थापना, गौ संरक्षण तथा व्यवस्थापन र सामाजिक विकासका क्षेत्रहरूमा सेवा सुविधा

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 476 पटक पढिएको
  • सरकारको प्राथमिकता अनुसार योजना बनाउनहोसः मुख्यमन्त्री कँडेल

    सुर्खेत— कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको आवश्यकता र सरकारको योजनामा सहयोग पुग्नेगरी कार्यक्रम बनाउन बिकास साझेदारलाई आग्रह गरेका छन् ।प्रदेश सरकार आगामी आर्थिक बर्षको बजेट निर्माणमा जुटिरहेका बेला मुख्यमन्त्री कँडेलले सरकारको प्राथमिकता अनुसार परियोजना सञ्चालन गर्न आग्रह गरेका हुन् ।बिकास साझेदारसंगको समन्वय बैठकमा मुख्यमन्त्री कँडेलले कर्णालीको गरिबी, अशिक्षा, बेरोजगारी, अभावलगायतका क्षेत्रमा काम गर्न सुझाव दिए ।कर्णालीको अवस्थामा सुधार ल्याउनेगरी सरकारले निर्धारण गरेको प्राथमिकता अनुसार प्रतिफल दिने गरी परियोजना सञ्चालन गर्न मुख्यमन्त्रीले आग्रह गरे ।‘परियोजनामा दोहोरप

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 405 पटक पढिएको
  • सर्लाहीमा सुनचाँदीका गरगहना चोरेको आरोपमा बालकसहित पाँच जना पक्राउ

    सर्लाही— सर्लाही प्रहरीले मलंगवा नगरपालिका–८ हनुमान टोलस्थित एक घरबाट सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा तीन बालकसहित पाँच जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत सोमबार राति करिब २ः५२ बजे राजीव शर्माको घरबाट विभिन्न सुनचाँदीका गरगहना तथा अन्य सामान चोरी भएको सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।घटनास्थलको सूक्ष्म अनुसन्धान तथा विभिन्न प्रविधिको प्रयोगबाट चोरीमा संलग्न रहेको आशंकामा तीन बालकको पहिचान भएपछि प्रहरीले उनीहरूलाई वैशाख २२ गते नियन्त्रणमा लिएको जनाएको छ ।पक्राउ परेका बालकहरू १४, १५ र ११ वर्षका रहेका छन् । यसैगरी, घटनामा संलग्न रहेको आरोप

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 496 पटक पढिएको
  • रास्वपाले विपद् व्यवस्थापन सम्बन्धी ‘राष्ट्रिय नीति मन्थन’ कार्यक्रम आयोजना गर्दै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपालको विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनका विषयमा ‘राष्ट्रिय नीति मन्थन’ कार्यक्रम आयोजना गर्ने भएको छ ।पार्टीको ‘पार्टी संसद-सरकार समन्वय समिति’ले नेपालको विपद जोखिम न्यूनीकरण तथा विपद व्यवस्थापनका विषयमा राष्ट्रिय नीति मन्थन कार्यक्रम आयोजना गर्न लागेको पार्टीले जनाएको छ ।पार्टीको ‘पार्टी-सांसद-सरकार समन्वय समिति’को आयोजनामा यो विशेष अन्तरक्रिया कार्यक्रम हुन लागेको हो। मुलुकमा विपद्को जोखिम बढ्दै गएको सन्दर्भमा प्रभावकारी नीति निर्माण र व्यवस्थापनका उपायहरूबारे छलफल गर्न यो कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ।आगामी वैशाख २७ गते आइ

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 429 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.