समाचार

    Showing 3,421-3,430 of 25,499 items.
  • अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा बढ्यो

    काठमाडौं— यातायात व्यवस्था विभागले अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा स्वचालित प्रणाली अनुसार समायोजन गरिएको जानकारी दिएको छ ।चैत्र २५ गते डिजेल मूल्य तथा अन्य १३ वटा आर्थिक–सामाजिक सूचकको आधारमा यात्रुवाहक र मालवाहक सवारीको भाडा बढाइएको हो ।समायोजन अनुसार, यात्रुवाहक सवारीको भाडा १६.७१ प्रतिशत, पहाडी मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत, र तराई मार्ग मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले वृद्धि भएको छ ।यातायात व्यवस्था विभागको सूचना अनुसार काठमाडौं–विराटनगर सुपर डिलक्स बसको भाडा रुपैयाँ २४०७, डिलक्स रुपैयाँ २००६, सामान्य रुपैयाँ १६७१ कायम गरिएको छ । यस्तै, काठमाडौं– धनकुटा सुपर डिलक्स रु

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 443 पटक पढिएको
  • उपसभामुखमा श्रम संस्कृति पार्टीकै उम्मेदवारलाई तीन दलको समर्थन

    काठमाडौं— नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उपसभामुखमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएका छन्।एमालेका नेता एवं सांसद गुरु बरालका अनुसार तीन दलबीच समझदारी जुटेको छ। ‘यसमा हामीले नेपाली कांग्रेस, नेकपा र श्रम संस्कृतिसँग संवाद गर्‍यौँ, प्रतिपक्षीय भूमिकामा रहेर एक जनाको उम्मेदवारी दिउँ भनेर समझदारी बनाएका छौँ,’ बरालले भने, ‘श्रम संस्कृतिकै उम्मेदवारलाई तीनै दलको समर्थन हुन्छ।’ संसदको सबैभन्दा ठूलो दल रास्वपाले कसलाई समर्थन गर्छ भन्ने यकीन भइसकेको छैन। तर, राप्रपाले उम्मेदवारी दिए रास्वपाले समर्थन गर्ने सूचना पाएपछि

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 472 पटक पढिएको
  • नाइजेरियामा सशस्त्र आक्रमणमा ६० जनाको मृत्यु

    एजेन्सी— उत्तर पश्चिमी नाइजेरियामा भएको सशस्त्र आक्रमणमा कम्तिमा ६० जनाको मृत्यु भएको जनाइएको छ ।नाइजर राज्यको शिरोरो क्षेत्रको इरिना सहरमा भएको आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् । यसै गरी बन्दुकधारीहरूले केब्बी राज्यका धेरै सहरहरूमा गरेको आक्रमणमा अन्य ४० भन्दा बढीको मृत्यु अधिकारीहरूले उल्लेख गरेका छन् ।पछिल्लो समयमा नाइजेरियाली राज्यहरूले सुरक्षा संकटको सामना गरिरहेका छन्, जहाँ सशस्त्र गिरोहहरूले गाउँहरू लुटेका छन् भने बासिन्दाहरूलाई अपहरण गरेका छन् । यस्ता घटनाहरू दिनदहाडै बढ्दै जादा डर फैलिएको छ भने उत्तरपश्चिममा सक्रिय उग्रवादी समूहहरूले दक्

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 485 पटक पढिएको
  • मुगुमा स्थानीय जडीबुटीबाट बनेको वातशामक तेल लोकप्रिय, बिरामीलाई राहत

    मुगु । कर्णाली प्रदेश अन्तर्गत मुगु जिल्ला मा पाइने विभिन्न प्रकारका जडीबुटीबाट उत्पादन गरिएको वातशामक तेल पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको छ । स्थानीय रूपमा उत्पादन गरिएको यस तेलले शरीरका विभिन्न रोग तथा दुखाइमा राहत दिएको प्रयोगकर्ताहरूले बताएका छन् ।छायाँनाथ रारा नगरपालिका–१३ रुगा गाउँका अन्दाजी ५५ वर्षीय धनलाल लावड लामो समयदेखि शरीरका जोर्नी, नशा तथा छालासम्बन्धी पीडाबाट ग्रसित थिए । जिल्ला अस्पताल तथा निजी मेडिकलमा लाखौं खर्च गर्दा पनि निको नभएपछि उनले आयुर्वेद स्वास्थ्य केन्द्र मुगु बाट उत्पादित वातशामक तेल प्रयोग गरेका थिए । नियमित प्रयोगपछि आफू अहिले धेरै हदसम्म निको भएको उनले बताए

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 172 पटक पढिएको
  • पाँच लाख ६७ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं— नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ५ लाख ६७ हजार ३ सय २२.२० कित्ता बोनस शेयर सूचीकृत भएको छ । रुरु जलविद्युत परियोजना लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको १० प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको हो । 

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 477 पटक पढिएको
  • लागू औषधसहित चार जना पक्राउ

    काठमाडौं । काठमाडौं महानगरपालिका-९ भत्केकोपुलबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ हजार ७० एम्पुल, नोर्फिन १ हजार ११५ एम्पुल र फेनारगन १ हजार ८० एम्पुल सहित सोही ठाउँ डेरा गरी बस्ने सप्तरी घर भएका ४२ वर्षीय सन्तोष कुँवरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा सोही महानगरपालिका-९ गैरीगाउँस्थित उनकै डेरा कोठा तलासी गर्दा नगद ३ लाख ११ हजार ५५०, विभिन्न देशका मुद्राहरू र सुन जस्तो देखिने धातुका विभिन्न गरगहनाहरू समेत फेला पारी प्रहरीले बरामद गरेको छ ।तनहुँको आ

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 164 पटक पढिएको
  • पूर्व गृहमन्त्री रमेश लेखक रिहा

    काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक रिहा भएका छन् ।हिरासतमा रहेका पूर्व गृहमन्त्री लेखक पक्राउ परेको १३ औँ दिन पछि आज रिहा भएका हुन् । पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको हो ।लेखक यही चैत १४ गते आफ्नै निवासबाट पक्राउ परेका थिए ।

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 181 पटक पढिएको
  • चुरे तथा वनजंगल संरक्षण अभियान नेपालद्वारा माइतीघरमा प्रदर्शन

    काठमाडौं— चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । वन–जंगल संरक्षण तथा सम्बर्द्धन, दलित भूमिहीन सुकुम्बासीहरूको भूमि अधिकार सुनिश्चित गर्न, अवैध उत्खनन रोक्न, सिर्सिया नदीको प्रदूषण र अतिक्रमण नियन्त्रण गर्न, साथै ढुङ्गा, गिट्टी, बालुवाको अवैध उत्खनन बन्द गरी अवैध क्रसर उद्योगहरू बन्द गरिनुपर्ने लगायतका माग राख्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।सिंहदरबारको ढोका कसको लागि खुल्छ? राष्ट्रको समस्या कहिले देख्दैन सरकार? भन्ने प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । सहभागीहरूले सरकारको ध्यान वातावरणीय समस्यातर्फ आकर्षित गराएका छन्।

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 431 पटक पढिएको
  • नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

    काठमाडौं— जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै कर्णाली प्रदेशमा पाठ्यपुस्तक बिक्री वितरण गरेको छ ।नयाँ शैक्षिकसत्र २०८३ का लागि चैत २४ गतेसम्म नेपालगञ्ज कार्यालयबाट चार लाख ६२ हजार २४६ थान पाठ्यपुस्तक बिक्री वितरण गरिएको प्रादेशिक प्रेस नेपालगञ्जका प्रमुख रुद्र खनालले जानकारी दिए । उनका अनुसार नेपालगञ्ज कार्यालयमार्फत कर्णालीका हुम्ला, डोल्पा, रुकुमपश्चिम, जाजरकोट र सल्यान गरी पाँच जिल्ला तथा लुम्बिनी प्रदेशका रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँके गरी पाँच जिल्लासहित १० वटा जिल्लामा पाठ्यपुस्तक वितरण हुने गरेको छ ।

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 454 पटक पढिएको
  • अध्यक्ष ओली जिम्मा जमानीमा रिहा

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जिम्मा जमानीमा रिहा भएका छन् ।ओली आज पक्राउ गरेको १३औँ दिनमा रिहा भएका हुन् ।त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको हो ।

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 149 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.