समाचार

    Showing 341-350 of 26,780 items.
  • बाढीबाट चीनतर्फ तीन जनाको मृत्यु, २६५ जना वेपत्ता

    एजेन्सी । चीनको दक्षिणपश्चिमी क्षेत्रस्थित सिजाङ स्वायत्त क्षेत्र र नेपालबीचको सीमावर्ती क्षेत्रमा बुधबार बिहान आएको पहिरोका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ भने २६५ जना अझै बेपत्ता रहेका छन् ।नेपालतर्फको सीमावर्ती क्षेत्रमा आएको पहिरोले सिजाङको जिरोङ काउन्टीस्थित जिरोङ बन्दरगाह क्षेत्रमा प्रभाव पारेको हो ।घटनास्थलमा रहेको उद्धार मुख्यालयका अनुसार मृतक तथा बेपत्ताको विवरण अझै यकिन गर्ने काम भइरहेको छ भने उद्धार कार्य जारी छ ।विपत्तापछि चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयले तत्काल उद्धार तथा प्रतिकार्य प्रक्रिया सक्रिय पार्दै घटनास्थलमा सहयोगका लागि एक कार्यदल खटाएको छ ।उद्धारका लागि राष्ट

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 43 पटक पढिएको
  • चिनियाँ दूतावासद्वारा बाढीको पूर्वसूचना नदिएको आरोपको खण्डन

    काठमाडौं । काठमाडौं स्थित चिनियाँ दूतावासले चीनले नेपाललाई बाढीको पूर्वसूचना नदिएको भन्ने आरोपको कडा रूपमा खण्डन गरेको छ । दूतावासले सामाजिक सञ्जाल फेसबुक मार्फत एक स्पष्टीकरण जारी गर्दै ती आरोपहरूलाई ‘भ्रामक समाचार’को संज्ञा दिएको हो ।चीनतर्फको कुनै बाँध फुटेर नेपालमा क्षति पुगेको र त्यसको जानकारी नेपाललाई नदिएको भन्ने दाबीलाई दूतावासले निराधार बताएको छ । दूतावासले सार्वजनिक गरेको तथ्यअनुसार, अगस्ट २६ को बिहान नेपालतर्फ नै भूकम्प वा हिमपहिरो जस्तै प्रकृतिको ठूलो भौगोलिक विपद् आएको थियो ।सोही घटनाका कारण केरुङ –रसुवागढी सीमा क्षेत्रमा भीषण लेदोसहितको पहिरो गएको थियो । यस प्राकृतिक विपद्का कारण

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 87 पटक पढिएको
  • विनाशकारी बाढीपहिरोपछि कृषि तथा वन विज्ञान विश्वविद्यालयका परीक्षा स्थगित

    चितवन / प्रतिकूल मौसम तथा प्राकृतिक विपत्तिका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनले आज (बिहीबार) सञ्चालन हुने सम्पूर्ण परीक्षाहरू स्थगित गरेको छ ।विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.सुविर सिंहद्वारा बुधबार जारी गरिएको सूचना अनुसार नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयबाट प्राप्त जानकारी तथा हालको प्राकृतिक विपत्तिबाट सिर्जित प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै परीक्षा स्थगित गरिएको हो ।स्थगित परीक्षाको नयाँ तालिका यथाशीघ्र प्रकाशित गरिने विश्वविद्यालयले जनाएको छ । यसैगरी, बुधबार नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको ठूलो मानवीय क्षति र जनधनको

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 98 पटक पढिएको
  • कालिकोटमा पहिरोमा परी एक जनाको मृत्यु

    सुर्खेत । कालिकोटमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका–५ रुक्सा गाउँका ४५ वर्षीय दुर्गबहादुर सहकारी रहेका छन् । उनको बिहीबार बिहान पहिरोमा परी मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।प्रहरीका अनुसार सहकारी बिहान घट्टमा पिठो पिसेर घर फर्किने क्रममा नरहरिनाथ गाउँपालिका–५ स्थित कालाखोला नजिकै सडकभन्दा माथिबाट खसेको ढुंगा–माटोसहितको पहिरोमा परेका थिए ।पहिरोमा परी गम्भीर घाइते भएका सहकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव आफन्तले घरमा ल्याइसकेका छन् ।

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 40 पटक पढिएको
  • बाढीका कारण पूर्वाञ्चल विश्वविद्यालयका आजका सबै परीक्षा स्थगित

    काठमाडौं / पूर्वाञ्चल विश्वविद्यालयले आज (बिहीबार) सञ्चालन हुने सम्पूर्ण संकायका परीक्षाहरू स्थगित गरेको छ ।बुधबार (भाद्र १० गते) भोटेकोशी नदीमा आएको बाढीका कारण देशभर उत्पन्न विषम र असहज परिस्थितिलाई मध्यनजर गर्दै विश्वविद्यालयले आजका पूर्वनिर्धारित परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको हो ।  विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालय, विराटनगरद्वारा बिहीबार जारी गरेको सूचना अनुसार आज सञ्चालन हुने सबै संकाय अन्तर्गतका परीक्षाहरू मात्र स्थगित गरिएको जनाइएको छ ।स्थगित गरिएका परीक्षाहरूको नयाँ तालिका पछि प्रकाशित गरिने परीक्षा नियन्त्रकले जानकारी दिएका छन् । बाँकी दिनका परीक्षाहरू भने

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 149 पटक पढिएको
  • रसुवा बाढीपहिरो : जाजरकोटका सात जना सम्पर्कविहीन

    जाजरकोट । रसुवामा गएको बाढीपहिरोपछि जाजरकोटका सात जना परिवार तथा आफन्तको सम्पर्कमा आउन सकेका छैनन् । सम्पर्कविहीन हुनेमा शिवालय गाउँपालिका–२ का महेन्द्र विक्रम शाही, शिवालय गाउँपालिका–८ का मदन बुढा, प्रकाश बुढा र डिलबहादुर कठायत रहेका छन्। उनीहरू भोटेकोशी हाइड्रोपावर तथा भोटेकोशी क्षेत्रमा कार्यरत चिनियाँ कम्पनीमा काम गर्दै आएका थिए ।त्यस्तै, भेरी नगरपालिका–१ का डिलबहादुर विक, भेरी नगरपालिका–३ का रतन रोकाय र भेरी नगरपालिका–४ की विनिता शाही पनि बाढीपहिरोपछि सम्पर्कविहीन भएका छन् । बाढीपहिरोपछि उनीहरूसँग सम्पर्क हुन नसकेपछि परिवार तथा आफन्तले चिन्ता व्यक्त गर्दै तत्काल खोजी तथा उद्धारक

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 70 पटक पढिएको
  • बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै

    काठमाडौं । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक ऊर्जाको व्यवस्था गरेको छ । बाढीबाट १२ वटा जलविद्युत् आयोजनाहरुमा क्षति पुगी ४३१.१ मेगावाट विद्युत उत्पादन बन्द भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय मातहतको संयन्त्र परिचालन गरी रसुवा, नुवाकोट र धादिङमा वैकल्पिक ऊर्जाको व्यवस्थापन गरेका हुन् । ऊर्जा मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग सहकार्य गरेर प्रभावित क्षेत्रमा आज पाँच सय सोलार पावर बैंक पठाउने तयारी गरेको छ । प्रभावित क्षेत्रमा पठाउनका लागि ऊर्जा मन्त्रालयल

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 40 पटक पढिएको
  • च्याउ टिप्न जंगल पुगेका शेर्पामाथि भालुको आक्रमण, अनुहारमा गम्भीर चोट

    सोलुखुम्बु / सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–२ खाम्जे उन्मिलोका करिब ३५ वर्षीय ग्याल्जेन शेर्पामाथि जंगली भालुले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका छन् ।प्रहरीका अनुसार बुधबार करिब ४ बजे शेर्पा जुनबेसीस्थित सामुदायिक जंगलमा च्याउ टिप्न गएको अवस्थामा जंगली भालुले आक्रमण गरेको हो । भालुको आक्रमणबाट उनको अनुहारमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।घटनालगत्तै प्रहरी चौकी बेनीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । स्थानीयवासी र प्रहरीको सहयोगमा घाइते शेर्पालाई उद्धार गरी स्ट्रेचरमार्फत जुनबेसीसम्म ल्याइएको थियो । त्यसपछि एम्बुलेन्समार्फत उनीलाई थप उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्य

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 106 पटक पढिएको
  • रसुवा बाढी स् एनआरएनए टोली राहत लिएर जाने

    काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले पाँच करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ।प्रभावित नागरिकलाई तत्काल राहत पु¥याउन संघका पदाधिकारीसहितको टोली बिहीबार नै प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ ।भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट रसुवा र नुवाकोटमा भएको क्षतिपछि एनआरएनएले तत्काल राहत र उद्धार अभियान अघि बढाएको हो। संघले प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवस्थाको अध्ययन गर्नुका साथै आवश्यकताका आधारमा राहत सामग्री वितरण, उद्धार तथा स्वास्थ्य सेवामा सहयोग गर्ने जनाएको छ ।एनआरएनएका अध

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 75 पटक पढिएको
  • वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

    काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा पुनःसुचारु गरेको छ ।बाढीका कारण प्रभावित खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या, विदुरलगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार चपली सबस्टेसनबाट चपली–देवीघाट ६६ केभी लाइन तथा ११ केभीमाद चार्ज गर्ने र बालाजु–त्रिशूली ६६ केभीलाई ११ केभी लाइन चार्ज गर्ने काम भइरहेको छ । आवश्यक प्राविधिक कार्य पूरा गरी यी लाइनह

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 27 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.