समाचार

    Showing 3,611-3,620 of 19,117 items.
  • नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथग्रहणलगत्तै प्रतिनिधि सभा विघटन

    काठमाडौं— नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेकी छन् । शुक्रबार प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै प्रतिनिधि सभा विघटनको सिफारिस गरेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको सिफारिसबमोजिम भदौ २७ गते शक्रबार राति ११ बजेदेखि लागु हुने गरी वर्तमान प्रतिनिधि सभा विघटन गरेका छन् । राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजङ्ग थापामगरका अनुसार राष्ट्रपति पौडेलले २०८२ फागुन २१ गते बिहीबार प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति तोकेका छन् । जेनजी अभियानको भदौ २३ र २४ गतेको आन्दोलनले नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) को गठबन्धन

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 497 पटक पढिएको
  • आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुने

     काठमाडौं— प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुने भएको छ।नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेल प्रतिनिधिसभा विघटनको निर्णयसँगै निर्वाचनको मिति तोकेका हुन्। शुक्रबार राति प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी थिइन्।कार्कीले गरेको विघटनको सिफारिस र निर्वाचनको मिति राष्ट्रपति पौडेलले सदर गरेका हुन्। गत सोमबार र मंगलबार युवा पुस्ता जेनजीको आन्दोलनको बलमा कार्की प्रधानमन्त्री नियुक्त भएकी हुन्। 

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 555 पटक पढिएको
  • नेपालको प्रथम महिला प्रधानमन्त्रीका रूपमा कार्की नियुक्त

     काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएकामा यसपाली भने धारा ६१ अनुसार नियुक्त गरिएको हो।(जेन–जी) आन्दोलनका बलमा उनलाई नियुक्त गरिएको हो। संविधानको धारा ६१- १ र २ मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने व्यवस्थाका साथै राष्ट्रपतिले संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्ने व्यवस्था छ।राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्नेछ अनि संविधानको पालन र संरक्षण गर्ने व्यवस्था पनि सोही धारामा छ

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 717 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी र बागमती प्रदेशका पहाडका थोरै स्थानहरूमा साथै गण्डकी र कर्णाली प्रदेशको केहि स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर साधरणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही तथा तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडको केहि स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।राति देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाड र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशलगायत बाग

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 334 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३० पैसा र बिक्रीदर १६६ ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८६ पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०७ पैसा , क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०२ रुपैयाँ २९ पैस

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 290 पटक पढिएको
  • आज २०८२ साल भदौँ २८ गते शनिबारको राशिफल

    मेष पारिवारिक मेलमिलापका क्षण सुदृढ हुनेछन्। आय–आर्जन सामान्य रहे पनि अध्ययन–शिक्षामा उल्लेखनीय प्रगति सम्भावित छ। वृष आत्मविश्वास उच्च रहनेछ। अवरुद्ध कामहरू पूरा हुनेछन्। प्रतिस्पर्धात्मक क्षेत्रमा सफल परिणाम प्राप्त हुने सम्भावना बलियो छ।मिथुन स्वास्थ्यमा कमजोरी आउन सक्छ। खर्च बढ्ने देखिन्छ। अनावश्यक विवाद र तनावबाट सचेत रहनु आवश्यक छ।कर्कट आय–आर्जन वृद्धि हुनेछ। रोकिएको धन प्राप्त हुने सम्भावना छ। स्वास्थ्य पक्ष बलियो रहनेछ।सिंह अवरुद्ध कामहरू अघि बढ्नेछन्। आर्थिक लाभ प्राप्त हुनेछ। मानसिक तनाव कम भई आत्मविश्वासमा वृद्धि हुनेछ। कन्या सामाजिक तथा धार्म

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 423 पटक पढिएको
  • सुशीला कार्कीकाे मन्त्रिपरिषदमा ओेमप्रकाश अर्याल कानूनमन्त्री, कुलमान र सुधन पनि मन्त्री बन्दै

    काठमाण्डौ  ।  कानूनमन्त्रीमा ओमप्रकाश लगभग निश्चित, कुलमान र सुधन पनि मन्त्रीका दावेदार सुशीला कार्कीकाे मन्त्रिपरिषदमा अधिवक्ता ओेमप्रकाश अर्याल कानूनमन्त्री बन्ने लगभग निश्चित देखिएकाे छ । उनी काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र साहका सल्लाहकार हुन् ।अर्याल पछिल्लाे पटक प्रधानसेनापति र राष्ट्रपतिसँगकाे वार्तामा समेत संलग्न थिए । शपथपछि शितल निवासमै बस्ने मन्त्रिपरिषदले संसद विघटनका लागि सिफारिस गर्नेछ।यस्तै विद्युत प्राधिकरणका पुर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र जेनजी प्रतिनिधि सुधन गुरूङकाे नाम पनि भावि मन्त्रीकाे रूपमा चर्चामा छ । 

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 166 पटक पढिएको
  • देश र संविधानको रक्षा गर्न माग गर्दै शान्तिपूर्ण मौन प्रदर्शन

    बाजुरा— देश र संविधानको रक्षा गर्न माग गर्दै बाजुरामा शान्तिपूर्ण मौन प्रदर्शन गरिएको छ ।नेपाल पत्रकार महासंघ बाजुरा र नेपाल बार एसोसियसन बाजुराको संयुक्त आयोजनामा सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा देश बचाउन र संविधानको रक्षा गर्न माग गर्दै शान्तिपूर्ण मौन प्रदर्शनी गरिएको हो । “देश बचाऔं,संविधानको रक्षा गरौं” भन्दै हातमा प्लेकार्ड र नेपालको संविधान २०७२ को पुस्तक बोकेर शान्तिपूर्ण मौन प्रर्दशनी गरेका हुन् ।  उनीहरुले अहिलेको विषम परिस्थितिमा देशलाई जोगाउन तथा संविधानको रक्षामा उभिन आह्वान गर्दै मौन प्रदर्शनी गरेका हुन्। यहीँ भदौ २३ र २४ गते संघिय राजधानी काठमाडौं लगायत देशक

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 445 पटक पढिएको
  • शीतल निवासमा सहमति जुटेसंगै सुशीला कार्की अन्तरिम सरकार प्रमुख बन्ने

    काठमाडौं— पछिल्लो समय जेनजी आन्दोलनले राजनीतिक उथलपुथलसँगै आज शीतल निवासमा सम्पन्न उच्चस्तरीय वार्ताबाट महत्वपूर्ण सहमति जुटेको छ। प्रतिनिधिसभा विघटनको निर्णयसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति भएको हो।वार्तामा राष्ट्रपति, जेनजी समूहका प्रतिनिधिहरू, कानुनविद्हरू तथा सुशीला कार्की स्वयंको उपस्थिति रहेको श्रोतले जनाएको छ । वार्तापछि अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिँदै भने, 'आज राति ८:४५ बजे कार्कीलाई अन्तरिम सरकार प्रमुखको रूपमा शपथ गराइने तयारी भइरहेको छ।'यो सहमतिलाई राजनीतिक संक्रमणकालीन अवस्थाबाट देशलाई निकास दिनेतर्फको प्रयासका रूपमा हेरिएको छ।

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 1,143 पटक पढिएको
  • प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार प्रमुख सुशीला कार्की

    काठमाण्डौ  ।  राष्ट्रपति रामचन्द्र पौडेल र जेन-जी युवाहरूबाट प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश कार्कीबीच कसको सिफारिसमा संसद भंग गर्ने भन्नेबारे कुरा मिल्न नसकेपछि प्रधानमन्त्री नियुक्तिमा विलम्ब भइरहेको थियो।राष्ट्रपति पौडेलले कार्कीलाई 'म तपाईंलाई प्रधानमन्त्री नियुक्त गर्छु' र प्रधानमन्त्री भएपछि पहिलो मन्त्रिपरिषद बैठकबाटै संसद विघटन र निर्वाचन मिति निर्णय गरी ल्याउनू भनेका थिए। तर आन्दोलनरत जेन-जीका प्रतिनिधिहरू संसद विघटन गरेर मात्र अन्तरिम सरकार गठन हुने मागमा अडिग रहे। त्यही आधारमा वार्ता लम्बिँदै गएको थियो। अन्तत: राति जेन-जीकै मागअनुरूप संसद विघटन गरेर कार्कील

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 113 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा