काठमाडौं— नेपाल राष्ट्र बैंकले सुकिला नोट बाँड्न थालेको छ। नेपाल राष्ट्र बैंकले थापाथलीस्थित आफ्नो कार्यालयबाट सोमबारदेखि सुकिला नोट वितरण सुरु गरेको हो । बैंकका अनुसार जनही एक सेट सटही गर्न पाइने छन् । देशको अहिलेको स्थितिले गर्दा सुकिला नोट वितरणमा अहिले अलि न्यून सहभागिता रहेको देखिन्छ । दसैँमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।
पोखरा— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा कास्की जिल्लाका दुई वडा सभापतिलाई निलम्बन गरेको छ।गण्डकी प्रदेश रास्वपाका अनुशासन आयोग प्रमुख योगेन्द्र केसीद्वारा जारी विज्ञप्तिमा पोखरा महानगरपालिका–१० का वडा सभापति चन्द्रबहादुर थापा र मादी गाउँपालिका–६ का वडा सभापति भोजराज पौडेललाई तत्काल प्रभावबाट निलम्बन गरिएको उल्लेख छ।रास्वपाका अनुसार दुवै नेताले गरेको भनिएको गैरजिम्मेवार गतिविधि सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि अनुशासनको दृष्टिले निलम्बन गरिएको हो।पार्टीले थप छानबिनपछि आवश्यक निर्णय लिइने जनाएको छ।
काठमाडौं । गृह एंव कानूनमन्त्री ओमप्रकाश अर्यालले निष्पक्ष निर्वाचनको लागि काम गर्ने मूल कार्यभार लिएर सरकार गठन भएको बताएका छन् । सोमबार सपथ ग्रहणपछि उनले तत्कालको अवस्थालाई सामान्यकरण गर्न प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्मा स्वतन्त्र पृष्ठभूमि रहेका सदस्यहरु राखेको भन्दै सबैको मूल कार्यभार निष्पक्ष निर्वाचन नै रहेको बताए । उनले भने, ‘प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्मा पनि स्वतन्त्र पृष्ठभूमि रहेका सदस्यहरु रहेर निष्पक्ष निर्वाचनको लागि काम गर्नुपर्ने मूल कार्यभार छ । यहीसँग सम्बन्धित रहेर सरकार गठन भएको हो । तत्कालको अवस्थालाई हेर्दा स्थिति सामान्यकरण गर्नुपर्
काठमाण्डौ । राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का प्रमुख हुतराज थापा भदौ २८ गतेदेखि अनिवार्य अवकाशमा गइसकेका छन्। २०७९ भदौ २८ मा विभाग प्रमुख बनेका थापाले ३ वर्षे कार्यकाल पूरा गरी अवकाश लिएका हुन्।थापाले २०५३ सालमा अनुसन्धान अधिकृतबाट सेवामा प्रवेश गरेका थिए। आफ्नै ब्याचका ओमप्रकाश जोशीलाई पछि पार्दै उनले विभागको नेतृत्व सम्हालेका थिए। अहिले भने जोशी विभाग प्रमुखका दावेदार बनेका छन्। हाल उनी प्रशासन विभाग प्रमुखको जिम्मेवारीमा छन्। थापाका अर्का ब्याचमेट अतिरिक्त मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की पनि प्रतिस्पर्धामा छन्। कार्की अहिले प्रदेश समन्वय विभाग र इन्टेलिजेन्सको नेतृत्व गरिरहेका
काठमाडौं— जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका २७ जना प्रदर्शनकारीको शव पोष्टमार्टमपछि आफन्तले बुझेका छन्। त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पोष्टमार्टम प्रक्रिया सम्पन्न गरी शव बुझाइएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले जानकारी दिए।त्यस्तै, भदौ २४ मा आन्दोलनकारीको आक्रमणमा परी ज्यान गुमाएका तीन जना सुरक्षाकर्मीको शव पनि परिवारजनले बुझेका छन्।हाल अस्पतालमा १९ वटा शवको पोष्टमार्टम प्रक्रिया अझै बाँकी रहेको जनाइएको छ। यस्तै, ५ शवको पोष्टमार्टम सम्पन्न भए पनि आफन्तले अझै बुझेका छैनन्।नयाँ बानेश्वर क्षेत्रमा भएको झडप र आगजनीका घटनामा मृत्यु भएका ८ जना मृतकको अझै पहिचान खुलेको छैन।प्रद
काठमाडौं— महान्यायाधिवक्ता सविता भण्डारीले पद तथा गोपनियताको सपथ लिएकी छन् । प्रधान्यायाधीश प्रकाशमान सिंह रावतले महान्यायाधिवक्ता भण्डारीलाई सपथ ग्रहण गराएका हुन् ।राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई आइतबार नियुक्त गरेका थिए । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार वरिष्ठ अधिवक्ता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेको हो ।भण्डारी नेपालको पहिलो महान्यायाधिवक्तासमेत बनेकी छिन् ।
काठमाडौं । पूर्व अर्थसचिव रामेश्वर प्रसाद खनालले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।जेनजी आन्दोलनको बलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता पलट गरेसँगै अन्तरिम सरकारको अर्थमन्त्रालको जिम्मेवारी खनालले सम्हालेका हुन् ।पूराना राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ताहरुको सत्ता स्वार्थ, भ्रष्टाचार र व्यक्तिगत स्वार्थको राजनीतिले वाक्क दिक्क भएको नेपाली समाजले अब भने मुलुकमा केही सकारात्मक परिवर्तन हुने अपेक्षा पनि गरिरहेको छ ।यद्यपी, यतिबेला जेनजी आन्दोलनका कारण भएको ठुलो क्षतिका कारण मुलुकको अर्थतन्त्र पनि तहसनहस भएको अवस्थामा छ ।यस्
काठमाडौं— नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्नुअघि जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका मृतकका परिवारलाई भेटेका छन्।शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्री पदको शपथ लिएपछि घिसिङ सिधै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) पुगेका हुन्। उनले अस्पतालमा मृतकका आफन्तहरूसँग भेट गरी गहिरो समवेदना प्रकट गरेका छन्।टिचिङ अस्पतालबाट फर्किएपछि उनी सिंहदरबारस्थित मन्त्रालयमा पुगेर आफ्नो औपचारिक कार्यभार सम्हाल्ने कार्यक्रम रहेको ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ।
काठमाडौं— अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरी १४ मन्त्रालय आफैँसँग राखेकी छन्। उनले उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, खानेपानी, परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, रक्षा, वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, संघीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय आफैँसँग राखेकी हुन्। यसैबीच, शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र
चितवन— जापानिज इन्सेफ्लाइटिसका कारण चितवनमा पाँच जनाको मृत्यु भएको छ। सङ्क्रमित १६ जनामध्ये उनीहरुको मृत्यु भएको हो। जनस्वास्थ्य कार्यालय चितवनका आनुसार पछिल्लो पटक भदौ २३ गते एक जनाको मृत्यु भएको थियो।कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार मृत्यु हुनेमा राप्ती नगरपालिकाका ४२ वर्षीया महिला रहेकी छन्। जिल्लामा यसअघि मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ का ७० वर्षीय वृद्ध, कालिका नगरपालिका–५ का ८९ वर्षीय वृद्ध, राप्ती नगरपालिका–१२ की ७० वर्षीया वृद्धा र भरतपुर महानगरपालिका–१२ की ८१ वर्षीया वृद्धा रहेका थिए। उनीहरुको साउनयता मृत्यु भएको हो। गत आर्थिक वर्षमा चितवनमा देखिएका तीन जना सङ्क्रमितमध्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.