समाचार

    Showing 3,291-3,300 of 19,097 items.
  • दुर्गमका ३५ पालिकालाई काठमाडौं महानगरको एम्बुलेन्स सहयोग

    काठमाडौं— काठमाडौं महानगरपालिकाले देशभरिका दुर्गम क्षेत्रका ३५ स्थानीय तहलाई एम्बुलेन्स प्रदान गर्ने भएको छ। एम्बुलेन्सहरू तयारी अवस्थामा राखिएको र मङ्गलबारदेखि वितरण सुरु हुने मेयर बालेन शाहले जनाएका छन्।उनका अनुसार पहिलो चरणमा मापदण्डको आधारमा छनोट गरिएका गाउँपालिकाहरूलाई एम्बुलेन्स पठाइनेछ। स्वास्थ्य सेवा पहुँच अभावले पछाडि परेका पालिकालाई प्राथमिकतामा राखिएको बताइएको छ।“स्वास्थ्य सेवा सबै नेपालीको आधारभूत अधिकार हो,” मेयर शाहले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “देशका दुर्गम भूभागमा जीवन बचाउनु हाम्रो कर्तव्य पनि हो।”शाहका अनुसार वितरण प्रक्रिया पारदर्शी हुनेछ र कुनै पनि नागरिकले स्वास्थ्य

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 493 पटक पढिएको
  • नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण ३ बजे

    काठमाडौं—  नवनियुक्त ५ जना मन्त्रीहरुको शपथ अपरान्ह ३ बजेका लागि तय भएको छ । राष्ट्रपतिका कार्यालयले सो कुराको जानकारी दिएको हो । आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका थिए । राष्ट्रपतिले अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गरेका थिए ।सिन्हालाई कानुन, उद्योग वाणिज्य, भूमि सुधारसहितका मन्त्रालय दिइएको छ । यस्तै महावीरलाई शिक्षा, संगीतालाई स्वास्थ्य र मदन परियारलाई कृषि मन्त्रालय दिइएको छ।  यस्तै खरेललाई सञ्चार मन्त्रालय दिइएको छ ।

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 431 पटक पढिएको
  • नेपालमा किन बढेको बढ्यै छ सुनको मूल्य ?

    काठमाडौं— नेपालमा पछिल्लो समय सुनको मूल्य निरन्तर चुलिँदै गएको छ । दैनिक जीवनमा यसको प्रत्यक्ष प्रभाव त सामान्य उपभोक्ताले महसुस नगरे पनि विवाह, चाडपर्व र गहना कारोबारसँग जोडिएका हजारौँ परिवारका लागि यो संवेदनशील विषय बनेको छ ।सुन केवल गहना मात्र नभई पूँजी सुरक्षित राख्ने प्रमुख साधन भएकाले यसको मूल्यवृद्धिले अर्थतन्त्रका विभिन्न तहमा असर पार्ने गर्दछ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । आइतबार २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको २ लाख १७ हजार ८ सयमा कारोबार भइरहेको छ । नेपालमा सुनको मूल्य बढ्नुको प्रमुख का

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 564 पटक पढिएको
  • प्रसिद्ध ज्योतिष पण्डित डा.अधिकारीले चेपाङ बस्तीमा बाँडे राहत

    चितवन— प्रसिद्ध ज्योतिष, पण्डित, गीतकार तथा समाजसेवी डा.रुद्रनाथ अधिकारीले पूर्वी चितवनको विकट इच्छाकामना गाउँपालिका–२, तेर्से, मायाटारको चेपाङ बस्तीमा दशैंको अवसरमा राहत वितरण गरेका छन् । विपन्न निमुखा दुई सय जना चेपाङहरुलाई चामल, चिउरा र न्यानो कपडा, ओढ्नको लागि कम्बल वितरण गरेका हुन् । पूर्वी चितवन रोटरी क्लबको समन्वयमा डा.अधिकारीकी धर्मपत्नी लक्ष्मी अधिकारीसहितको टोलीले राहत वितरण गरेको हो । लामो समयदेखि स्वदेश तथा विदेशमा ज्योतिषिय, कर्मकाण्ड, ध्यान योग र तन्त्रमा प्रसिद्धि कमाएका डा अधिकारीले दशैंमा दुःख, पीडा र निराशा नहोस भनेर राहत लिएर पुगेको बताए ।पूर्वीचितवन रोटरी क्लबका अ

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 416 पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं— नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको २ लाख १७ हजार ८ सयमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । आइतबार तोलाको २६ सय २० रूपैयाँमा किनबेच भएको चाँदी आज २६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 437 पटक पढिएको
  • रुकुम पश्चिमको १० स्थानमा यात्रु सहायता कक्ष

    सुर्खेत— चाडपर्वको समयमा यात्रुलाई हुने समस्या कम गर्न जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमले विभिन्न १० स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको जनाएको छ ।जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा यात्रुहरुको चाप बढी हुने स्थानमा सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक शैलेन्द्र कुमार मल्लले जानकारी दिए । मुसिकोट नगरपालिकाको खलङगा, सेरीगाउँ, शीतलपोखरी, साँख, छिनखेत र सोलाबाङ, सानीभेरी गाउँपालिकाको सिम्ली, चौरजहारी नगरपालिकाको बसपार्क, आठबिसकोट नगरपालिकाको राडी र त्रिवेणी गाउँपालिकाको झुल्नेटामा चाडवाडलक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको हो

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 468 पटक पढिएको
  • महावीर पुन भन्छनः मलाई ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नु

    काठमाडौं— शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफूलाई मन्त्री नभन्न आग्रह गरेका छन् ।आइतबार प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमा सिफारिस गरेपछि पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई मन्त्री भन्न साह्रै रहर भए कवाडी वैज्ञानिक मन्त्री भन्न आग्रह गरेका छन् ।उनले लेखेका छन्, ‘मेरो पहिलो घोषणा– कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नू होला र बधाई दिन खादा माला लिएर नआउनु होला । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिनाभित्र गर्न सकिने र गर्नपर्ने ठोस काम र आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनु होला । मलाई कसैले पनि मन्त्री नभन्नु हो

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 447 पटक पढिएको
  • रास्वपा केन्द्रीय समितिको बैठक मंगलबार बस्ने

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक मंगलबार बस्ने भएको  छ ।  बैठक मंगलबार बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने भएको हो । पार्टीले जारी गरेको सूचनामा बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टी संगठन तथा आगामी रणनीतिबारे गम्भीर छलफल हुने उल्लेख छ । बैठकको एजेन्डामा सात मुख्य विषयवस्तु समेटिएका छन् ।पार्टीका अनुसार बैठकमा समसामयिक अवस्था र बैठकको औचित्यबारे प्रारम्भिक छलफलपछि, हालै सम्पन्न प्रदेश स्तरीय बैठकहरूबाट प्राप्त विवरण सभापतिहरूको तर्फबाट प्रस्तुत गरिनेछ । त्यसपछि परिवर्तित राजनीतिक परिवेशमा केन्द्रीय सदस्यहरूको धारणा प्र

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 420 पटक पढिएको
  • इजरायली आक्रमणबाट यमनमा ३१ पत्रकारको मृत्यु

    काठमाडौं— न्युयोर्कस्थित कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सिपिजे) ले इजरायलले यसै महिनाको सुरुवातमा यमनमा गरेका हवाई आक्रमणबाट ३१ जना पत्रकारको मृत्यु भएको जनाएको छ । यो गत १६ वर्षयताको पत्रकारमाथिको सबैभन्दा घातक हमला भएको समितिले जनाएको छ ।समितिका अनुसार सेप्टेम्बर १० मा इजरायली आक्रमणले यमनको राजधानी साना स्थित दुई पत्रिका २६ सेप्टेम्बर र अल–यमनका कार्यालय भवनलाई लक्षित गरी आक्रमण गरेको थियो । उक्त घटनामा ३१ जना पत्रकारको मृत्यु हुनुका साथै कम्तीमा २२ जना घाइते भएका थिए ।२६ सेप्टेम्बर का प्रधान सम्पादक नासेर अल–खद्रीले भनेका छन्, “हाम्रो समाचार कक्षमा बेलुकी करिब ४ः४५ बजे प्रहार गरिएको थियो

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 558 पटक पढिएको
  • गोरखा दरबारको दसैँघरमा जमरा राखियो

    गोरखा ६ असोज : गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ । वडादसैँ अर्थात् नवरात्रको पहिलो दिन घटस्थापना पर्वका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका मन्दिर, गोरखनाथ मन्दिर र उपल्लो दरबारमा बिहान ९ बजेर १३ मिनेटको शुभसाइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो । परम्परा अनुसार आज बिहान कैलास कोठाबाट देवी भगवतीलाई मूलदरबारको गर्भगृह (पूजा कोठा) मा राखेपछि लगत्तै पानी घडा थापेर त्यसैको शुभसाइतमा जमरा राखिएको उहाँले बताउनुभयो । ‘‘कैलास कोठामा देवीलाई राखेपछि बिहानको शुभसाइतमा विधिपूर्वक घटस्थापना अर्थात जमरा राखिएको हो, उहाँले भन्नुभयो,

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 122 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा