समाचार

    Showing 3,581-3,590 of 19,108 items.
  • प्रतिनिधि सभा विघटनको विपक्षमा उभिए आठ पार्टी

    काठमाडौं— भदौ २७ गते राति वर्तमान प्रतिनिधि सभा विघटन गरिएको भनि राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिप्रति आठवटा राजनीतिक दलहरुले गम्भीर ध्यानाकर्षण र असहमति प्रकट गरेका छन् । शनिबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले असहमति रहेको जनाएको हो । विज्ञप्तिमा आठ पार्टीका प्रमुख सचेतक र एक पार्टीका अध्यक्षले हस्ताक्षर गरेका छन् । उनीहरुले प्रतिनिधि सभा

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 471 पटक पढिएको
  • जेनजी आन्दोलनका नाममा विध्वंश, २० माओवादी नेताको घर क्षतिग्रस्त

    काठमाडौं । जेनजी प्रदर्शनमा माओवादीका २० जना नेताका घरमा आगजनीसहित लुटपाट भएको तथ्यांक निकालिएको छ । माओवादी केन्द्रले सार्वजनिक गरेको विवरण अनुसार भदौ २४ गते जेनजीहरुले गरेको प्रदर्शनमा २० जना माओवादी नेताको घर र पार्टी कार्यालयमा आगजनीसाथै लुटपाट भएको जनाइएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयपनि क्षतिग्रस्त छ ।जसमध्य अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त भएको छ ।वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त पारिएको छ भने उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट भएको छ ।

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 163 पटक पढिएको
  • पहिलो गोली खाने जेनजी विमलको परिवारको माग : सहिद घोषणा गरियोस

     काठमाडौं । गोरखा जिल्ला, बारपाक सुलिकोट ५ घर भई हाल काठमाडौंमा बस्दै आएका २२ वर्षिय बिमलबाबु भट्ट संसद भवन अगाडिको आन्दोलनमा प्रहरीको गोली लाग्ने पहिलो जेनजी आन्दोलनकारी हुन् । उनी देश परिवर्तन गर्न भनेर आन्दोलनमा गएका थिए । आन्दोलन सफल भयो तर उनी फर्किएनन् । उनी कहिल्यै घर फर्किदैँन् भन्ने परिवारले कल्पना समेत गरेको थिएन् । बिमललाई गोली लागेको कुरा लामो समयसम्म पनि परिवारलाई पत्तो नै भएन् । एउटा टिकटक भिडियोमा आफ्नो दाईलाई गोली लागेर अस्पताल लगिएको छ बहिनीले पहिलो पटक पत्ता लगाएकी थिइन् ।नेपाल न्यूज बैंकसँगको कुराकानीमा बहिनीले भनिन्, ‘दाईलाई गोली लागेको थाहा पनि थिएन् । एक जना दिद

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 181 पटक पढिएको
  • नदीमा डुबेको अवस्थामा दुई जनाको शव फेला

    रौतहट— जितिया पर्वको (नहायखाय)का लागि व्रतालुसंगै नदीमा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ । गौर नगरपालिका–६ सवगढका ब्रतालुहरुसंगै लालबकैया नदीमा नुहाउन गएकी बालिकाको शनिबार बिहान डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।गौर नगरपालिका–६ बैजु साहको १० बर्षीया छोरी करिश्मा साह आमासंगै नुहाउने क्रममा शनिबार विहान डुबेर वेपत्ता भएको खवरपाएपछि नेपाली सेना, सशस्त्र प्रहरी ,नेपाल प्रहरी तथा स्थानीयले खोजी गरेका हुन् । शनिबार बिहानदेखि खोजी गरेपनि दिउँसो बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीले जानकारी दिए ।जितिया पर्वको (नहायखाय) अर्थात पवित्

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 483 पटक पढिएको
  • मुगुको बिपी चोकमा ५१ जना जेनजीहरुको सम्झना

    मुगु— जेनजी पुस्ताका युवाहरुले गरेको आन्दोलनका क्रममा ज्यान गुमाएका ५१ जना युवाहरूको सम्झनामा सदरमुकाम गमगढीमा रहेको बिपी चोकमा श्रद्धान्जली सभा गरिएको छ । सभापछि जेनजी युवाहरूले सफलता हाँसिल गरी अन्तरिम सरकार निर्माण भएपछि स्मृतिमा सभा आयोजना गरिएको हो । सभामा आन्दोलनले अघि सारेको म्यान्डेट अनुसार काम गर्न स्थानीय नागरिक समाजका अगुवा रुप बहादुर मल्लले आग्रह गरेका छन् । अगुवा मल्ल अनुसार मुगुमा प्रदेश, संघ र स्थानीय तहबाट सन्चालन भएका योजनामा अनियमितता हुने गरेकाले जेनजीको ध्यान जान जरुरी रहेको बताए । 

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 443 पटक पढिएको
  • कैदीबन्दीहरुलाई कारागार फिर्ता हुन र हातहतियार फिर्ता गर्न आयोगको आग्रह

    काठमाडौं— राष्ट्रिय मानव अधिकार आयोगले आन्दोलनको क्रममा कारागारबाट भागेका कैदीबन्दीहरुहरुलाई कारागार फिर्ता हुन साथै प्रहरीका हतियार र पोशाकहरु नियन्त्रणमा लिएकाले उक्त हतियारहरु पूर्ण रुपमा फिर्ता गर्न आग्रह गरेको छ । शनिबार एक सूचना जारी गर्दै आयोगले कैदीबन्दीहरु कारागारबाट भाग्दा अपराध पीडितको अधिकार हनन हुने भएकाले कैदीबन्दीहरु कारागार प्रशासनको सम्पर्कमा आउन आग्रह गरेको हो । ‘प्रदर्शनको क्रममा कारागारबाट भागेका कैदीबन्दीहरुका कारण समाजमा त्रास र असुरक्षाको अवस्था सिर्जना भएको भनी आयोगमा जानकारीहरु प्राप्त भएका छन् । बालसुधारगृहमा रहेका व्यक्तिहरु समेत सुधारगृहबाट भागेका भनी जानक

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 472 पटक पढिएको
  • आन्दोलनका क्रममा चोरी भएको दुई ट्रक सामान प्रहरी नियन्त्रणमा

    हेटौंडा— भदौ महिनाको २४ गते हेटौंडामा भएको जेनजीको प्रदर्शनको क्रममा लुटपाट भएको सामग्री र संलग्नलाई पक्राउ गर्न मकवानपुर प्रहरीले सक्रियता देखाएको छ ।शनिबार बिहान हेटौंडा–४ कर्राबाट ठूलो संख्यामा लुटपाट गरिएको सामान सहित केही व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।नेपाल प्रहरीले हालै सार्वजनिक गरेको अपिलमा लुटपाटमा संलग्न व्यक्तिहरूलाई पहिचान गर्न र चोरी भएको सामान फिर्ता गर्न आग्रह गरेको थियो ।त्यसै अनुरूप स्थानीयवासीको सहयोगमा वडा प्रहरी कार्यालय हेटौंडा र सानोपोखराले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको हेटौंडा–१० स्थित कार्यालयबाट चोरी भएका सामग्रीहरू बरामद गरेका छन् । बरामद गरिए

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 473 पटक पढिएको
  • सीसी क्यामेरा जडानले अपराधिक घटनामा कमी

    बाजुरा— बाजुराको सदरमुकाम मार्तडी बजारमा सीसी क्यामेरा जडानपछि अपराधिक घटनामा कमी आएको छ । बजार क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न बडीमालिका नगरपालिकाले दुई महिना अघि सीसी क्यामरा जडान गरेको थियो ।सीसी क्यामरा जडान गर्नुपूर्व बजार क्षेत्रमा शान्ति सुरक्षामा असहज, चोरी डकैती जस्ता कार्य हुने ठाउँमा अहिले क्यामरा जडान पछि त्यस्ता घटनामा कमी आएको बडीमालिका नगरपालिकाका नगर प्रवक्ता धर्मराज पाध्यायले बताए ।उनका अनुसार, बजार क्षेत्रमा शान्ति सुरक्षा अहिले निकै नियमन भएको छ । रातीको समयमा हुने अपराधिक घटना, हुलदङ्गा लगायतका नकारात्मक कार्यमा विस्तारै सुधार हुँदै गएको प्रवक्ता पाध्यायले बताए ।&nb

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 460 पटक पढिएको
  • रौतहटमा निषेधाज्ञा र कफ्र्युलाई शनिबार पनि निरन्तरता

    रौतहट । रौतहटमा जेन–जी आन्दोलनको क्रममा उत्पन्न परिस्थिति क्रमशः सामान्यतर्फ फर्किएको छ ।तर सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार पनि निषेधाज्ञा र कफ्र्युलाई निरन्तरता दिएको छ ।स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को क र ख बमोजिम प्रमुख जिल्ला अधिकारी (सीडीओ) बिनोद कुमार खड्काले कफ्र्यू तथा निषेधाज्ञा आदेश जारी गरेका हुन् । स्थानीय प्रशासनले जारी गरेको आदेशमा शनिबार बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा लागू हुने र त्यसपछि शनिबार साँझ ७ बजे देखि आईतवार बिहान ६ बजेसम्म कफ्र्यु कायम रहने उल्लेख छ । निषेधाज्ञा र कफ्र्युको समयमा भेला, जुलुस, सभा, बैठक, प

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 183 पटक पढिएको
  • काठमाडौंमा कफ्र्यू तथा निषेधाज्ञा हट्यो, निषेधित क्षेत्र सम्बन्धी आदेश कायमै

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लामा लगाएको कफ्र्यू तथा निषेधाज्ञा हटाएको छ । शनिबार एक सूचना जारी गर्दै जिल्लामा लगाएको कफ्र्यू तथा निषेधाज्ञा हटाए पनि निषेधित क्षेत्र सम्बन्धी आदेश भने कायमै रहेको जानकारी दिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालले गत २६ गतेको प्रमुख जिल्ला अधिकारी छवि रिजालको आदेश कायमै रहेको जानकारी दिए ।  ‘यस जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणको आधारमा जिल्लामा लगाइएको कफ्र्यू तर, सुरक्षा तथा निषेधाज्ञा मिति २०८२/०५/२८ गते देखि हटाईएको छ,’ विज्ञप्तिका लेखिएको छ,‘ संवेदनशीलताको आधारमा मिति २०८२/०४/२६ ग

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 145 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा