समाचार

    Showing 3,471-3,480 of 19,100 items.
  • कर्णालीमा दशैंको चहलपहल: १८ स्थानमा सुपथ मूल्य पसल, थप २४ स्थानमा सुरु गरिने

    सुर्खेत— चाडपर्वलाई लक्षित गर्दै कर्णाालीका विभिन्न १८ वटा स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जिल्ला शाखा र डिपोहरुमा सस्तो पसल सञ्चालन गरिएको हो । सोमबारदेखि कर्णालीका सल्यान बाहेक नौ जिल्लाका १८ वटा स्थानबाट सुपथ मुल्यमा पसल सञ्चालनमा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका प्रमूख केशवराज बुढाले बताए । कर्णालीका कालिकोट, मुगु, डोल्पा र जाजरकोटका तीन/तीन स्थानमा, हुम्ला २ स्थानमा र दैलेख, जुम्ला रुकुमपश्चिम र सुर्खेत जिल्लामा एक/एक स्थानमा सुपथ मुल्य पसल सञ्चालनमा ल्याइएको कार्यालय प्रमूख बुढाले ज

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 503 पटक पढिएको
  • सार्वजनिक यातायात सञ्चालनका लागि सहज वातावरण बनाउन माग

    काठमाडौं— नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चाडपर्वको समयमा सार्वजनिक यातायात सञ्चालन गर्न सहज वातावरण बनाउनुपर्ने बताएका छन् । मंगलबार यातायात विभागमा आयोजित कार्यक्रममा बोल्दै उनले सबैले जलेको ठाउँबाटै सेवा दिनुपर्ने भन्दै सबैले सार्वजानिक यातायात क्षेत्रमा ध्यान दिनुपर्ने बताएका हुन् । उनले भने, ‘हामी सेवा दिन तयार छौं, सुरक्षाको कुरा क्लियर हुनुपर्छ । सरकारलाई अनुरोध गर्दछु जलेकै ठाउँबाट सेवा दिनुपर्छ । चाडपर्वको समयमा जनताको ध्यान सार्वजनिक यातायात क्षेत्रमा नै हुन्छ । त्यसकारण गाडी आवतजावत गर्ने सहज वातावरण बनाउनुपर्छ ।’उनले सडक विभाग मुग्

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 455 पटक पढिएको
  • नारायणी अस्पतालमा विद्युत् बोर्डमा सर्टसर्किट हुँदा आगलागी

    वीरगन्ज— वीरगन्जस्थित नारायणी अस्पतालमा आज बिहान आगलागी भएको छ । अस्पतालको बाल सघन कक्ष (एनआईसियु) सँग जोडिएको सामान भण्डारण कक्ष (स्टोर रुम) मा बिहान ४ बजे आगलागी सुरु भएको हो ।स्टोरमा रहेको विद्युत् बोर्डमा सर्टसर्किट हुँदा आगलागी भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिएका छन् । उनका अनुसार बिहान ४ बजे सुरु भएको आगलागीलाई अस्पतालका कर्मचारी, सुरक्षाकर्मी तथा वीरगन्ज महानगरपालिकाको वारुणयन्त्रको सहयोगमा करिब दुई घण्टापछि नियन्त्रणमा लिइएको हो ।आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको डा. सिंहले जानकारी दिए । यद्यपि स्टोरमा राखिएका केही अस्पतालका उपकरणमा क्ष

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 523 पटक पढिएको
  • पार्टी कार्यालयमा आगलागी र तोडफोड, अध्यक्ष प्रचण्डद्वारा अवलोकन

    काठमाडौं— जेनजी आन्दोलनका क्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगलागी र तोडफोड भएको पार्टीको केन्द्रीय कार्यालयको अवलोकन गरेका छन्।पार्टीको कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा केही दिनअघि अज्ञात समूहले आगजनी र तोडफोड गरेको थियो। सो घटनापछि अध्यक्ष प्रचण्डले मंगलबार बिहान घटनास्थलको निरीक्षण गर्दै क्षति भएको संरचना, कागजात तथा सम्पत्तिहरूको जानकारी लिएका हुन्।अवलोकनका क्रममा अध्यक्ष प्रचण्डले उक्त घटना दुर्भाग्यपूर्ण भएको भन्दै दोषी पहिचान गरी कडा कारबाही हुनुपर्ने माग गरे। उनले पार्टी कार्यालयमाथिको आक्रमण लोकतान्त्रिक मूल्य र सहिष्णु राजनीतिक सं

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 460 पटक पढिएको
  • जेन–जी आन्दोलनमा कर्णालीका ६० संरचना र ४५ सवारी साधनमा क्षति

    सुर्खेत— जेन–जी पुस्ताले भदौ २३ र २४ गते गरेको आन्दोलनमा कर्णालीका ६० भौतिक संरचना र ४५ वटा सवारी साधनमा क्षति भएको छ ।प्रदर्शनकारीहरुले सरकारी भवन, राजनितक दलका कार्यालय र निजि घरहरु समेतमा आगजनी र तोडफोड गरेका छन् । आन्दोलनको क्रममा ४५ सवारी साधनमा आगजनी गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कर्णालीका १० ओटै जिल्लामा गरेको मिडिया मोनिटरिङ तथा इन्सेकका जिल्ला प्रतिनिधीको प्रतिवेदनका आधारमा आन्दोलनमा भएको क्षतीको प्रारम्भिक तथ्याङक संकलन गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले बताए । इन्सेकको तथ्याङ्कअनुसार सुर्खेतमा मात्रै २८ ओटा सरकारी संरचना र आठ

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 500 पटक पढिएको
  • जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरुको सम्मानमा आज शवयात्रा, अन्त्येष्टि तयारी पूरा

    काठमाडौं— भ्रष्टाचारविरुद्धको जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरुको सम्मानमा आज अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै शवयात्रा र अन्त्येष्टि कार्यक्रम आयोजना गरिँदैछ।गत भदौ २३ गते देशव्यापी रूपमा भएको आन्दोलनमा प्रहरी हस्तक्षेपका कारण धेरै जेनजी आन्दोलनकारीले ज्यान गुमाएका थिए। उनीहरुको बलिदानलाई सम्झँदै आज राजधानी काठमाडौंमा विशेष शवयात्रा आयोजना गरिएको हो।टिचिङ अस्पताल महाराजगञ्जबाट सुरु हुने शवयात्रा चक्रपथको एक परिक्रमा गर्दै ती युवाहरुको अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको छ। शवयात्रामा आन्दोलनमा सहभागी कार्यकर्ता, पीडित परिवारजन, मानव अधिकारकर्मी र विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरू

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 513 पटक पढिएको
  • शैक्षिक परामर्श पनि स्मार्ट बन्दै: एआई सेवा सुरु

    काठमाडौं— शैक्षिक परामर्श क्षेत्रमा आर्टिफिशल इन्टेलिजन्स (एआई) प्रयोग गर्न थालिएको छ । काठमाडौंको पुतलीसडकमा रहेको भाषिका कन्सल्टेन्सीले नेपालमा पहिलो पटक शैक्षिक परामर्श व्यवसायमा एआईका टुल्सहरु प्रयोग गरेर विद्यार्थीहरुलाई सेवा दिन सुरु गरेको हो । विद्यार्थीलाई घरमै बसेर सम्पूर्ण शैक्षिक जानकारी उपलब्ध गराउने उद्देश्यसहित विकसित भाषिका सफ्टवेयरमा एआई काउन्सिलिङ सिस्टमको विकास गरिएकाले यो नेपालका लागि नौलो र पहिलो भएको कन्सल्टेन्सीका संचालक इश्वरी निरौलाको दाबी छ ।‘सुरुमा हामीले डिजिटलमार्फत भाषा पढाउने सोच बनाएका हौं । विस्तारै आइएलटिएस तयारी कक्षा साथै विदेशका विश्वविद्यालयबारे इन्फरम

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 494 पटक पढिएको
  • पहिलो महिनामा निर्यात झन्डै दोब्बर तर व्यापार घाटा अझै कायम

    काठमाडौं— चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपालको कुल वस्तु निर्यात झन्डै दोब्बरले बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन महिनामा कुल निर्यात ९५.७ प्रतिशतले वृद्धि भई २३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा भने निर्यात ९.६ प्रतिशतले घटेको थियो ।गन्तव्य मुलुकका आधारमा हेर्दा भारततर्फको निर्यात १५६.७ प्रतिशतले बढेको छ, भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६५.२ प्रतिशत र १.४ प्रतिशतले घटेको देखिन्छ । वस्तुगत रूपमा भटमासको तेल, पाम तेल, पोलिस्टर धागो, अलैंची, जुटका सामान आदिको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, ऊनी गलैंचा, पिना र चियाक

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 428 पटक पढिएको
  • रुसद्वारा युक्रेनका थप बस्तीहरु नियन्त्रणमा लिएको दाबी

    काठमाडौं— रूसले युक्रेनको जापोरिझ्झिया क्षेत्रस्थित ओल्गोभ्स्को बस्तीमाथि नियन्त्रण कायम गरेको दाबी गरेको छ । रूसी रक्षा मन्त्रालयले सोमबार जारी विज्ञप्तिमा गत २४ घण्टाभित्र सुमी, खार्किभ, डोनेट्स्क, जापोरिझ्झिया र खेरसोनसहित विभिन्न दिशामा युक्रेनी सेना र उनीहरूको सैन्य उपकरणहरूमा आक्रमण जारी रहेको जनाएको हो ।उता, युक्रेनले भने आफ्ना सेनाले विभिन्न मोर्चामा रूसी आक्रमणहरू परास्त गर्न सफल भएको दाबी गरेको छ । युक्रेनी सशस्त्र बलको जेनरल स्टाफले सोमबार राति १०ः०० बजेसम्म अग्रपंक्तिमा १७३ वटा युद्ध भिडन्त भएको उल्लेख गर्दै लिमान, टोरेत्स्क सहितका केहि दिशासहितका क्षेत्रमा रूसी आक्रमणहरू फिर्ता गर

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 451 पटक पढिएको
  • खानीखोला हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने म्याद थप

    काठमाडौं— खानीखोला हाइड्रोपावर लिमिटेडले शतप्रतिशत (१ः१) हकप्रद सेयर खरिदका लागि आवेदन दिने म्याद दोस्रोपटक थप गरेको छ । कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँ चुक्तापूँजीबराबरको ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर १०० रुपैयाँ अंकित दरमा जारी गरेको हो ।पहिलो म्याद भदौ २३ गतेसम्म तोकिए पनि मागअनुसार आवेदन नपरेपछि भदौ ३१ गतेसम्म लम्ब्याइएको थियो । हाल देशको परिस्थितिलाई मध्यनजर गर्दै अन्तिमपटक असोज ५ गतेसम्म आवेदन दिन सकिने भएको छ ।यस हकप्रदका लागि असार २७ गते बुक क्लोज गरिएकोले असार २६ गतेसम्म कायम शेयरधनी मात्र आवेदन दिन योग्य हुनेछन् । आवेदन सिटिजन्स क्यापिटल लिमिटेड, सिटिजन्स बैंक, क

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 414 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा