काठमाडौं— गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौंलगायतका मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन आग्रह गरेको छ ।गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ति निकाल्दै मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएको हातहतियार र खरखजाना कही कसैले फेला पारेमा नजिकको सुरक्षा निकायमा यही असोज मसान्तसम्म बुझाउन अनुरोध गरेको छ । सो मितिभित्र हातहतियार र खरखजाना बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने मन्त्रालयले जनाएको छ । सो मितिपश्चात कोहीकसैसँग ती हराएका हातहतियार र खरखजाना फेला परेमा कानुनबमोजिम क
काठमाडौं— पाकिस्तान एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको सुपर फोर चरणको खेलमा बंगलादेशलाई ११ रनले पराजित गर्दै पाकिस्तानले फाइनलमा भारतसँगको तेस्रो भिडन्त पक्का गरेको हो ।पहिले ब्याटिङ गर्दै पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३५ रन बनायो । जवाफमा बंगलादेशले २० ओभरमा ९ विकेट गुमाउँदै १२४ रन मात्र बनाउन सक्यो ।पाकिस्तानका लागि मोहम्मद हारिसले सर्वाधिक ३१ रन बनाए भने मोहम्मद नवाजले २५ रन जोडे । सलमान आघा र शाहीन अफ्रिदीले समान १९–१९ रन बनाएका थिए । फहीम अशरफ १४ रनमा अविजित रहे भने फखर जमानले १३ रन बनाए ।बलिङतर्फ बंगलादेशका तास्किन अहमदले सर्वाधिक ३ विकेट लि
चितवन— मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाइएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो पूर्ण रुपमा हटाएपछि दुईतर्फी सडक खुलेको छ ।विगत केही दिनयता वर्षाका कारण सो सडकखण्डको तुइनखोलासँगै विभिन्न स्थानमा पहिरो खसेको थियो । जसका कारण यात्रुले लामो समयसम्म सास्ती बेहोर्नु परेको थियो ।सडक खुलेसँगै चितवन, काठमाडौँ र पोखरातर्फ आवतजावत गर्ने यात्रु तथा सवारीसाधनलाई सहज भएको छ ।
काठमाडौं— नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक पार्टी कार्यालय, पेरिसडाँडामा बिहान ९ बजे बस्न लागेको हो ।हिजो पहिलो दिनको बैठक भने तनावपूर्ण बनेको थियो । नेताहरू भ्रष्ट भएकै कारण माओवादी पार्टी कमजोर बनेको विषय उठेपछि बैठकमा हात हालाहालको स्थिति निम्तेको थियो ।
काठमाडौं— मानव अधिकार तथा शान्ति समाजले वर्ष २०८२ को स्रष्टा सम्मान पुरस्कार सात जना महिला स्रष्टासहित सात प्रदेशका नौ भाषाका १४ जनालाई प्रदान गर्ने निर्णय गरेको छ ।यस क्रममा वनस्पतिशास्त्री वैज्ञानिक स्रष्टा डा. तिर्थबहादुर श्रेष्ठलाई मानबहादुर रावल वातावरण स्रष्टा सम्मान, जनकवि एवं नेपाल भाषाका अग्रणी स्रष्टा दुर्गालाल श्रेष्ठलाई कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान, झर्रोवादी आन्दोलनका हस्ती प्रा.चूडामणी रेग्मीलाई पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान, भोजपुरी भाषाका अग्रणी स्रष्टा डा. गोपाल ठाकुरलाई महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान, संस्कृत वाङ्गमयका अग्रणी स्रष्टा प्रा
काठमाडौं— नेपाल प्रहरीले विभिन्न पदका लागि भर्ना खुला गरेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना प्रकाशित गर्दै १,५९४ जनाको नयाँ भर्नाका लागि दरखास्त आह्वान गरेको हो।जारी सूचनाअनुसार, प्रहरी जवानतर्फ १,५५३ जना, प्रहरी कार्यालय सहयोगीतर्फ हजाम ११ जना, कुचीकार १५ जना र खेलकुदतर्फ १५ जना खेलाडीको दरबन्दी खुला गरिएको छ।प्रहरी जवान पदका लागि आवेदन दिन चाहने व्यक्तिले मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा आठ कक्षा पास गरेको हुनुपर्नेछ। कार्यालय सहयोगी ९हजाम तथा कुचीकार० का लागि सामान्य लेखपढ गर्न सक्ने योग्यता तोकिएको छ।इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असोज १९ गतेदेखि कात्तिक २८ गत
काठमाडौं— आज अन्तर्राष्ट्रिय आणविक निःशस्त्रीकरण दिवस आणविक हतियारको पूर्ण उन्मूलनसम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा मनाइँदैछ । सन् २०१३ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो । राष्ट्रसङ्घका अनुसार आज पनि विभिन्न देशमा करिब १२ हजार २४१ आणविक हतियार बाँकी छन् । यद्यपि विश्वव्यापी आणविक निःशस्त्रीकरणका निम्ति राष्ट्रसङ्घीय महासभामा सन् १९४६ मा पहिलो प्रस्ताव पेस भएको थियो ।छ।
बाजुरा— बाजुराको गौमुल गाउँपालिका वडा नम्बर १ अन्तर्गत अम्लिस, अन्द्राडी, माडी, दुर्गाली तथा वडा नम्बर २ का विभिन्न गाउँहरूमा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याइएको छ ।थुप डाँडामा निर्माण गरिएको नयाँ टेलिकम टावरमा आवश्यक उपकरण, सोलार प्यानल, ब्याट्री तथा विद्युत आपूर्ति प्रणाली जडान भएपछि सेवा सञ्चालनमा ल्याइएको हो । फोरजी सेवा सञ्चालनमा आएपश्चात् सञ्चार क्षेत्रमा ठूलो सहयोग पुगेको माडीका स्थानीय जनक बोहराले बताए । अहिले गाउँमा नियमित फोन र फोरजी सेवा सञ्चालन हुँदा स्थानीयलाई टाढाटाढा रहेका आफ्ना आफन्तजनहरुसंग कुराकानी गर्न सहज भएको बोहराले बताए ।भौगोलिक विकटता र प्राविधिक चुनौतीका कारण सेव
हेटौंडा— दशैं नजिकिँदै गर्दा मकवानपुरको हेटौंडामा रहेको खसी बजारमा मूल्य आकासिँदै गएको छ भने माग भने विगतका वर्षको तुलनामा कम देखिएको छ । व्यापारीहरूले तोकेको मूल्यभन्दा दोब्बरमा खसी बिक्री भइरहेको उपभोक्ताहरूको गुनासो छ ।दसैँ सुरु भए पनि हेटौंडा बजारमा खसीबोकाको माग धेरै बढ्न नसकेको व्यवसायीहरूको भनाइ छ । मकवानपुरका गाउँगाउँमा तथा हेटौंडा बजार क्षेत्रका बसपार्क, चौकिटोललगायत स्थानमा राखिएका खसीबोकामा पनि पहिलेका जस्ता उत्साहजनक किनबेच हुन सकेको छैन । खसी बोकाको व्यापार गर्दै आएका स्याम यादवका अनुसार चाडपर्व नजिकिँदा पनि सोचे जस्तो कारोबार हुन नसकेको हो ।व्यवसायीहरूले खसी–बोकाको मूल्य गत वर्षक
बाजुरा— जिल्ला अस्पताल बाजुरामा कार्यरत करार कर्मचारीहरुले तत्काल चाडपर्व भत्ता पाउनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।बिहीबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्कालाई प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल मार्फत ज्ञापन पत्र बुझाएका हुन् ।अस्पतालमा कार्यरत सम्पूर्ण करार कर्मचारीहरुले चाडपर्व भत्ता तत्काल उपलब्ध गराउन माग गर्दै बाजुराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल मार्फत मन्त्री खड्कालाई ज्ञापन पत्र बुझाएका छन् ।नेपाल श्रम ऐन ०७४, नियमावली ०७५ र सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन ०७६ दफा ८२ मा करार सेवाका कर्मचारीहरुलाई पनि चाडपर्व भत्ता पाउने हक हुन्छ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.